परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६२
शैतानद्वारा भ्रष्ट पारिएका सबै आत्माहरू शैतानका राज्यक्षेत्रमा गुलाम पारिएका छन्। ख्रीष्टमा विश्वास गर्नेहरूलाई मात्र छुट्याइएका, शैतानको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मानिसको स्वभाव मेरो सारभन्दा धेरै फरक छ, किनकि मानिसको स्वभाव पूर्णतया शैतानबाट उत्पन्न हुन्छ; मानिसको स्वभाव शैतानद्वारा चलाइएको र भ्रष्ट पारिएको छ। यसर्थ, मानिस त्यसको दुष्टता र कुरूपताको प्रभावमा जिउँछ। मानिस सत्यताको संसारमा वा पवित्र वातावरणमा हुर्कँदैन, मानिस ज्योतिमा जिउने कुरा त परै जाओस्। यसैले, जन्मेदेखि नै स्वभावमा सत्यता हुनु कसैको निम्ति पनि सम्भव छैन, परमेश्वरको भय र आज्ञापालन गर्ने सारको साथमा कोही जन्मन सक्ने कुरा त गर्दै-नगरौं। यसको विपरीत, मानिसहरूमा परमेश्वरको विरोध गर्ने, अवज्ञा गर्ने र सत्यतालाई प्रेम नगर्ने प्रकृति छ। मैले छलफल गर्न चाहेको समस्या यही प्रकृति—विश्वासघात—नै हो। हरेक व्यक्तिले परमेश्वरको विरोध गर्ने कार्यको स्रोत विश्वासघात नै हो। यो मानिसमा मात्रै अस्तित्वमा रहने समस्या हो, ममा होइन। केही ले सोध्नेछन्: सबै मानिसहरू ख्रीष्ट जस्तै संसारमा बसोबास गर्छन् भने किन सबै मानिसहरूमा परमेश्वरलाई विश्वासघात गर्ने प्रकृति छ, तैपनि ख्रीष्टमा यो छैन? तिमीहरूका निम्ति स्पष्ट रूपमा व्याख्या गरिनुपर्ने समस्या यही हो।
मानवजातिको अस्तित्वको आधार आत्माको दोहोरिने देहधारण हो। अर्को शब्दमा, हरेक व्यक्तिले आत्माको देहधारण भएपछि देहमा मानव जीवन प्राप्त गर्छ। कुनै व्यक्तिको शरीर जन्मिएपछि देह आफ्नो सीमासम्म नपुगुञ्जेल त्यसको जीवनले निरन्तरता दिन्छ, जुन अन्तिम क्षण हो, जब आत्माले आफ्नो आवरण त्याग्छ। कुनै व्यक्तिको आत्मा लगातार आउने र जाने यो प्रक्रिया बारम्बार दोहोरिन्छ र यसरी नै मानवजातिको अस्तित्व कायम हुन्छ। देहको जीवन मानिसको आत्माको जीवन पनि हो र मानिसको आत्माले मानिसको देहको अस्तित्वलाई समर्थन गर्छ। यसको अर्थ हो, हरेक व्यक्तिको जीवन तिनीहरूको आत्माबाट आउँछ र जीवन देहमा अन्तर्निहित हुँदैन। यसैले, मानिसको स्वभाव देहबाट नभई आत्माबाट आउँछ। हरेक व्यक्तिको आत्मालाई मात्रै तिनीहरूले कसरी शैतानका परीक्षा, कष्टहरू र भ्रष्टताको अनुभव गरेका छन् भन्ने कुरा थाहा हुन्छ। यी कुराहरू मानिसको देहको निम्ति अज्ञात छन्। यसैले, मानवजाति अनजानमा अझै अँध्यारो, अझै घिनलाग्दो र अझै बढी दुष्ट बन्छ, मानिस र मबीचको दूरी निरन्तर बढ्दै जान्छ र मानवजातिको निम्ति जीवन निरन्तर अँध्यारो बन्छ। शैतानले मानवजातिका आत्माहरूलाई आफ्नो पकडमा राख्छ, यसैले निश्चय नै मानिसको देहलाई पनि शैतानले ओगटेको छ। यस्तो देह र यस्तो मानवजातिले कसरी परमेश्वरको विरोध नगरोस्? तिनीहरू कसरी उहाँसँग अन्तर्निहित रूपले मिल्न सक्छन् र? मैले शैतानलाई मध्य आकाशमा फ्याँक्नुको कारण त्यसले मलाई विश्वासघात गरेकोले नै हो। त्यसो भए मानव कसरी तिनीहरूका संलग्नतादेखि स्वतन्त्र हुन सक्छन्? त्यसैले विश्वासघात मानव प्रकृति हो। मलाई भरोसा छ यस तर्कलाई बुझेपछि तिमीहरूले ख्रीष्टको सारमा पनि केही हदसम्म विश्वास गरेको हुनुपर्छ। परमेश्वरका आत्माले पहिरनुभएको देह परमेश्वरको आफ्नै देह हो। परमेश्वरका आत्मा सर्वोच्च हुनुहुन्छ; उहाँ सर्वशक्तिमान्, पवित्र र धर्मी हुनुहुन्छ। यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र र धर्मी छ। यस्तो देहले मानवजातिको निम्ति धर्मी, हितकारी, पवित्र, महिमित र शक्तिशाली काम मात्र गर्न सक्छ; उहाँले सत्यताको उल्लङ्घन गर्ने, नैतिकता र न्यायको उल्लङ्घन गर्ने केही पनि गर्न सक्नुहुन्न, परमेश्वरका आत्मालाई विश्वासघात गर्ने कुरा त परै जाओस्। परमेश्वरका आत्मा पवित्र हुनुहुन्छ र उहाँको देहलाई शैतानले भ्रष्ट पार्न सक्दैन; उहाँको देहको सार मानिसको देहभन्दा फरक छ। किनकि शैतानले मानिसलाई भ्रष्ट पारेको हो, परमेश्वरलाई होइन; शैतानले परमेश्वरको देहलाई कदापि भ्रष्ट पार्न सकेन। यसैले मानिस र ख्रीष्ट एउटै स्थानमा बास गर्नुहुने भए तापनि मानिसलाई मात्र शैतानले वश राख्छ, प्रयोग गर्छ र पासो पारेको छ। यसको विपरीत, ख्रीष्ट अनन्तदेखि शैतानको भ्रष्टतादेखि अभेद्य हुनुहुन्छ, किनकि शैतान कहिले पनि उच्च स्थानमा उक्लन सक्षम हुनेछैन र कहिले पनि परमेश्वरको नजिक जान सक्नेछैन। आज तिमीहरू सबैले बुझ्नुपर्छ कि मलाई विश्वासघात गर्ने मानवजातिलाई मात्र शैतानले भ्रष्ट पारेको छ। विश्वासघातको कुरा ख्रीष्टमा कुनै पनि हालतमा लागू हुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२)
शैतानद्वारा भ्रष्ट पारिएका सबै आत्माहरू शैतानका राज्यक्षेत्रमा गुलाम पारिएका छन्। ख्रीष्टमा विश्वास गर्नेहरूलाई मात्र छुट्याइएका, शैतानको...
मैले धेरै पटक के भनेको छु भने, परमेश्वरको आखिरी दिनहरूको काम भनेको प्रत्येक व्यक्तिको आत्मा परिवर्तन गर्नु, प्रत्येक व्यक्तिको प्राण...
पुनरुत्थानपछि येशूले रोटी खानुहुन्छ र धर्मशास्त्रको व्याख्या गर्नुहुन्छ लूका २४:३०-३२ अनि यस्तो भयो, उहाँ तिनीहरूसँग खान बस्नुहुँदा,...
अन्धकारको प्रभाव भनेको के हो? यो कथित “अन्धकारको प्रभाव” शैतानको छल, भ्रष्टता, बन्धन र मानिसहरूलाई नियन्त्रण गर्ने प्रभाव हो; शैतानको...