परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश २
परमेश्वरको सम्पत्ति र अस्तित्व, परमेश्वरको सारतत्त्व, परमेश्वरको स्वभाव—यी सबै कुरा मानवजातिलाई उहाँको वचनद्वारा थाहा दिइएको छ। जब...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मेरो काम तिमीहरूका लागि धेरै उपयोगी भए पनि, मेरा वचनहरू सधैँ तिमीहरूमा हराउँछन् र तिमीहरूमा केही पनि आउँदैन। मद्वारा सिद्ध पारिने लक्षित थोकहरू प्राप्त गर्न गाह्रो छ, र आज मैले तिमीहरूमा लगभग आशा गुमाइसकेको छु। मैले तिमीहरूको माझमा धेरै वर्षदेखि खोज्दै आएको छु, तर मेरो विश्वासयोग्य हुन सक्ने कसैलाई भेट्टाउन गाह्रो छ। मलाई यस्तो लाग्छ कि मसित तिमीहरूका बीचमा काम जारी राख्ने कुनै आत्मविश्वास छैन, र तिमीहरूलाई प्रेम गरिरहने कुनै प्रेम पनि छैन। किनकि म धेरै पहिले नै तिमीहरूका “उपलब्धिहरू” देखि विरक्त भएको छु, किनकि ती अति तुच्छ र दयनीय छन्; यस्तो देखिन्छ कि मैले तिमीहरूको बीचमा कहिल्यै पनि बोलेको छैनँ र कहिल्यै पनि तिमीहरूमा काम गरेको छैनँ। तिमीहरूका उपलब्धिहरू अति घिनलाग्दा छन्। तिमीहरूले सधैँ आफैमाथि विनाश र सर्म ल्याउँछौ, र तिमीहरूको लगभग कुनै मूल्य छैन। म मुस्किलले तिमीहरूमा एउटा मानिसको स्वरूप पाउँछु, न त मानिसको चिन्हको गन्ध नै पाउन सक्छु। तिमीहरूको ताजा सुगन्ध कहाँ छ? तिमीहरूले धेरै वर्षसम्म चुकाएको मूल्य कहाँ छ, र परिणामहरू कहाँ छन्? के तिमीहरूले कहिले कुनै परिणाम पाएका छौ? अब मेरो कामको नयाँ सुरुआत छ, एक नयाँ थालनी भएको छ। म ठूला योजनाहरू पूरा गर्न जाँदैछु र म अझै ठूला कामहरू पूरा गर्न चाहन्छु, तापनि तिमीहरू पहिलेजस्तै अझै पनि हिलोमा लडीबुडी गर्दैछौ, विगतको फोहोर पानीमा बसिरहेका छौ, र आफैलाई तिमीहरूको सुरुको अप्ठ्यारो अवस्थाबाट छुटाउन लगभग असफल भएका छौ। त्यसकारण, तिमीहरूले अझै पनि मेरो वचनबाट केही प्राप्त गरेका छैनौ। तिमीहरूले अझै पनि आफूलाई आफ्नो सुरुको हिलोको फोहोर ठाउँ र फोहोर पानीबाट छुटाउन सकेका छैनौ, र तिमीहरू मेरा वचनहरू मात्र जान्दछौ, तर वास्तवमा तिमीहरू मेरा वचनहरूको स्वतन्त्रताको क्षेत्रमा प्रवेश गरेका छैनौ, त्यसैले मेरा वचनहरू तिमीहरूका निम्ति कहिल्यै पनि खोलिएको छैन; ती हजारौं वर्षसम्म बन्द गरी राखिएको अगमवाणीको पुस्तक जस्तै छन्। म तिमीहरूका जीवनमा देखा पर्छु, तर तिमीहरू सधैँ यसबारे अनजान रहन्छौ। तिमीहरू मलाई चिन्न समेत सक्दैनौ। मैले तिमीहरूलाई भनेका लगभग आधा जति वचनहरू तिमीहरूको न्यायका लागि हुन्, र तिनले जति प्रभाव प्राप्त गर्नुपर्छ त्यसको आधा जति मात्र प्राप्त गर्दछन्, जुन तिमीहरूभित्र गहिरो भय हालिदिनु हो। बाँकी आधा वचनहरू तिमीहरूलाई जीवनको बारेमा र कसरी व्यवहार गर्ने भनी सिकाउनलाई हो। तरै पनि यस्तो लाग्छ, कि जहाँसम्म तिमीहरूको प्रश्न छ, तिमीहरूका निम्ति यो वचनहरूको अस्तित्व नै छैन, वा यो यस्तो छ कि, तिमीहरूले बच्चाहरूको कुराहरू सुनेको जस्तै, तिमीहरूले सधैँ एक अस्पष्ट मुस्कान दिन्छौ, तर कहिल्यै पनि त्यस अनुसार कार्य गर्दैनौ। तिमीहरूले यी कुराहरूप्रति कहिल्यै पनि चासो देखाएका छैनौ; तिमीहरूले मुख्य रूपमा उत्सुकताको कारण मात्र मेरा कार्यहरू हेर्ने गरेका छौ, जसको परिणाम स्वरूप अहिले तिमीहरू अन्धकारमा परेका छौ र उज्यालोलाई देख्न सक्दैनौ, त्यसैले तिमीहरू अन्धकारमा दयालाग्दो प्रकारले विलाप गर्दछौ। मैले चाहेको चाहिँ तिमीहरूको आज्ञाकारिता हो, तिमीहरूको विनासर्तको आज्ञाकारिता, र त्योभन्दा अझ बढी, तिमीहरू मैले भनेका सबै कुरामा पूर्ण निश्चित होओ भन्ने म माग गर्दछु। तैंले उपेक्षा गर्ने व्यवहार अपनाउनु हुँदैन, र विशेष गरी मैले भनेका वचनहरूलाई तैंले चुनी-चुनी लिनु हुँदैन, न त मेरा वचनहरू र मेरो कामप्रति नै तँ उदासीन बन्नु पर्छ, जसो गर्ने तिमीहरूको बानी छ। मेरो काम तिमीहरूको बीचमा गरिन्छ र मैले मेरा धेरै वचनहरू तिमीहरूलाई प्रदान गरेको छु, तर यदि तिमीहरूले मसँग यस्तो व्यवहार गऱ्यौ भने तिमीहरूले प्राप्त नगरेका वा अभ्यास नगरेका कुराहरू म अन्यजाति परिवारहरूलाई मात्र दिन सक्छु। सृष्टि गरिएका सबै प्राणीमध्ये कुन चाहिँलाई मैले मेरो हातमा समातेको छैन? तिमीहरूमध्ये धेरै जना एक “परिपक्व वृद्ध उमेर” का छौ, र तँमा मसँग भएको यस प्रकारको काम स्वीकार गर्ने ऊर्जा छैन। तँ एउटा हनहाओ चरा जस्तै छस्, मुस्किलले जिइरहेको छस्, र तैंले मेरा वचनहरूलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिएको छैनस्। जवान मानिसहरू अति व्यर्थ र अति नै लिप्त छन् र मेरो काममा अझ थोरै मन लगाउँछन्। तिनीहरूलाई मेरो भोजको स्वादिष्ठ भोजन खाने कुनै चासो छैन; तिनीहरू पिञ्जराबाट टाढा उडेर जाने सानो चरोजस्तै हुन्। यस्ता जवान र वृद्ध मानिसहरू मेरो लागि कसरी उपयोगी हुन सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जवान र वृद्धको निम्ति वचनहरू
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरको सम्पत्ति र अस्तित्व, परमेश्वरको सारतत्त्व, परमेश्वरको स्वभाव—यी सबै कुरा मानवजातिलाई उहाँको वचनद्वारा थाहा दिइएको छ। जब...
तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण...
यदि तैँले परमेश्वरबाटको नयाँ ज्योति स्वीकार गर्न सक्दैनस्, र परमेश्वरले आज गर्नुहुने सबै कार्यलाई बुझ्न सक्दैनस् र तँ यसलाई खोजी...
मानव जातिको कार्यको खातिर परमेश्वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म उहाँ मानिससँग आफ्ना दिनहरू...