परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८८

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण गर्दै तिमीहरूले साँच्चै नै प्राप्त गरेको उच्च उत्थान अनि मुक्तिको सराहना गर्नैपर्छ। परमेश्‍वरले मानिसहरूको यस समूहलाई सारा ब्रह्माण्डभरिको उहाँको कार्यको केन्द्र बिन्दु बनाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू थाहा छ होला: “किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रो निम्ति अझै अत्याधिक र अनन्त महिमाको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरको वचनको कारण विशुद्ध गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि, यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहको निम्ति परमेश्‍वरले गर्नुभएका सबै त्यागहरूको पूर्ण महत्त्व यही नै हो। अर्थात्, विरोध गर्नेहरूद्वारा नै परमेश्‍वरले विजयको कार्य गर्नुहुन्छ, अनि यसैद्वारा परमेश्‍वरको महान शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोर देशमा हुनेहरू मात्र परमेश्‍वरको महिमा प्राप्त गर्न योग्यका हुन्छन्, अनि यसले मात्र परमेश्‍वरको महान शक्तिलाई प्रकट गर्नसक्छ। यसैकारण यही फोहोर देशबाट नै, अनि यही फोहोर देशमा बस्नेहरूबाट नै, परमेश्‍वरको महिमा प्राप्त गरिन्छ। यस्तै नै हो परमेश्‍वरको इच्छा। येशूको कार्यको चरण यस्तै थियो: उहाँलाई सताउने फरिसीहरूको माझमा मात्रै उहाँले महिमा प्राप्त गर्न सक्नुभयो; फरिसीहरूको सतावट अनि यहूदाको विश्‍वासघात नभएको भए, येशूलाई उपहास वा निन्दा गरिने थिएन, क्रूसमा टाँगिने कुरा त परै जाओस्, यसर्थ उहाँले महिमा प्राप्त गर्न सक्नुहुनेथिएन। जहाँ परमेश्‍वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ अनि त्यहीँ नै उहाँले चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको कार्यको योजना यही नै हो, अनि उहाँको व्यवस्थापन यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७२

परमेश्‍वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) ३. ध्वनि तेस्रो कुरा के हो? यो पनि मानव...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८०

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३१

पत्रुसको बारेमा उल्लेख गर्दा, मानिसहरूले उसको बारेमा भन्ने असल कुराहरूको अन्त हुँदैन। तिनीहरू तुरुन्तै उसले परमेश्‍वरलाई तीन पटक इन्कार...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०६

उत्पत्ति १९:१-११ अनि साँझमा दुई स्वर्गदूतहरू सदोममा आए; र लोत सदोमको प्रवेशद्वारमा बसेका थिए: तिनीहरूलाई देखेर लोत तिनीहरूलाई भेट्न खडा भए;...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्