परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१२

हजारौं वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै, निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहेको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई थाहै नपाई पक्रनुहुनेछ र ती सबैलाई मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको शहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको मायालु र प्रेमिलोपनको आनन्द उठाएका छन्? मानव संसारका मामिलाको बारेमा तिनीहरूले कति बुझेका छन्? तिनीहरूमध्ये कसले परमेश्‍वरको उत्सुक इच्छालाई बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले परमेश्‍वरलाई तुच्छ ठानेको धेरै भइसक्यो, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई मूर्ख बनाएका छन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। परमेश्‍वरको कामलाई कसले अङ्गालेको छ? परमेश्‍वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? किनकि एक पुस्तादेखि अर्को पुस्तामा, आमाबुबादेखि छोराछोरीसम्‍म दासत्वमा परेको मानिसले अमर्यादित रूपमा परमेश्‍वरलाई दास बनाएको छ—यसले कसरी क्रोध जगाउँदैन? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्‍वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई आफ्नो इच्छाअनुसार समस्याहरू सुरु गर्न नदेऊ! समय अहिले नै हो: त्यस भूतको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसतिर आफ्नो पिठिउँ फर्काउने अनुमति दिनका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? स्नेह कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्ति प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ स्नेह कहाँ छ? मानिसहरूमाझ स्वागत कहाँ छ? परमेश्‍वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्‍वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्‍वरलाई किन उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुन कर लाउनु? यस अँध्यारो समाजमा, त्यसका दु:खी रक्षक कुकुरहरूले किन परमेश्‍वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्? पीडा र कष्टको बीचमा जिउने मानिसले किन बुझ्दैन? तिमीहरूका खातिर, परमेश्‍वरले ठूलो यातना सहनुभएको छ, उहाँले ठूलो पीडा सहेर आफ्ना प्रिय पुत्र, उहाँको मासु र रगत तिमीहरूलाई दिनुभएको छ—र पनि तिमीहरू किन अझै पनि आँखा चिम्‍लिरहन्छौ? सबैले पूर्ण रूपमा देख्‍ने गरी, तिमीहरू परमेश्‍वरको आगमनलाई अस्वीकार गर्दछौ, र परमेश्‍वरको मित्रतालाई अस्वीकार गर्छौ। तिमीहरू किन यति धेरै अविवेकी छौ? के तिमीहरू यस्तो प्रकारको अँध्यारो समाजमा अन्यायहरू सहन इच्छुक छौ? तिमीहरूका पेटहरू हजारौं वर्षको शत्रुताले भर्नुको साटो किन तिमीहरू आफैलाई शैतानहरूका राजाको “दिसा” ले भर्दैनौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८१

परमेश्‍वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८५

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०३

जब मानिसहरूभित्र परमेश्‍वर जीवन बन्नुहुन्छ तब तुरुन्तै मानिसहरू परमेश्‍वरलाई त्याग्न असमर्थ हुन्छन्‌। के यो परमेश्‍वरको काम होइन र? योभन्दा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४३

अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्‍वासको सबै वर्षहरूमा परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्