परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३७२

मानिसले मेरो न्यानोपनलाई अनुभव गरेको छ, मानिसले मलाई इमानदारीताको साथ सेवा गरेको छ, र मेरो उपस्थितिमा सबै कुरा गर्दै मानिस मेरो अघि इमानदारीताको साथ समर्पित भएको छ। तैपनि आजका मानिसहरूले यो प्राप्त गर्नु असम्‍भव छ; तिनीहरूले आत्मामा बिलौना गर्नेबाहेक केही पनि गर्दैनन्, मानौं तिनीहरूलाई भोको ब्‍वाँसोले लुछेको छ, र नरोकिइकन मेरो अगाडि रुँदै तिनीहरूले विवश भएर मलाई हेर्न मात्रै सक्छन्। तर अन्त्यमा, तिनीहरू आफ्‍नो दुःखद अवस्थाबाट उम्कन सक्दैनन्। विगतका मानिसहरूले आफ्‍नो स्‍नेहद्वारा मेरो दयाको ऋण तिर्नको लागि मेरो उपस्थितिमा स्वर्ग र पृथ्वीको शपथ खाँदै कसरी प्रतिज्ञा गरेका थिए, त्यसबारे म विचार गर्छु। तिनीहरूले मेरो अगाडि शोकले बिलौना गरे, र तिनीहरूको रुवाइको आवाज हृदयस्पर्शी, सहनै नसकिने किसिमको थियो। तिनीहरूको सङ्कल्‍पको कारण, म प्रायजसो मानिसहरूलाई सहयोग प्रदान गर्छु। धेरै पटक मानिसहरू ममा समर्पित हुनका लागि मेरो सामने आएका छन्, तिनीहरूको प्रेमिलो आचरण बिर्सनै नसकिने किसिमको छ। धेरै पटक तिनीहरूले अटल वफादारिता देखाउँदै मलाई प्रेम गरेका छन्, तिनीहरूको उत्सुकता सराहनीय छ। धेरै पटक तिनीहरूले आफ्‍नै ज्यानको बलिदान दिने हदसम्‍म समेत मलाई प्रेम गरेका छन्, तिनीहरूले आफैलाई भन्दा बढी मलाई प्रेम गरेका छन्—र तिनीहरूको इमानदारीता देखेर मैले तिनीहरूको प्रेमलाई स्वीकार गरेको छु। धेरै पटक मृत्युको मुखमा समेत मेरो खातिर तटस्थ बस्दै तिनीहरूले मेरो उपस्थितिमा आफैलाई प्रदान गरेका छन्, र मैले तिनीहरूका परेलीहरूबाट चिन्ताहरूलाई पुछिदिएको छु र तिनीहरूको मुहारबाट फोहोरहरूलाई बिस्तारै हटाइदिएको छु। धेरै पटक मैले तिनीहरूलाई संरक्षण गरी राखेको सम्पत्तिलाई जस्तै प्रेम गरेको छु, र धेरै पटक मैले तिनीहरूलाई मेरा आफ्‍नै शत्रुहरूको रूपमा घृणा गरेको छु। तैपनि, मेरो मनमा जे छ त्यो मानिसको पकडभन्दा बाहिर रहन्छ। जब मानिसहरू दुःखित हुन्छन्, म तिनीहरूलाई सान्त्वना दिन आउँछु, र जब तिनीहरू कमजोर हुन्छन्, म तिनीहरूलाई सहयोग गर्न आउँछु। जब तिनीहरू हराउँछन्, म तिनीहरूलाई दिशा-निर्देशन दिन्छु। जब तिनीहरू रुन्छन्, म तिनीहरूको आँसु पुछिदिन्छु। तर जब म दुःखित हुन्छु, कसले मलाई आफ्‍नो हृदयबाट सान्त्वना दिन सक्छ? जब म अत्यन्तै चिन्तित हुन्छु, तब मेरा भावनाहरूबारे कसले विचार गर्छ? जब म शोकमा पर्छु, मेरो हृदयको चोटलाई कसले उपचार गर्छ? जब मलाई कसैको खाँचो पर्छ, मसँग सहकार्य गर्नलाई कसले स्वयंसेवकको काम गर्छ? के मानिसहरूको पहिलेको आचरण कहिल्यै नफर्किने गरी अब हराएको हो भन्न सकिन्छ? किन तिनीहरूको स्मरणमा केही पनि रहँदैन? कसरी मानिसहरूले यी सबै कुराहरू बिर्सेका छन्? के यी सबै मानवजातिको शत्रुले उसमा ल्याएको भ्रष्टताको कारणले होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २७

परमेश्‍वरको इच्छाको कसले वास्ता गर्न सक्छ?

पद १

मानिसले परमेश्‍वरको न्यानोपन पायो, कुनै समय उहाँको सेवा गर्यो, साँच्चै आज्ञाकारी थिए, उहाँकै लागि सबथोक गर्थे। तर अहिले त्यो गर्न सक्तैनन्; आत्माभित्र बिलौना गर्छन्। उहाँलाई हेर्छन्, मद्दतलाई पुकार्छन्; दुर्दशाबाट उम्कन सक्तैनन्।

पूर्व कोरस १

विगतका मानिसले आफ्नो हृदयका स्नेहले, उहाँको दया चुक्ता गर्ने पृथ्वी र स्वर्गको शपथ खाएका थिए। शोकले उहाँ सामु रोए; रुवाइ दुःखद, सहन गाह्रो थियो। तिनको संकल्पको कारण उहाँ तिनलाई मद्दत गर्नुहुन्थ्यो।

कोरस

मानिस दुःखी हुँदा, उहाँ सान्त्वना दिन आउनुहुन्छ; मानिस कमजोर हुँदा, सहयोग गर्नुहुन्छ। मानिस हराउँदा, दिशा-निर्देश गर्नुहुन्छ; मानिस रुँदा, आँसु पुछिदिनुहुन्छ। तर उहाँ दुःखी हुँदा कसले उहाँलाई सान्त्वना दिन्छ? र चिन्तित हुँदा, कसले उहाँको वास्ता गर्छ?

पद २

मानिसले उहाँको पालन गरेका पल यादगार थिए। प्रेममा उहाँप्रति वफादार थिए, साँचो भावना सराहनीय थिए। कैयौँ पटक उहाँलाई प्रेम गरे, जीवन बलिदान गर्थे। यो इमानदारीताको कारण, तिनको प्रेमले स्वीकृति पायो।

पूर्व कोरस २

कैयौँ पटक आफूलाई अर्पण गर्दै, उहाँको खातिर मृत्युको सामना गरे। तिनको निधारबाट चिन्ता पुछ्दै, तिनको मुहार हेर्नुभयो। कैयोँ पटक, तिनलाई आफ्नो खजाना झैँ प्रेम गर्नुभयो। कैयौँ पटक शत्रु झैँ घृणा गर्नुभयो। अझै पनि मानिस उहाँको मनको कुरा बुझ्दैन।

कोरस

मानिस दुःखी हुँदा, उहाँ सान्त्वना दिन आउनुहुन्छ; मानिस कमजोर हुँदा, सहयोग गर्नुहुन्छ। मानिस हराउँदा, दिशा-निर्देश गर्नुहुन्छ; मानिस रुँदा, आँसु पुछिदिनुहुन्छ। तर उहाँ दुःखी हुँदा कसले उहाँलाई सान्त्वना दिन्छ? र चिन्तित हुँदा, कसले उहाँको वास्ता गर्छ?

ब्रिज

उहाँ दुःखी हुनुहुँदा, उहाँको हृदयका घाउ कसले भर्छ? उहाँलाई खाँचो पर्दा को उहाँसँग सहकार्य गर्न सक्छ? के उहाँप्रतिको मानिसको पहिलेको मनोवृत्ति, कहिल्यै नफर्किने गरी हरायो? किन तिनको स्मरणमा केही बाँकी छैन? शत्रुद्वारा भ्रष्ट तुल्याइएका कारण मानिसले यी कुरा बिर्सेका छन्।

कोरस

मानिस दुःखी हुँदा, उहाँ सान्त्वना दिन आउनुहुन्छ; मानिस कमजोर हुँदा, सहयोग गर्नुहुन्छ। मानिस हराउँदा, दिशा-निर्देश गर्नुहुन्छ; मानिस रुँदा, आँसु पुछिदिनुहुन्छ। तर उहाँ दुःखी हुँदा कसले उहाँलाई सान्त्वना दिन्छ? र चिन्तित हुँदा, कसले उहाँको वास्ता गर्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २७” बाट परिमार्जित

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०८

यदि मानिसहरू शैतानको प्रभावमा परे भने, तिनीहरूभित्र परमेश्‍वरप्रति कुनै प्रेम हुँदैन, र तिनीहरूको पहिलेको दर्शन, प्रेम, र सङ्कल्प हराइसकेको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५५

सात मेघगर्जनहरू सिंहासनबाट निस्कन्छन् अनि तिनले ब्रह्माण्ड हल्लाउँछन्, स्वर्ग र पृथ्वीलाई उलटपुलट पार्छन्, र आकाशहरूमा गुञ्जन्छन्। त्यो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४३

शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्) क. परमेश्‍वरले बोल्नुभएका वचनहरू अय्यूब २:३ अनि यहोवाले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१६

तिमीहरू आफ्‍नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थना गर्ने कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्