परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९३

जब अनुग्रहको युगमा परमेश्‍वर तेस्रो स्वर्गमा फर्कनुभयो, त्यसबेला सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वरको काम वास्तवमा अन्तिम चरणमा पुगिसकेको थियो। पृथ्वीमा केवल येशूले आफ्नो पिठिउँमा बोक्‍नुभएको क्रूस, येशूलाई बेह्रिएको सूती कपडा, र काँढाको मुकुट र येशूले पहिरिनुभएको लाल-बैजनी वस्‍त्र मात्र बाँकी रहेको थियो (यहूदीहरूले यिनै थोकहरूलाई लिएर उहाँको हाँसो उडाए)। अर्थात्, येशूको क्रूसीकरणको कामले ठूलो सनसनी उत्पन्न गरेपछि, परिस्थिति फेरि शान्त भयो। त्यस बेलादेखि यता, येशूका चेलाहरूले उहाँको काम अघि बढाउन थाले, सबैतिरका मण्डलीहरूलाई गोठालो र पानी हाल्‍ने काम गरे। उनीहरूका कामको बेहोरा यसप्रकार थियो: उनीहरूले सबै मानिसहरूलाई पश्‍चात्ताप गर्न, आफ्ना पापहरू स्वीकार गर्न र बप्तिस्मा लिन आग्रह गरे; अनि सबै प्रेरितहरू येशूको क्रूसीकरणको भित्री कथालाई केही थपथाप नगरी फैलाउन गए, र यसैले सबै जना आफ्ना पापहरू स्वीकार गर्दै येशूको सामु लम्पसार नपरी रहन सकेनन्; र यसबाहेक, प्रेरितहरू येशूले बोल्नुभएका वचनहरू प्रचार गर्दै सबै ठाउँमा गए। त्यस बेलादेखि अनुग्रहको युगमा मण्डलीहरूको निर्माण सुरु भयो। त्यस युगको अवधिमा पनि येशूले जे गर्नुभयो त्यो मानिसको जीवन र स्वर्गमा हुनुहुने पिताको इच्छाको बारेमा गर्नुभएको कुरा मात्र थियो, र त्यो एउटा फरक युग भएकोले ती धेरै वटा भनाइ र अभ्यासहरू आजका भन्दा धेरै फरक थिए। तापनि, सारांशमा ती एउटै हुन्: ती दुवै सटीक र सही रूपमा देहमा परमेश्‍वरका आत्माको काम हुन्। यस प्रकारको काम र वाणी त्यस बेलादेखि आजसम्म जारी छ, र त्यसैले यस प्रकारको कुरा आजका धार्मिक संस्थाहरूमा अझै पनि बताइन्छ, र यो बिलकुलै परिवर्तन भएको छैन। जब येशूको काम समाप्त भयो र मण्डलीहरू येशू ख्रीष्टको सही बाटोमा लागेका थिए, तैपनि परमेश्‍वरले उहाँको कामको अर्को चरणका लागि आफ्नो योजना सुरु गर्नुभयो, जुन आखिरी दिनहरूमा उहाँ देहमा आउनुपर्ने विषय थियो। मानिसले यसलाई हेर्दा परमेश्‍वरको क्रूसीकरणले परमेश्‍वरको देहधारणको काम यसअघि नै समाप्त गरिसकेको, सम्पूर्ण मानवजातिलाई छुटकारा दिइसकेको र उहाँलाई पाताल जाने चाबी कब्जा गर्ने अनुमति दिइसकेको थियो। सबै जनाले परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भइसकेको छ भनी सोच्छन्। वास्तवमा, परमेश्‍वरको दृष्टिकोणबाट, उहाँको कामको एउटा सानो भाग मात्र पूरा भएको थियो। उहाँले जे गर्नुभयो ती केवल मानवजातिलाई छुटकारा दिनका निम्ति थिए; उहाँले मानवजातिलाई विजय गर्नुभएको थिएन, मानिसको शैतानी अनुहार परिवर्तन गर्नुभएको हुनु त परै जाओस्। त्यसकारण, परमेश्‍वर भन्नुहुन्छ, “मेरो देहधारणले मृत्युको पीडा भोगेको भए पनि मेरो देहधारणको सम्पूर्ण उद्देश्य त्यो थिएन। येशू मेरा प्रिय पुत्र हुन् र उनी मेरो निम्ति क्रूसमा टाँगिएका थिए, तर उनले मेरो काम सम्पूर्ण रूपमा समाप्त गरेनन्। उनले त्यसको एक भाग मात्र गरे।” यसकारण परमेश्‍वरले देहधारणको कामलाई निरन्तरता दिन योजनाहरूको दोस्रो चरण सुरु गर्नुभयो। परमेश्‍वरको अन्तिम अभिप्राय शैतानको पञ्‍जाबाट उद्धार गरिएका सबै मानिसहरूलाई सिद्ध पार्नु र प्राप्त गर्नु थियो, यसकारण परमेश्‍वरले एकचोटि फेरि देहमा आउन साहसपूर्वक खतराको सामना गर्ने तयारी गर्नुभयो। “देहधारण” को अर्थले त्यो एक जनलाई बुझाउँछ जसले महिमा ल्याउनुहुन्न (किनकि परमेश्‍वरको काम अझै समाप्त भएको छैन), तर जो प्रिय पुत्रको पहिचानसाथ देखा पर्नुहुन्छ, र उहाँ ख्रीष्ट हुनुहुन्छ, जसमा परमेश्‍वर प्रसन्न हुनुहुन्छ। त्यसकारण, यसलाई “साहसपूर्वक खतराको सामना गर्नु” भनिन्छ। देहधारणको देह अति थोरै शक्तिको हुन्छ र यसमा ठूलो सावधानी अपनाउनुपर्छ, र उहाँको शक्ति स्वर्गका पिताको अख्तियारभन्दा आकाश-पातालझैँ भिन्न छ; उहाँले अरू काममा संलग्न नभई पिता परमेश्‍वरको काम र उहाँको आदेश पूरा गर्दै देहको सेवकाइ मात्र पूरा गर्नुहुन्छ, र उहाँले त्यस कामको एक भाग मात्र पूरा गर्नुहुन्छ। यसकारण, परमेश्‍वर पृथ्वीमा आउनासाथ उहाँलाई “ख्रीष्ट” भन्ने नाउँ दिइयो—त्यस नाउँभित्र रहेको अर्थ त्यही हो। पुनरागमनको साथमा परीक्षाहरू आउँछन् भन्‍नुको अर्थ कामको एउटै भाग मात्रै पूरा भइरहेको थियो भन्‍ने हो। यसबाहेक, परमेश्‍वर पिताले उहाँलाई “ख्रीष्ट” र “प्रिय पुत्र” मात्र भनेर सम्बोधन गर्नु, तर उहाँलाई सारा महिमा नदिनुको कारण के थियो भने देहधारी मानिस कामको एक भाग गर्न मात्र आउनुहुन्छ, स्वर्गमा हुनुहुने पिताको प्रतिनिधित्व गर्न होइन, बरु प्रिय पुत्रको सेवकाइ पूरा गर्न आउनुहुन्छ। जब प्रिय पुत्रले आफ्नो काँधमा स्वीकार गर्नुभएका सम्पूर्ण आज्ञा पूरा गर्नुहुन्छ, तब पिताले उहाँलाई पिताको पहिचानसहित पूर्ण महिमा दिनुहुनेछ। यसलाई “स्वर्गको संहिता” हो भनेर भन्न सकिन्छ। किनकि देहमा आउनुभएका जन र स्वर्गमा हुनुहुने पिता दुई भिन्न क्षेत्रमा हुनुहुन्छ, उहाँ दुईले आत्मामा मात्र एकअर्कालाई हेर्नुहुन्छ, पिताले प्रिय पुत्रमाथि नजर राख्नुहुन्छ, तर पुत्रले टाढाबाट पितालाई देख्न सक्नुहुन्न। यस्तो किन हुन्छ भने देह जुन कार्यहरू गर्न सक्षम छ ती अति साना स्तरका हुन्छन् र उहाँ सम्भवतः कुनै पनि क्षण मारिन सक्नुहुन्छ, याने कि यो आगमन सबैभन्दा ठूलो खतराले भरिएको छ भनेर भन्न सकिन्छ। यो परमेश्‍वरका लागि एक पटक फेरि आफ्ना प्रिय पुत्रलाई बाघको मुखमा पार्नु सरह हो, जहाँ उहाँको जीवन खतरामा हुन्छ, उहाँलाई त्यस्तो ठाउँमा राख्नु हो जहाँ शैतानको ध्यान सबैभन्दा बढी केन्द्रित हुन्छ। यस्ता डरलाग्दा परिस्थितिहरूमा पनि, परमेश्‍वरले अझै आफ्ना प्रिय पुत्रलाई “हेरचाह गर्न र शिक्षादिक्षा दिन” फोहोरीपन र व्यभिचारीपनले भरिएको स्थानका मानिसहरूलाई सुम्पिदिनुभयो। किनकि त्यसो गर्नु मात्र परमेश्‍वरको कार्यलाई उचित र स्वाभाविक बनाउने एक मात्र तरिका हो, र यो मात्र पिता परमेश्‍वरका सबै इच्छाहरू पूरा गर्ने र मानवजातिको बीचमा उहाँको कामको अन्तिम भाग पूरा गर्ने एक मात्र तरिका हो। येशूले पिता परमेश्‍वरको कामको एक चरण पूरा गर्नुबाहेक अरू केही गर्नुभएन। देहधारणको देहले गर्ने अवरोधहरू र पूरा गर्नुपर्ने कामका भिन्नताहरूको कारण, येशू आफैलाई पनि देहमा दोस्रो पल्ट फर्केर आउनुपर्ने कुरा थाहा थिएन। त्यसकारण, कुनै पनि बाइबल व्याख्याकार वा अगमवक्ताले आखिरी दिनहरूमा परमेश्‍वर फेरि देहधारी हुनुहुनेछ अर्थात्, उहाँ देहमा आफ्नो कामको दोस्रो भाग पूरा गर्न फेरि देहमा आउनुहुनेछ भनी स्पष्ट रूपमा अगमवाणी गर्ने हिम्मत गरेनन्। त्यसकारण, परमेश्‍वरले यसअघि नै लामो समयदेखि आफूलाई देहमा लुकाउनुभएको थियो भनी कसैले महसुस गरेनन्। यो त्यत्ति अचम्मको कुरा होइन, किनकि जब येशू पुनरुत्थान हुनुभयो र स्वर्गमा उचालिनुभयो तब मात्र उहाँले यो आज्ञा स्वीकार गर्नुभयो, त्यसैले परमेश्‍वरको दोस्रो देहधारणको बारेमा कुनै स्पष्ट अगमवाणी छैन, र यो मानव दिमागले सोच्नै नसक्ने कुरा हो। बाइबलका अगमवाणीका सबै पुस्तकहरूमा यो कुरा स्पष्ट रूपमा बताउने कुनै वचनहरू छैनन्। तर जब येशू काम गर्न आउनुभयो, त्यसबेला अघिबाटै एउटा स्पष्ट अगमवाणी भइसकेको थियो, जसमा भनिएको थियो कि एउटी कन्याले गर्भधारण गर्नेछे, र उसले एउटा छोरो जन्माउनेछे, जसको अर्थ यो हो कि उहाँ पवित्र आत्माबाट गर्भमा आउनुभएको थियो। तापनि, परमेश्‍वरले अझै पनि यो मृत्युको जोखिममा भएको बताउनुभयो, त्यसैले आजको परिस्थितिमा यो झन् कति धेरै जोखिम होला? यसमा कुनै आश्‍चर्य छैन, परमेश्‍वरले यो देहधारण अनुग्रहको युगको अवधिमा भएको भन्दा हजारौँ गुणा जोखिममा छ भन्नुहुन्छ। धेरै स्थानहरूमा, परमेश्‍वरले सिनिमको भूमिमा उहाँले विजयीहरूको एउटा समूह प्राप्त गरिरहनुभएको हुनुहुनेछ भनी अगमवाणी गर्नुभएको छ। संसारको पूर्वमा विजेताहरू प्राप्त गर्नुपर्ने भएकोले, परमेश्‍वरले उहाँको दोस्रो देहधारणमा पाइला टेक्‍नुहुने ठाउँ निस्सन्देह सिनिमको भूमि हो, ठीक त्यही स्थान जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ। त्यहाँ, परमेश्‍वरले ठूलो रातो अजिङ्गरका सन्तानहरू प्राप्त गर्नुहुनेछ ताकि त्यसलाई पूर्ण रूपमा पराजित र लज्जित तुल्याउन सकिओस्। परमेश्‍वरले यी मानिसहरूलाई जगाउन लाग्नुभएको छ, जो दुःखको बोझले दबिएका छन्, उनीहरू पूर्ण रूपमा नबिउँझिञ्‍जेलसम्म जगाउनुहुनेछ र उनीहरूलाई कुइरोबाट बाहिर निकालेर त्यो ठूलो रातो अजिङ्गरलाई अस्वीकार गर्न लगाउनुहुनेछ। उनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, ठूलो रातो अजिङ्गरको सारलाई चिन्न सक्‍नेछन्, आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरलाई दिन सक्षम हुनेछन्, अन्धकारका शक्तिहरूको दमनबाट माथि उठ्नेछन्, संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्‍वरको विजयको प्रमाण बन्नेछन्। यस प्रकारले मात्र परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। यही कारणले गर्दा मात्र, परमेश्‍वरले इस्राएलमा समाप्त गर्नुभएको काम त्यो देशमा ल्याउनुभयो जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ, र उहाँ जानुभएको करिब दुई हजार वर्षपछि फेरि अनुग्रहको युगको कामलाई निरन्तरता दिन देहमा आउनुभएको छ। मानिसको नाङ्गो आँखाको नजरमा, परमेश्‍वरले देहमा नयाँ काम सुरु गर्दै हुनुहुन्छ। तर परमेश्‍वरको दृष्टिमा, केही हजार वर्षको अन्तरालपछि मात्र, अनि उहाँको कामको स्थान र कार्यक्रममा परिवर्तन गरेर उहाँले अनुग्रहको युगको कामलाई निरन्तरता दिँदै हुनुहुन्छ। तापनि, आजको काममा देहको शरीरले लिएको स्वरूप येशूभन्दा बिलकुलै फरक देखिन्छ, ती एउटै सार र मूलबाट प्राप्त हुन्छन्, र ती एउटै स्रोतबाट आउँछन्। हुन सक्छ, उहाँहरूमा बाहिरबाट धेरै भिन्नताहरू छन्, तर उहाँहरूको कामको भित्री सत्यहरू पूर्ण रूपमा एकसमान छन्। आखिर यी युगहरू रात र दिन जस्तै फरक छन्। त्यसैले, परमेश्‍वरको कामले कसरी कुनै परिवर्तन नहुने ढाँचा पछ्याउन सक्छ र? अथवा उहाँको कामका विभिन्न चरणहरू कसरी एक-अर्काको बाटोमा आउन सक्छन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (६)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७४

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनु सरह हो—तर वास्तवमा, के...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९३

जब अनुग्रहको युगमा परमेश्‍वर तेस्रो स्वर्गमा फर्कनुभयो, त्यसबेला सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वरको काम वास्तवमा अन्तिम चरणमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२९

राष्ट्रहरू ठूलो भताभुङ्गताको अवस्थामा रहेका छन्, किनभने परमेश्‍वरको डन्डाले पृथ्वीमा आफ्नो भूमिका खेल्न सुरु गरेको छ। पृथ्वीको स्थितिमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५९

भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्