परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश ११६
सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ जब निनवेका मानिसहरूप्रति परमेश्वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र सहनशीलता देखावटी...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूको निम्ति धेरै महत्वपूर्ण छन्—ती गम्भीर चासोको कुरा हुन्। तिमीहरू विश्वास गर्छौ कि यदि तिमीहरूले ठूलो सावधानीका साथ कामहरू गरेनौ भने यसको अर्थ तिमीहरूसित गन्तव्य हुनेछैन, तिमीहरूले आफ्नै भाग्यलाई नाश गरेका हुनेछौ भन्ने हुन्छ। तर केवल आफ्नो गन्तव्यको खातिर मात्र श्रम गर्ने मानिसहरूले व्यर्थमा परिश्रम गरिरहेका छन् भन्ने कुरा कहिल्यै तिमीहरूको मनमा आएको छ? त्यस्ता प्रयासहरू विशुद्ध छैनन्, ती नकली कार्य र छल हुन्। यदि त्यसो हो भने, जसले केवल आफ्नो गन्तव्यको खातिर मात्र काम गर्छन्, तिनीहरू आफ्नो अन्तिम पराजयको सँघारमा छन् किनभने परमेश्वरप्रति विश्वासमा छलद्वारा नै असफलता आउँछ। मैले पहिल्यै नै भनेको छु कि मलाई चापलुसी वा लोलोपोतो गरेको वा कसैले उत्सुकता दिएर व्यवहार गरेको मन पर्दैन। मलाई मेरो सत्यता र मेरा अपेक्षाहरूको सामना गर्ने इमान्दार मानिसहरू मनपर्छ। अझ योभन्दा बढी, जब मानिसहरूले मेरो हृदयको निम्ति अत्यन्त ठूलो वास्ता र विचार देखाउन सक्छन् अनि मेरो खातिर सबै कुरालाई परित्याग गर्न सक्षम हुन्छन्, म त्यस कुरालाई मन पराउँछु। यसरी मात्रै मेरो हृदयले सान्त्वना पाउँछ। अहिले तिमीहरूका विषयमा मैले मन नपराउने कति धेरै कुराहरू छन्? मैले तिमीहरूका बारेमा मन पराउने कुराहरू कति छन्? के तिमीहरूले आफ्नो गन्तव्यको लागि तिमीहरूले देखाएको कुरूपताका विभिन्न प्रकटीकरणहरूलाई तिमीहरूमध्ये कसैले महसुस गरेका छैनौ भन्ने हुन सक्ला र?
मेरो हृदयमा म कसैको हृदयलाई जुन सकरात्मक छ र जसको चाहना माथितिरको छ, त्यसलाई चोट पुर्याउन चाहन्न, न त आफ्नो कर्तव्य विश्वासयोग्यता पूर्वक गरिरहेका कसैको ऊर्जालाई नै म ओस्याउन चाहन्छु। तथापि, मैले तिमीहरूमध्ये हरेकका अपर्याप्तताहरू तथा अशुद्ध प्राणको बारेमा तिमीहरूलाई सम्झना दिलाउनु पर्दछ जुन तिमीहरूको हृदयका सबैभन्दा गहिरो कुनाहरूमा रहेका छन्। म त्यसो यो आशामा गर्दछु ताकि मेरा वचनहरूको सम्मुख आउँदा तिमीहरूले आफ्नो साँचो हृदय अर्पण गर्न सकेका होऊ किनभने मैले सबैभन्दा बढी घृणा गर्ने भनेको मानिसहरूको मप्रतिको छल नै हो। म केवल यो आशा गर्दछु कि मेरो कामको अन्तिम चरणमा तिमीहरूले आफ्नो सर्वश्रेष्ठ कार्य प्रस्तुत गर्न सक्षम हुनेछौ अनि तिमीहरूले आफ्नो पूरा हृदयले आफूलाई समर्पित गर्नेछौ, उप्रान्त आधा हृदयले होइन। अवश्य, म यो पनि आशा गर्दछु कि तिमीहरू सबैले एउटा राम्रो गन्तव्य पाउनेछौ। तथापि, मसित अझै मेरो अपेक्षा छ, जुन तिमीहरूले मलाई तिमीहरूको एकल र अन्तिम भक्ति दिने विषयमा तिमीहरूले उत्कृष्ट निर्णय गर भन्ने हो। यदि कसैसित यो एक मात्र भक्ति छैन भने, ऊ निश्चय नै शैतानको बहुमूल्य सम्पत्ति हो अनि म उसलाई मेरो प्रयोगको निम्ति राख्नेछैन तर उसको आमाबुबाद्वारा हेरचाह गरिनको निम्ति उसलाई घर पठाइदिनेछु। मेरो काम तिमीहरूको निम्ति एउटा ठूलो सहायता हो; तिमीहरूबाट मैले इमान्दार र माथि उठ्ने चाहना भएको हृदय चाहन्छु, तर अहिलेसम्म मेरो हातहरू खाली नै छन्। यस बारेमा सोच: यदि म एक दिन अझै पनि शब्दहरूले बयान नसक्ने गरी दुःखित छु भने, तब तिमीहरूप्रतिको मेरो आचरण कस्तो हुनेछ? के म तिमीहरूप्रति अहिलेजस्तै मिलनसार हुनेछु र? के तिमीहरू कठोर मेहनत गरेर खेत जोतेपछि पनि एउटै अन्न कटनी गर्न नपाएको व्यक्तिको भावनाहरूलाई बुझ्न सक्छौ? कुनै मानिसलाई चोट पुर्याउँदा उसको हृदय कति धेरै घाइते हुन्छ, के तिमीहरू बुझ्न सक्छौ? के तिमीहरू एउटा व्यक्तिको तीतोपना चाख्न सक्छौ जो कुनै समय आशाले परिपूर्ण थियो तर नराम्रो सम्बन्धमा पुगेर ऊ अलग हुनु परेको छ? के तिमीहरूले एउटा क्रोधित तुल्याइएको मानिसबाट क्रोध उत्पन्न भएको देखेका छौ? के तिमीहरू शत्रुता र छलले व्यवहार गरिएको व्यक्तिको बदला लिने आतुरतालाई बुझ्न सक्छौ? यदि तिमीहरू यस्ता मानिसहरूको मानसिकतालाई बुझ्दछौ भने मलाई लाग्छ, परमेश्वरको प्रतिशोधको समयमा उहाँको आचरण कस्तो हुनेछ भनेर कल्पना गर्न तिमीहरूलाई गाह्रो हुँदैन! अन्त्यमा, म आशा गर्छु कि तिमीहरू सबैले आफ्नै गन्तव्यको खातिर गम्भीर प्रयास लगाउँछौ, यद्यपि तिमीहरूले आफ्नो प्रयासमा छलपूर्ण तरिकाहरूको प्रयोग नगरेकै राम्रो हुन्छ, नत्र भने मेरो हृदयमा म तिमीहरूसित निरन्तर दुःखी हुनेछु। अनि त्यस्तो निराशाले केमा लैजान्छ? के तिमीहरू आफैलाई मूर्ख बनाइरहेका छैनौ? जसले आफ्नो गन्तव्यको निम्ति विचार राखेर पनि त्यसलाई नष्ट गर्छ तिनीहरू मुक्ति पाउन सक्नेहरूमा सबैभन्दा पछाडि पर्दछन्। यदि तिमीहरू चिढिन्छौ र क्रोधित हुन्छौ भने पनि त्यस्तो व्यक्तिलाई कसले दया देखाउँथ्यो र? निष्कर्षमा, म चाहना गर्छु कि तिमीहरूले एउटा गन्तव्य पाएका होऊ जुन सुहाउँदो र असल दुवै भएको होस् अनि त्यसभन्दा बढी, तिमीहरूमध्ये कोही पनि महाविपत्तीमा पर्न नपरोस् भनी म आशा गर्दछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। गन्तव्यको सम्बन्धमा
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ जब निनवेका मानिसहरूप्रति परमेश्वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र सहनशीलता देखावटी...
कुनै पनि प्राणको लागि, यसको पुनर्जन्म, यस जीवनमा यसको भूमिका के हो, यो कुन परिवारमा जन्मन्छ, र यसको जीवन कस्तो हुन्छ भन्ने कुराहरू...
परमेश्वरको राज्यको युग सुरु हुनासाथै, परमेश्वरले उहाँका वचनहरू प्रकट गर्न थाल्नुभयो। भविष्यमा यी वचनहरू क्रमिक रूपमा पूरा हुनेछन्, अनि...
देहधारी परमेश्वरको कार्य दुई भागमा समावेश छ। जब उहाँ पहिलो पटक देह बन्नुभयो, मानिसहरूले उहाँमा विश्वास गरेनन् वा उहाँलाई चिनेनन्, र...