परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२०

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्वीकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ। धेरै वर्ष कामको अवधिमा तिमीहरूले धेरै सत्यहरू देख्यौ, तर मेरा कानले के सुनेको छ के तिमीहरूलाई थाहा छ? तिमीहरूमध्ये कति जना सत्यलाई स्वीकार्न इच्छुक छौ? तिमीहरू सबै जना सत्यका निम्ति मूल्य चुकाउन तयार छौ भनी विश्‍वास गर्दछौ, तर तिमीहरूमध्ये कति जनाले सत्यका लागि साँच्चै दुःख भोगेका छौ? तिमीहरूका हृदयमा अधार्मिकता सिवाय केही छैन, जसको कारण मानिसहरू जो भए पनि सबै जना एकसमान रूपमा छली र कुटिल छन् भनी तिमीहरू सोच्छौ—यसको हद यति छ कि तिमीहरू यो समेत विश्‍वास गर्छौ, कि देहधारी परमेश्‍वर एक सामान्य मानिसजस्तै दयालु हृदयरहित वा दयालु प्रेमरहित हुन सक्‍नुहुन्छ। त्योभन्दा बढी, तिमीहरू महान् चरित्र र कृपालु, परोपकारी स्वभाव स्वर्गमा हुनुहुने परमेश्‍वरको मात्र छ भनी विश्‍वास गर्दछौ। तिमीहरू विश्‍वास गर्दछौ, कि त्यस्तो सन्त अस्तित्वमा छैन, पृथ्वीमा अन्धकार र दुष्टले मात्र शासन गर्दछ, जब कि परमेश्‍वर यस्तो व्यक्ति हुनुहुन्छ, जसको साथमा मानिसहरूले आफ्नो भलाइ र सुन्दरताको चाहना सुम्पिन्छन्, उनीहरूले बनाएका कल्पित व्यक्तित्व हुनुहुन्छ। तिमीहरूको मनमा स्वर्गका परमेश्‍वर उच्च, धार्मिक र महान्, आराधना र प्रशंसाका योग्य हुनुहुन्छ भने अहिले पृथ्वीमा हुनुहुने यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको एक प्रतिस्थापन, एक साधन हुन्। तिमीहरू यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको बराबर हुन सक्‍नुहुन्‍न भनी विश्‍वास गर्छौ, उहाँको जस्तो सास छ भनी उल्लेख गर्ने कुरा त परै जाओस्। जब परमेश्‍वरको महानता र सम्मानको कुरा आउँछ, यी स्वर्गमा हुनुहुने परमेश्‍वरको महिमाका हुन्, तर जब मानिसको स्वभाव र भ्रष्टताको कुरा आउँछ, ती त्यस्ता गुणहरू हुन्, जसमा पृथ्वीमा हुनुहुने परमेश्‍वरको हिस्सा छ। स्वर्गमा हुनुहुने परमेश्‍वर सदाका लागि उच्च हुनुहुन्छ, जब कि पृथ्वीमा हुनुहुने परमेश्‍वर सदाको लागि महत्त्वहीन, कमजोर र अयोग्य हुनुहुन्छ। स्वर्गका परमेश्‍वर भावना होइन तर धार्मिकतामा मात्र चल्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरसँग स्वार्थी उद्देश्यहरू मात्र छन् र उहाँसँग निष्पक्षता वा कारण छैन। स्वर्गका परमेश्‍वर अलिकति पनि कुटिल हुनुहुन्‍न र सधैँ विश्‍वासयोग्य हुनुहुन्छ, जब कि संसारका परमेश्‍वरसित सधैँ एउटा गैर-इमानदार पक्ष छ। स्वर्गका परमेश्‍वरले मानिसलाई धेरै प्रेम गर्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरले मानिसलाई अपर्याप्त वास्ता देखाउनुहुन्छ, यहाँसम्म कि, उहाँले आफैलाई पूर्ण रूपमा बेवास्ता समेत गर्नुहुन्छ। यो गलत ज्ञान लामो समयदेखि तिमीहरूको हृदयमा राखिएको छ र भविष्यमा पनि यो स्थायी नै हुन सक्छ। तिमीहरू ख्रीष्टका सबै कामहरूलाई अधर्मीहरूको नजरबाट हेर्छौ र दुष्टको नजरबाट उहाँका सबै काम, साथै उहाँको पहिचान र सारको मूल्याङ्कन गर्छौ। तिमीहरूले गम्भीर गल्ती गऱ्यौ र जुन तिमीहरूभन्दा अघि आउनेहरूले कहिल्यै गरेनन्। अर्थात्, तिमीहरू शिरमा मुकुट लगाउने स्वर्गमा हुनुहुने उच्च परमेश्‍वरको मात्र सेवा गर्दछौ, र त्यस परमेश्‍वरको सामु कहिल्यै जाँदैनौ, जसलाई तिमीहरू यति तुच्छ ठान्छौ कि उहाँ तिमीहरूका निम्ति अदृश्य हुनुहुन्छ। के यो तिमीहरूको पाप होइन? के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको उत्कृष्ट उदाहरण होइन? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्‍वरको आराधना गर्दछौ। तिमीहरू उच्च मूर्तिहरूको आराधना गर्दछौ र विशिष्ट व्यक्तिहरूलाई तिनीहरूका वाक्पटुताका निम्ति सम्मान गर्दछौ। तेरा हातहरू धन-सम्पत्तिले भरिदिनुहुने परमेश्‍वरका आज्ञाहरूलाई तँ खुशीसाथ स्वीकार गर्छस्, र तँ त्यस परमेश्‍वरको चाहना गर्छस्, जसले तेरा प्रत्येक चाहना पूरा गर्नुहुन्छ। तैँले आराधना नगर्ने एउटै मात्र परमेश्‍वर हुनुहुन्छ, जो उच्च हुनुहुन्‍न; तिमीहरू यो परमेश्‍वरसँग सम्बन्ध राख्नुलाई मात्र घृणास्पद ठान्छौ, जसलाई कुनै पनि मानिसले उच्च सम्मान गर्न सक्दैन। तँ यो परमेश्‍वरको मात्र सेवा गर्न अनिच्छुक हुन्छस्, जसले तँलाई एक पैसा पनि दिनुभएको छैन, अनि तँलाई उहाँको चाहना गर्ने बनाउन नसक्‍ने एक मात्र व्यक्ति यही अप्रिय परमेश्‍वर हुनुहुन्छ। यस प्रकारको परमेश्‍वरले तँलाई आफ्‍ना क्षेत्रहरूलाई विस्तार गर्न, तँलाई सम्पत्ति पाएको जस्तो महसुस गराउन सक्‍नुहुन्‍न, तिमीहरूले इच्छा गरेका कुरा पूरा गर्नु त परै जाओस्। त्यसो भए तँ उहाँको पछि किन लाग्छस्? के तैँले यस्ता प्रश्नहरूमाथि विचार गरेको छस्? तैँले गर्ने कामले यस ख्रीष्टलाई मात्र चिढ्याउँदैन; सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यसले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चिढ्याउँछ। मेरो विचारमा, परमेश्‍वरमा भएको तिमीहरूको विश्‍वासको उद्देश्य यो होइन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२५

परमेश्‍वरले मानिसलाई सजाय र न्याय गर्नुहुन्छ किनभने यो उहाँको कार्यको लागि आवश्यक छ र यति मात्र होइन, मानिसलाई पनि यसको आवश्यक छ। मानिसलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७८

मानिसको काम एक निश्‍चित दायराभित्र रहन्छ र यो सीमित छ। एक व्यक्तिले एक निश्‍चित चरणको काम गर्न सक्छ र सम्पूर्ण युगको काम गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५७६

केही मानिसहरूको सवालमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जेसुकै समस्याको सामना गर्नु परे तापनि तिनीहरूले सत्यताको खोजी गर्दैनन्...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्