परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८२
पत्रुस र पावलका सारहरूमा रहेका भिन्नताबाट तैँले जीवनको खोजी नगर्नेहरू व्यर्थमा परिश्रम गर्छन् भन्ने बुझ्नुपर्छ! तैँले परमेश्वरमा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
तैँले जस्तोसुकै गरी पछ्याए तापनि, सबैभन्दा माथि, आज परमेश्वरले गर्नुहुने कार्यलाई तैँले बुझ्नुपर्छ, र तैँले यस कार्यको महत्त्वलाई जान्नुपर्छ। जब उहाँ अन्तिम दिनहरूमा आउनुहुन्छ, परमेश्वरले कुन कार्य ल्याउनुहुन्छ, उहाँले कुन स्वभाव ल्याउनुहुन्छ, र मानिसमा कुन कुरा पूर्ण गर्नुहुनेछ भन्ने बारेमा तैँले बुझ्नुपर्छ र जान्नुपर्छ। उहाँले देहमा गर्नलाई आउनुभएको कार्यलाई यदि तैँले जान्दैनस् वा बुझ्दैनस् भने, तैँले उहाँको इच्छा कसरी जान्न सक्छस्, र तँ उहाँसँग कसरी घनिष्ठ हुन सक्छस्? वास्तवमा, परमेश्वरसँग घनिष्ठ हुनु जटिल छैन, तर न त यो सरल नै छ। यदि मानिसहरूले यो कुरा पूरै बुझ्न सक्छन् र यसलाई अभ्यास गर्न सक्छन् भने, यो सरल बन्छ; यदि मानिसहरूले यसलाई पूरै बुझ्न सक्दैनन् भने, यो अझ धेरै कठिन हुन्छ, र, यति मात्र होइन, तिनीहरू आफ्नो खोजीलाई अस्पष्टतातिर लिएर जानलाई लालायित हुन्छन्। यदि, परमेश्वरको खोजीमा, मानिसहरूसँग आफ्नै अडानमा खडा हुने अवस्था छैन भने, र तिनीहरूले कुन सत्यतालाई अङ्गीकार गर्नुपर्ने हो सोबारे जान्दैनन् भने, यसको अर्थ यही हो कि तिनीहरूसँग कुनै जग छैन, र त्यसैले तिनीहरूलाई दृढ खडा हुन कठिन हुन्छ। आज, सत्यतालाई नबुझ्ने यति धेरै छन्, जसले असल र खराबबीचको भिन्नता छुट्ट्याउन सक्दैनन् वा केलाई प्रेम गर्ने वा घृणा गर्ने भन्न सक्दैनन्। यस्ता मानिसहरू मुस्किलै दृढ खडा हुन सक्छन्। परमेश्वरमाथिको विश्वासको कुञ्जी भनेको सत्यतालाई अभ्यासमा लगाउन सक्नु, परमेश्वरको इच्छालाई वास्ता गर्नु, उहाँ देहमा आउनुहुँदा मानिसमा परमेश्वरको कार्यलाई र उहाँले जुन सिद्धान्तहरूद्वारा बोल्नुहुन्छ त्यसलाई जान्नु हो। हूलहरूको पछि नलाग्। तैँले प्रवेश गर्नुपर्ने कुरामा तँसँग सिद्धान्तहरू हुनुपर्छ, र तैँले तिनलाई अङ्गीकार गर्नुपर्छ। परमेश्वरको अन्तर्दृष्टिद्वारा ल्याइएका तँभित्र भएका ती कुराहरूलाई दृढपूर्वक पक्रिराख्दा सो तेरो लागि सहयोगी हुनेछ। यदि तैँले पक्रँदैनस् भने, आज तैँले एक प्रकारले दिशा परिवर्तन गर्नेछस्, भोलि अर्को तरिकाले दिशा परिवर्तन गर्नेछस्, र तैँले कहिल्यै पनि कुनै वास्तविक कुरा पाउने छैनस्। यस्तो हुनु तेरो आफ्नै जीवनको लागि लाभदायक छैन। सत्यतालाई नबुझ्नेहरूले सदैव अरूहरूलाई पछ्याउँछन्: यदि मानिसहरूले यो पवित्र आत्माको कार्य हो भनी भन्छन् भने, तैँले पनि यो पवित्र आत्माको कार्य हो भनी भन्छस्; यदि मानिसहरूले यो दुष्टात्माको कार्य हो भनी भन्छन् भने, तँ पनि शङ्कालु हुन्छस्, वा यो दुष्टात्माको कार्य हो भनी भन्छस्। तँ सदैव अरूहरूको कुराहरूलाई सुगारटाइ गर्छस्, र आफैँ केही कुरा छुट्ट्याउन असक्षम हुन्छस्, न त तँ आफ्नै लागि सोच्न समर्थ हुन्छस्। यो कुनै अडान बिनाको व्यक्ति हो, जो भिन्नता छुट्ट्याउन असमर्थ छ—यस्तो व्यक्ति एक निकम्मा नालायक हुन्छ! तँ सदैव अरूहरूको कुराहरू दोहोर्याउँछस्: आज यस्तो भनिन्छ कि यो पवित्र आत्माको कार्य हो, तर यस्तो सम्भावना छ कि कुनै दिन कसैले भन्नेछ कि यो पवित्र आत्माको कार्य होइन, र वास्तवमा यो मानिसको कार्यभन्दा बाहेक अरू केही होइन—तापनि तँ यसलाई छुट्ट्याउन सक्दैनस्, र अरूहरूद्वारा यो कुरा बताइएको तँ प्रत्यक्षदर्शी हुँदा, तैँले पनि त्यही कुरा भन्छस्। यो वास्तवमा पवित्र आत्माको कार्य हो, तर तँ यो मानिसको कार्य हो भनी भन्छस्; के तँ पवित्र आत्माको कार्यको विरुद्धमा निन्दा गर्नेहरूमध्ये एक हुँदैनस् र? यसमा, तैँले भिन्नता छुट्ट्याउन नसकेको कारणले गर्दा परमेश्वरलाई विरोध गरेको छैनस् र? सायद कुनै दिन कुनै मूर्ख प्रकट हुनेछ जसले भन्छ “यो दुष्टात्माको कार्य हो,” र जब तँ यी शब्दहरू सुन्छस्, तँ नोकसानीमा हुनेछस्, र फेरि एक पटक तँ अरूहरूको कुराहरूद्वारा बन्धित हुनेछस्। हरेक पटक कसैले खलबल पैदा गर्छ, तँ आफ्नो अडानमा खडा हुन असक्षम हुन्छस्, र यो सबै तँसँग सत्यता नभएकोले गर्दा हो। परमेश्वरमा विश्वास गर्ने र परमेश्वरलाई जान्न खोज्ने कुरा सरल छैन। यी कुराहरू केवल सँगै भेला भएर अनि प्रचार सुनेर हासिल गर्न सकिँदैन, र तँ जोसद्वारा मात्र सिद्ध गरिन सक्दैनस्। तैँले आफ्नो कार्यहरू अनुभव गर्नुपर्छ, र जान्नुपर्छ, र तँ तिनमा सिद्धान्तवान् हुनुपर्छ, र पवित्र आत्माको कार्य हासिल गर्नुपर्छ। जब तँ अनुभवहरूबाट गुज्रेको हुन्छस्, तब तैँले धेरै कुराहरू छुट्ट्याउन समर्थ हुनेछस्—तँ असल र खराबबीचको, धार्मिकता र दुष्टताबीचको, शरीर र रगत को हो र सत्यता के हो सोबीचको भिन्नता छुट्ट्याउन समर्थ हुनेछस्। तैँले यी सबै कुराहरूको बीचको भिन्नतालाई छुट्ट्याउन सक्नुपर्छ, र यसो गर्दा, परिस्थितिहरू जस्तोसुकै भएतापनि, तँ कहिल्यै हराउने छैनस्। यही मात्र तेरो वास्तविक कद हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
पत्रुस र पावलका सारहरूमा रहेका भिन्नताबाट तैँले जीवनको खोजी नगर्नेहरू व्यर्थमा परिश्रम गर्छन् भन्ने बुझ्नुपर्छ! तैँले परमेश्वरमा...
राष्ट्रहरू ठूलो भताभुङ्गताको अवस्थामा रहेका छन्, किनभने परमेश्वरको डन्डाले पृथ्वीमा आफ्नो भूमिका खेल्न सुरु गरेको छ। पृथ्वीको स्थितिमा...
परमेश्वरका वचनहरूलाई तेरो जीवनको रूपमा स्वीकार गर्न उहाँको अगाडि आउनका लागि, तँ पहिले परमेश्वरको अगाडि शान्त हुनुपर्छ। तँ परमेश्वरको...
परमेश्वरको स्वभावलाई मानिसबाट कहिल्यै लुकाइएको छैन—मानिसको हृदयचाहिँ परमेश्वरबाट तर्केर गएको छ सृष्टिको समयदेखि नै, परमेश्वरको स्वभाव...