परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२१

परमेश्‍वर तिमीहरूमा आनन्दित हुनुभएको तिमीहरू चाहन्छौ, तर तिमीहरू परमेश्‍वरदेखि टाढा छौ। यहाँ के भएको छ? तिमीहरू उहाँका वचनहरूलाई मात्र स्विकार्छौ, तर उहाँको निराकरण वा उहाँको काँटछाँटलाई स्वीकार गर्दैनौ, उहाँका हरेक बन्दोबस्तलाई स्वीकार गर्नु र उहाँमा पूरा विश्‍वास गर्नु त परै जाओस्। त्यसो भए यहाँ के भइरहेको छ? अन्तिम विश्लेषणमा, तिमीहरूको विश्‍वास एउटा खाली अण्डाको खोल हो, त्यसले चल्ला जन्माउन सक्दैन। किनकि तिमीहरूको विश्‍वासले तिमीहरूकहाँ सत्यता ल्याएको छैन वा तिमीहरूलाई जीवन दिएको छैन, त्यसको साटो तिमीहरूलाई खानपान र आशाको भ्रमात्मक अर्थ दिएको छ। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य सत्यता र जीवन पाउनु होइन, खानपान गर्नु र आशा पाउनु मात्र हो। यसैले म भन्छु, कि परमेश्‍वरमा तिमीहरूको विश्‍वासको मार्ग चापलुसी र निर्लज्जताको माध्यमद्वारा परमेश्‍वरको अनुग्रहद्वारा आफैलाई सन्तुष्ट पार्ने कोसिस बाहेक अरू केही होइन, अनि यो कुनै पनि हिसाबले साँचो विश्‍वास हुन सक्दैन। यस्तो विश्‍वासबाट कुखुरोको चल्ला कसरी जन्मन सक्छ? अर्को शब्दमा भन्ने हो भने, त्यस्तो विश्‍वासले के हासिल गर्न सक्छ? परमेश्‍वरमा तिमीहरूका विश्‍वासको उद्देश्य भनेको उहाँलाई प्रयोग गरेर तिमीहरूका आफ्नै लक्ष्यहरू प्राप्त गर्नु हो। के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको थप तथ्य होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छौ र पृथ्वीमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्छौ, तापनि म तिमीहरूको विचारलाई बुझ्दिनँ; म ती मानिसहरूको मात्र प्रशंसा गर्छु, जसले आफ्ना खुट्टाहरू जमिनमा राख्छन् र पृथ्वीमा हुनुहुने परमेश्‍वरको सेवा गर्छन्, तर तिनीहरूको कहिल्यै पनि प्रशंसा गर्दिनँ, जसले पृथ्वीमा हुनुहुने ख्रीष्टलाई स्वीकार गर्दैनन्। त्यस्ता मानिसहरू स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति जत्ति नै बफादार भए पनि अन्त्यमा तिनीहरू मेरो हातबाट उम्कन सक्ने छैनन्, जसले दुष्टहरूलाई दण्ड दिन्छ। यी मानिसहरू दुष्ट हुन्; तिनीहरू ती दुष्टहरू हुन्, जसले परमेश्‍वरको विरोध गर्छन् र कहिल्यै पनि खुसीसाथ ख्रीष्टको आज्ञा पालन गरेका हुँदैनन्। निश्चय नै, तिनीहरूका सङ्ख्यामा ती सबै पनि सामेल छन्, जसले ख्रीष्टलाई चिन्दैनन् र यसको अतिरिक्त उहाँलाई स्वीकार गर्दैनन्। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति बफादार रहुञ्‍जेल ख्रीष्टसँग तैले आफूलाई जस्तो मन लाग्छ, त्यस्तै व्यवहार गर्न सक्छस् भनी विश्‍वास गर्छस्? गलत! ख्रीष्टको बारेमा रहेको तेरो अज्ञानता स्वर्गमा हुनुहुने परमेश्‍वरप्रतिको अज्ञानता हो। स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति तँ जति नै बफादार भए पनि त्यो खोक्रो गफ र बहाना मात्र हो, किनकि पृथ्वीमा हुनुहुने परमेश्‍वर मानिसलाई सत्यता र गहिरो ज्ञान प्राप्त गराउन मात्र होइन, तर त्योभन्दा बढी महत्त्वपूर्ण कुरा, मानिसलाई दोषी ठहराउन अनि पछिबाट दुष्टलाई दण्ड दिने तथ्यहरूमा प्रयोग गरिनको लागि पनि सहायक हुनुहुन्छ। के तैँले यहाँ लाभदायक र हानिकारक परिणामहरूलाई बुझिस्? के तैँले ती कुराहरूको अनुभव गरिस्? मेरो इच्छा छ कि, तिमीहरूले एक दिन चाँडै यो सत्यतालाई बुझ्न सक: परमेश्‍वरलाई चिन्नका लागि तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई मात्र होइन, तर अझै महत्त्वपूर्ण कुरा, तिमीहरूले पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई पनि चिन्नु पर्दछ। तिमीहरूका प्राथमिकताहरूलाई अलमलमा नपार वा गौण कुरालाई मुख्य कुराको स्थान लिने अनुमति नदेओ। यस प्रकारले मात्र तैँले परमेश्‍वरसँग साँचो सम्बन्ध बनाउन सक्छस्, र तँ परमेश्‍वरको नजिक हुन, र तेरा हृदयलाई परमेश्‍वरको नजिक ल्याउन सक्छस्। यदि तैँले धेरै वर्षदेखि विश्‍वास गर्दै आएको र मसँग लामो समयदेखि जोडिएको भए पनि मबाट टाढै रहिस् भने म भन्छु, कि तैँले धेरै चोटि परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्छस्, र तेरो अन्त्यलाई गन्ती गर्नु कठिन हुनेछ। यदि मसँगको धेरै वर्षको सङ्गतले तँलाई मानवता र सत्यता भएको व्यक्तिको रूपमा परिवर्तन गर्न असफल मात्र होइन, तर त्यसले तेरो स्वभावमा खराब चालहरू हालिदिएको छ, र तँ पहिलेको भन्दा दोबर अहङ्कारी भएको छस्, मबारे तेरो गलत धारणाहरू वृद्धि भएका छन्, र त मलाई आफ्नो सहायक जस्तो मात्र मान्ने भएका छस् भने म भन्दछु, कि अब तेरो पीडा छालासम्मको गहिरो मात्र नभएर त्यसले तेरा हाडहरूलाई नै छेडेको छ। अब तिमीहरूले अन्तिम संस्कारको तयारीको लागि प्रतीक्षा गर्नु मात्र बाँकी रहेको छ। त्यसपछि तैँले मलाई आफ्‍ना परमेश्‍वर हुनका निम्ति बिन्ती गर्नुपर्दैन, किनकि तैँले मृत्यु लायकको पाप, क्षमा नहुने पाप गरेको छस्। यदि मैले तँलाई कृपा गर्न सकेँ भने पनि स्वर्गका परमेश्‍वरले तेरो प्राण लिन जोर दिनुहुन्छ, किनकि तैँले परमेश्‍वरको स्वभावको विरुद्धमा गरेको उल्‍लङ्घन कुनै सानो समस्या होइन, तर यो एउटा अति नै गम्भीर प्रकृतिको छ। जब समय आउँछ, तब मैले पहिलेबाटै बताइनँ भनी मलाई दोष नलगाउनू। यो सबैको आसय यही हो: जब तँ ख्रीष्टसँग—संसारमा हुनुहुने परमेश्‍वर—एक साधारण मानिससँग जस्तो सम्बन्ध राख्छस्, अर्थात् जब तँ यो परमेश्‍वर अरू कोही नभएर एक व्यक्ति हुनुहुन्छ भनी विश्‍वास गर्छस्, तब तँ नाश हुनेछस्। तिमीहरू सबैलाई मेरो एक मात्र सल्लाह यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६१

यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्‌का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११६

सृष्टिकर्ताको धर्मी स्वभाव यथार्थ र स्पष्ट छ जब निनवेका मानिसहरूप्रति परमेश्‍वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र सहनशीलता देखावटी...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २

परमेश्‍वरको सम्पत्ति र अस्तित्व, परमेश्‍वरको सारतत्त्व, परमेश्‍वरको स्वभाव—यी सबै कुरा मानवजातिलाई उहाँको वचनद्वारा थाहा दिइएको छ। जब...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७५

येशूले पाँच हजारलाई खुवाउनुहुन्छ यूहन्‍ना ६:८-१३ उहाँका चेलाहरूमध्ये एक, सिमोन पत्रुसका भाइ अन्द्रियासले उहाँलाई भने, यहाँ एउटा केटो छ,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्