परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३७२

मानिसले मेरो न्यानोपनलाई अनुभव गरेको छ, मानिसले मलाई इमानदारीताको साथ सेवा गरेको छ, र मेरो उपस्थितिमा सबै कुरा गर्दै मानिस मेरो अघि इमानदारीताको साथ समर्पित भएको छ। तैपनि आजका मानिसहरूले यो प्राप्त गर्नु असम्‍भव छ; तिनीहरूले आत्मामा बिलौना गर्नेबाहेक केही पनि गर्दैनन्, मानौं तिनीहरूलाई भोको ब्‍वाँसोले लुछेको छ, र नरोकिइकन मेरो अगाडि रुँदै तिनीहरूले विवश भएर मलाई हेर्न मात्रै सक्छन्। तर अन्त्यमा, तिनीहरू आफ्‍नो दुःखद अवस्थाबाट उम्कन सक्दैनन्। विगतका मानिसहरूले आफ्‍नो स्‍नेहद्वारा मेरो दयाको ऋण तिर्नको लागि मेरो उपस्थितिमा स्वर्ग र पृथ्वीको शपथ खाँदै कसरी प्रतिज्ञा गरेका थिए, त्यसबारे म विचार गर्छु। तिनीहरूले मेरो अगाडि शोकले बिलौना गरे, र तिनीहरूको रुवाइको आवाज हृदयस्पर्शी, सहनै नसकिने किसिमको थियो। तिनीहरूको सङ्कल्‍पको कारण, म प्रायजसो मानिसहरूलाई सहयोग प्रदान गर्छु। धेरै पटक मानिसहरू ममा समर्पित हुनका लागि मेरो सामने आएका छन्, तिनीहरूको प्रेमिलो आचरण बिर्सनै नसकिने किसिमको छ। धेरै पटक तिनीहरूले अटल वफादारिता देखाउँदै मलाई प्रेम गरेका छन्, तिनीहरूको उत्सुकता सराहनीय छ। धेरै पटक तिनीहरूले आफ्‍नै ज्यानको बलिदान दिने हदसम्‍म समेत मलाई प्रेम गरेका छन्, तिनीहरूले आफैलाई भन्दा बढी मलाई प्रेम गरेका छन्—र तिनीहरूको इमानदारीता देखेर मैले तिनीहरूको प्रेमलाई स्वीकार गरेको छु। धेरै पटक मृत्युको मुखमा समेत मेरो खातिर तटस्थ बस्दै तिनीहरूले मेरो उपस्थितिमा आफैलाई प्रदान गरेका छन्, र मैले तिनीहरूका परेलीहरूबाट चिन्ताहरूलाई पुछिदिएको छु र तिनीहरूको मुहारबाट फोहोरहरूलाई बिस्तारै हटाइदिएको छु। धेरै पटक मैले तिनीहरूलाई संरक्षण गरी राखेको सम्पत्तिलाई जस्तै प्रेम गरेको छु, र धेरै पटक मैले तिनीहरूलाई मेरा आफ्‍नै शत्रुहरूको रूपमा घृणा गरेको छु। तैपनि, मेरो मनमा जे छ त्यो मानिसको पकडभन्दा बाहिर रहन्छ। जब मानिसहरू दुःखित हुन्छन्, म तिनीहरूलाई सान्त्वना दिन आउँछु, र जब तिनीहरू कमजोर हुन्छन्, म तिनीहरूलाई सहयोग गर्न आउँछु। जब तिनीहरू हराउँछन्, म तिनीहरूलाई दिशा-निर्देशन दिन्छु। जब तिनीहरू रुन्छन्, म तिनीहरूको आँसु पुछिदिन्छु। तर जब म दुःखित हुन्छु, कसले मलाई आफ्‍नो हृदयबाट सान्त्वना दिन सक्छ? जब म अत्यन्तै चिन्तित हुन्छु, तब मेरा भावनाहरूबारे कसले विचार गर्छ? जब म शोकमा पर्छु, मेरो हृदयको चोटलाई कसले उपचार गर्छ? जब मलाई कसैको खाँचो पर्छ, मसँग सहकार्य गर्नलाई कसले स्वयंसेवकको काम गर्छ? के मानिसहरूको पहिलेको आचरण कहिल्यै नफर्किने गरी अब हराएको हो भन्न सकिन्छ? किन तिनीहरूको स्मरणमा केही पनि रहँदैन? कसरी मानिसहरूले यी सबै कुराहरू बिर्सेका छन्? के यी सबै मानवजातिको शत्रुले उसमा ल्याएको भ्रष्टताको कारणले होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २७

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४१

परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुभयो र त्यसपछि परमेश्‍वरले मानिसको जीवनलाई निर्देशित गर्दै आउनुभएको छ। चाहे ती मानवजातिलाई आशिष् दिने...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३१

आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला सबै थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय हासिल गर्नु आखिरी दिनहरूको काम...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५७

जब परमेश्‍वरको काम र उहाँको व्यवस्थापन निश्‍चित विन्दुमा पुग्छ, तब उहाँको हृदयअनुसारकाहरू उहाँका मागहरूलाई पूरा गर्न सक्षम हुन्छन्।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४५

परमेश्‍वरको स्वभाव प्रत्येक व्यक्तिका निम्ति अत्यन्त अमूर्त विषयजस्तै देखिन्छ र वास्तवमा त्यस्तै हो, साथै यो प्रत्येक व्यक्तिले सजिलै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्