परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९७

परमेश्‍वरको देहधारणले सबै धर्म र क्षेत्रहरूलाई तरङ्गित पारेको छ, यसले धार्मिक वृत्तका मूल प्रणालीलाई “भद्रगोलको अवस्थामा” धकेलिदिएको छ र यसले परमेश्‍वर देखा पर्नुभएको चाहना गर्नेहरूको हृदय हल्लाइदिएको छ। कसले उपासना गर्दैन र? कसले परमेश्‍वरलाई देख्‍न चाहँदैन र? परमेश्‍वर धेरै वर्षदेखि व्यक्तिगत रूपमा मानिसको बीचमा रहँदै आउनुभएको छ, तापनि मानिसले कहिले पनि यसलाई महसुस गरेको छैन। आज, परमेश्‍वर स्वयम् देखा पर्नुभएको छ र उहाँको पहिचान जनसाधारणलाई देखाउनुभएको छ—यसले कसरी मानिसको हृदयमा हर्ष ल्याउँदैनथ्यो र? परमेश्‍वरले एक पटक मानिससँग आनन्द र शोक बाँडचुँड गर्नुभयो र आज उहाँको मानवजातिसँग पुनर्मिलन भएको छ र ऊसँग बितेका समयका कथाहरू सुनाउँदै हुनुहुन्छ। उहाँ यहूदियाबाट बाहिर जानुभएपछि मानिसहरूले उहाँलाई भेट्टाउन सकेनन्। तिनीहरूले फेरि एक पटक उहाँलाई भेट्ने चाहना गर्छन्, तर पनि आज तिनीहरूले उहाँलाई फेरि भेटेर उहाँसँग तिनीहरूको पुनर्मिलन भइसकेको छ भन्‍ने तिनीहरूलाई थाहै हुँदैन। यसले कसरी हिजोका सोचहरूमा हलचल नल्याउला र? दुई हजार वर्षअगाडि आजकै दिन यहूदीका सन्तान योनाको छोरो सिमोनले येशूलाई उद्धारकर्ताको रूपमा लियो, उहाँकै टेबुलमा खायो र उहाँलाई धेरै वर्ष पछ्यायो अनि उहाँप्रति गहिरो प्रेम महसुस गर्‍यो: उसले उहाँलाई आफ्नो हृदयको गहिराइबाट प्रेम गर्‍यो, उसले प्रभु येशूलाई अत्यन्तै प्रेम गर्‍यो। चिसो डुँडमा जन्मिएको सुनौलो कपाल भएको बालक कसरी परमेश्‍वरको देहधारणको पहिलो स्वरूप हुनुहुन्थ्यो भन्‍ने बारेमा यहूदी मानिसहरूलाई केही पनि थाहा थिएन। तिनीहरूले उहाँलाई आफूजस्तै सोचे, कसैले पनि उहाँलाई फरक सोचेन—मानिसहरूले सामान्य र साधारण येशूलाई कसरी पहिचान गर्न सक्थे र? यहूदी मानिसहरूले उहाँलाई त्यस समयको यहूदी छोराको रूपमा सोचे। कसैले पनि उहाँलाई प्रेमिलो परमेश्‍वरको रूपमा हेरेन, मानिसहरूले उहाँसँग अन्धाधुन्ध माग गर्ने बाहेक केही पनि गरेनन्, तिनीहरूले उहाँसँग प्रचुर र प्रशस्त मात्रामा अनुग्रह, शान्ति र आनन्दको माग गरे। तिनीहरूलाई के मात्र थाहा थियो भने उहाँसँग लखपति मानिससँग जस्तै जोकोहीले इच्छा गरेको हरेक कुरा छ। तथापि मानिसहरूले उहाँलाई प्रेमिलो व्यक्तिको रूपमा व्यवहार गरेनन्; त्यस बेलाका मानिसहरूले उहाँलाई प्रेम गरेनन् र उहाँको विरोध मात्र गरे अनि उहाँसँग तर्कहीन मागहरू गरे। उहाँले कहिले पनि प्रतिरोध गर्नुभएन, मानिसले उहाँलाई नचिनेको भए तापनि उहाँले निरन्तर मानिसहरूलाई अनुग्रह दिनुभयो। उहाँले मानिसलाई चुपचाप न्यानोपन, प्रेम र दया दिनेबाहेक केही पनि गर्नुभएन, त्यो भन्दा बढी त उहाँले मानिसलाई व्यवस्थाको बन्धनबाहिर निकाल्नुभयो र उसलाई अभ्यासका नयाँ माध्यमहरू दिनुभयो। मानिसले उहाँलाई प्रेम गरेन, उसले उहाँको डाह मात्र गर्‍यो र उहाँका असाधारण प्रतिभाहरूको पहिचान गर्‍यो। प्रेमिलो येशू मुक्तिदाता मानवजातिकहाँ आउनुहुँदा उहाँले कति ठूलो अपमान भोग्‍नुभयो भन्‍ने कुरा अन्धो मानवजातिले कसरी जानोस् र? कसैले पनि उहाँको कष्टको बारेमा सोचविचार गरेन, कसैले पनि परमेश्‍वर पिताप्रतिको उहाँको प्रेमलाई जानेन, र कसैले पनि उहाँको एकलोपनलाई जान्‍न सकेन; मरियम उहाँलाई जन्म दिने आमा भए तापनि कृपालु प्रभु येशूको हृदयमा भएका सोचहरूको बारेमा तिनले कसरी जान्‍न सक्थिन् र? मानिसको पुत्रले सहनुभएको व्यक्त नै गर्न नसकिने कष्टको बारेमा कसले जान्दथ्यो र? उहाँसँग अनुरोधहरू गरेपछि त्यस समयमा मानिसहरूले उहाँलाई बेपरवाह गर्दै आफ्नो मनको पछाडि राखे र उहाँलाई निकालेर बाहिर फाले। त्यसैले दिनप्रतिदिन, वर्षौँवर्ष उहाँ सडकहरूमा भौतारिनुभयो, कठिन साढे तेत्तीस वर्षसम्म यताउता भौतारिनुभयो, र ती वर्षहरू लामा र छोटा दुवै थिए। जब मानिसहरूलाई उहाँको आवश्यकता पर्‍यो तिनीहरूले उहाँसँग माग गर्ने प्रयासका साथ उहाँलाई मुस्कानका साथ आफ्ना घरमा निमन्त्रणा दिए—अनि उहाँको योगदान पाएपछि तिनीहरूले उहाँलाई ढोकाबाहिर तुरुन्तै धकेलिदिए। मानिसहरूले उहाँले आफ्नो मुखबाट उपलब्ध गराउनुभएको खाना खाए, तिनीहरूले उहाँको रगत पिए, तिनीहरू उहाँले तिनीहरूलाई प्रदान गर्नुभएको अनुग्रहमा रमाए, तैपनि तिनीहरूले उहाँको विरोध गरे किनकि तिनीहरूले आफूलाई कसले जीवन दिनुभएको भन्‍ने कुरा कहिल्यै पनि जानेनन्। अन्ततः तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकिदिए, तैपनि उहाँले आवाज निकाल्‍नुभएन। आज पनि उहाँ चुपचाप हुनुहुन्छ। मानिसहरूले उहाँको देह खान्छन्, तिनीहरूले उहाँको रगत पिउँछन्, तिनीहरूले उहाँले तिनीहरूको निम्ति बनाउनुभएको खाना खान्छन्, अनि तिनीहरू उहाँले तिनीहरूको निम्ति खोल्‍नुभएको बाटो हिँड्छन्, तैपनि तिनीहरूले उहाँलाई इन्कार गर्ने इरादा राख्छन्; वास्तवमा तिनीहरूले आफूहरूलाई जीवन दिनुहुने परमेश्‍वरलाई शत्रुलाई झैँ व्यवहार गर्छन् र दासहरूलाई चाहिँ स्वर्गीय पिताको रूपमा व्यवहार गर्छन्। यसमा, के तिनीहरूले जानी-जानी उहाँको विरोध गर्दैनन् र? येशू कसरी क्रूसमा मर्न पुग्‍नुभयो? के तिमीहरूलाई थाहा छ? के उहाँलाई उहाँको सबैभन्दा नजिक रहेको, उहाँसँगै खाएको, पिएको र उहाँसँगै रमाएको यहूदाले धोका दिएन र? के उहाँ नगण्य सामान्य शिक्षकभन्दा बढी हुनुभएको कारण यहूदाले येशूलाई धोका दिएको होइन र? यदि मानिसहरूले येशू असाधारण र उहाँ स्वर्गको हुनुहुन्थ्यो भन्‍ने कुरा देखेका भए, तिनीहरूले कसरी उहाँलाई जिउँदै चौबीस घण्टासम्म उहाँको शरीरमा सास बाँकी नरहेसम्म क्रूसमा कीला ठोक्‍ने थिए र? परमेश्‍वरलाई कसले जान्‍न सक्छ? मानिसहरूले तृप्त नहुने लालचसाथ परमेश्‍वरको आनन्द लिने बाहेक केही पनि गर्दैनन्, तर तिनीहरूले उहाँलाई कहिल्यै पनि चिनेका छैनन्। तिनीहरूलाई औँला दिइएको थियो तर तिनीहरूले डुँडुलो निलेका छन्, अनि तिनीहरूले “येशू” लाई पूर्ण रूपमा आफ्नो आदेश र आज्ञा पालन गर्ने बनाए। कहीँ पनि शिर राख्‍ने ठाउँ नभएको मानिसको पुत्रलाई कसले कहिल्यै दया देखाएको छ? परमेश्‍वरको आज्ञा पूरा गर्नको निम्ति उहाँसँग लागिपर्ने कसले कहिल्यै सोच राखेको छ? कसले कहिल्यै उहाँको लागि सोचेको छ? उहाँका कठिनाइहरूको बारेमा कोही कहिल्यै विचारशील भएको छ? अलिकति पनि प्रेमविना मानिसले उहाँलाई अगाडि र पछाडि बटार्छ; मानिसलाई उसको ज्योति र जीवन कहाँबाट आउँछ भन्‍ने थाहा छैन र दुई हजार वर्ष पहिलेका मानिसका बीचमा कष्ट भोग्नुभएका “येशूलाई” पुनः एक पटक क्रूसमा टाँग्‍ने गोप्य योजना बनाउने बाहेक उसले केही पनि गर्दैन। के “येशूले” त्यस्तो घृणालाई प्रेरित गर्नुहुन्छ? के उहाँले धेरै पहिले गर्नुभएका सबै काम-कुराहरू बिर्सिसकिएको छ? हजारौँ वर्षदेखि एकत्रित भएको घृणा अन्तमा बाहिर निस्कनेछ। तिमीहरू, काटीकुटी यहूदीहरूजस्तै छौ! “येशू” कहिले तिमीहरूको विरोधी हुनुभएको छ र तिमीहरूले उहाँलाई त्यति धेरै घृणा गर्नुपर्छ? उहाँले त्यति धेरै कुराहरू गर्नु र भन्‍नुभएको छ—के तीमध्ये कुनै पनि तिमीहरूको निम्ति फाइदाजनक छैनन् र? उहाँले सट्टाभर्ना नमागी आफ्नो जीवन तिमीहरूको निम्ति दिनुभयो, उहाँले तिमीहरूलाई आफ्नो सम्पूर्णता दिनुभयो—के तिमीहरू वास्तवमा अझै पनि उहाँलाई जिउँदै खान चाहन्छौ? उहाँले कुनै पनि कुरा आफूसँग नराखी, सांसारिक महिमा, मानिसका बीचमा भएको न्यानोपन वा मानिसका बीचमा भएको प्रेम, मानिसका बीचमा भएका सबै आशिष्‌हरूमा नरमाई, आफ्नो सबै थोक तिमीहरूलाई दिनुभएको छ। मानिसहरू उहाँप्रति यति नीच छन्, उहाँले कहिल्यै पनि पृथ्वीका सारा सम्पत्तिहरूको आनन्द लिनुभएन, उहाँले आफ्नो सारा इमान्दार र स्‍नेही हृदय मानवजातिको निम्ति समर्पण गर्नुहुन्छ—अनि कसले कहिल्यै उहाँलाई न्यानोपन दिएको छ? उहाँलाई कसले कहिल्यै आराम दिएको छ? मानिसले सबै दबाब उहाँमाथि थुपारेको छ, उसले सबै दुर्भाग्य उहाँलाई सुम्पिदिएको छ, मानिसका बीचमा भएका सबैभन्दा दुर्भाग्यपूर्ण अनुभवहरूलाई जबरजस्ती उहाँमाथि थुपारेको छ, उसले सबै अन्यायको दोष उहाँलाई दिन्छ र उहाँले यसलाई मौनतामा स्वीकार गर्नुभएको छ। के उहाँले कसैको विरोध गर्नुभएको छ र? के उहाँले कसैबाट कहिल्यै थोरै भरपाई माग्नुभएको छ र? कसले उहाँलाई कहिल्यै सहानुभूति देखाएको छ र? सामान्य मानिसहरूको रूपमा, तिमीहरूमध्ये कसले मनोरम बाल्यकाल पाएन र? कसले रङ्गीन जवानी पाएन र? कोसँग प्रियजनहरूको न्यानोपन छैन र? कोसँग आफन्त र साथीभाइहरूको प्रेम छैन र? कसले अरूको सम्मान पाएको छैन र? को न्यानो परिवाररहित छ र? कसले विश्‍वासपात्रको सान्त्वना पाएको छैन र? अनि के उहाँले यीमध्ये कुनै कुराको कहिल्यै आनन्द लिनुभएको छ र? कसले उहाँलाई कहिल्यै थोरै न्यानोपन दिएको छ र? कसले उहाँलाई कहिल्यै थोरै सान्त्वना दिएको छ र? कसले उहाँलाई कहिल्यै थोरै मानव नैतिकता देखाएको छ र? कसले उहाँलाई कहिल्यै सहेको छ र? कठिन समयहरूमा को कहिल्यै उहाँसँग रहेको छ र? कसले उहाँसँग कठिन जीवन कहिल्यै गुजारेको छ र? मानिसले कहिल्यै पनि उहाँले पालना गर्नुपर्ने मापदण्डहरूलाई कम गरेको छैन; उसले त बिनासङ्कोच उहाँसँग माग मात्र गर्छ, मानौं कि मानिसको संसारमा आउनुभएर उहाँले मानिसको गोरु वा घोडा, उसको कैदी बन्नुपर्छ र उहाँको सबै थोक मानिसलाई दिनुपर्छ; यदि होइन भने, मानिसले उहाँलाई कहिल्यै माफ गर्नेछैन, उहाँसँग कहिल्यै सहज व्यवहार गर्नेछैन, उहाँलाई कहिल्यै परमेश्‍वर भनेर पुकार्नेछैन र उहाँलाई कहिल्यै उच्‍च आदर गर्नेछैन। मानिस उहाँप्रतिको प्रवृत्तिमा अत्यन्तै कठोर छ, मानौँ कि उहाँलाई मृत्युसम्मै यातना दिनको निम्ति लागिपरेको छ, त्यसपछि मात्र उसले परमेश्‍वरले पालना गर्नुपर्ने मापदण्डलाई खुकुलो गर्नेछ; नत्रभने मानिसले कहिल्यै पनि परमेश्‍वरले पालना गर्नुपर्ने आवश्यक मापदण्डलाई कहिले पनि कम गर्नेछैन। यस्तो मानिसलाई परमेश्‍वरले कसरी घृणा गर्नुहुन्न र? के यो आजको वियोग होइन र? मानिसको विवेक कहीँ पनि देखिन्‍न। उसले परमेश्‍वरको प्रेमको पैँचो तिर्नेछु भनेर भन्छ तर उसले परमेश्‍वरलाई चिर्छ र उहाँलाई यातना दिएर मार्छ। के यो उसका पुर्खाहरूबाट हस्तान्तरण भई आएका परमेश्‍वरप्रतिको उसको विश्‍वासको कुनै “गोप्य रेसिपि” होइन र? “यहूदीहरू” नपाइने ठाउँ कहीँ छैन र आज पनि तिनीहरूले त्यही काम गर्छन्, तिनीहरूले आज पनि परमेश्‍वरको विरोध गर्ने त्यही काम गर्छन् तर पनि तिनीहरू आफूहरूले परमेश्‍वरलाई माथि उठाइरहेका छौं भन्‍ने विश्‍वास गर्छन्। के मानिसको आफ्नै आँखाले परमेश्‍वरलाई चिन्‍न सक्थ्यो र? देहमा जिउने मानिसले कसरी आत्माबाट आउनुभएको देहधारी परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्थ्यो र? मानिसमाझ उहाँलाई कसले चिन्‍न सक्थ्यो र? मानिसको बीचमा सत्यता कहाँ छ? साँचो धार्मिकता कहाँ छ? परमेश्‍वरको स्वभावलाई चिन्‍न को सक्षम छ? स्वर्गका परमेश्‍वरसँग कसले प्रतिस्पर्धा गर्न सक्छ? आश्‍चर्य नमाने हुन्छ, उहाँ मानिसको बीचमा आउनुभएको बेला कसैले पनि परमेश्‍वरलाई चिनेको छैन र उहाँलाई इन्कार गरिएको छ। मानिसले कसरी परमेश्‍वरको अस्तित्वलाई सहन गर्न सक्थ्यो र? उसले कसरी ज्योतिलाई अन्धकार हटाउने अनुमति दिन सक्छ र? के यो सबै मानिसको सम्माननीय भक्ति होइन र? के यो मानिसको इमान्दार प्रवेश होइन र? अनि के परमेश्‍वरको काम मानिसको प्रवेशमा केन्द्रित छैन र? म चाहन्छु कि तिमीहरूले परमेश्‍वरको कामलाई मानिसको प्रवेशसँग मिलाएर मानिस र परमेश्‍वर बीचमा राम्रो सम्बन्ध स्थापित गर अनि तिमीहरूको क्षमताले भ्याएसम्म मानिसले गर्नुपर्ने कर्तव्य निर्वाह गर। तत्पश्चात्, यस तरिकाबाट परमेश्‍वरको कामको अन्त्य हुनेछ र निष्कर्षको रूपमा उहाँले महिमा प्राप्त गर्नुहुनेछ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४४

मैले इस्राएलमा मेरो काम गर्दा “यहोवा” नाउँ धारण गरेँ र यसको अर्थ (परमेश्‍वरले चुन्नुभएको) इस्राएलीहरूको परमेश्‍वर भन्ने हुन्छ, जसले...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८७

तिमीहरूको बफदारिता शब्दमा मात्र छ, तिमीहरूको ज्ञान बौद्धिक र वैचारिक मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १८

यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले मानवजातिको बीचमा परमेश्‍वरको सांसारिक उद्‍गम स्थान स्थापना गर्‍यो, जुन एउटा पवित्र स्थान पनि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्