परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३७१

मेरा नजरमा, मानिस सबै थोकको शासक हो। मैले उसलाई पृथ्वीमा सबै थोक व्यवस्थापन गर्न दिएर कम मात्रामा अख्तियार दिएको छैन—हिमालका घाँसलाई, वनजङ्गलका जीव-जनावरहरूलाई, र पानीका माछाहरूलाई व्यवस्थापन गर्न दिएको छु। तैपनि यसको कारण खुसी हुनुको साटो, मानिस चिन्ताले व्याकुल बनेको छ। उसको सम्पूर्ण जीवन मानसिक चिन्ता र दौडधूप, रिक्ततामा थपिएको मस्ती बनेको छ; उसको पूरै जीवनभरि कुनै पनि नवीन आविष्कार र सृजना भएका छैनन्। कसैले पनि यो खोक्रो जीवनबाट आफूलाई मुक्त गराउन सक्दैन, कसैले पनि कहिल्यै अर्थपूर्ण जीवन पत्ता लगाएको छैन, र कसैले पनि कहिल्यै वास्तविक जीवनको अनुभव गरेको छैन। आजका मानिसहरू मेरो चम्किलो ज्योतिमुनि जिउने भए तापनि तिनीहरूलाई स्वर्गको जीवनको बारेमा केही पनि थाहा छैन। यदि म मानिसप्रति कृपालु नहुने हो भने र मैले मानवजातिलाई मुक्ति नदिने हो भने, मानिसहरू निरर्थकतामा आइपुगेका छन्, पृथ्वीमा तिनीहरूको जीवन अर्थहीन छ, र गर्व गर्न लायक कुनै पनि कुराविना तिनीहरू निरर्थक रूपमै संसार छाडी जानेछन्। हरेक धर्म, समाजका हरेक क्षेत्र, हरेक राष्ट्र, र हरेक सम्प्रदायका मानिसहरू सबैलाई पृथ्वीमा हुने रिक्तताको बारेमा थाहा छ, र तिनीहरू सबैले मेरो खोजी गर्छन् र मेरो पुनरागमनको प्रतीक्षा गर्छन्—तैपनि म आइपुग्दा कसले पो मलाई चिन्न सक्‍छ र? मैले सबै थोक बनाएँ, मैले मानवजातिको सृजना गरेँ, र आज म मानवमाझ ओर्लिएको छु। तैपनि, मानिसले मविरुद्ध प्रत्याक्रमण गर्छ र मलाई बदला लिन्छ। के मैले मानिसमा गर्ने काम उसको निम्ति कुनै फाइदाको छैन र? के म साँच्चै नै मानिसलाई सन्तुष्ट पार्न असमर्थ छु त? किन मानिसले मलाई अस्वीकार गर्छ? किन मानिस मप्रति त्यति रूखो र उदासीन छ? किन पृथ्वी लासहरूले ढाकिएको छ? के मैले मानिसको लागि बनाएको संसारको अवस्था वास्तवमै यस्तै हो त? किन होला मैले मानिसलाई अतुलनीय सरसम्पत्तिहरू दिएको भए तापनि त्यसको सट्टामा उसले मलाई उसका रित्ता दुई हात अर्पण गर्छ? किन मानिसले मलाई साँचो रूपमा प्रेम गर्दैन? किन ऊ मेरो अगाडि कहिल्यै आउँदैन? के मेरा सबै वचनहरू व्यर्थका लागि हुन् त? के मेरा वचनहरू पानीबाट ताप हराएजस्तै गरी हराएकै हुन् त? किन मानिस मसँग सहकार्य गर्न अनिच्छुक छ? के मेरो दिनको आगमन वास्तवमै मानिसको मृत्युको क्षण हो त? के मेरो राज्य निर्मित हुँदा वास्तवमै मैले मानिसलाई नाश पार्छु त? मेरो सम्पूर्ण व्यवस्थापन योजनाको अवधिमा किन कसैले पनि मेरा अभिप्रायहरू बुझेका छैनन्? मेरा मुखबाट निस्किएका वाणीहरूलाई प्यारो ठान्नुको सट्टा किन मानिसले तिनलाई घृणा र तिरस्कार गर्छ? म कसैलाई पनि दोष दिन्न, म त केवल सबै मानिसहरूलाई शान्तपनमा फर्कन र आत्म-चिन्तनको काम गर्न लगाउँछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २५

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७२

पवित्र आत्माको प्रवाहमा गरिएको काम चाहे परमेश्‍वरको आफ्नै काम होस् वा प्रयोग गरिएका मानिसहरूको काम होस्, त्यो काम पवित्र आत्माको काम हो।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४६

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३२

परमेश्‍वरले मानिसहरूको लागि तय गर्नुभएका मापदण्डहरू त्यति धेरै उच्‍च छैनन्। मानिसहरूले लगनशील र इमानदार भई अभ्यास गरे भने, “उत्तीर्णाङ्क”...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्