परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१४

परमेश्‍वरले मानिसलाई कसरी सिद्ध बनाउनुहुन्छ? परमेश्‍वरको स्वभाव के हो? उहाँको स्वभावमा के समावेश छ? यी सबै कुराहरूको स्पष्टीकरण गर्नका लागि: कसैले यसलाई परमेश्‍वरको नाम फैलाउनु भनी भन्छ, कसैले यसलाई परमेश्‍वरको साक्षी दिनु भन्छ, अनि कसैले परमेश्‍वरलाई उचाल्‍नु हो भनी भन्छ। परमेश्‍वरलाई चिन्ने आधारमा, मानिस अन्ततः उसको जीवनको स्वभावमा रूपान्तरित हुन्छ। मानिसले जति धेरै निराकरणबाट र शोधनबाट भएर जान्छ, ऊ उति नै उत्साहित हुन्छ; परमेश्‍वरको कार्यका जति धेरै असङ्ख्य चरणहरू हुन्छन्, मानिसलाई त्यति नै धेरै सिद्ध बनाइन्छ। आज, मानिसको अनुभवमा, परमेश्‍वरको कार्यको हरेक चरणले उसको धारणाहरूमाथि प्रहार गर्दछ, र यी सबै मानिसको बौद्धिकता र उसको अपेक्षाहरूभन्दा बाहिर पर्छन्। मानिसलाई चाहिने सबै कुरा परमेश्‍वरले प्रदान गर्नुहुन्छ, र हरेक कोणबाट यो उसको धारणाको विपरीत हुन्छ। तेरो कमजोरीको समयमा परमेश्‍वरले आफ्ना वचनहरू बोल्नुहुन्छ; केवल यसरी मात्रै उहाँले तेरो जीवन आपूर्ति गर्न सक्नुहुन्छ। तेरो धारणामा प्रहार गर्दै, उहाँले तँलाई परमेश्‍वरसँगको निराकरण स्वीकार गर्न लगाउनुहुन्छ; केवल यसरी मात्रै तैँले तेरो भ्रष्टताबाट आफूलाई मुक्त गर्न सक्छस्। आज, देहधारी परमेश्‍वरले एक अर्थमा ईश्‍वरत्वको स्थितिभित्र कार्य गर्नुहुन्छ, तर अर्को अर्थमा उहाँले सामान्य मानवताको स्थितिमा कार्य गर्नुहुन्छ। जब तँ परमेश्‍वरको कुनै पनि कामलाई अस्वीकार गर्न अक्षम हुन्छस्, जब तँ सामान्य मानवताको स्थितिमा परमेश्‍वरले जे बोल्‍नुभए पनि वा जे गर्नुभए पनि समर्पित हुन सक्षम हुन्छस्, जब तँ परमेश्‍वरले जस्तोसुकै सामान्यता प्रदर्शन गरे पनि त्यसलाई बुझ्न र त्यसमा समर्पित हुन सक्षम हुन्छस्, र जब तैँले वास्तविक अनुभव प्राप्त गरेको हुन्छस्, तब मात्र तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर आश्‍वस्त हुन्छस्, तब मात्र तैँले धारणा उत्पादन गर्न बन्द गर्छस्, तब मात्र तँ उहाँलाई अन्त्यसम्म विश्‍वास गर्न सक्षम हुन्छस्। परमेश्‍वरको कार्यमा बुद्धि छ, र मानिस कसरी उहाँको साक्षीमा स्थिर रहन सक्छ भनेर उहाँलाई थाहा छ। मानिसको महत्त्वपूर्ण कमजोरी कहाँ रहन्छ भन्ने कुरा उहाँलाई थाहा छ, र उहाँले बोलेका वचनहरूले मानिसको महत्त्वपूर्ण कमजोरीमा प्रहार गर्न सक्छ, तर तँलाई उहाँको गवाहीमा दह्रिलो रूपमा खडा गर्नका लागि उहाँले आफ्नो प्रतापी र विवेकपूर्ण वचनहरूको पनि प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका कार्यहरू यस्ता आश्‍चर्यजनक हुन्छन्। परमेश्‍वरले गर्नुहुने कार्यहरू मानिसको समझका लागि अकल्पनीय हुन्छन्। देहको रूपमा मानिसमा कस्तो किसिमको भ्रष्टता निहित छ, र मानिसको सारमा के समावेश छ—यी सबै परमेश्‍वरको न्यायमार्फत प्रकट हुन्छन्, जसले मानिसलाई उसको लाजबाट लुक्न कुनै ठाउँ छोड्दैन।

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र बेजोड गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरू विना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरको हृदयअनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभावको रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरको हृदयअनुरूप भएको छ भन्ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति आज्ञाकारी होस्, उहाँको गवाही दिओस्, उहाँको व्यावहारिक र सामान्य कार्य जानोस्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूको पालना गरोस्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही दिओस् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनुपर्छ; यस प्रकारको गवाही मात्र सही र यथार्थ हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय र सजाय, निराकरण र काँट-छाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँले उहाँको गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९३

परमेश्‍वरका आशिष्‌हरू उत्पत्ति १७:४-६ मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८७

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला काम गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु।...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९३

परमेश्‍वरको कामको उद्देश्य, मानिसमा उहाँको कामले हासिल गर्ने प्रतिफल, र मानिसको लागि उहाँको इच्छा खास के हो त्यसलाई बुझ्‍नु: परमेश्‍वरलाई...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९२

यदि मानिसहरूले उनीहरूको विवेकका भावनाहरू मात्र सुन्छन् भने, तिनीहरूले परमेश्‍वरको प्रेमिलोपन महसुस गर्न सक्दैनन्। यदि तिनीहरू पूर्णतया...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्