परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३९
जीवन स्वभाव परिवर्तन गर्ने खोजीको क्रममा, अभ्यासको मार्ग सरल हुन्छ। यदि आफ्नो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माका वर्तमान वचनहरू पालन...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मानवजाति सबै यस्ता प्राणीहरू हुन् जसमा आत्मज्ञानको कमी छ, र तिनीहरूले आफैलाई चिन्न सक्दैनन्। तर, तिनीहरू अरू सबैलाई भने आफ्नै हत्केलालाई जस्तै गरी चिन्छन्, मानौँ अरूले गरेका र भनेका सबै कुरा उनीहरूकै सामु तिनीहरूले पहिल्यै “निरीक्षण” गरेका छन्, र त्यो गर्नुभन्दा अघि तिनीहरूबाट स्वीकृति लिएको हो। फलस्वरूप, यस्तो लाग्छ कि तिनीहरूले अरू सबैलाई उनीहरूका मनोवैज्ञानिक स्थितिहरूसम्मै पूर्ण रूपमा मापन गरी नै सकेका छन्। मानवजाति सबै यस्तै छन्। आज तिनीहरू परमेश्वरको राज्यको युगमा प्रवेश गरेका भए पनि, तिनीहरूको स्वभाव अपरिवर्तित नै रहेको छ। अझै पनि, तिनीहरू मेरो अगाडि त मैले गरेकै कार्य गर्छन्, तर मेरो पिठिउँपछाडि भने आफ्नै अनौठो “व्यवसाय” गर्नतिर लाग्छन्। तैपनि, केही पछि तिनीहरू मेरो अघि आउँदा पूर्ण फरक व्यक्तिजस्तो हुन्छन्, शान्त अनुहार र स्थिर धड्कन भएका, स्पष्ट रूपमै संयमी र निर्भीक देखिन्छन्। के यही कुराले मानवजातिलाई यति घृणित बनाउँदैन र? धेरै मानिसहरूले दुई फरक प्रकारका अनुहार बोकेर हिँड्छन्—मेरो अगाडि एउटा र मेरो पिठिउँपछाडि अर्को। तिनीहरूमध्ये धेरैले मेरो अगाडि भर्खर जन्मेको थुमाले जस्तो व्यवहार गर्दछन्, तर मेरो पिठिउँपछाडि तिनीहरू हिंस्रक बाघहरूमा परिणत हुन्छन्, र पछि डाँडाहरूमा आनन्दसाथ उड्ने स-साना चराचुरुङ्गीहरूले जस्तो व्यवहार गर्छन्। धेरैले मेरो सामु उद्देश्य र संकल्प देखाउँछन्। धेरै जना तृष्णा र तड्पनको साथमा मेरा वचनहरू खोज्दै आउँछन्, तर मेरो पिठिउँपछाडि हुँदा तिनीहरू ती कुरासँग दिक्क हुन्छन् र तिनलाई त्याग्छन्, मानौँ मेरा वाणीहरू एउटा भार हुन्। मेरो शत्रुले भ्रष्ट पारेको मानवजातिलाई देख्दा, धेरैपटक मैले मानवजातिमा आशा राख्न छोडेको छु। धेरैचोटि तिनीहरू मेरो सामुन्ने आएर आँसु झार्दै माफी मागेका देखेर पनि, तिनीहरूका हृदय सच्चा र तिनीहरूका अभिप्राय इमानदार भए पनि तिनीहरूमा रहेको आत्म-सम्मानको अभाव र सुधार्न नसकिने जिद्दीपनको कारण रिसले तिनीहरूका कामप्रति मैले आफ्ना आँखाहरू चिम्लेको छु। धेरैपटक, मैले मानिसहरू मसँग सहकार्य गर्न विश्वस्त भएका देखेको छु, जो मेरो सामु मेरो अङ्गालोमा न्यानोपन चाख्दै बसेको जस्तो देखिन्छ। धेरैपटक, मेरा चुनिएका मानिसहरूको निर्दोषता, सजीवता र श्रद्धाभाव देखिसकेपछि, कसरी म यी कुराहरूको कारण ठूलो आनन्द लिन सक्दिनँ र? मानवजातिले तिनीहरूका निम्ति मेरा हातहरूमा भएका पूर्वनिर्धारित आशिष्हरू कसरी उपभोग गर्न सकिन्छ भनी जान्दैनन्, किनकि तिनीहरू “आशीर्वाद” र “दुःखकष्ट” दुवैको अर्थ के हो बुझ्दैनन्। यसकारण, मलाई खोजी गर्ने कार्यमा मानवजाति इमानदार हुँदैनन्। यदि भोलीको दिन अस्तित्वमा हुँदैनथ्यो भने, तिमीहरूमध्ये को मेरो सामु उभिँदा चलिरहेको हिउँजस्तो शुद्ध र हिराजस्तो निष्कलङ्क हुन सक्थ्यो? के मप्रतिको तिमीहरूको प्रेम कुनै स्वादिष्ठ भोजन, सुन्दर वस्त्र वा धेरै तलब भएको पदसँग साट्न सकिने वस्तु मात्र हुन सक्छ? के यसलाई तँप्रतिको अरूको प्रेमसँग साट्न सकिन्छ? के कष्टमा परेको अवस्थाले वास्तवमै मानिसहरूलाई मप्रतिको तिनीहरूको प्रेम त्याग्ने प्रेरणा दिन्छ? के दुःख र कष्टहरूको कारण तिनीहरूले मेरो बन्दोबस्तको बारेमा गुनासो गर्नेछन्? कसैले पनि मेरो मुखमा भएको धारिलो तरबारको साँचो कदर गरेको छैन: त्यसको भित्री आशय नै नबुझी तिनीहरू बाह्य अर्थबोध मात्र गर्छन्। यदि मानवजातिले साँच्चै मेरो तरबारको धार देख्न सक्थ्यो भने, तिनीहरू आफ्ना प्वालहरूमा मुसो दगुरेझैँ दगुर्नेथिए। तिनीहरूको बोधोपनको कारण, मानिसहरूले मेरा वचनहरूका कुनै सही अर्थ बुझ्न सक्दैनन्, त्यसैले तिनीहरू मैले बोलेका वाणीहरू कति भयानक छन् वा ती वाणीहरूले मानिसको कति धेरै प्रकृति प्रकट गर्छन् र तिनीहरूका भ्रष्टतालाई मेरा ती वचनहरूले कसरी न्याय गरेका छन् भन्नेबारेमा तिनीहरूलाई केही थाहा छैन। यसकारण, मैले जे भन्छु त्यस विषयमा तिनीहरूका अधकल्चो विचारहरूको फलस्वरूप, धेरैजसो मानिसहरूले उदासीन मनोवृत्ति अपनाएका छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १५
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
जीवन स्वभाव परिवर्तन गर्ने खोजीको क्रममा, अभ्यासको मार्ग सरल हुन्छ। यदि आफ्नो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माका वर्तमान वचनहरू पालन...
न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई...
परमेश्वरप्रतिको साँचो प्रेम हृदयको अन्तस्करणबाट आउँछ; यो प्रेम परमेश्वरसम्बन्धी मानिसको ज्ञानको आधारमा मात्र अस्तित्वमा हुन्छ। जब कसैको...
व्यक्तिले परमेश्वरको इच्छा पूरा गर्न, परमेश्वरको हृदयअनुसारका सबै मानिसहरूलाई उहाँको सामु ल्याउन, मानिसलाई परमेश्वरकहाँ ल्याई पवित्र...