परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४७

तिमीहरूको देह, तिमीहरूको असाधारण इच्छा, तिमीहरूको लोभ र तिमीहरूको कामवासनाले तिमीहरूमा गहिरो रूपमा जरा गाडेको छ। यी कुराहरूले तिमीहरूको हृदयलाई निरन्तर यसरी नियन्त्रण गर्दै छन् कि तिमीहरू सामन्ती र पतित विचारहरूको जुवालाई त्याग्‍न असमर्थ भएका छौ। तिमीहरू न त आफ्नो वर्तमान अवस्था परिवर्तन गर्न चाहन्छौ, न त अन्धकारको प्रभावबाट मुक्त हुन नै चाहन्छौ। तिमीहरू यी कुराहरूले बाँधिएका छौ। तिमीहरू सबैले यो जीवन निकै पीडादायी र मानिसहरूको यो संसार निकै अँध्यारो छ भन्‍ने थाहा पाएको भए पनि, तिमीहरूमध्ये कोही एक जनासँग पनि आफ्‍नो जीवन परिवर्तन गर्ने साहस छैन। तिमीहरू यो जीवनको वास्तविकताबाट मुक्त हुन, आत्माको श्रेष्ठता प्राप्त गर्न, र शान्त, खुशीयालीपूर्ण र स्वर्गजस्तो वातावरणमा बस्‍न मात्र चाहन्छौ। तिमीहरू आफ्‍नो अहिलेको जीवन परिवर्तन गर्नका लागि कठिनाइहरू सहन इच्छुक छैनौ; न त तिमीहरू यो न्याय र सजायको बीचमा आफूले प्रवेश गर्नुपर्ने जीवनको खोजी गर्न नै इच्छुक छौ। बरु, तिमीहरू देहबाहिरको त्यो सुन्दर संसारको बारेमा पूरै अवास्तविक सपनाहरू देख्छौ। तिमीहरूले चाहने जीवन भनेको त कुनै पीडाको अनुभव नगरीकन सहजै प्राप्त गर्न सकिने खालको जीवन हो। त्यो पूर्ण रूपमा अव्यवहारिक छ! किनभने तिमीहरूले जुन कुराको आशा गरेका छौ त्यो देहमा अर्थपूर्ण जीवन बिताउनु र जीवनकालमा सत्य प्राप्त गर्नु, अर्थात्, सत्यको लागि बाँच्नु र न्यायको लागि उभिनु होइन। यो त तिमीहरूले चम्किलो र आकर्षक ठान्‍ने जीवन होइन। तिमीहरूलाई यो आकर्षक वा अर्थपूर्ण जीवन हुँदैन भन्‍ने लाग्छ। तिमीहरूको नजरमा त यस्तो जीवन बिताउनु अन्याय हो! तिमीहरूले आज यो सजाय स्वीकार गरे पनि तिमीहरूले खोजिरहेको कुरा सत्य प्राप्त गर्नु वा वर्तमानमा सत्यमा जिउनु होइन, बरु पछि देहबाहिरको सुखी जीवनमा प्रवेश गर्न सक्षम हुनु हो। तिमीहरूले सत्य खोजिरहेका छैनौ, न त तिमीहरू सत्यको पक्षमा नै खडा भइरहेका छौ, र तिमीहरू पक्‍कै पनि सत्यका लागि अस्तित्वमा रहेका छैनौ। तिमीहरूले आजको प्रवेशलाई खोजी गरिरहेका छैनौ, बरु यसको सट्टा तिमीहरूका विचारहरू भविष्य र कुनै दिन के हुन सक्छ भन्‍ने कुराले भरिएका छन्: तिमीहरू नीलो आकाश नियाल्छौ, तीतो आँसु बगाउँछौ, र कुनै दिन स्वर्गमा लगिने अपेक्षा गर्छौ। के तिमीहरूलाई तिमीहरूको सोचाइ पहिले नै वास्तविकताबाहिर गएको छ भन्‍ने थाहा छैन? तिमीहरू के सोचिरहन्छौ भने यो संसारमा कठिनाइ र दु:खकष्ट सहने तिमीहरूलाई आफूसँग लैजानको लागि एकदिन असीम दया र करुणासहितका मुक्तिदाता निश्‍चय नै आउनुहुनेछ, र तिमीहरूलाई पीडा दिने र थिचोमिचो गर्नेहरूलाई तिमीहरूका खातिर बदला लिनुहुनेछ। के तिमीहरू पापले भरिएका छैनौ र? के यस संसारमा दुःख भोग्‍ने तिमीहरू मात्रै हौ? तिमीहरू आफै शैतानको राज्यक्षेत्रमा खसेर कष्ट भोगिरहेका छौ—के परमेश्‍वरले तिमीहरूका लागि अझै बदला लिनुपर्छ? तिनीहरू जो परमेश्‍वरको मापदण्ड पूरा गर्न असमर्थ छन्—के तिनीहरू सबै परमेश्‍वरका शत्रुहरू होइनन् र? जो देहधारी परमेश्‍वरमा विश्‍वास गर्दैनन्—के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? तेरा सुकर्महरू केका लागि गनिन्छन्? के तिनीहरूले परमेश्‍वरको उपासना गर्ने हृदयको ठाउँ लिन सक्छन्? केही सुकर्महरू गरेर मात्रै तैँले परमेश्‍वरको आशीर्वाद प्राप्त गर्न सक्दैनस् र तँलाई पीडित तुल्याइएको र थिचोमिचोमा पारिएको आधारमा मात्रै परमेश्‍वरले तेरो खातिर बदला लिइदिनुहुनेछैन। परमेश्‍वरमा विश्‍वास गरे पनि परमेश्‍वरलाई नचिन्‍ने तर असल काम गर्नेहरू—के ती सबैलाई पनि सजाय दिइँदैन र? तँ केवल परमेश्‍वरमा विश्‍वास गर्छस्, तेरो विरुद्धमा गरिएका गलत कार्यहरूका निम्ति परमेश्‍वरले प्रतिकार गरिदिऊन् र बदला लिइदिऊन् भन्‍ने मात्रै चाहन्छस् र परमेश्‍वरले तँलाई तेरो त्यो दिन दिऊन् भन्‍ने चाहन्छस्, जुन दिन तँ अन्ततः आफ्‍नो शिर ठाडो गर्न सक्‍नेछस्। तर तँ सत्यलाई ध्यान दिन अस्वीकार गर्छस्, न त सत्यमा जिउने तृष्णा नै गर्छस्। तँ यो कठिन, रित्तो जीवनबाट बाहिरिन सक्‍ने त कुरै नगरौँ। बरु, देहमा जिउने र पापको जीवन बिताउने क्रममा, तैँले तँमाथि भएका अन्यायहरूको बारेमा उहाँले सुनुवाइ गरिदिऊन् र तेरो अस्तित्वको कुहिरो हटाइदिऊन् भनी परमेश्‍वरलाई अपेक्षाको साथ हेर्छस्। तर के यो सम्भव छ र? यदि तँसँग सत्य छ भने, तैँले परमेश्‍वरलाई पछ्याउन सक्छस्। यदि तँ जिएको छस् भने, तँ परमेश्‍वरको वचनको अभिव्यक्ति हुन सक्छस्। यदि तँमा साँचो जीवन छ भने, तैँले परमेश्‍वरको आशिष्‌ प्राप्त गर्नेछस्। जोसँग सत्य छ उसले परमेश्‍वरको आशिष्‌ प्राप्त गर्न सक्छ। परमेश्‍वरलाई पूर्ण हृदयले प्रेम गर्ने र कठिनाइ एवं संकष्ट सहनेहरूका लागि उहाँले परिपूर्ति सुनिश्‍चित गर्नुहुन्छ, तर केवल आफूलाई मात्र प्रेम गर्ने र शैतानको छलको शिकार भएकाहरूका लागि भने त्यस्तो परिपूर्ति सुनिश्‍चित गर्नुहुन्‍न। सत्यलाई प्रेम नगर्नेहरूमा कसरी असलपन हुन सक्छ? केवल देहलाई प्रेम गर्नेहरूमा कसरी धार्मिकता हुन सक्छ? के धार्मिकता र असलपनको कुरा सत्यको सन्दर्भमा मात्र गरिँदैन र? के ती कुरा पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्नेहरूका लागि मात्र आरक्षित गरिएका छैनन् र? जसले सत्यलाई प्रेम गर्दैन र जो केवल दुर्गन्धित लास मात्र हो—के यस्ता सबै व्यक्तिहरूले आफूभित्र दुष्टता पाल्दैनन् र? जो सत्यमा जिउन सक्दैन—के त्यस्ता व्यक्तिहरू सबै नै सत्यका शत्रु होइनन् र? अनि, तिमीहरूचाहिँ कस्ता छौ नि?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८१

परमेश्‍वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७८

निराकरण र शोधनको अनुभवद्वारा पत्रुसलाई सिद्ध पारिएको थियो। उनले भने, “मैले सधैँ परमेश्‍वरका इच्‍छाहरूलाई सन्तुष्ट पार्नैपर्छ। मैले गर्ने...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७९

उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई येशूका वचनहरू यूहन्‍ना २०:२६-२९ अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४७

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ के ज्ञान भनेको सबैले सकारात्मक ठान्‍ने गरेको कुरा हो? मानिसहरूले कम्तीमा पनि,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्