परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४६

यदि यति धेरै काम र यति धेरै वचनले पनि तँमा कुनै प्रभाव पारेको छैन भने, परमेश्‍वरको कार्यलाई फैलाउने समय आउँदा, तैँले आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछैनस्, र तँ लज्‍जित हुनेछस् र सर्ममा पर्नेछस्। त्यो समयमा, तँलाई आफू परमेश्‍वरप्रति धेरै ऋणी भएको, परमेश्‍वरसम्‍बन्धी आफ्नो ज्ञान अति सतही भएको महसुस हुनेछ। यदि तैँले उहाँले काम गरिरहनुभएको बेला, आजका परमेश्‍वरको ज्ञानलाई खोजी गरिनस् भने, पछि धेरै ढिला भइसकेको हुनेछ। अन्त्यमा, बताउनको लागि तँसँग कुनै ज्ञान हुनेछैन—तँ रित्तो रहनेछस्, तँसँग केही पनि हुनेछैन। परमेश्‍वरलाई लेखा दिनको लागि तैँले के प्रयोग गर्नेछस्? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? अहिले आफ्‍नो खोजीमा तैँले कठिन परिश्रम गर्नुपर्छ, ताकि अन्त्यमा तैँले पनि पत्रुसले जस्तै मानिसको लागि परमेश्‍वरको सजाय र न्याय कति लाभदायक छ, र उहाँको सजाय र न्यायविना मानिसलाई मुक्ति दिन सकिँदैन र ऊ यो फोहोरी मुलुकमा झन्‍झन् तलतल डुब्दै जान मात्र अर्थात् दलदलमा झन्झन् फस्‍न मात्र सक्छ भन्‍ने कुरा बुझ्‍नेछस्। मानिसहरूलाई शैतानले भ्रष्ट पारेको छ, तिनीहरूले एकअर्काको विरुद्धमा षड्यन्त्र गरेका छन्, एकअर्कालाई कुल्चिहिँडेका छन्, र परमेश्‍वरप्रतिको भय गुमाएका छन्। तिनीहरूको अवज्ञा निकै ठूलो छ, तिनीहरूसँग धारणाहरू धेरै छन् र तिनीहरू सबै शैतानको स्वामित्वमा छन्। परमेश्‍वरको सजाय र न्यायविना, मानिसको भ्रष्ट स्वभावलाई शुद्ध पार्न सकिँदैनथ्यो र उसलाई मुक्ति दिन पनि सकिँदैनथ्यो। देहधारी परमेश्‍वरले देहमा गर्नुहुने कामद्वारा जे प्रकट गरिन्छ ठीक त्यही नै आत्माद्वारा प्रकट गरिन्छ र आत्माले गर्नुभएको कामअनुसार नै उहाँले काम गर्नुहुन्छ। आज, तँमा यो कार्यको बारेमा केही पनि ज्ञान छैन भने, तँ अत्यन्तै मूर्ख होस् र तैँले धेरै कुरा गुमाएको छस्! यदि तैँले परमेश्‍वरको मुक्ति प्राप्त गरेको छैनस् भने, तेरो विश्‍वास धार्मिक विश्‍वास मात्र हो र तँ धर्मको इसाई होस्। तैँले मृत धर्मसिद्धान्तलाई पक्रिराख्‍ने हुनाले, पवित्र आत्‍माको नयाँ कार्यलाई गुमाएको छस्; परमेश्‍वरलाई प्रेम गर्न खोज्ने अरू मानिसहरूले सत्यता र जीवन प्राप्त गर्न सक्छन्, जबकि तेरो विश्‍वासले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्दैन। तँ त दुष्ट काम गर्ने मानिस बनेको छस्, विध्वंसकारी र घृणास्पद कार्यहरू गर्ने व्यक्ति भएको छस्; तँ शैतानका हस्यौलीहरूको निसाना र शैतानको कैदी बनेको छस्। परमेश्‍वरलाई मानिसले विश्‍वास गर्नु पर्दैन, तर उसले उहाँलाई प्रेम गर्नुपर्छ र उसले उहाँको खोजी र आराधना गर्नुपर्छ। यदि आज तैँले खोजी गरेनस् भने, यस्तो दिन आउनेछ जब तैँले भन्‍नेछस्, “त्यो बेला मैले किन परमेश्‍वरलाई उचित रूपमा पछ्याइनँ, उहाँलाई उचित रूपमा किन सन्तुष्ट पारिनँ, मेरो जीवन स्वभावलाई परिवर्तन गर्ने कार्यको खोजी किन गरिनँ? त्यो बेला परमेश्‍वरमा समर्पित हुन नसकेकोमा र परमेश्‍वरको वचनको ज्ञानलाई खोजी नगरेकोमा मलाई कति अफसोस छ। त्यो बेला परमेश्‍वरले धेरै कुरा भन्‍नुभएको थियो; मैले कसरी खोजी गर्न नसकेको? म कति मूर्ख थिएँ!” केही हदसम्‍म अझै तैँले आफैलाई घृणा गर्नेछस्। आज, मैले भन्‍ने वचनहरूमा तँ विश्‍वास गर्दैनस्, र तिनलाई तैँले ध्यानै दिँदैनस्; जब यस प्रकारको काम फैलने दिन आउनेछ र तैँले यसको सम्पूर्णता देख्‍नेछस्, तब तँ पछुताउनेछस्, र त्यो समय तँ अक्‍क न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तिनमा आनन्द लिन तैँले जान्दैनस्, र सत्यता छ, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र? आज, परमेश्‍वरको कार्यको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट अपेक्षा गरिएका मापदण्डहरू र तँलाई जिउन आग्रह गरिएका कुराहरू असाधारण होइनन्। काम धेरै छन्, र सत्यता पनि धेरै छन्; के ती तैँले थाहा पाउन योग्य छैनन् र? के परमेश्‍वरको सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के परमेश्‍वरको सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; आफैलाई देहमा मस्त पार्ने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्‌हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्‍वरलाई दोष दिन सक्छस्? तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु, तेरा छोराछोरी रोग-बिमारबाट मुक्त हुनु, तेरो श्रीमानले राम्रो जागिर पाउनु, तेरो छोराले असल श्रीमती पाउनु, तेरो छोरीले योग्य श्रीमान पाउनु, तेरो गोरु र घोडाले राम्ररी खेत जोत्‍नु, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम हुनु हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु, र तेरो परिवारमा कुनै दुर्घटना नघटोस्, तँबाट भएर बतास चलोस्, तेरो अनुहार धूलोले नछुओस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्, तँलाई कुनै पनि विपत्तिले असर नपारोस्, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाइयोस्, आरामदायी निवासमा बस्‍न पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४९

तिमीहरूले अहिले के खोज्छौ? परमेश्‍वरद्वारा सिद्ध हुनु, परमेश्‍वरलाई चिन्नु, परमेश्‍वरलाई प्राप्त गर्नु—वा सायद तँ ९० को दशकको पत्रुसको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६२

आज हामी परमेश्‍वरका विचारहरू, योजनाहरू अनि मानवजातिलाई सृष्टि गर्नुभन्दा अघि उहाँको हरेक चालको बारेमा पहिले सारांश प्रस्तुत गर्नेछौँ।...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०६

मैले यति धेरै वचन व्यक्त गरेको छु, र मेरो इच्‍छा र मेरो स्वभावलाई पनि व्यक्त गरेको छु, तैपनि मानिसहरू मलाई चिन्‍न र मलाई विश्‍वास गर्न अझै...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३३

कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्‍वरले विगतका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्