परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५७
परमेश्वरको व्यवस्थापन गहन भए तापनि, यो मानिसको बुझाइभन्दा बाहिर छैन। यो यसैले हो किनभने परमेश्वरको सबै कार्य मानवजातिलाई मुक्त गर्ने...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वर र मानिसको बारेमा उही शब्दहरू प्रयोग गरी बताउन सकिँदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने हुन्छन्। यदि परमेश्वरले व्यक्तिगत रूपले आफ्नो कार्य नगर्नुभएको भए र मानिसको संसारमा उहाँका वचनहरू नबोल्नुभएको भए, मानिसले कहिल्यै पनि परमेश्वरको इच्छा बुझ्न सक्नेथिएन। त्यसैले, आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा समर्पण गर्नेहरूले पनि उहाँको अनुमोदन प्राप्त गर्न सक्नेथिएनन्। यदि परमेश्वरले कामको योजना बनाउनुभएन भने, मानिसले त्यो काम जति नै राम्रो गरे पनि त्यो सब व्यर्थको हुनेछ, किनकि परमेश्वरका विचारहरू सधैँ मानिसका विचारहरूभन्दा उच्च हुन्छन्, र परमेश्वरको बुद्धि मानिसको समझभन्दा धेरै हुन्छ। यसैले म भन्छु कि जसले परमेश्वर र उहाँको कार्यलाई “पूर्ण रूपमा बुझेको” दाबी गर्छन्, तिनीहरू धेरै अयोग्य छन्; तिनीहरू सबै आफैमा अति विश्वस्त र अनभिज्ञ छन्। मानिसले परमेश्वरको कार्यलाई परिभाषित गर्नु हुँदैन; अझ भन्ने हो भने, मानिसले परमेश्वरको कार्यलाई परिभाषित गर्न सक्दैन। परमेश्वरको नजरमा, मानिस कमिलाजस्तै महत्त्वहीन छ; त्यसैले मानिसले कसरी परमेश्वरको कार्यलाई बुझ्न सक्छ र? जसले गर्वसाथ “परमेश्वरले यसरी वा त्यसरी कार्य गर्नुहुन्न” वा “परमेश्वर यस्तो वा त्यस्तो हुनुहुन्छ” भन्छन्—के उनीहरू अहङ्कारसाथ बोलिरहेका हुँदैनन् र? हामी सबैले जान्नुपर्छ कि देहबाट आएको मानिस शैतानद्वारा भ्रष्ट पारिएको छ। मानवजातिको स्वभाव नै परमेश्वरको विरोध गर्ने हुन्छ। मानवजाति परमेश्वरको बराबरी हुनै सक्दैन, परमेश्वरको कार्यमा मानवजातिले सल्लाह दिने कुरा त परै जाओस्। जहाँसम्म परमेश्वरले मानिसलाई कसरी डोऱ्याउनुहुन्छ भन्ने सवाल छ, यो परमेश्वर आफैले गर्नुहुने कार्य हो। मानिसले यो वा त्यो विचार व्यक्त नगरी अधीनमा बस्नु नै उचित हुन्छ, किनकि मानिस धुलो मात्र हो। परमेश्वरको खोजी गर्नु नै हाम्रो अभिप्राय भएकोले, हामीले हाम्रा धारणाहरूलाई परमेश्वरको ध्यान जाओस् भनी उहाँको कार्यमा थप्नु हुँदैन, हामीले जानीजानी परमेश्वरको कार्यको विरोध गर्न आफ्नो भ्रष्ट स्वभावको अधिकतम प्रयोग गर्ने कुरा त परै जाओस्। के त्यसले हामीलाई ख्रीष्ट-विरोधीहरू बनाउँदैन र? त्यस्ता मानिसहरूले कसरी परमेश्वरमा विश्वास गर्न सक्छन्? हामी परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्छौं, र हामी उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहन्छौं, त्यसैले हामीले सत्यताको बाटो खोज्नुपर्दछ, र परमेश्वर अनुरूप हुने उपायको खोजी गर्नुपर्छ। हामी उहाँप्रतिको हठपूर्ण विरोधमा खडा हुनु हुँदैन। त्यस्तो कार्यबाट के भलाइ हुन सक्छ र?
आज, परमेश्वरले नयाँ काम गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न सक्दैनस् होला, र ती तँलाई अनौठो लाग्न सक्छ, तर म तँलाई तेरो स्वाभाविकता प्रकट नगर्ने सल्लाह दिन्छु, किनकि परमेश्वरको अगाडि साँच्चै धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्, अनि जो वास्तवमा भक्त छन् तिनीहरूले मात्र उहाँद्वारा अन्तर्दृष्टि र मार्गनिर्देशन पाउन सक्छन्। प्रतिफलहरू गम्भीर शान्तिको साथ सत्यताको खोजी गरेर प्राप्त गरिन्छ, झगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्वरले नयाँ काम गर्नुभएको छ” भन्छु, तब म परमेश्वर देहमा फर्कनुहुने बारेमा कुरा गरिरहेको हुन्छु। सायद, तैँले यी वचनहरूलाई वास्ता गर्दैनस् होला; सायद, तँ ती वचनहरूलाई तुच्छ ठान्छस् होला; वा सायद, तँलाई तिनमा ठूलो रुचि छ होला। जेसुकै भए पनि, परमेश्वरको देखापराइको साँचो तृष्णा गर्नेहरू सबैले हतारमा निष्कर्ष निकाल्नुभन्दा यस तथ्यलाई सामना गर्न सक्छन् र ध्यानपूर्वक जाँच गर्छन् भन्ने मेरो आशा छ; एक बुद्धिमान् व्यक्तिले त्यसै गर्नुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरको व्यवस्थापन गहन भए तापनि, यो मानिसको बुझाइभन्दा बाहिर छैन। यो यसैले हो किनभने परमेश्वरको सबै कार्य मानवजातिलाई मुक्त गर्ने...
पत्रुसको बारेमा उल्लेख गर्दा, मानिसहरूले उसको बारेमा भन्ने असल कुराहरूको अन्त हुँदैन। तिनीहरू तुरुन्तै उसले परमेश्वरलाई तीन पटक इन्कार...
परमेश्वरको काममा आउने बाधाहरू कति ठूला छन्? के कहिल्यै कसैलाई थाहा भएको छ? गहिरो अन्धविश्वासका रङ्गहरूको पिँजरामा परेका मानिसहरूका...
तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्वरको योजना र उहाँको विधिको लागि तैँले आफ्नो भूमिका...