परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६७

पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसले पनि परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्न सक्दैन। त्यस्तो मानिसले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन भन्ने मात्र होइन, तर उसले गर्ने कामले पनि सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन। अर्को शब्दमा भन्ने हो भने, मानव अनुभवलाई प्रत्यक्ष रूपमा परमेश्‍वरको व्यवस्थापनमा राख्न सकिँदैन, र यसले परमेश्‍वरको व्यवस्थापनको प्रतिनिधित्व गर्न सक्दैन। परमेश्‍वर आफैले गर्ने काम पूर्ण रूपमा त्यो काम हो जुन उहाँले आफ्नै व्यवस्थापन योजनामा गर्न चाहनुहुन्छ र यो महान् व्यवस्थापनसँग सम्बन्धित छ। मानिसले गर्ने काममा तिनीहरूको व्यक्तिगत अनुभव मिसिएको हुन्छ। यसमा पहिलेबाटै गइसकेकाहरूले टेकेका भन्दा उता अनुभवको एउटा नयाँ बाटो खोजिन्छ, अनि पवित्र आत्माको अगुवाइमा आफ्ना भाइ-बहिनीहरूलाई डोऱ्याइन्छ। यी मानिसहरूले आफ्ना अनुभवहरू वा आत्मिक मानिसहरूको आत्मिक लेखनहरू प्रदान गर्छन्। यी मानिसहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका भए पनि, उनीहरूले गर्ने काम छ हजार वर्षको महान् योजनाको व्यवस्थापन कार्यसित सम्बन्धित हुँदैनन्। उनीहरू केवल ती हुन्, जो उनीहरूले गर्न सक्ने कामहरू समाप्त नभएसम्म वा उनीहरूका जीवन समाप्त नभएसम्मका निम्ति पवित्र आत्माले विभिन्न कालखण्डमा पवित्र आत्माको प्रवाहमा मानिसहरूलाई अगुवाइ गर्नका निम्ति खडा गर्नुभएको हुन्छ। उनीहरूले गर्ने काम परमेश्‍वर स्वयम्‌का निम्ति बाटो तयार पार्नु वा पृथ्वीमा परमेश्‍वर स्‍वयम्‌को व्यवस्थापनको एक खास पक्षलाई निरन्तरता दिनु मात्र हो। उनीहरू आफैमा, यी मानिसहरू उहाँको व्यवस्थापनको ठूलो काम गर्न असमर्थ हुन्छन्, न त उनीहरूले नयाँ तरिकाहरू निकाल्न सक्छन्, अझ थोरैले मात्र परमेश्‍वरको पहिलेका युगका सबै कार्यहरूलाई टुङ्गोमा पुर्‍याउन सक्छन्। यसैले, उनीहरूले गर्ने कार्यले केवल सृष्टि गरिएको प्राणीले आफ्‍नो कार्य पूरा गर्नुलाई मात्र प्रतिनिधित्व गर्दछ र परमेश्‍वर आफैले आफ्नो सेवकाइ गर्नुहुने कुरालाई प्रतिनिधित्व गर्न सक्दैन। किनकि उनीहरूले गर्ने काम परमेश्‍वर आफैले गर्नुहुने कामजस्तो हुँदैन। नयाँ युगमा प्रवेश गर्ने काम भनेको परमेश्‍वरको स्थानमा रहेर मानिसले गर्न सक्ने काम होइन। यो काम परमेश्‍वर स्‍वयम्‌ले बाहेक अरू कसैले गर्न सक्दैन। मानिसले गर्ने सबै कामहरू सृष्टि गरिएको प्राणीको रूपमा उसले निभाउने आफ्नो कर्तव्य मात्र हुन् र पवित्र आत्माद्वारा प्रेरित भएर वा ज्ञान प्राप्त गरेपछि मात्र यो गरिन्छ। यी मानिसहरूले प्रदान गर्ने मार्गनिर्देशनमा पूर्ण रूपमा मानिसलाई दैनिक जीवनमा अभ्यास गर्ने, र उसले कसरी परमेश्‍वरको इच्छा अनुरूप व्यवहार गर्नुपर्छ भन्‍ने देखाउनु हो। मानिसको कामले न त परमेश्‍वरको व्यवस्थापनलाई सम्मिलित गर्दछ, न आत्माको कामलाई प्रतिनिधित्व गर्दछ। उदाहरणको लागि, विटनेस ली र वाचम्यान नीको काम भनेको बाटो देखाउनु थियो। बाटो नयाँ होस् वा पुरानो, त्यो काम बाइबलमै रहेको सिद्धान्तमा आधारित थियो। चाहे त्यो काम स्थानीय चर्चको पुनर्स्थापना गर्ने होस् वा स्थानीय चर्च निर्माण गर्ने होस्, जे भए पनि तिनीहरूको काम चर्च स्थापना गर्नुसित सम्बन्धित थियो। तिनीहरूले जुन काम अगि बढाए त्यो येशू र उहाँका प्रेरितहरूले अधूरो छोडेका वा अनुग्रहको युगमा थप विकास नभएको काम थियो। तिनीहरूले त्यो कामलाई पुनर्स्थापित गरे जुन येशूले त्यस बेलाको उहाँको काममा उहाँको पछि आउने पुस्ताहरूलाई गर्न भनी अह्राउनुभएको थियो, जस्तै उनीहरूका शिर ढाक्ने, बप्तिस्मा लिने, रोटी भाँच्ने, वा दाखमद्य पिउने। यो भन्न सकिन्छ, कि तिनीहरूको काम बाइबल पालन गर्दैजानु र बाइबलभित्र बाटाहरू खोज्नु थियो। तिनीहरूले कुनै पनि प्रकारको नयाँ प्रगति गरेनन्। त्यसकारण, तिनीहरूको काममा केवल बाइबलभित्रका नयाँ बाटाहरू साथै अझ राम्रो र अझ बढी यथार्थवादी अभ्यासहरूलाई पत्ता लगाउने कार्यलाई मात्रै देख्न सकिन्छ। तर तिनीहरूको काममा परमेश्‍वरको वर्तमान इच्छा भेट्टाउन सकिँदैन, परमेश्‍वरले अन्त्यको दिनमा गर्न चाहनुभएका नयाँ काम भेट्टाउने कुरा परै जाओस्। किनकि तिनीहरूले हिँडेका बाटो अझै पनि पुरानो नै थियो—त्यसमा कुनै नवीकरण थिएन र कुनै प्रगति थिएन। तिनीहरूले येशूको क्रूसीकरणलाई समाति राखे, मानिसहरूलाई पश्‍चात्ताप गर्न र उनीहरूका पापहरू स्वीकार गर्न लगाउने अभ्यासलाई पालना गरे, अनि जो आखिरीसम्म स्थिर रहन्छ त्यसले उद्धार पाउनेछ र पुरुष स्त्रीको शिर हो, पत्नीले आफ्‍नो पतिको आज्ञापालन गर्नुपर्छ भन्ने भनाइलाई नै पालना गरिरहे, र अझ बढी परम्परागत धारणा पालन गर्दै दिदी-बहिनीहरूले प्रचार गर्नुहुँदैन, तर आज्ञापालन मात्र गर्नुपर्छ भनी भने। यदि यस्तो प्रकारको नेतृत्वलाई निरन्तरता दिइएको भए पवित्र आत्माले कहिल्यै पनि नयाँ कामहरू गर्न, मानिसहरूलाई नियमहरूबाट छुटकारा दिन वा तिनीहरूलाई स्वतन्त्रता र सुन्दरताको क्षेत्रभित्र लैजान सक्नुहुने थिएन। त्यसकारण, युगलाई परिवर्तन गर्ने कामको यो चरणमा परमेश्‍वर आफैले काम गर्नु र बोल्नु आवश्यक हुन्छ; अन्यथा कसैले पनि उहाँको सट्टामा त्यसो गर्न सक्दैन। अहिलेसम्म, यस प्रवाहदेखि बाहिर गरिएको पवित्र आत्माका सबै काम ठप्प भएका छन्, र पवित्र आत्माद्वारा प्रयोग भएका व्यक्तिहरूले आफ्नो प्रासङ्गिकतालाई हराएका छन्। त्यसकारण, पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिको काम परमेश्‍वर आफैले गर्नुभएको कामजस्तो हुँदैन, उनीहरूका पहिचानहरू र उनीहरूले जसको लागि काम गर्छन् ती पनि त्यस्तै फरक हुन्छन्। किनभने पवित्र आत्माले गर्न चाहनुभएको काम फरक हुन्छ, र काम गर्ने अरूलाई फरक-फरक पहिचान र दर्जाहरू दिइन्छ। पवित्र आत्माले प्रयोग गर्नुहुने मानिसहरूले पनि केही नयाँ काम गर्न सक्दछन्, र पहिलेको युगमा गरिएका केही कामहरूलाई हटाउन सक्दछन्, तर उनीहरूले जे गर्छन् त्यसले नयाँ युगमा परमेश्‍वरको भित्री स्वभाव र इच्छा प्रकट गर्न सक्दैनन्। उनीहरू केवल पहिलेको युगको कामलाई हटाउनका लागि मात्र काम गर्दछन्, अनि परमेश्‍वर स्‍वयम्‌को स्वरूपको सिधा प्रतिनिधित्व गर्ने उद्देश्यले काम गर्दैनन्। यसैले, उनीहरूले जति नै पुराना अभ्यासहरू रद्द गरे पनि वा जति नयाँ अभ्यासहरू लागू गरे पनि तिनीहरूले मानिसको र सृष्टि गरिएका प्राणीहरूको नै प्रतिनिधित्व गर्दछन्। तापनि, जब परमेश्‍वर आफैले काम गर्नुहुन्छ, उहाँले खुल्लमखुल्ला पुरानो समयका अभ्यासहरू रद्द भएको घोषणा गर्नुहुन्न वा नयाँ युगको सुरुवात भएको भनी प्रत्यक्ष रूपमा घोषणा गर्नुहुन्न। उहाँ आफ्नो काममा प्रत्यक्ष र स्पष्ट हुनुहुन्छ। आफूले गर्न चाहेको काम गर्न उहाँ स्पष्ट हुनुहुन्छ; अर्थात् उहाँले गर्नुभएको काम उहाँले प्रत्यक्ष रूपमा प्रकट गर्नुहुन्छ, उहाँले सुरुमा चाहनुभएको जस्तै आफ्नो अस्तित्व र स्वभाव प्रकट गर्दै आफ्नो काम प्रत्यक्ष रूपमा गर्नुहुन्छ। जब मानिसहरूले यसलाई हेर्छन्, उहाँको स्वभाव र त्यसरी उहाँको काम पनि विगतका युगहरूको भन्दा फरक हुन्छ। तापनि, परमेश्‍वर स्वयम्‌को दृष्टिकोणबाट, यो केवल उहाँको कार्यको निरन्तरता र थप विकास मात्रै हो। जब परमेश्‍वर आफैले काम गर्नुहुन्छ, उहाँले आफ्नो वचन प्रकट गर्नुहुन्छ र सीधै नयाँ काम ल्याउनुहुन्छ। यसको विपरीत, जब मानिसले काम गर्दछ, यो जानी-जानी र अध्ययन मार्फत हुन्छ, वा यो ज्ञानको विस्तार हो र अरूको काममा आधारित अभ्यासको प्रणालीबद्धता हो। भन्नुको अर्थ, मानिसले गरेको कामको सार भनेको स्थापित व्यवस्था पालन गर्नु हो र “नयाँ जुत्ता लगाएर पुरानो बाटोमा हिँड्नु” हो। यसको अर्थ पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरू हिँड्ने बाटो पनि परमेश्‍वर आफैले सुरु गर्नुभएको कुरामा निर्मित हुन्छ भन्‍ने हो। त्यसैले, यी सबै कुरालाई विचार गर्दा, मानिस अझै मानिस नै हो, र परमेश्‍वर पनि परमेश्‍वर नै हुनुहुन्छ।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८६

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६१

अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्