परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २३१

यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी गर्नुहुन्छ भन्ने कुरा हुन्। परमेश्‍वरले मण्डलीका मानिसहरूमा उहाँको काम लगभग समाप्त गरिसक्नुभएको छ र त्यसपछि उहाँ सबै मानिसहरूको सामु क्रोध सहित देखा पर्नुहुनेछ। परमेश्‍वरले भन्‍नुभए झैँ, “म पृथ्वीका मानिसहरूलाई मेरा कामहरू स्वीकार गर्न लगाउनेछु, र मेरा कामहरू ‘न्यायआसनको अगाडि’ प्रमाणित हुनेछन्, ताकि पृथ्वीका मानिसहरूले तिनलाई स्वीकार गरेर, घोप्टो परून्।” के तिमीहरूले यी वचनहरूमा केही देख्यौ? यसमा परमेश्‍वरको कामको अर्को भागको सारांश छ। सर्वप्रथम, परमेश्‍वरले राजनैतिक शक्ति भएका सबै पाले कुकुरहरूलाई इमानदारीसाथ विश्‍वस्त हुने तुल्याउनुहुनेछ अनि तिनीहरूलाई तिनीहरूका आफ्नै इच्छाको इतिहासको मञ्चबाट पछि सर्ने, फेरि कहिल्यै ओहदाका निम्ति कुनै लडाइँ नगर्ने, फेरि कहिल्यै युक्तिहरू र षड्यन्त्रमा संलग्न नहुने बनाउनुहुनेछ। यो काम परमेश्‍वरले पृथ्वीमा विभिन्न विपत्तिहरू खडा गरी अगाडि बढाउनुपर्छ। तर यसको मतलब परमेश्‍वर देखा पर्नुहुनेछ भन्ने पटक्कै होइन। यस समयमा, ठूलो रातो अजिङ्गरको देश अझै पनि फोहोरको देश हुनेछ, र त्यसैले परमेश्‍वर देखा पर्नुहुनेछैन, तर केवल सजायद्वारा देखा पर्नुहुनेछ। परमेश्‍वरको धार्मिक स्वभाव त्यस्तै छ, जसबाट कोही पनि उम्कन सक्दैन। यस समय अवधिमा, ठूलो रातो अजिङ्गरको देशमा बस्ने सबैले विपत्ति भोग्नुपर्नेछ, जसमा स्वाभाविक रूपमा पृथ्वीको राज्य (मण्डली) पनि समावेश हुन्छ। तथ्यहरू बाहिर आउने समय यही नै हो, र यसरी सबै मानिसहरूले यसको अनुभव गर्छन्, र कोही पनि उम्कन सक्दैनन्। परमेश्‍वरले नै यो पूर्वनिर्धारित गरिसक्नुभएको छ। कामको ठीक यही चरणको कारणले नै परमेश्‍वर भन्नुहुन्छ, “ठूला-ठूला योजनाहरूलाई अघि बढाउने समय अहिले नै हो।” किनकि भविष्यमा यस पृथ्वीमा कुनै मण्डली हुनेछैन, र विनाशको आगमनको कारण, मानिसहरू केवल उनीहरूको अगाडि जे छ त्यसको बारेमा मात्र सोच्न सक्ने हुनेछन्, र अरू सबै कुरालाई बेवास्ता गर्नेछन्, र विनाशको बीचमा परमेश्‍वरको आनन्द लिनु उनीहरूलाई कठिन हुनेछ। यसैले, यस सुन्दर समयमा मानिसहरूलाई तिनीहरूका सम्पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्न आग्रह गरिएको छ, ताकि तिनीहरूले मौका नगुमाऊन्। जब यो तथ्य समाप्त हुन्छ, परमेश्‍वरले त्यो ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको हुनेछ, र यसरी परमेश्‍वरका मानिसहरूले गवाही दिने कामको अन्त्य हुनेछ; त्यसपछि, ठूलो रातो अजिङ्गरको देशलाई पूर्ण रूपमा नष्ट पारेर छोडेपछि परमेश्‍वरले कामको अर्को चरण सुरु गर्नुहुनेछ, र अन्त्यमा सारा ब्रह्माण्डभरिका मानिसहरूलाई क्रूसमा उल्टो झुन्ड्याएर काँटी ठोक्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानव जातिलाई नाश गर्नुहुनेछ—परमेश्‍वरको कामको भविष्यका चरणहरू यिनै हुन्। यसैले, तिमीहरूले यो शान्तिपूर्ण वातावरणमा परमेश्‍वरलाई प्रेम गर्ने सक्दो प्रयास गर्नुपर्दछ। भविष्यमा तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने कुनै मौकाहरू पाउनेछैनौ, किनकि मानिसहरूसित परमेश्‍वरलाई प्रेम गर्ने मौका देहमा मात्र हुन्छ; जब तिनीहरू अर्कै संसारमा जिउँछन्, कसैले पनि परमेश्‍वरलाई प्रेम गर्ने कुरा गर्ने छैनन्। के यो सृष्टि गरिएको प्राणीको जिम्मेवारी होइन र? यसैले तिमीहरूले आफ्नो जीवनकालमा परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्दछ? के तैँले यसबारे कहिल्यै विचार गरेको छस्? के तँ मरेपछि मात्र परमेश्‍वरलाई प्रेम गरुँला भनी पर्खिरहेको छस्? के यो खोक्रो कुरा होइन र? आज, तँ किन परमेश्‍वरलाई प्रेम गर्ने कुराको पछि लाग्दैनस्? के व्यस्त रहेर परमेश्‍वरलाई प्रेम गर्नु साँचो प्रेम हुन सक्छ? परमेश्‍वरको कामको यो चरण चाँडै नै अन्त्य हुनेछ भन्‍नुको कारण के हो भने परमेश्‍वरले शैतानको अगाडि पहिले नै गवाही दिइसक्‍नुभएको छ। यसैले मानिसले केही पनि गर्नु आवश्यक छैन; मानिसलाई केवल ऊ जीवित रहेका वर्षहरूमा परमेश्‍वरलाई प्रेम गर्न मात्र आग्रह गरिएको छ—मुख्य कुरा यही हो। परमेश्‍वरका मागहरू उच्च छैनन्, र यसबाहेक, उहाँको हृदयमा एक तीव्र चिन्ता भएकोले, उहाँले कामको यो चरण समाप्त हुनु अघि नै अर्को चरणको कामको सारांश प्रकट गर्नुभएको छ, जसले अब कति समय छ भन्ने कुरालाई स्पष्ट पार्दछ; यदि परमेश्‍वर उहाँको हृदयमा चिन्तित हुनुहुन्नथ्यो भने, के उहाँले यति चाँडै यी वचनहरू बोल्‍नुहुनेथियो? समय थोरै भएकोले परमेश्‍वरले यस तरिकाले काम गर्नुहुन्छ। आशा गरिन्छ, कि तिमीहरूले जसरी आफ्नो शरीरलाई माया गर्छौ त्यसरी नै आफ्नो सारा हृदयले, आफ्‍ना सारा समझले र आफ्‍ना सारा शक्तिले परमेश्‍वरलाई प्रेम गर्न सक्नेछौ। के अति ठूलो अर्थ बोकेको जीवन यही होइन र? तैँले अन्यत्र कहाँ जीवनको अर्थ भेट्टाउन सक्‍छस्? के तँ धेरै नै अन्धो भइरहेको छैनस् र? के तँ परमेश्‍वरलाई प्रेम गर्न इच्छुक छस्? के परमेश्‍वर मानिसको प्रेम पाउन योग्य हुनुहुन्छ? के मानिसहरू मानिसको आराधना पाउन योग्य छन्? त्यसो भए, तैँले के गर्नुपर्छ? कुनै सङ्कोच नमानी साहस पूर्वक परमेश्‍वरलाई प्रेम गर्, र परमेश्‍वरले तँलाई के गर्नुहुनेछ सो हेर्। कतै उहाँले तँलाई मार्नुहुन्छ कि, हेर्। सारांशमा भन्नुपर्दा, परमेश्‍वरलाई प्रेम गर्ने काम परमेश्‍वरका निम्ति प्रतिलिपिहरू बनाउनु र लेख्‍नुभन्दा महत्त्वपूर्ण छ। तैँले सबैभन्दा महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिनुपर्दछ, यसैले कि तेरो जीवनको मूल्य अझै बढी होस् र यो खुसीले पूर्ण होस्, र त्यसपछि तैँले तेरो निम्ति परमेश्‍वरको “फैसला” पर्खनुपर्छ। तेरो योजनामा परमेश्‍वरलाई प्रेम गर्ने कुरा समावेश छ कि छैन म त्यो जान्‍न उत्सुक छु। सबैका योजनाहरू परमेश्‍वरद्वारा पूरा गरिएको होस्, र ती सबै वास्तविकता बनून् भन्‍ने मेरो कामना छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ४२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०७

परमेश्‍वरले मानिसलाई धेरै कुरा जिम्मा दिनुभएको छ र अनगिन्ती तरिकाले तिनीहरूका प्रवेशलाई सम्बोधन गर्नुभएको छ। तर मानिसहरूको क्षमता धेरै नै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८७

परमेश्‍वरले कसरी आत्मिक संसारलाई शासन र व्यवस्थापन गर्नुहुन्छ भौतिक संसारको हकमा, जब-जब मानिसहरूले निश्‍चित कुराहरू वा घटनाहरूलाई...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७८

सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४९

अय्यूबको दैनिक जीवनमा हामी तिनको सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको भय, र दुष्टताबाट अलग बस्‍ने आचरण देख्छौँ यदि अय्यूबको बारेमा कुरा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्