परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८२

आखिर, परमेश्‍वरको काम मानिसको कामभन्दा फरक छ, र यसअलावा, उहाँका अभिव्यक्तिहरू कसरी तिनीहरूका जस्तै हुन सक्छन्? परमेश्‍वरसँग उहाँको आफ्नै विशेष स्वभाव छ, जबकि मानिससँग उसले पूरा गर्नुपर्ने कर्तव्यहरू हुन्छन्। परमेश्‍वरको स्वभाव उहाँका कामहरूमा व्यक्त हुन्छ, जबकि मानिसको कर्तव्य उसको अनुभवहरूमा समाविष्ट हुन्छ र उसको खोजहरूमा व्यक्त हुन्छ। यसैले कुनै कुरा परमेश्‍वरको अभिव्यक्ति हो कि मानिसको अभिव्यक्ति हो भन्‍ने कुरा गरिएको कामद्वारा नै स्पष्ट हुन्छ। परमेश्‍वर स्वयम्‌द्वारा यसको व्याख्या गरिनु आवश्यक छैन, न त यसमा मानिसले गवाही बन्‍ने प्रयास गर्नु नै आवश्यक छ; यसअतिरिक्त, यसको लागि परमेश्‍वर स्वयम्‌ले कुनै मानिसलाई दमन गर्न आवश्यक पर्दैन। यो सबै प्राकृतिक प्रकाशको रूपमा आउँछ; न त यो जबरजस्ती हुने कुरा हो न त यो मानिसले हस्तक्षेप गर्न सक्‍ने कुरा नै हो। मानिसको कर्तव्यलाई तिनीहरूका अनुभवहरूद्वारा जान्‍न सकिन्छ र यसको निम्ति मानिसहरूले कुनै पनि थप अनुभवको काम गर्नु जरुरत छैन। मानिसको सारा सार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा प्रकट हुन्छ, जबकि परमेश्‍वरले आफ्नो काम गर्दा आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्न सक्‍नुहुन्छ। यदि यो मानिसको काम हो भने यसलाई ढाकछोप गर्न सकिँदैन। यदि यो परमेश्‍वरको काम हो भने, परमेश्‍वरको स्वभावलाई जोकोहीद्वारा लुकाउन झन् असम्भव हुन्छ, मानिसले नियन्त्रण गर्ने कुरा त परै जाओस्। कुनै पनि मानिसलाई परमेश्‍वर भन्‍न सकिँदैन, न त तिनीहरूको काम र वचनहरूलाई पवित्र भनेर हेर्न वा अपरिवर्तनीय ठान्‍न सकिन्छ। परमेश्‍वरलाई मानव भन्‍न सकिन्छ किनकि उहाँले देह धारण गर्नुभयो, तर उहाँको कामलाई मानिसको काम वा मानिसको कर्तव्यको रूपमा लिन सकिँदैन। यसअतिरिक्त, परमेश्‍वरका वाणीहरू र पावलका पत्रहरूलाई समान रूपमा हेर्न सकिँदैन, न त परमेश्‍वरको न्याय र सजाय अनि मानिसका निर्देशनका वचनहरूलाई समान रूपमा लिन सकिन्छ। यसैले परमेश्‍वरका कामलाई मानिसका कामदेखि फरक छुट्याउने सिद्धान्तहरू छन्। यिनीहरूलाई कामको क्षेत्र वा यसको अस्थायी प्रभावकारिताअनुसार नभई तिनीहरूका सारहरूअनुसार छुट्याइन्छ। यस विषयमा, धेरै मानिसहरूले सिद्धान्तहरूको गल्ती गर्छन्। किनकि मानिसले बाहिरी कुरा हेर्छ, जुन तिनीहरूले हासिल गर्न सक्छन्, जबकि परमेश्‍वरले सारलाई हेर्नुहुन्छ, जसलाई मानवजातिका भौतिक आँखाले अवलोकन गर्न सक्दैनन्। यदि तैँले परमेश्‍वरका वचनहरू र कामलाई औसत मानिसका कर्तव्यहरूको रूपमा लिन्छस् भने र मानिसका ठूला परिमाणका कामलाई मानिसले पूरा गर्ने कर्तव्यको रूपमा नभई देहधारण गर्नुभएका परमेश्‍वरको कामको रूपमा हेर्छस् भने, के तैँले सिद्धान्तमा गल्ती गरेको हुँदैनस् र? मानिसका पत्र र जीवनीहरूलाई सजिलै लेख्‍न सकिन्छ, तर पवित्र आत्माको कामको जगमा मात्र त्यसो गर्न सकिन्छ। तैपनि, परमेश्‍वरका अभिव्यक्तिहरू र कामलाई मानिसद्वारा वा मानिसको बुद्धि र सोचद्वारा सजिलै हासिल गर्न सकिँदैन, न त मानिसहरूले तिनीहरूलाई अन्वेषण गरिसकेपछि पूर्ण रूपमा व्याख्या नै गर्न सक्छन्। यदि सिद्धान्तका यी विषयहरूले तिमीहरूमा कुनै किसिमका प्रतिक्रिया पैदा गर्दैनन् भने, तिमीहरूका विश्‍वास स्पष्ट रूपमा त्यति सत्य वा शुद्ध छैन। तिमीहरूको विश्‍वास अस्पष्टताले भरिएको छ र यो अन्योलग्रस्त र सिद्धान्तविहीन दुवै छ भनेर मात्रै भन्‍न सकिन्छ। परमेश्‍वर र मानिसका सबैभन्दा आधारभूत विषयहरूको पनि बुझाइ नभएको यस प्रकारको विश्‍वास के पूर्ण रूपमा समझ नै नभएको विश्‍वास होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेह्र पत्रहरूमा तँ कहाँ खडा हुन्छस्?

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४६

पवित्र आत्माको काम सकारात्मक प्रगति हो भने शैतानको कामचाहिं पछि हट्नु, नकारात्मकता, विद्रोहीपन, परमेश्‍वरको प्रतिरोध, परमेश्‍वरमा विश्‍वास...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४९

मानवजातिलाई अहिलेको अवस्थामा आइपुग्‍न इतिहासका दशौं हजार वर्ष लागेको छ, तथापि मैले सुरुमा सृष्टि गरेको मानवजातिचाहिँ लामो समयदेखि...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५९

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड) जब-जब शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ वा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५९

परमेश्‍वरले यो संसारलाई सृष्‍टि गर्नुभयो र जीवित प्राणी, अर्थात् मानिसलाई त्यस अवस्थामा ल्याउनुभयो, जसलाई उहाँले जीवन दिनुभयो। पछि मानिसको...