परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३११

माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्‍वरको कार्यलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक सम्पदा,” बहुमूल्य “पुरातन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादको शिक्षा,” र “कन्फ्युसियसवादका उत्कृष्ट लेखहरू र सामन्ती संस्कार,” यी सबै कुराले मानिसलाई नरकमा लगेको छ। उन्‍नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्‍च विकसित उद्योग, कृषि र व्यवसाय कहिँकतै देखिँदैन। बरु, यसले परमेश्‍वरको कार्यलाई जानाजानी बिथोल्न, विरोध गर्न र ध्वस्त पार्नका लागि प्राचीन समयका “बाँदरहरू” ले फैलाएको सामन्ती संस्कारलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई कष्ट दिइरहेको मात्र छैन, यसले त मानिसलाई पूरै निल्न पनि चाहन्छ। सामन्तवादको नैतिक र आचार शिक्षाको प्रचारप्रसार र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई ठूला र साना दियाबलसहरूमा परिणत गर्दै लामो समयदेखि सङ्क्रमित गर्दै आएको छ। खुसीसाथ परमेश्‍वरलाई ग्रहण गर्नेहरू थोरै छन्, हर्षोल्लास गर्दै उहाँको आगमनलाई स्वागत गर्नेहरू कमै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्या गर्ने अभिप्रायले भरिएको छ, र हरेक ठाउँमा, हत्या गर्ने सास हावामा फैलिएको छ। तिनीहरूले यस भूमिबाट परमेश्‍वरलाई निकाल्ने प्रयास गरिरहेका छन्; हातमा छुरी र तरबारहरू लिएर तिनीहरू परमेश्‍वरको “विनाश” गर्ने युद्धको तयारीमा छन्। मानिसलाई परमेश्‍वर हुनुहुन्‍न भनी निरन्तर सिकाइने दियाबलसको यस देशभरि, मूर्तिहरू फैलिएको छ, र माथिको हावाभरि जलेको कागज र धूपको वाकवाक लाग्‍ने दुर्गन्ध निसास्याउने गरी बाक्लो रूपमा व्याप्त छ। यो फोहोरको दुर्गन्धजस्तै हो जुन विषालु सर्पको गुँडुल्क्याइँको कारण फैलिएर आउँछ, यतिसम्म कि बान्ता रोक्‍न समेत सकिँदैन। यसबाहेक, दुष्ट भूतहरूले धर्मशास्‍त्रका वचनहरूको कीर्तन गरेको आवाज सुन्‍न सकिन्छ, यस्तो आवाज जुन टाढा नरकबाटै आइरहेको जस्तो लाग्छ, यो यति अत्यधिक हुन्छ कि यहाँ थरथर नकाँपी रहन सकिँदैन। यस देशभरि जताततै इन्द्रेनीका सबै रङ्ग भएका मूर्तिहरू राखिएका छन् र यस भूमिलाई कामुक आनन्दको संसारमा परिणत गरिएको छ, जबकि दियाबलसहरूको राजा मूर्खतापूर्ण तरिकाले हाँस्दै बसिरहन्‍छ, मानौं यसको विनाशकारी षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेपरवाह रहन्छ र उसलाई शैतानले आफूलाई भ्रष्ट पारेको रत्ती पनि अनुभूति छैन, यहाँ सम्म कि ऊ चेतनाशून्य भएको छ र हारेर उसको शिर लत्रक्‍क परेको छ। त्यसले एकै झट्कामा परमेश्‍वरसम्बन्धी सबै कुरा मेटाउन र फेरि उहाँलाई अशुद्ध पार्ने र उहाँको हत्या गर्ने इच्छा गर्छ; यसले उहाँको काम बिगार्न र त्यसमा बाधा पुर्‍याउन पुरै जोर लगाउँछ। यसले कसरी परमेश्‍वरलाई समान दर्जाको हुन दिन सक्छ? पृथ्वीमा मानिसहरूमाझ हुने काममा परमेश्‍वरले “हस्तक्षेप” गर्नुभएको यसले कसरी सहन सक्छ? यसले कसरी परमेश्‍वरलाई त्यसको घिनलाग्दो अनुहार उदाङ्गो पार्न दिन सक्छ? यसले परमेश्‍वरलाई कसरी त्यसको काम लथालिङ्ग पार्न दिन सक्छ? क्रोधले ग्रसित यो दियाबलसले कसरी पृथ्वीमा रहेको आफ्नो शाही दरबार परमेश्‍वरलाई नियन्त्रण गर्न दिन सक्छ? कसरी यो स्वेच्छाले उहाँको उच्‍च पराक्रमको अघि झुक्‍न सक्छ? यसको घिनलाग्दो अनुहारलाई जस्ताको त्यस्तै प्रकट गरिएको छ, यसैले अब हाँस्‍ने कि रुने कसैलाई केही थाहा छैन, र यसबारेमा कुरा गर्नु साँच्‍चै नै गाह्रो छ। के यसको सार यही होइन र? घिनलाग्दो प्राणको साथमा यसले अझै पनि आफू विश्‍वासै गर्न नसकिने गरी सुन्दर छु भनी विश्‍वास गर्छ। यो अपराध गर्ने मतियारहरूको गिरोह हो! तिनीहरू भोगविलासमा लिप्त हुन मरणशील संसारमा ओर्लेर आउँछन् र यतिसम्म अराजकता मच्‍चाउँछन् र होहल्‍ला गर्छन् कि यो संसार नै भद्रगोल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यतिसम्म खेलबाड गरेका छन् कि उसको स्वरूप मैदानको अमानवीय जनावरको जस्तो अत्यन्त कुरूप बनेको छ, जसबाट मूल पवित्र मानिसको अन्तिम छाप समेत हराएको छ। यसबाहेक, तिनीहरूले पृथ्वीमा सार्वभौम शक्ति पनि हत्याउन चाहन्छन्। तिनीहरूले परमेश्‍वरको कामलाई यति बाधा दिन्छन् कि त्यो काम एक इन्च मात्र अगाडि बढ्न पनि कठिन हुन्छ, र तिनीहरूले तामा र स्टिलको पर्खाललाई जस्तै कसिलो गरी मानिसलाई बन्द गरी राख्छन्। यति धेरै भयङ्कर पापहरू गरिसकेपछि र यति धेरै विपत्तिहरू आउन दिइसकेपछि, के तिनीहरूले अझै पनि सजायबाहेक अरू केही कुराको आशा गरिरहेका छन्? भूत र दुष्टात्माहरू केही समयसम्‍म यस पृथ्वीमा यताउता उन्मादको साथ दौडिरहेका छन्, र परमेश्‍वरको इच्छा र अथक प्रयास दुवैलाई यति कसिलो गरी बन्द गरेका छन् कि तिनलाई छेड्न नै सकिँदैन। साँच्‍चै, यो मरणशील पाप हो! परमेश्‍वर चिन्तित नभई कसरी बस्‍न सक्‍नुहुन्छ र? परमेश्‍वर कसरी क्रोधित नहुन सक्‍नुहुन्‍छ र? तिनीहरूले परमेश्‍वरको कामलाई अत्यन्तै गम्भीर रूपमा बाधा पुर्‍याएका र विरोध गरेका छन्: कस्तो विद्रोही! ती ठूला र साना भूतहरूले समेत सिंहको पिछा गरिरहेका स्यालहरूझैँ व्यवहार गर्छन् र खराब प्रवाहलाई पछ्याउँछन्, र अघि बढ्दै जाँदा बाधाहरू ल्याउँछन्। सत्य जानेपछि जानीजानी त्यसको विरोध गर्छन्, यी विद्रोहका छोराहरू! तिनीहरू आफ्नो नरकको राजा राजाको शाही सिंहासनमा बसेको छ झैँ गरी अरू सबैलाई घृणाको साथ व्यवहार गर्दै आफूप्रति गर्व गर्ने र आत्मसन्तुष्ट बन्‍ने गर्छन्। तिनीहरूमध्ये कति जना सत्यताको खोजी गर्छन् र धार्मिकताको पछि लाग्छन्? तिनीहरू सबै सुँगुर र कुकुरभन्दा नीच जनावरहरू हुन्, गन्हाउने झिँगाहरूको हूलको अगुवाहरू हुन्, र तिनीहरूले आत्मसन्तुष्ट बनी आफैलाई बधाई दिँदै टाउको हल्लाउँछन् र गोबरको थुप्रोको बीचमा सबै किसिमका समस्याहरू उत्पन्‍न गर्छन्। तिनीहरू आफ्नो नरकको राजा सबैभन्दा महान् राजा हुन् भन्‍ने विश्‍वास गर्छन्, तर तिनीहरूलाई आफू दुर्गन्धित झिँगोहरूभन्दा बढी केही पनि होइनौँ भन्‍नेचाहिँ थाहै छैन। तैपनि, परमेश्‍वरको अस्तित्वमा हानि गर्न, तिनीहरूले आफ्ना आमाबाबुको रूपमा रहेका सुँगुर र कुकुरहरूको शक्तिको फाइदा उठाउँछन्। नीच झिँगोहरूको रूपमा तिनीहरूले आफ्ना आमाबुबालाई दाँत भएका ह्वेल माछाहरू जत्तिकै ठूला छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफै अति साना छन्, तिनीहरूका आमाबुबा अशुद्ध सुँगुर र कुकुरहरू हुन् जो तिनीहरूभन्दा करोडौँ गुणा ठूला छन् भन्‍ने बारेमा तिनीहरूलाई थाहै हुँदैन। तिनीहरू आफ्नै तुच्छताको बारेमा अनजान रहन्छन्, अनि भावी सन्तान उत्पन्‍न गर्न अनियन्त्रित भएर दगुर्नका निम्ति सुँगुर र कुकुरहरूले निकालेका सडेका दुर्गन्धहरूमा भरोसा राख्छन्, र तिनीहरूलाई लाज-सर्मको कुनै ज्ञान हुँदैन! आफ्नो ढाडमा हरियो पखेटा लिएर (यसले तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौं भनी गर्ने दाबीलाई जनाउँछ), तिनीहरू आत्मसन्तुष्ट हुन्छन् र सबै ठाउँमा आफ्नो सुन्दरता र आकर्षणको घमण्ड गर्छन्, जबकि तिनीहरूले गोप्य रूपमा आफ्नै शरीरमा भएका अशुद्धता मानिसहरूमा फैलाइरहेका हुन्‍छन्। यसको साथै, तिनीहरू आफैसँग अत्यन्त प्रसन्‍न हुन्छन्, मानौं तिनीहरूले आफ्ना अशुद्धताहरू लुकाउनका लागि इन्द्रेनी रङ्गका जोडी पखेटाहरू प्रयोग गर्न सक्छन्, र यस तरिकाले तिनीहरूले साँचो परमेश्‍वरको अस्तित्वमाथि अत्याचार गर्छन् (यसले धार्मिक संसारको पर्दापछाडि के हुन्छ भन्‍ने कुरालाई सङ्केत गर्छ)। झिँगाका पखेटाहरू मन्त्रमुग्ध पार्ने गरी सुन्दर हुन सक्‍ने भए पनि, त्यो झिँगा आफै आखिर एउटा छुद्र प्राणी मात्र हो, जसको पेट फोहरले भरिएको र शरीर कीटाणुहरूले ढाकेको हुन्छ भन्‍ने कुरालाई मानिसले कसरी जान्दथ्यो र? आफ्ना आमाबुबाको रूपमा रहेका सुँगुर र कुकुरहरूको बलमा तिनीहरू देशभरि अनियन्त्रित भई र आफ्नो क्रूरतामा कुनै पावन्दी नलागई अन्धाधुन्ध दौडन्छन् (यसले परमेश्‍वरको खेदो गर्ने धार्मिक अधिकारीहरू परमेश्‍वर र सत्यको विरुद्ध विद्रोह गर्न कसरी देशको सरकारको बलियो समर्थनमा भर पर्छन् भन्‍ने कुरालाई जनाउँछ)। यस्तो लाग्छ, मानौँ यहूदी फरिसीहरूका प्रेतहरू परमेश्‍वरसँगै तिनीहरूको पुरानो गुँड, अर्थात् ठूलो रातो अजिङ्गरको देशमा फर्केर आएका छन्। तिनीहरूले हजारौं वर्षअघिको आफ्नो कामलाई सुचारु गर्दै, अर्को सतावट कार्य सुरु गरेका छन्। पतित मानिसहरूको यो समूह अन्त्यमा पृथ्वीमा नाश हुने निश्‍चित छ! यस्तो देखिन्छ कि हजारौं वर्षपछि ती अशुद्ध आत्माहरू अझ बढी धूर्त र चलाक भएका छन्। तिनीहरू गोप्य रूपमा परमेश्‍वरको कामलाई कमजोर पार्ने तरिकाहरूको बारेमा निरन्तर सोचिरहेका छन्। प्रशस्त चलाकी र छलसहित, तिनीहरूले आफ्नो मातृभूमिमा हजारौं वर्ष पहिलेको दुःखद घटना फेरि घटाउन चाहन्छन्, र यसरी परमेश्‍वरलाई चिढ्याउँदै रुने अवस्थामा पुऱ्याउँछन्। तिनीहरूलाई नाश पार्न तेस्रो स्वर्गमा फर्कनबाट उहाँले आफैलाई विरलै मात्र रोक्‍न सक्‍नुहुन्छ। मानिसले परमेश्‍वरलाई प्रेम गर्नको लागि, उसले उहाँको इच्छालाई बुझ्नुपर्छ, उहाँका आनन्द र दुःखहरूको बारेमा जान्‍नुपर्छ, र उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ त्यो बुझ्नुपर्छ। यसो गर्दा यसले मानिसको प्रवेशमा अझ बढी प्रोत्साहन दिनेछ। मानिसको प्रवेश जति चाँडो हुन्छ, त्यत्ति नै चाँडो परमेश्‍वरको इच्छा पूरा हुन्छ, त्यति नै स्पष्टसँग मानिसले दियाबलसहरूको राजालाई देख्छ, र ऊ परमेश्‍वरको त्यति नै नजिक जान्छ, र यसरी उहाँको इच्छालाई पूरा गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ८

परमेश्‍वर स्वयमको काम मानिसले जान्‍नै पर्ने दर्शन हो, किनभने परमेश्‍वरको कामलाई मानिसले हासिल गर्न सक्दैन, र यो मानिसमा छैन। कार्यका तीन...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९६

सबै थोक र जीवित प्राणीहरूमाथि सृष्टिकर्ताको नियन्त्रण र प्रभुत्व छ भन्‍ने तथ्यले सृष्टिकर्ताको अख्‍तियारको साँचो अस्तित्वको बारेमा बताउँछ...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९३

सबै मानिसहरूमा हुने साधारण समस्या चाहिँ यो हो कि उनीहरूले सत्यता बुझ्छन् तर यसलाई व्यवहारमा लागू गर्नलाई असफल हुन्छन्। एकातिर उनीहरू मूल्य...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्