परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९०

परमेश्‍वर सबैभन्दा पछौटे र फोहोरी ठाउँमा देह बन्‍नुभयो र यस्तो तरिकाले मात्र परमेश्‍वरले उहाँको पवित्र र धर्मी स्वभावको सम्पूर्णता स्पष्ट रूपमा देखाउन सक्‍नुहुन्छ। अनि उहाँको धर्मी स्वभाव के मार्फत देखाइन्छ? यो त्यस बेला देखाइन्छ जब उहाँले मानिसको पापको न्याय गर्नुहुन्छ, जब उहाँले शैतानको न्याय गर्नुहुन्छ, जब उहाँले पापलाई घृणा गर्नुहुन्छ, र जब उहाँले उहाँको विरोध र उहाँविरुद्ध विद्रोह गर्ने शत्रुहरूलाई तुच्छ ठान्‍नुहुन्छ। मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मीपनको न्याय गर्न, मानिसको अवज्ञालाई श्राप दिनका निम्ति हुन्। मानिसको कुटिलपन र कपट, मानिसका बोलीवचन र कामहरू—परमेश्‍वरको विरुद्धमा रहेका यी सबैलाई न्यायको दायरामा ल्याउनुपर्छ, र मानिसको अवज्ञाका सबै कुरालाई पापको रूपमा भर्त्सना गरिनुपर्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा केन्द्रित छन्; उहाँले आफ्नो धर्मी स्वभाव प्रकट गर्न मानिसको अधर्मीपनको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसको कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धर्मी स्वभावको प्रतिनिधित्व हो र वास्तवमा परमेश्‍वरको पवित्रता नै उहाँको धर्मी स्वभाव हो। तिमीहरूका भ्रष्ट स्वभाव नै आजका वचनहरूका सन्दर्भ हुन्—बोल्‍न र न्याय गर्न, अनि विजयको काम पूरा गर्न म तिनलाई प्रयोग गर्छु। वास्तविक काम यही मात्र हो र यसले मात्र परमेश्‍वरको पवित्रतालाई पूर्ण रूपमा चम्काउँछ। यदि तँमा अलिकति पनि भ्रष्ट स्वभाव छैन भने, परमेश्‍वरले तँलाई न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँको धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँमा भ्रष्ट स्वभाव भएकोले, परमेश्‍वरले तँलाई त्यसै छोड्नुहुनेछैन, र यसै मार्फत उहाँको पवित्रतालाई देखाइन्छ। यदि परमेश्‍वरले मानिसको अपवित्रता र विद्रोहीपन अति ठूलो भएको देख्‍नुभयो र पनि उहाँ बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, र तेरो अधर्मीपनका लागि तँलाई सजाय पनि दिनुभएन भने, त्यसले उहाँ परमेश्‍वर हुनुहुन्‍न भन्‍ने प्रमाणित गर्छ, किनकि उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन, उहाँ मानिस झैं फोहोरी हुनुहुनेथियो। आज तेरो फोहोरकै कारण म तेरो न्याय गर्छु, र तेरो भ्रष्टता र विद्रोहीपनकै कारण म तँलाई सजाय दिन्छु। मैले तिमीहरूलाई आफ्नो शक्ति देखाइरहेको वा जानीजानी तिमीहरूलाई दमन गरिरहेको छैन; यस फोहोरको देशमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्रोसँग दूषित भएका हुनाले म यी कुराहरू गर्छु। तिमीहरूले आफ्नो सत्यनिष्ठता र मानवता गुमाएका छौ र तिमीहरू संसारको सबैभन्दा फोहोरी कुनामा जन्मेका सुँगुरहरूजस्ता भएका छौ, र यही कारणले गर्दा तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि क्रोध बर्साउँछु। ठीक यही न्यायको कारण तिमीहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारणले नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध बर्साउनुहुन्छ। मानिसहरूको विद्रोहीपन देख्दा उहाँले उहाँको धर्मी स्वभाव प्रकट गर्न सक्‍नुहुने भएकोले र मानिसको फोहोर देख्दा उहाँले उहाँको पवित्रता प्रकट गर्न सक्‍नुहुने भएकोले, यही नै उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, जो दूषित नपारिएको र पवित्र भएर पनि उहाँ फोहोरको देशमा बस्‍नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ। यदि कुनै व्यक्ति अरूसँग हिलोमा लडबडिन्छ, र उभित्र केही पनि पवित्र छैन भने र ऊसँग कुनै धर्मी स्वभाव छैन भने, ऊ मानिसको अधर्मको न्याय गर्न योग्य हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै योग्य हुन्छ। यदि कुनै व्यक्तिले अर्को व्यक्तिको आलोचना गर्ने हो भने, के त्यो उनीहरूले आफैलाई झापड हानेजस्तो हुँदैनथ्यो र? एकअर्कामा एकसमान रूपले फोहोरी रहेका व्यक्तिहरू आफूजस्तै व्यक्तिहरूको न्याय गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्‍वर स्वयम् मात्र सम्पूर्ण फोहोर मानवजातिको न्याय गर्न सक्षम हुनुहुन्छ। मानिसले कसरी मानिसकै पापहरूको न्याय गर्न सक्छ? मानिसले कसरी मानिसका पापहरू देख्‍न सक्छ, र ती पापहरूको निन्दा गर्न मानिस कसरी योग्य हुन सक्छ? यदि परमेश्‍वर मानिसका पापहरूको न्याय गर्न योग्य हुनुहुन्‍नथ्यो भने, उहाँ कसरी धर्मी परमेश्‍वर स्वयम्‌ हुन सक्‍नुहुन्थ्यो? जब मानिसहरूका भ्रष्ट स्वभावहरू प्रकट हुन्छन्, परमेश्‍वर मानिसहरूको न्याय गर्नका निम्ति बोल्नुहुन्छ, अनि मात्र मानिसहरूले उहाँ पवित्र हुनुहुन्छ भनी देख्छन्। जब उहाँले मानिसका पापहरू प्रकट गर्दै मानिसलाई उसका पापहरूका निम्ति न्याय र सजाय गर्नुहुन्छ, कुनै पनि व्यक्ति वा थोक यस न्यायबाट उम्कन सक्दैन; सबै फोहोरी कुराहरूलाई उहाँले नै न्याय गर्नुहुन्छ, र यसरी मात्र उहाँको स्वभावलाई धर्मी भन्‍न सकिन्छ। यदि यो अन्यथा थियो भने, तिमीहरू नाउँ र तथ्य, दुवैमा प्रतिभार हौ भनी कसरी भन्‍न सकिन्थ्यो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६०

यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये धेरै जना मृत्यु र पुनर्जन्मको चक्रबाट भएर गएका छन्। जो जीवित छन् तिनीहरू...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४२

आखिरी दिनहरूका देहधारी परमेश्‍वर मुख्य रूपमा उहाँका वचनहरू बोल्न, मानिसको जीवनलाई जे आवश्यक छ त्यो सबै व्याख्या गर्न, मानिसले कुन कुरामा...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१५

कसै-कसैले आफूलाई सुन्दर ढङ्गले, तर बाहिरपट्टि मात्र सिङ्गार्छन्: दिदी-बहिनीहरू आफूलाई फूलजस्तै सुन्दर रूपमा सिङ्गार्छन्, र दाजुभाइहरूले...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९५

मैले मानिसको बीचमा धेरै काम गरेको छु, जुन अवधिमा मैले धेरै वचनहरू पनि व्यक्त गरेको छु। यी सबै वचनहरू मानिसको मुक्तिको खातिर हुन् र मानिस...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्