परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५४
परमेश्वरले मानिसलाई सिद्ध पार्ने मार्ग के हो? यसमा के-के कुराहरू पर्छन्? के तँ परमेश्वरद्वारा सिद्ध पारिन तत्पर छस्? के तँ उहाँको न्याय र...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरले कुनै पनि युगमा कामको नकल गर्नुहुन्न। आखिरी दिनहरू आइपुगिसकेको हुनाले उहाँले त्यही काम गर्नुहुनेछ जुन उहाँले आखिरी दिनहरूमा गर्नुहुन्छ र आखिरी दिनहरूमा उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुन्छ। आखिरी दिनहरूको कुरा गर्दा, यसले एक अलग युगलाई जनाउँछ, जसमा तिमीहरूले अवश्य पनि विपत्ति र भूकम्प, अनिकाल र महामारीहरूको सामना गर्नुपर्नेछ भनी येशूले भन्नुभएको युगलाई जनाउँछ, जसले यो नयाँ युग हो अब पुरानो अनुग्रहको युग होइन भन्ने देखाउँछ। मानिसहरूले भनेजस्तै, मानिलिऔं, परमेश्वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ, उहाँको स्वभाव सधैँ दयालु र प्रेमिलो हुन्छ, उहाँले मानिसलाई आफैलाई जस्तै प्रेम गर्नुहुन्छ, र उहाँले प्रत्येक मानिसलाई मुक्ति दिनुहुन्छ र मानिसलाई कहिल्यै घृणा गर्नुहुन्न, तब के उहाँको कामको कहिल्यै अन्त्य हुन्छ होला? जब येशू आउनुभयो र क्रूसमा टाँगिनुभयो, सबै पापीहरूका निम्ति आफैलाई वेदीमा बलि चढाउनुभयो, उहाँले मुक्तिको काम पूरा गरिसक्नुभएको थियो र अनुग्रहको युगको अन्त्य गर्नुभएको थियो। त्यसैले आखिरी दिनहरूमा त्यो युगको काम दोहोऱ्याउनुको अर्थ के हुनेथियो? के त्यही काम गर्नु भनेको येशूको कामलाई इन्कार गर्नु होइन र? यदि परमेश्वर यो चरणमा आउनुहुँदा क्रूसमा टाँगिने कार्य गर्नुभएन, तर प्रेमिलो र दयालु नै रहनुभयो भने के उहाँले युगको अन्त्य गर्न सक्नुहुनेथियो? के प्रेमिलो र दयालु परमेश्वरले युगलाई अन्त्य गर्न सक्नुहुनेथियो? युगलाई समापन गर्ने आफ्नो अन्तिम काममा, परमेश्वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिन्छन्, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको अनाज्ञाकारिता र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिसहरू परमेश्वरको प्रभुत्वमा हुन्छन्। यी सबै काम धार्मिक सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकोले, र उसको अनाज्ञाकारिता अत्यन्तै गम्भीर बनेकोले परमेश्वरको धार्मिक स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। त्यसकारण, यस प्रकारको स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ, अनि उहाँको स्वभावको प्रकाश तथा प्रदर्शन प्रत्येक नयाँ युगको कामका लागि प्रकट गरिन्छ। परमेश्वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकट गर्नुहुन्छ भन्ने होइन। आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धार्मिक न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्ने मान्यता राख्दा: परमेश्वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धार्मिक इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्वरको धार्मिक स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरले मानिसलाई सिद्ध पार्ने मार्ग के हो? यसमा के-के कुराहरू पर्छन्? के तँ परमेश्वरद्वारा सिद्ध पारिन तत्पर छस्? के तँ उहाँको न्याय र...
न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई...
यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले मानवजातिको बीचमा परमेश्वरको सांसारिक उद्गम स्थान स्थापना गर्यो, जुन एउटा पवित्र स्थान पनि...
योना ३ अनि यहोवाको यसो भन्ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्।...