परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१५

बाइबलमा उल्‍लेख सदोममाथि परमेश्‍वरले विनाश ल्याउनुहुँदाको दृश्यलाई स्मरण गर र लोतकी पत्‍नी कसरी नुनको खम्बा बनिन् सो पनि विचार गर। निनवेका मानिसहरूले कसरी भाङ्ग्रा र खरानी लगाएर आफ्ना पापहरूबाट पश्‍चाताप गरे र २,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा कीला ठोके पश्चात् के भयो सो कुरालाई स्मरण गर। यहूदीहरूलाई इस्राएलबाट निकालियो र तिनीहरू संसारभरिका देशहरूमा भागे। धेरै जनालाई मारियो, र पूरै यहूदी राज्य अभूतपूर्व रूपमा विनाशमा पर्‍यो। तिनीहरूले परमेश्‍वरलाई क्रूसमा कीला ठोकेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्‍वरको स्वभावलाई रीस उठाए। तिनीहरूले गरेका कामका लागि तिनीहरूले मूल्य तिर्नुपर्यो र तिनीहरूलाई आफ्ना कामहरूका सबै नतिजाहरू भोग्‍न लगाइयो। तिनीहरूले परमेश्‍वरको निन्दा गरे, परमेश्‍वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र भविष्य थियो: परमेश्‍वरद्वारा दण्ड पाउनु। यो तिनीहरूका देश र राज्यमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।

आज, परमेश्‍वर आफ्नो काम गर्नका लागि संसारमा फर्कनुभएको छ। उहाँले पहिलो चरणमा अधिनायकवादी शासकहरूका भव्य सभालाई रोक्‍नुभयो: नास्तिकवादको कडा गढ, चीनलाई। परमेश्‍वरले आफ्नो बुद्धि र शक्तिद्वारा मानिसहरूको एक समूह प्राप्त गर्नुभएको छ। यस समयावधिमा, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर ठूलो कष्‍ट दियो, त्यसैले आश्रय भेट्टाउन नसकेर उहाँको शिर राख्‍ने ठाउँ पनि छैन। यस्तो कुरा हुँदाहुँदै पनि परमेश्‍वरले गर्न मनसाय राख्‍नुभएको काम उहाँले अझै निरन्तर गर्नुहुन्छ: उहाँले आफ्नो सोर निकाल्नुहुन्छ, र सुसमाचार फैलाउनुहुन्छ। परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई कसैले पनि बुझ्न सक्दैन। परमेश्‍वरलाई आफ्नो शत्रु ठान्‍ने देश, चीनमा परमेश्‍वरले आफ्नो काम कहिल्यै रोक्‍नुभएको छैन। त्यसको सट्टा, धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्‍वरले जतिसक्दो मानवजातिको प्रत्येक र हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ। परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्‍न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौं। परमेश्‍वरको कामलाई रोक्‍नेहरू, परमेश्‍वरको वचनको विरोध गर्नेहरू र बाधा दिनेहरू र परमेश्‍वरको योजनालाई बिगार्नेहरूलाई अन्त्यमा परमेश्‍वरले दण्ड दिनुहुनेछ। परमेश्‍वरको कामको अवहेलना गर्नेलाई नरकमा पठाइनेछ; परमेश्‍वरको कामको अवहेलना गर्ने कुनै पनि देशलाई विनाश गरिनेछ। परमेश्‍वरको कामको विरोधमा उठ्ने कुनै पनि राज्यलाई यस पृथ्वीबाट पूर्ण रूपमा मेटाइनेछ र त्यो अस्तित्वमा रहनेछैन। सबै राज्यहरू, सबै देशहरू, र सबै उद्योगहरूले पनि परमेश्‍वरको आवाज सुनून्, परमेश्‍वरको कामलाई हेरून् र मानवजातिको नियतिमा ध्यान देऊन्; परमेश्‍वरलाई सबैभन्दा पवित्र, सबैभन्दा आदरणीय, सर्वोच्‍च, मानवजातिका बीचमा आराधनाका एकमात्र व्यक्ति, र सम्पूर्ण मानवजातिलाई परमेश्‍वरको आशिषमुनि बाँच्ने बनाऊन्, जसरी, अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञामा रहे, र जसरी परमेश्‍वरले पहिले सृष्‍टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा रहे।

परमेश्‍वरको काम शक्तिशाली छालजस्तै माथितिर बढ्छ। कसैले पनि उहाँलाई थुन्‍न सक्दैन, र उहाँको दौडलाई कसैले पनि रोक्‍न सक्दैन। उहाँका वचनहरूलाई ध्यानसँग सुन्‍नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पाइलाहरू पछ्याउँछन् र उहाँको प्रतिज्ञा प्राप्‍त गर्छन्। जसले गर्दैनन् तिनीहरूले ठूलो विपत्ति भोग्‍नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२१

परमेश्‍वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७६

पत्रुस सिद्ध पारिएका मानिस थिए। सजाय र न्याय अनुभव गरेर परमेश्‍वरप्रति विशुद्ध प्रेम प्राप्त गरिसकेपछि मात्रै, तिनलाई पूर्ण रूपमा सिद्ध...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०६

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्