परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश २१४
परमेश्वरले मानिसलाई कसरी सिद्ध बनाउनुहुन्छ? परमेश्वरको स्वभाव के हो? उहाँको स्वभावमा के समावेश छ? यी सबै कुराहरूको स्पष्टीकरण गर्नका...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
तिमीहरूमाथि गरिएको विजयको कामको महत्त्व सबैभन्दा गहिरो छ: एक सन्दर्भमा, यस कार्यको उद्देश्य मानिसहरूको एउटा समूहलाई सिद्ध बनाउनु हो, भन्नुको अर्थ, तिनीहरू विजेताहरू, अर्थात् सिद्ध तुल्याइएका मानिसहरूको पहिलो समूह, अथवा पहिलो फलहरूको एउटा समूह बन्न सकून् भनेर तिनीहरूलाई सिद्ध बनाउनु हो। अर्को सन्दर्भमा, यो सृष्टि गरिएका प्राणीहरूलाई परमेश्वरको प्रेमको आनन्द लिन, परमेश्वरको पूर्ण र सबैभन्दा ठूलो मुक्ति प्राप्त गर्न दिनु हो, मानिसलाई दया र करुणा मात्र उपभोग गर्न दिने होइन, तर अझ महत्त्वपूर्ण कुरा, सजाय र न्यायको उपभोग गर्न दिनु पनि हो। संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। अझै अर्को सन्दर्भमा, यो शैतानको सामु गवाही दिनु हो। र अझै अर्को सन्दर्भमा, यो भविष्यको सुसमाचारको काम फैलाउनका लागि एउटा जग बसाल्नु हो। उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्न सक्नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो। तिमीहरू सबै मोआबका सन्तान हौ; जब तिमीहरूमा विजयको काम गरिन्छ, यो ठूलो मुक्ति हो। तिमीहरू सबै पाप र व्यभिचारको देशमा बस्छौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्वरलाई हेर्न मात्र असक्षम छैनौ, तर अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय पाएका छौ, तिमीहरूले साँच्चिकै गम्भीर मुक्ति पाएका छौ, भन्नुको मतलब, तैंले परमेश्वरको सबैभन्दा ठूलो प्रेम पाएको छस्। उहाँले जे गर्नुहुन्छ ती सबैमा परमेश्वर साँच्चै तिमीहरूप्रति प्रेमिलो हुनुहुन्छ। उहाँमा कुनै खराब अभिप्राय छैन। तिमीहरूको पापको कारणले गर्दा नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ, यसैले कि तिमीहरूले आफैंलाई जाँच्न सक र यो ठूलो मुक्ति पाउन सक। यो सबै मानिसलाई पूर्ण बनाउने उद्देश्यले गरिन्छ। सुरुदेखि अन्त्यसम्म, परमेश्वरले मानिसलाई बचाउन यथासक्दो गरिरहनुभएको छ, र उहाँका आफ्नै हातहरूले बनाउनुभएका मानिसहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहनुहुन्न। आज, उहाँ तिमीहरूको माझमा काम गर्न आउनुभएको छ; के अझै ठूलो मुक्ति होइन र? यदि उहाँले तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले तिमीहरूलाई व्यक्तिगत तवरमा मार्गदर्शन गर्न अझै यत्रो ठूलो काम गर्नुहुन्थ्यो र? उहाँले किन त्यस्तो कष्ट भोग्नुहुन्थ्यो? परमेश्वरले तिमीहरूलाई घृणा गर्नुहुन्न वा तिमीहरूप्रति कुनै नराम्रो अभिप्राय राख्नुहुन्न। तिमीहरूलाई थाहा हुनुपर्दछ कि परमेश्वरको प्रेम सबैभन्दा सत्य प्रेम हो। मानिसहरू अनाज्ञाकारी भएकोले मात्र उहाँले तिनीहरूलाई न्यायको माध्यमबाट बचाउनुपर्छ; यदि त्यसो नगरिने भए, तिनीहरूलाई बचाउन असम्भव हुनेथियो। तिमीहरूले कसरी जिउने भनी नजानेकाले र कसरी जिउने भनी थाहा नपाएकोले, र तिमीहरू व्यभिचारी र फोहोर शैतानहरू भएकोले, उहाँले तिमीहरूलाई अझ बढी भ्रष्ट हुन दिन सक्नुहुन्न, तिमीहरू अहिले यो फोहोर देशमा शैतानको इच्छाद्वारा कुल्चिएर जसरी जिइरहेका छौ त्यो उहाँले देख्न सक्नुहुन्न, र उहाँले तिमीहरूलाई पातालमा पस्न दिन सक्नुहुन्न। उहाँ केवल मानिसहरूको यो समूहलाई प्राप्त गर्न र तिमीहरूलाई पूर्ण रूपमा मुक्ति दिन चाहनुहुन्छ। तिमीहरूमाथि गरिने विजयको कामको मुख्य उद्देश्य यही नै हो—यो केवल मुक्तिको लागि हो। यदि तँमाथि गरिएका सबै कुरा प्रेम र मुक्ति हो भनी तैँले बुझ्न सक्दैनस् भने, यदि तँ यो एउटा तरिका मात्र हो, मानिसलाई यातना दिने उपाय र विश्वसनीय कुरा हो भनी सोच्छस् भने तँ पनि दु:ख र कठिनाइ भोग्नका लागि संसारमा फर्केर जान सक्छस्! यदि तँ यस प्रवाहमा हुन, र यो न्याय र यो महान् मुक्तिको आनन्द लिन, यी सबै आशिषहरूको आनन्द लिन, मानव संसारमा कहीँ पनि नपाइने आशिष् पाउन र यो प्रेमको आनन्द लिन, अनि असल बन्न इच्छुक छस् भने: विजयको काम प्राप्त गर्न यो प्रवाहमा नै बस्, यसरी तँ सिद्ध पारिन सक्नेछस्। परमेश्वरको न्यायको कारण आज तैंले थोरै पीडा र शुद्धीकरण भोग्नुपर्ला, तर त्यो पीडा भोग्नुको मूल्य र अर्थ छ। यद्यपि मानिसहरूलाई शोधन गरिने र परमेश्वरको सजाय र न्यायद्वारा निर्दयतासाथ उदाङ्गो पारिने भए पनि—त्यसको उद्देश्य तिनीहरूका पापहरूका निम्ति तिनीहरूलाई दण्ड दिनु, तिनीहरूका देहलाई दण्ड दिनु हो—यो कुनै पनि काम तिनीहरूका देहलाई नाश पार्नका निम्ति गरिँदैन। वचनद्वारा गम्भीर खुलासा गर्नु सबैको उद्देश्य तँलाई सही मार्गमा डोर्याउने उद्देश्यका लागि हो। तिमीहरूले व्यक्तिगत रूपमा यो कामका धेरै अनुभव गरेका छौ, अनि स्पष्ट छ, यसले तिमीहरूलाई खराब मार्गमा डोर्याएको छैन! यो सबै तँलाई सामान्य मानवजाति भएर जिउने बनाउनलाई हो, र यो सबैलाई तेरो सामान्य मानवताद्वारा हासिल गर्न सकिन्छ। परमेश्वरको कामको हरेक चरण तेरो आवश्यकताहरूमा आधारित छ, तेरो कमजोरीहरू अनुसार, र तेरो वास्तविक कदअनुसार छ र कुनै असहनीय भार तिमीहरूमाथि राखिँदैन। तँलाई आज यो स्पष्ट छैन, र म तँप्रति कठोर भएजस्तो तँलाई लाग्छ, त्यसैकारणले मैले तँलाई घृणा गर्ने हुनाले प्रत्येक दिन म तँलाई दण्ड दिन्छु, न्याय गर्छु र तेरो निन्दा गर्छु भन्ने तँलाई लाग्छ। तर तैंले दण्ड र न्याय भोग्नु परे पनि यो वास्तवमा तँप्रतिको प्रेम हो, र सबैभन्दा ठूलो सुरक्षा हो। यदि तैंले यो कामको गहिरो अर्थ बुझ्न सकिनस् भने, त्यसलाई अनुभव गरिरहन तेरो निम्ति असम्भव हुन्छ। यो उद्धारले तँमा सान्त्वना ल्याउनुपर्छ। होसमा आउन अस्वीकार नगर्। यहाँसम्म आइपुगेपछि, विजयको कामको महत्त्व तँलाई स्पष्ट भएको हुनुपर्छ, र तँमा यस बारेमा कुनै पनि प्रकारका विचारहरू हुनुहुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४)
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरले मानिसलाई कसरी सिद्ध बनाउनुहुन्छ? परमेश्वरको स्वभाव के हो? उहाँको स्वभावमा के समावेश छ? यी सबै कुराहरूको स्पष्टीकरण गर्नका...
संकल्प गरेका सबैले परमेश्वरको सेवा गर्न सक्दछन्—तर परमेश्वरको इच्छालाई पूरा ध्यान दिने र परमेश्वरको इच्छा बुझ्ने व्यक्तिहरू मात्र...
योना ३ अनि यहोवाको यसो भन्ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्।...
लामो समयदेखि परमेश्वरमा विश्वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्वरका विश्वासीहरू सबैले...