परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०१

आखिरी दिनहरूको कामले सबै नियमहरू तोड्दछ, अनि तँ श्रापित भए पनि वा दण्डित भए पनि, जबसम्म तैँले मेरो काममा सहायता गर्छस् र आजको विजयको कामका निम्ति उपयोगी हुन्छस्, तब तँ मोआबको सन्तान भए पनि वा ठूलो रातो अजिङ्गरको सन्तान नै भए पनि, तैँले कामको यस चरणमा परमेश्‍वरको सृष्टिको कर्तव्य पूरा गर्छस् र तैँले गर्न सक्ने सक्दो गर्छस् भने, पाउनु पर्ने प्रभाव प्राप्त हुनेछ। तँ ठूलो रातो अजिङ्गरको सन्तान होस्, र तँ मोआबको सन्तान होस्; समग्रमा भन्ने हो भने, जो मासु र रगतका हुन् तिनीहरू सबै परमेश्‍वरका सृष्टि हुन् र तिनीहरू सृष्टिकर्ताद्वारा बनाइएका थिए। तँ परमेश्‍वरको सृष्टि होस्, तँसँग कुनै विकल्प हुनु हुँदैन, र यो तेरो कर्तव्य हो। अवश्य, आज सृष्टिकर्ताको काम सम्पूर्ण ब्रह्माण्डप्रति निर्देशित छ। तिमीहरू जुन वंशबाट आएको सन्तान भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा तिमीहरू परमेश्‍वरका सृष्टि, तिमीहरू—जो मोआबको सन्तान हौ—परमेश्‍वरका सृष्टिका भाग हौ, फरक यति मात्र छ कि तिमीहरूको मूल्य कम छ। आज, परमेश्‍वरको काम सबै प्राणीहरूको माझमा र सारा ब्रह्माण्डमा गरिने भएकोले, सृष्टिकर्ता उहाँको काम गर्नका निम्ति कुनै पनि मानिसहरू, विषयहरू वा थोकहरू चुन्न स्वतन्त्र हुनुहुन्छ। तँ कुन वंशबाट आएको होस् भन्ने कुरालाई उहाँले परवाह गर्नुहुन्न; तँ उहाँका सृष्टिमध्येको एउटा होस्, र तँ उहाँको काम, अर्थात् विजय र गवाहीको कामका निम्ति फाइदाजनक हुन्छस् भने, उहाँले तँभित्र कुनै संकोचविना उहाँको काम पूरा गर्नुहुनेछ। यसले मानिसहरूका परम्परागत धारणाहरूलाई चकनाचूर पार्छ, जुनचाहिँ यही हुन् कि परमेश्‍वरले अन्यजातिहरूका बीचमा कहिल्यै पनि काम गर्नुहुनेछैन, विशेष गरी तिनीहरूका माझमा जो श्रापित र तुच्छ छन्; किनकि जो श्रापित छन्, तिनीहरूबाट भविष्यमा आउने सबै पुस्ताहरू पनि सदाका लागि श्रापित हुनेछन्, जसको निम्ति मुक्ति पाउने कुनै पनि सम्भावना हुँदैन; परमेश्‍वरले कहिल्यै पनि अन्यजातिहरूको देशमा ओर्लेर काम गर्नुहुनेछैन, र उहाँले फोहोरको देशमा कहिल्यै पनि खुट्टा टेक्नुहुनेछैन, किनकि उहाँ पवित्र हुनुहुन्छ। परमेश्‍वरको आखिरी दिनहरूको कामद्वारा यी सबै धारणाहरू चकनाचूर पारिएका छन्। यो जान कि परमेश्‍वर सबै सृष्टिका परमेश्‍वर हुनुहुन्छ, स्वर्गहरू, पृथ्वी र सबै थोकमाथि उहाँको अधिकार छ, अनि उहाँ इस्राएलका मानिसहरूका मात्र परमेश्‍वर हुनुहुन्न। त्यसैले, चीनमा भएको यो कामको ठूलो महत्त्व छ, अनि के यो सबै देशहरूमा फैलिनेछैन र? भविष्यको ठूलो गवाही चीनमा मात्र सीमित हुनेछैन; यदि परमेश्‍वरले तिमीहरूलाई जित्नु मात्र सक्नुभयो भने, के भूतात्माहरू विश्‍वस्त हुन सक्छन्? तिनीहरू विजय हुनु भनेको के हो, वा परमेश्‍वरको महान् शक्ति भनेको के हो बुझ्दैनन्, अनि जब सारा ब्रह्माण्डमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूले अन्तिम प्रभावहरू देख्छन्, तब सबै प्राणीहरू जितिनेछन्। मोआबका सन्तानहरूभन्दा बढी पिछडिएको वा भ्रष्ट कोही पनि छैन। सबैभन्दा भ्रष्ट, परमेश्‍वरलाई स्वीकार नगर्ने वा परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास नगर्ने मानिसहरू जितिएपछि, अनि तिनीहरूले आफ्‍नो मुखले परमेश्‍वरलाई स्वीकार गरे, उहाँलाई प्रशंसा गरे, अनि उहाँलाई प्रेम गर्न सके भने मात्रै यो विजयको गवाही बन्‍नेछ। तिमीहरू पत्रुस नभए पनि, तिमीहरू पत्रुसको स्वरूपमा जिउँछौ, तिमीहरूले पत्रुसको र अय्यूबको गवाही धारण गर्न सक्छौ, र यो सबैभन्दा ठूलो गवाही हो। अन्त्यमा तिमीहरूले यसो भन्नेछौ: “हामी इस्राएलीहरू होइनौं, तर मोआबको त्यागिएका सन्तान हौं, हामी पत्रुस होइनौं, जसको क्षमता प्राप्त गर्न हामी असक्षम छौं, न त अय्यूब हौं, अनि हामीलाई परमेश्‍वरको लागि दुःख भोग्ने र आफैलाई परमेश्‍वरमा समर्पण गर्ने पावलको संकल्पसित तुलना गर्न सकिँदैन, र हामी धेरै पछौटे हौं, र यसैले हामी परमेश्‍वरको आशिष प्राप्त गर्न अयोग्य छौं। आज पनि परमेश्‍वरले हामीलाई माथि उठाउनुभएको छ; त्यसकारण हामीले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र हामी अपर्याप्त क्षमता वा योग्यताका भए पनि, हामी परमेश्‍वरलाई सन्तुष्ट पार्न तयार छौं—हामीसँग यो संकल्प छ। हामी मोआबका सन्तानहरू हौं, र हामी श्रापित थियौं। यो परमेश्‍वरको घोषणा थियो, र हामी यसलाई परिवर्तन गर्न सक्दैनौं, तर हाम्रो जीवनशैली र हाम्रो ज्ञान परिवर्तन हुन सक्छ, र हामी परमेश्‍वरलाई सन्तुष्ट पार्ने सङ्कल्‍प गर्छौं।” जब तँसँग यो संकल्प हुन्छ, तब त्यसले तिमीहरूलाई विजय गरिँदैछ भन्ने प्रमाणित गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३७

परमेश्‍वरलाई आफ्नो अद्वितीय मालिकको रूपमा स्वीकार गर्नु नै मुक्ति पाउने पहिलो कदम हो परमेश्‍वरको अख्तियार सम्‍बन्धी सत्यताहरू हरेक...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२०

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २६५

धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ;...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्