परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३४
यदि मानिसहरूले परमेश्वरलाई चिन्नु छ भने, सर्वप्रथम उनीहरूले परमेश्वर व्यावहारिक परमेश्वर हुनुहुन्छ भन्ने जान्नुपर्छ, र उनीहरूले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्ने आँट गर्छ? के कसैले त्यस्ता कुराहरू भन्ने आँट गर्छ? यदि तैँले त्यस्ता कुराहरू भन्ने आँट गर्छस् भने, एज्राको अगमवाणीको पुस्तकलाई किन खारेज गरियो, र प्राचीन सन्तहरू र अगमवक्ताहरूको पुस्तकलाई पनि किन त्यसै गरियो? यदि ती सबै पवित्र आत्माबाट नै आएका थिए भने, तिमीहरूले किन त्यस्तो स्वेच्छाचारी छनौटहरू गर्ने आँट गर्छौ? के तँ पवित्र आत्माको कार्यलाई छनौट गर्न योग्य छस्? इस्राएलका धेरै कथाहरूलाई पनि खारेज गरियो। अनि यदि तँ विगतका यी लेखहरू पवित्र आत्माबाट आएका हुन् भन्ने विश्वास गर्छस् भने, किन कतिपय पुस्तकहरूलाई खारेज गरियो? यदि ती सबै पवित्र आत्माबाट नै आएका थिए भने, तिनीहरू सबैलाई सुरक्षित राखिनुपर्थ्यो, र पढ्नको लागि मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूकहाँ पठाइनु पर्नेथियो। तिनीहरूलाई मानिसको इच्छाद्वारा चुनिनु वा हटाउनु हुँदैनथियो; त्यसो गर्नु गलत हो। पावल र यूहन्नाका अनुभवहरू तिनीहरूका व्यक्तिगत अन्तर्दृष्टिहरूसँग मिसिएका थिए भन्दैमा तिनीहरूका अनुभवहरू र ज्ञान शैतानबाट आएको थियो भन्ने हुँदैन, तर तिनीहरूसँग तिनीहरूका व्यक्तिगत अनुभवहरू र अन्तर्दृष्टिहरूबाट आएका कुराहरू थिए भन्ने मात्रै यसको अर्थ हुन्छ। तिनीहरूका ज्ञान त्यस बेलाको तिनीहरूको खास अनुभवहरूको पृष्ठभूमि अनुरूप थियो, र यो सबै पवित्र आत्माबाट नै आएको थियो भनेर कसले निर्धक्कसाथ भन्न सक्छ? सुसमाचारका चार वटै पुस्तकहरू पवित्र आत्माबाट आएका थिए भने, किन मत्ती, मर्कूस, लूका र यूहन्नाले येशूको कामको बारेमा केही फरक-फरक कुरा भने? यदि तिमीहरू यो कुरामा विश्वास गर्दैनौ भने, पत्रुसले प्रभुलाई कसरी तीन पटक इन्कार गरे त्यसको बारेमा बाइबलमा दिइएको विवरणलाई हेर: तिनीहरू सबै फरक छन्, र ती प्रत्येकमा आ-आफ्नै विशेषताहरू छन्। अज्ञानी धेरैहरूले यसो भन्छन्, “देहधारी परमेश्वर पनि मानिस नै हुनुहुन्छ भने, के उहाँले बोल्नुहुने वचनहरू पूर्ण रूपमा पवित्र आत्माबाट नै आउन सक्छन्? यदि पावल र यूहन्नाका वचनहरू मानव इच्छाद्वारा मिश्रित थिए भने, के उहाँले बोल्नुहुने वचनहरूमा मानव इच्छा वास्तवमै मिश्रित छैन र?” यस्ता कुराहरू भन्ने मानिसहरू अन्धा र अज्ञानी हुन्! सुसमाचारका चार पुस्तकहरूलाई ध्यान दिएर पढ; येशूले गर्नुभएका कुराहरू र उहाँले बोल्नुभएका वचनहरूका बारेमा तिनमा के विवरण दिइएका छन् त्यसलाई पढ। हरेक पुस्तक अलिक फरक छ, र हरेकको आ-आफ्नै दृष्टिकोण छ। यदि यी पुस्तकहरूका लेखकहरूले लेखेका कुराहरू सबै पवित्र आत्माबाट आएका थिए भने, यो सबै उही र समरूप हुनुपर्ने थियो। त्यसो भए किन तिनमा भिन्नताहरू छन् त?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पद र पहिचानको सम्बन्धमा
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
यदि मानिसहरूले परमेश्वरलाई चिन्नु छ भने, सर्वप्रथम उनीहरूले परमेश्वर व्यावहारिक परमेश्वर हुनुहुन्छ भन्ने जान्नुपर्छ, र उनीहरूले...
शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तेस्रो तरिका परम्परागत संस्कृति हो। परम्परागत संस्कृति र अन्धविश्वासको बीचमा विभिन्न समानताहरू छन्,...
मानिस अहिलेसम्म अन्धकारको प्रभावको कवचमुनि जिएको छ, शैतानको प्रभावको बन्धनमा परेको छ, उम्कनलाई असमर्थ छ, र उसको स्वभाव शैतानद्वारा संचालित...
मानिसमा हुने शैतानको कामलाई के कुराले चित्रण गर्छ? तिमीहरूले यो कुरा तिमीहरूका आफ्नै अनुभवहरूमार्फत सिक्न सक्नुपर्छ—यो शैतानको ठेट...