परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १७३
परमेश्वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) ४. ज्योति चौथो कुरा मानिसहरूका आँखासँग...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु। तिमीहरूका घिनलाग्दा व्यवहारहरूमध्ये कतिचाहिँ मेरा आँखैअघिबाट फुत्किएका छन् र? तिमीहरूका ती हृदयस्पर्शी शब्दहरू निरन्तर मेरा कानहरूमा गुन्जिरहेका छन्; तिमीहरूका लाखौँलाख आकांक्षाहरू मेरो वेदीमा राखिएका छन्—ती यति धेरै छन् कि तिनलाई गन्न पनि सकिँदैन। तथापि, जहाँसम्म तिमीहरूको समर्पण र तिमीहरूले के अर्पण गर्न सक्छौ भन्ने सवाल छ, तिमीहरूले एक सुका पनि दिँदैनौ। तिमीहरूले मेरो वेदीमा एक थोपा इमानदारिता पनि चुहाउँदैनौ। मप्रतिको तिमीहरूको विश्वासका फलहरू कहाँ छन्? तिमीहरूले मबाट अनन्त अनुग्रह प्राप्त गरेका छौ, र तिमीहरूले स्वर्गबाट आएका अनन्त रहस्यहरू देखेका छौ; मैले तिमीहरूलाई स्वर्गको ज्वाला समेत देखाएको छु, तर मसँग तिमीहरूलाई जलाउने हृदय छैन। तैपनि, तिमीहरूले यसको बदलामा मलाई कति नै दिएका छौ र? तिमीहरू मलाई कति दिन इच्छुक छौ? मैले तिमीहरूलाई दिएको खानेकुरा हातमा लिएर तिमीहरू मतिर फर्कन्छौ र मलाई त्यो खानेकुरा दिन्छौ, र तिमीहरूले त्यो खानेकुरा आफ्नै कडा मेहनतको पसिनाद्वारा पाएको अनि आफूसँग भएका सबै कुरा मलाई चढाएको हो भनेर समेत भन्छौ। तैँले मलाई दिएका सबै “दानहरू” मेरै वेदीबाट चोरिएका कुरा हुन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? यसअलावा, अहिले तैँले ती कुराहरू मलाई उपहार दिँदै छस्, के तैँले मलाई ठगिरहेको छैनस् र? मैले आज जे कुरा उपभोग गर्छु त्यो सबै मेरो वेदीका भेटीहरू हुन्, र तैँले तेरो कडा मेहनतबाट प्राप्त गरी मलाई चढाएका कुराहरू होइनन् भनी तँलाई कसरी थाहा हुन सक्दैन र? तिमीहरूले वास्तवमा यसरी मलाई ठग्ने दुस्साहस गर्छौ, अनि तिमीहरूलाई कसरी मैले क्षमा दिन सक्छु र? मैले यो कुरालाई अझै सहिरहूँ भनेर तिमीहरूले कसरी अपेक्षा गर्न सक्छौ? मैले तिमीहरूलाई सब थोक दिएको छु। मैले तिमीहरूको लागि हरेक कुरा खुला गरेको छु, तिमीहरूका आवश्यकताहरूको लागि प्रबन्ध गरेको छु, र तिमीहरूको आँखा खोलेको छु, तैपनि तिमीहरूले आफ्ना विवेकलाई बेवास्ता गर्दै यस प्रकारले मलाई ठग्छौ। मैले निस्वार्थ रूपमा तिमीहरूलाई सब थोक अर्पेको छु, ताकि तिमीहरूले कष्ट भोगे पनि मैले स्वर्गबाट ल्याएका सब थोक प्राप्त गर। यति हुँदाहुँदै पनि तिमीहरूसँग कुनै समर्पणता छैन, र तिमीहरूले थोरै योगदान दिएको भए पनि तिमीहरू पछि मसँग त्यसको “हिसाब किताब मिलाउन” खोज्छौ। के तेरो दान व्यर्थ हुनेछैन र? तैँले मलाई जे दिएको छस् त्यो केवल बालुवाको कण हो, तैपनि तँ मबाट एक टन सुन माग्छस्। के तँ केवल अनुचित हुँदै छैनस् र? म तिमीहरूमाझ काम गर्छु। मलाई दश प्रतिशत दिनुपर्ने कुराको कुनै नामनिसाना छैन, अतिरिक्त बलिदानहरूको त कुरै छोडौं। यसबाहेक, जो भक्तिपूर्ण छन् तिनीहरूले दान दिएको दश प्रतिशत पनि दुष्टहरूले कब्जा गर्छन्। के तिमीहरू मबाट टाढा छरिएका छैनौ र? के तिमीहरू सबै मेरो विरोधी भएका छैनौ र? के तिमीहरू सबैले मेरो वेदी तहसनहस पारिरहेका छैनौ र? कसरी त्यस्ता मानिसहरू मेरो नजरमा सम्पत्ति हुन सक्छन् र? के तिनीहरू मैले घृणा गर्ने सुँगुर र कुकुरहरू होइनन् र? कसरी मैले तिमीहरूका दुष्कर्महरूलाई सम्पत्तिको रूपमा उल्लेख गर्न सक्छु र? मेरो काम वास्तवमा कसको लागि गरिएको हो? के यसको उद्देश्य केवल मेरो अख्तियारी प्रकट गर्न तिमीहरू सबैलाई प्रहार गर्नु हुन सक्छ? के तिमीहरूको जीवन मेरो एउटै वचनमा अडिएको छैन र? किन मैले तिमीहरूलाई निर्देशन दिन वचनहरू मात्र प्रयोग गरिरहेको छु र तिमीहरूलाई सकेसम्म चाँडो प्रहार गर्न वचनहरूलाई तथ्यमा परिणत गरेको छैनँ? के मेरा वचनहरू र कामको उद्देश्य मानवजातिलाई प्रहार गर्नु मात्र हो? के म निर्दोषहरूलाई जथाभाबी मार्ने परमेश्वर हुँ? अहिले, तिमीहरूमध्ये कति जना मानव जीवनको सही मार्ग खोज्न आफ्नो सम्पूर्ण सारत्व लिएर मकहाँ आइरहेका छौ? तिमीहरूको शरीर मात्र मेरो सामु छ; तिमीहरूको हृदय त स्वतन्त्र घुमिरहेको छ, मदेखि धेरै, धेरै टाढा रहेको छ। तिमीहरूलाई मेरो काम वास्तवमा के हो भन्ने थाहा नभएकोले, तिमीहरूमध्ये धेरै जना, सजाय वा न्याय नभएको स्वर्गमा बाँच्ने आशा गर्दै, मलाई छाडी जान र आफूलाई मदेखि टाढा लैजान चाहन्छौ। के मानिसहरूले आफ्नो हृदयभित्र चाहेको कुरा यही होइन र? मैले अवश्य पनि तँलाई वाध्य पार्ने कोसिस गरिरहेको छैनँ। तैँले जुन मार्ग लिन्छस् त्यो तेरो आफ्नै रोजाइ हो। आजको मार्गमा न्याय र श्राप पनि साथै छ, तर तिमीहरू सबैलाई थाहा हुनुपर्छ कि मैले तिमीहरूलाई जे प्रदान गरेको छु, चाहे ती न्याय हुन् वा सजाय, ती तिमीहरूलाई मैले प्रदान गर्न सक्ने सबैभन्दा राम्रा उपहारहरू र तिमीहरूलाई तुरुन्तै चाहिने कुराहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!
परमेश्वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) ४. ज्योति चौथो कुरा मानिसहरूका आँखासँग...
जीवनको खोज हतारमा पाइने चीज होइन; जीवनको वृद्धि केवल एक वा दुई दिनमा हुँदैन। परमेश्वरको काम सामान्य र व्यावहारिक छ, र एउटा प्रक्रिया छ...
मानिसमा पवित्र आत्माको मार्गको पहिलो पाइला भनेको मानिसको हृदयलाई मानिसहरू, घटनाहरू, र थोकहरूबाट टाढा राखेर र परमेश्वरको वचनमा आकर्षित...
पावलले गरेको काम मानिसको अघि प्रदर्शन गरियो, तर परमेश्वरप्रतिको तिनको प्रेम कति चोखो थियो र आफ्नो हृदयको अन्तस्करणमा तिनले परमेश्वरलाई...