परमेश्वरका दैनिक वचनहरू: बाइबल सम्बन्धी रहस्यहरू | अंश २७१
बाइबलमा भएका सबै कुरा परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्वरको कार्यको अघिल्ला दुई चरणहरूको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
तिमीहरूभित्र मप्रतिको विश्वासघात कति रहेको छ भन्ने कुरा हेर्नको निम्ति अब तिमीहरू सबैले सकेसम्म छिटो आफैभित्र हेर्नुपर्छ। म उत्कटताको साथ तिमीहरूको जबाफको प्रतीक्षा गरिरहेको छु। मसँग लापरवाही भएर व्यवहार नगर। म मानिसहरूसँग कहिल्यै खेलबाड गर्दिनँ। म केही गर्नेछु भनेर म भन्छु भने म त्यो निश्चय नै गर्नेछु। म आशा गर्छु तिमीहरू हरेकले मेरा वचनहरू गम्भीरता पूर्वक लिनेछौ र तिनीहरूलाई विज्ञान उपन्यासको रूपमा सोच्नेछैनौ। म तिमीहरूबाट ठोस कार्य भएको चाहन्छु, तिमीहरूका कल्पनाहरू होइन। अब, तिमीहरूले मेरा देहायबमोजिमका प्रश्नहरूको जवाफ दिनुपर्छ: १. यदि तँ साँच्चै नै सेवाकर्ता होस् भने के तैँले लापरवाही वा नकारात्मकताको कुनै तत्त्वविना निष्ठावान् भएर मेरो सेवा गर्न सक्छस्? २. मैले तेरो कहिले पनि सराहना नगरेको कुरा यदि तैँले पत्ता लगाइस् भने के तैँले अझ पनि अडिग भएर आजीवन मलाई सेवा पुर्याउनेछस्? ३. तैँले धेरै प्रयत्नहरू गर्दागर्दै पनि यदि म अझ तँप्रति उदासीन नै छु भने, के तैँले यस अस्पष्टताका बीच मेरो निम्ति निरन्तर काम गरिरहन सक्नेछस्? ४. तैँले मेरो लागि खर्च गरेपछि यदि मैले तेरा स-साना मागहरू पूरा गरिनँ भने, के तँ मसँग निरुत्साहित र निराश हुनेछस् वा अझ क्रोधित भएर गाली गर्नेछस्? ५. यदि तँ मप्रति धेरै प्रेम राख्दै सधैँ निष्ठावान् रहिआएको छस्, तथापि तैँले बिरामी, गरिबी र तेरा मित्र तथा आफन्तहरूबाट त्यागिएको पीडाको कष्ट भोग्छस् वा तैँले जीवनमा अन्य दुर्गतिहरू सहिस् भने, के मप्रतिको तेरो निष्ठा र प्रेम अझ पनि निरन्तर रहनेछ? ६. यदि मैले गरेको कुरा तैँले तेरो हृदयमा कल्पना गरेका कुरासँग मेल खाएन भने, तेरो भावी मार्गमा तँ कसरी हिँड्नेछस्? ७. यदि तैँले प्राप्त गर्ने आशा गरेका थोकहरू प्राप्त गरिनस् भने के तँ निरन्तर रूपमा मेरो अनुयायी हुन सक्छस्? ८. यदि तैँले मेरो कार्यको उद्देश्य र महत्त्वलाई कहिले पनि बुझेको छैनस् भने, के तँ मनोमानी तवरले निर्णयहरू नगर्ने र निष्कर्षहरू ननिकाल्ने आज्ञाकारी व्यक्ति बन्न सक्छस्? ९. के तैँले मैले भनेका सबै वचनहरू र मानवजातिसँग रहँदा मैले गरेका सबै कामलाई कदर गर्न सक्छस्। १०. के तैँले केही प्राप्त नगरे तापनि मेरो निम्ति आजीवन पिडा सहन राजी भई मेरो वफादार अनुयायी बन्न सक्छस्? ११. के तैँले तेरो भावी अस्तित्वको मार्गको लागि विचार, योजना वा तयारी गर्ने कार्यलाई मेरो खातिर त्याग्न सक्छस्? यी प्रश्नहरूले तिमीहरूको निम्ति मेरा अन्तिम आवश्यकताहरूलाई प्रतिनिधित्व गर्छन् र तिमीहरू सबैले मलाई जवाफ दिन सक्नेछौ भन्ने मेरो आशा छ। यदि तँलाई सोधिएका एक वा दुई प्रश्नहरूलाई तैँले पूरा गरेको छस् भने तैँले प्रयास जारी राख्नुपर्छ। यदि तैँले यी आवश्यकताहरूमध्ये एउटैलाई पनि पूरा गरेको छैनस् भने तँ निश्चय नै नरकमा फालिने किसिमको व्यक्ति होस्। यस्ता मानिसहरूलाई मैले केही भन्ने आवश्यकता छैन, किनकि तिनीहरू निश्चय नै मसँग मिल्ने मानिसहरू होइनन्। कुनै पनि परिस्थितिहरूमा मलाई विश्वासघात गर्नेलाई म कसरी मेरो घरमा राख्न सकुँला र? धेरैजसो परिस्थितिहरूमा मलाई धोका दिनेहरूको हकमा, अन्य बन्दोबस्तहरू गर्नु अगाडि म तिनीहरूको कामको अवलोकन गर्नेछु। यद्यपि, मलाई जुनसुकै परिस्थितिहरूमा विश्वासघात गर्न सक्ने सबैलाई म कहिले पनि बिर्सनेछैनँ; मेरो हृदयमा म तिनीहरूलाई सम्झनेछु र तिनीहरूका दुष्ट कामहरूको बदला लिने मौका पर्खनेछु। मैले उठाएका आवश्यकताहरू तिमीहरूले आफैमा जाँच गर्नुपर्ने समस्याहरू हुन्। मलाई आशा छ तिमीहरू सबैले तिनीहरूलाई गम्भीरता पूर्वक लिन सक्छौ र मसँग लापरवाही तरिकाले व्यवहार गर्दैनौ। निकट भविष्यमा, म मेरा आवश्यकताहरू विरुद्ध तिमीहरूले दिएका जबाफहरूको जाँच गर्नेछु। त्यस बेलासम्म, म तिमीहरूबाट ज्यादा केही माग गर्नेछैनँ र तिमीहरूलाई थप गम्भीर चेतावनी दिनेछैनँ। बरु, म मेरो अधिकारको प्रयोग गर्नेछु। सुरक्षित राखिनुपर्नेहरू सुरक्षित राखिनेछन्, इनाम दिइनुपर्नेहरूलाई इनाम दिइनेछ, शैतानकहाँ सुम्पिइनुपर्नेहरूलाई शैतानकहाँ सुम्पिइनेछ, कठोर दण्ड दिइनुपर्नेहरूलाई कठोर दण्ड दिइनेछ र नष्ट गरिनुपर्नेहरूलाई नष्ट गरिनेछ। यसैले मेरा दिनहरूमा मलाई विचलित पर्नेहरू कोही पनि हुनेछैनन्। के तँ मेरा वचनहरूमा विश्वास गर्छस्? के तँ प्रतिशोधमा विश्वास गर्छस्? मलाई ठग्नेहरू र मलाई विश्वासघात गर्नेहरूलाई म दण्ड दिने छु भन्ने कुरामा तँ विश्वास गर्छस्? त्यो दिन चाँडो आओस् भन्ने आशा गर्छस् कि ढिलो आओस् भन्ने आशा गर्छस्? तँ दण्डदेखि आतङ्कित हुनेमा पर्छस् कि दण्ड सहनै पर्ने भए तापनि मेरो विरोध गर्नेहरूमा पर्छस्? जब त्यो दिन आउँछ, तँ हर्ष र हाँसोमा बस्नेछस् कि तँ रुने वा दाह्रा किट्नेछस् के तँ त्यो कुराको कल्पना गर्न सक्छस्? तेरो अन्त्य कस्तो हुनेछ भन्ने तैँले आशा गरेको छस्? तैँले ममाथि सय प्रतिशत विश्वास गर्छस् कि सय प्रतिशत शङ्का गर्छस् भन्ने कुरालाई तैँले कहिल्यै गम्भीर भएर विचार गरेको छस्? तेरा कार्य र व्यवहारहरूले तँमाथि कस्ता परिणाम र प्रतिफलहरू ल्याउनेछन् भनेर के तैँले कहिल्यै ध्यान दिएर विचार गरेको छस्? के तँ मेरा वचनहरू पूरा हुनेछन् भन्ने साँच्चै आशा गर्छस् कि मेरा वचनहरू पूरा हुनेछन् भनेर आतङ्कित हुन्छस्? यदि मेरा वचनहरू पूरा गर्नलाई म चाँडै नै जानेछु भन्ने तँ आशा गर्छस् भने तेरा आफ्नै शब्दहरू र कार्यहरूलाई तैँले कसरी लिनुपर्छ? यदि तँ मेरो प्रस्थानको आशा गर्दैनस् र मेरा सबै वचनहरू तत्कालै पूरा हुनेछन् भन्ने आशा गर्दैनस् भने तैँले आखिर ममाथि किन विश्वास गर्छस्? तँ किन मलाई पछ्याइरहेको छस् भन्ने तँलाई साँच्चै थाहा छ? यदि तेरो कारण तेरो क्षितिजलाई विस्तार गर्ने मात्र हो भने, तैँले त्यसको लागि आफैँलाई कष्ट दिनु आवश्यक छैन। यदि आशिषित हुनु र आसन्न विपत्तिलाई टार्नलाई हो भने तेरा आफ्नै व्यवहारप्रति तेरो किन चासो छैन? तैँले मेरा मागहरू पूरा गर्न सक्छस् कि सक्दैनस् भनेर तँ किन आफैँलाई सोध्दैनस्? आउनेवाला आशिष्हरू प्राप्त गर्नको निम्ति तँ योग्यको छस् कि छैनस् भनेर तँ किन आफैँलाई सोध्दैनस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२)
बाइबलमा भएका सबै कुरा परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्वरको कार्यको अघिल्ला दुई चरणहरूको...
यदि मानिसहरूमा अलिकति पनि आत्मविश्वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। परमेश्वरको काम मानिसहरूका धारणाहरूसँग अलिकति...
यदि मानिसको हृदयमा परमेश्वरप्रति दुस्मनी छ भने, उसले कसरी परमेश्वरको भय मान्न र खराबीबाट अलग रहन सक्छ? आजका मानिसहरूसँग अय्यूबको जस्तै...
अहिले मैले तेरो भोगी देहलाई हेर्दैछु, जसले मलाई फुस्ल्याउँछ र मसँग तेरा निम्ति एउटा सानो चेतावनी मात्र छ, यद्यपि म सजायले तेरो “सेवा”...