परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९१

आज तँलाई जित्‍नुको उद्देश्य परमेश्‍वर तेरा परमेश्‍वर र अरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी तँलाई स्वीकार गराउनु हो र सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँ उहाँलाई प्रेम गर्ने सबैका र सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ भनी तँलाई स्वीकार गराउनु हो। उहाँ इस्राएलीहरूका परमेश्‍वर र मिश्रका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ। उहाँ बेलायतीहरूका परमेश्‍वर र अमेरिकीहरूका परमेश्‍वर हुनुहुन्छ। उहाँ आदम र हव्वाका परमेश्‍वर मात्र हुनुहुन्‍न, उहाँ त तिनीहरूका सबै सन्तानहरूका पनि परमेश्‍वर हुनुहुन्छ। उहाँ स्वर्गमा भएका सबै थोक र पृथ्वीमा भएका सबै थोकका परमेश्‍वर हुनुहुन्छ। सबै परिवारहरू, चाहे ती इस्राएली हुन् वा अन्यजातिहरू, सबै एकै परमेश्‍वरका हातमा छन्। उहाँले हजारौं वर्षसम्म इस्राएलमा काम मात्र गर्नुभएन र उहाँ एक पटक यहूदियामा जन्मनुभएको मात्र होइन, उहाँ त आज चीनमा ओर्लनुभएको छ, यो त्यही ठाउँ हो जहाँ ठूलो रातो अजिङ्गर गुँडुलिएर बसेको छ। यदि यहूदियामा जन्म भएकोले उहाँलाई यहूदीहरूका राजा बनाइयो भने, के उहाँ तिमीहरू सबैका माझमा ओर्लनुभएको कुराले उहाँलाई तिमीहरू सबैका परमेश्‍वर बनाउँदैन र? उहाँले इस्राएलीहरूलाई डोर्‍याउनुभयो र उहाँ यहूदियामा जन्मनुभएको थियो र अन्यजाति देशमा पनि जन्मनुभएको छ। के उहाँले गर्नुभएका सबै काम उहाँले सृष्टि गर्नुभएको सम्पूर्ण मानवजातिका लागि होइन र? के उहाँले इस्राएलीहरूलाई सय गुणा प्रेम र अन्यजातिहरूलाई हजार गुणा घृणा गर्नुहुन्छ? के यो तिमीहरूको धारणा होइन र? यो कुरा परमेश्‍वर कहिले पनि तिमीहरूका परमेश्‍वर हुनुहुन्‍नथियो भन्‍ने होइन, बरु तिमीहरूले उहाँलाई स्वीकार गर्दैनौ भन्‍ने हो; परमेश्‍वर तिमीहरूका परमेश्‍वर बन्‍न अनिच्छुक हुनुहुन्छ भन्‍ने होइन, बरु तिमीहरूले उहाँलाई अस्वीकार गर्छौ भन्‍ने हो। सृष्टि गरिएका प्राणीहरूमध्ये कोचाहिँ सर्वशक्तिमान्‌को हातमा छैन र? आज तिमीहरूलाई जित्‍नुको उद्देश्य परमेश्‍वर केवल तिमीहरूकै परमेश्‍वर हुनुहुन्छ भनी तिमीहरूलाई स्वीकार गर्न लाउनु होइन र? यदि तिमीहरू अझै पनि परमेश्‍वर इस्राएलीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ र इस्राएलका दाऊदको घराना परमेश्‍वरको जन्मको उत्पत्ति हो र इस्राएलबाहेक अरू कुनै पनि राष्ट्र परमेश्‍वरलाई “जन्माउन” योग्य छैन भनी विचार गर्छौ भने, र अन्यजाति परिवारले यहोवाको कामलाई व्यक्तिगत रूपमा स्वीकार गर्ने कुरा त परै छाडौं भनेर भन्छौ भने—यदि तँ अझै पनि यस्तै विचार गर्छस् भने, के त्यसले तँलाई हठी विरोधी बनाउँदैन र? सधैँ इस्राएलमा नै केन्द्रित नहोऊ। परमेश्‍वर आज यहाँ तिमीहरूमाझ हुनुहुन्छ। तैँले स्वर्गतिर नै हेरिरहनु पर्दैन। स्वर्गमा हुनुहुने परमेश्‍वरको तृष्णा नगर! परमेश्‍वर तिमीहरूको माझमा आउनुभएको छ अनि उहाँ कसरी स्वर्गमा हुन सक्‍नुहुन्छ? तैँले धेरै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको छैनस्, तापनि उहाँबारे तँसित धेरै वटा धारणाहरू छन्, यहाँसम्म कि तँ एकै क्षण पनि इस्राएलीहरूका परमेश्‍वरले उहाँको उपस्थितिद्वारा तिमीहरूलाई अनुग्रहित पार्ने कृपा गर्नुहुन्‍न भनी सोच्ने साहस गर्दैनस्। तिमीहरू असाध्यै फोहोरी भएकोले गर्दा, परमेश्‍वर तिमीहरूकहाँ व्यक्तिगत रूपमा कसरी देखा पर्नुहुन्छ भन्‍ने कुरा सोच्न तिमीहरूले साहस गर्छौ भन्ने त कुरै नगरौँ। न त तिमीहरूले कहिल्यै अन्यजाति देशमा परमेश्‍वर व्यक्तिगत रूपमा ओर्लन सक्‍नुहुन्छ भनेर नै सोचेका छौ। उहाँ त सीनै पर्वतमा वा जैतून डाँडामा ओर्लनुपर्ने र इस्राएलीहरूकहाँ देखा पर्नुपर्ने हो। के अन्यजातिहरू सबै (अर्थात्, इस्राएलदेखि बाहिरका मानिसहरू) उहाँको घृणाका पात्रहरू होइनन् र? उहाँले कसरी व्यक्तिगत रूपमा उनीहरूका माझमा काम गर्न सक्‍नुहुन्छ? यी त तिमीहरूले धेरै वर्षदेखि विकास गर्दै आएका, तिमीहरूभित्र गहिरो जरा गाडेका धारणाहरू हुन्। आज तिमीहरूलाई जित्‍नुको उद्देश्य तिमीहरूका ती धारणाहरूलाई चकनाचूर पार्नु हो। यसरी तिमीहरूले सीनै पर्वतमा वा जैतून डाँडामा होइन, बरु उहाँले कहिल्यै नडोर्‍याउनुभएका, तिमीहरूको माझमा परमेश्‍वरको व्यक्तिगत आगमनलाई देख्छौ। परमेश्‍वरले इस्राएलमा उहाँका दुई चरणको काम सम्पन्‍न गर्नुभएपछि, इस्राएलीहरू र सबै अन्यजातिहरूले परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको भए पनि, उहाँ केवल इस्राएलीहरूका निम्ति मात्र परमेश्‍वर हुन चाहनुहुन्छ, अन्यजातिहरूका निम्ति होइन भन्‍ने धारणा राखे। इस्राएलीहरू निम्‍न कुरा विश्‍वास गर्छन्: परमेश्‍वर हाम्रो मात्र परमेश्‍वर हुन सक्‍नुहुन्छ, तिमीहरू अन्यजातिहरूका परमेश्‍वर हुनुहुन्‍न र तिमीहरूले यहोवालाई आदर नगरेकोले, यहोवा हाम्रा परमेश्‍वरले तिमीहरूलाई घृणा गर्नुहुन्छ। ती यहूदी मानिसहरूले निम्‍न कुरामा पनि विश्‍वास गर्दछन्: प्रभु येशूले हामी यहूदी जातिको रूप धारण गर्नुभयो र उहाँ यहूदी मानिसहरूको चिह्न बोक्‍नुहुने परमेश्‍वर हुनुहुन्छ। हाम्रो माझमा नै परमेश्‍वरले काम गर्नुहुन्छ। परमेश्‍वरको स्वरूप र हाम्रो स्वरूप समान छन्; हाम्रो स्वरूप परमेश्‍वरको स्वरूप नजिक छ। प्रभु येशू हामी यहूदीहरूका राजा हुनुहुन्छ; अन्यजातिहरू त्यस्तो ठूलो मुक्ति पाउन योग्य छैनन्। प्रभु येशू हामी यहूदीहरूका लागि पापबलि हुनुहुन्छ। कामका ती दुई चरणको आधारमा इस्राएलीहरू र यहूदी मानिसहरूले यी सबै धारणाहरू स्थापित गरे। तिनीहरू धाक जमाउँदै परमेश्‍वर तिनीहरूका आफ्नै हुनुहुन्छ भनी दाबी गर्छन्, तिनीहरू परमेश्‍वरलाई अन्यजातिहरूका परमेश्‍वर हुन दिँदैनन्। यसरी, अन्यजातिहरूका हृदयमा परमेश्‍वर एउटा रिक्त स्थानको रूपमा रहनुभयो। तिनीहरू सबैले परमेश्‍वर अन्यजातिहरूका परमेश्‍वर हुन चाहनुहुन्‍न र उहाँले इस्राएलीहरू—उहाँका चुनिएका मानिसहरू—र यहूदी मानिसहरू, विशेष गरी उहाँलाई पछयाउने चेलाहरू मात्र मन पराउनुहुन्छ भनी विश्‍वास गरेका कारणले यस्तो भएको हो। के तँलाई यहोवा र येशूले गर्नुभएको काम सम्पूर्ण मानवजातिलाई बचाउनका लागि हो भन्ने थाहा छैन? के तँ अब परमेश्‍वर इस्राएलबाहिर जन्मेका तिमीहरू सबैका परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छस्? के परमेश्‍वर आज यहाँ तिमीहरूको माझमा हुनुहुन्‍न र? यो सपना हुन सक्दैन, सक्छ त? के तिमीहरू यो वास्तविकतालाई स्वीकार गर्दैनौ? तिमीहरू यसलाई विश्‍वास गर्ने वा त्यसबारे विचार गर्ने आँट गर्दैनौ। तिमीहरूले यसलाई जसरी हेरे पनि, के परमेश्‍वर यहाँ तिमीहरूको माझमा हुनुहुन्‍न र? के तिमीहरू अझै पनि यी वचनहरू विश्‍वास गर्न डराउँछौ? यस दिनदेखि यता, के सबै जितिएका मानिसहरू र परमेश्‍वरको अनुयायी बन्‍न चाहनेहरू परमेश्‍वरका चुनिएका जनहरू होइनन् र? तिमीहरू सबै, जो आज अनुयायीहरू हौ, के तिमीहरू इस्राएलदेखि बाहिरका चुनिएका जनहरू होइनौ र? के तिमीहरूको हैसियत पनि इस्राएलीहरूको जस्तै छैन र? तिमीहरूले स्वीकार गर्नुपर्ने कुरा के यही होइन र? के तिमीहरूलाई जित्‍ने कामको लक्ष्य यही होइन र? तिमीहरूले परमेश्‍वरलाई देख्‍न सक्‍ने भएकोले, उहाँ सुरुदेखि र भविष्यमा पनि, सदासर्वदा तिमीहरूको परमेश्‍वर बन्‍नुहुनेछ। जबसम्म तिमीहरू उहाँलाई पछयाउने, उहाँको बफादार, आज्ञाकारी प्राणीहरू हुने इच्छा गरिरहन्छौ, तबसम्म उहाँले तिमीहरूलाई त्याग्‍नुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (३)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२२

मानिससँग विश्‍वासको अनिश्‍चित शब्द मात्र हुन्छ, तैपनि केले विश्‍वासको निर्माण हुन्छ भन्ने मानिसले जान्दैन, उसमा विश्‍वास हुन्छ भन्ने कुरा त...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५१

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी सामाजिक प्रचलनको प्रयोग गर्छ कहिले सामाजिक प्रचलन अस्तित्वमा आयो? के ती वर्तमान दिनमा मात्रै...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६९

यदि मानिसहरूमा अलिकति पनि आत्मविश्‍वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। परमेश्‍वरको काम मानिसहरूका धारणाहरूसँग अलिकति...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३९

जीवन स्वभाव परिवर्तन गर्ने खोजीको क्रममा, अभ्यासको मार्ग सरल हुन्‍छ। यदि आफ्नो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माका वर्तमान वचनहरू पालन...