परमेश्वरका दैनिक वचनहरू: देहधारण | अंश ९९
त्यो “देहधारण” परमेश्वर देहमा देखा पर्ने घटना हो; परमेश्वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
आफ्नो विश्वासमा मानिसहरू तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूलाई चाहिएका सबै अनुग्रह दिनका निम्ति परमेश्वरलाई करमा पार्न खोज्छन्, उहाँलाई तिनीहरूको नोकर बनाउन खोज्छन्, जहिल्यै पनि तिनीहरूसँग शान्तिमय र मित्रताको सम्बन्ध राख्न लगाउँछन्, ताकि कुनै पनि समय तिनीहरूका बीचमा कुनै प्रकारको द्वन्द्व नहोस्। अर्थात्, तिनीहरूले बाइबलमा पढेका “म तिमीहरूका सबै प्रार्थनाहरू सुन्नेछु” भन्ने वचनको आधारमा उहाँले तिनीहरूका सबै आवश्यकताहरू पूरा गर्ने र तिनीहरूले जे सुकै मागे पनि त्यो प्रदान गर्ने उहाँको प्रतिज्ञालाई परमेश्वरमाथिको तिनीहरूको विश्वासले माग गर्दछ। तिनीहरू परमेश्वरले कसैको न्याय नगरून् वा कसैलाई दण्ड नदेऊन् भनी आशा गर्छन्, किनकि उहाँ सधैँ दयालु मुक्तिदाता येशू हुनुहुन्छ, जसले हरसमय र सबै ठाउँमा मानिसहरूसँग राम्रो सम्बन्ध राख्नुहुन्छ। मानिसहरूले परमेश्वरमा यसरी विश्वास गर्दछन्: तिनीहरू विद्रोही वा आज्ञाकारी जो भए पनि, उहाँले तिनीहरूलाई अन्धाधुन्ध जे पनि दिनुहुन्छ भनी विश्वास गर्दै तिनीहरूले निर्लज्ज बनी परमेश्वरसँग माग गर्छन्। तिनीहरूले निरन्तर परमेश्वरबाट “ऋण उठाउँछन्,” र उहाँले कुनै विरोध नगरी “चुक्ता” गर्नुपर्छ, यसबाहेक त्यसको दोबर तिर्नुपर्छ भनी विश्वास गर्छन्; परमेश्वरले तिनीहरूबाट केही प्राप्त गर्नुभए पनि नभए पनि, उहाँ तिनीहरूको चालबाजीमा मात्रै पर्नुपर्छ, र उहाँले मनमानी ढङ्गले मानिसहरूलाई योजनाबद्ध तरिकाले चलाउन सक्नुहुन्न, धेरै वर्षदेखि लुकेर रहेको उहाँको बुद्धि र धर्मी स्वभाव उहाँले चाहनुभएको बेला मानिसहरूको अनुमति नलिई तिनीहरूलाई प्रकट गर्न सक्ने कुरा त परै जाओस्। तिनीहरूले आफ्ना पापहरू परमेश्वरको सामु स्वीकार मात्रै गर्छन्, र परमेश्वरले ती पापहरूलाई बिलाउनुहुन्छ, उहाँले त्यसो गर्न दिक्क मान्नुहुन्न र यो कुरा सदासर्वदा भइरहन्छ भनी विश्वास गर्छन्। परमेश्वर मानिसहरूबाट सेवा पाउन आउनुभएन, तर तिनीहरूको सेवा गर्न आउनुभयो, र उहाँ तिनीहरूका दास बन्नका निम्ति यहाँ आउनुभएको हो भनी बाइबलमा लेखिएको हुनाले उहाँले तिनीहरूको कुरा मानिहाल्नुहुन्छ भन्दै तिनीहरूले परमेश्वरलाई आदेश दिन्छन्। के तिमीहरूले सधैँ यस किसिमले विश्वास गरेका छैनौ र? जब तैँले परमेश्वरबाट कुनै कुरा प्राप्त गर्न सक्दैनस्, तँ भाग्ने इच्छा गर्छस्; जब तँ कुनै कुरा बुझ्दैनस्, तब तँ धेरै रिसाउँछस्, र उहाँलाई हरप्रकारको गाली गर्ने हदसम्म जान्छस्। तिमीहरू परमेश्वरलाई स्वयम्लाई उहाँको बुद्धि र चमत्कार प्रकट गर्ने अनुमति दिँदै-दिँदैनौ; त्यसको साटो, तिमीहरू क्षणिक आराम र सुविधाको आनन्द मात्र लिन चाहन्छौ। अहिलेसम्म, परमेश्वरमा विश्वास गर्ने तिमीहरूको आचरण तिनै पुराना विचारहरूद्वारा बनेको छ। यदि परमेश्वरले तिमीहरूलाई प्रतापको सानो झल्को मात्र देखाउनुभयो भने, तिमीहरू दुःखी बन्नेछौ। के तिमीहरूले अहिले आफ्नो कद कति ठूलो छ भनी ठीकसँग देख्छौ? जब तिमीहरूका पुराना विचारहरू बदलिएकै छैनन् भने तिमीहरू सबै परमेश्वरप्रति बफादार छौ भनी नसोच। जब तँमाथि केही पनि आइलाग्दैन, तब तँ सबै कुरा ठीकसँगले चलिरहेको छ, र परमेश्वरप्रतिको तेरो प्रेम सर्वोच्च बिन्दुमा पुग्छ भन्ने विश्वास गर्छस्। जब तँलाई कुनै सानो कुरा हुन्छ, तँ पातालमा झर्छस्। के परमेश्वरप्रति बफादार हुनु भनेको यही हो?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्वरको इच्छालाई बुझ्नुपर्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
त्यो “देहधारण” परमेश्वर देहमा देखा पर्ने घटना हो; परमेश्वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण...
अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक...
परमेश्वर तिमीहरूमा आनन्दित हुनुभएको तिमीहरू चाहन्छौ, तर तिमीहरू परमेश्वरदेखि टाढा छौ। यहाँ के भएको छ? तिमीहरू उहाँका वचनहरूलाई मात्र...
परमेश्वरमा आफ्नो विश्वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती उनीहरूले मुखले मात्र विश्वास गर्नु, र परमेश्वरलाई आफ्नो दैनिक...