परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०५

तिमीहरूले सधैँ ख्रीष्टलाई हेर्ने इच्छा गर्छौ, तर म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरूले आफैलाई त्यति उच्च स्थानमा नराख; जो-कोहीले पनि ख्रीष्टलाई देख्न सक्छन्, तर म भन्छु, ख्रीष्टलाई हेर्ने योग्यका कोही पनि छैनन्। मानिसको प्रकृति दुष्टता, अहङ्कार, र विद्रोहीपनले भरेको हुने हुँदा, तैँले ख्रीष्टलाई देख्‍ने बित्तिकै, तेरो प्रकृतिले तँलाई नष्ट पार्नेछ र मृत्यु-दण्ड दिनेछ। एउटा दाजु-भाइ (या दिदी-बहिनी) सँगको तेरो सम्‍बन्धले तेरो बारेमा धेरै जसो कुरा देखाउँदैन, तर जब तँ ख्रीष्टसँग जोडिन्छस् तब त्यो त्यति सहज हुँदैन। कुनै पनि समयमा, तेरा धारणाहरूले जरा लगाउन सक्छ, तेरो अहङ्कार पलाउन सुरु हुन्छ, र तेरो विद्रोहीपनले अन्जीरहरू फलाउँछ। त्यस्तो मानवताद्वारा तँ कसरी ख्रीष्टसँग जोडिन लायक हुन सक्छस्? के तैँले हरेक दिनको हरेक पल उहाँलाई परमेश्‍वरको रूपमा साँचो तरिकाले व्यवहार गर्न सक्छस्? के तँमा साँच्‍चै परमेश्‍वरमाथिको समर्पणको वास्तविकता हुनेछ? तिमीहरूले उच्च परमेश्‍वरलाई आफ्नो हृदयमा यहोवाको रूपमा आराधना गर्छौ, जब कि त्यही क्रममा दृश्यमा भएको ख्रीष्टलाई एउटा मानिसको रूपमा लिन्छौ। तेरो भावना अति नै तल्लो दर्जाको छ र तेरो मानवता अत्यन्त पतित छ! तैँले ख्रीष्टलाई सधैँ परमेश्‍वरको रूपमा हेर्न सक्दैनस्; कहिलेकहीँ तिमीहरूलाई मन लागेको बेला मात्रै, तिमीहरू उहाँलाई समाएर उहाँलाई परमेश्‍वरको रूपमा पुज्छौ। यहि कारणले म भन्छु, कि तिमीहरू परमेश्‍वरका विश्‍वासीहरू होइनौ, तर ख्रीष्टको विरुद्धमा लड्ने अपराधी दल हौ। अरूलाई दया देखाउने मानिसहरूलाई पुनः चुक्ता गरिए पनि, र तिमीहरूका बीचमा त्यस्तो काम गर्नुहुने, ख्रीष्टले न त मानिसको प्रेम, न त उहाँको प्रतिफल र समर्पण नै पाउनुभयो। के यो हृदय विदारक कुरा होइन र?

परमेश्‍वरमाथिको तेरो वर्षौंदेखिको सबै विश्‍वासमा, तैँले कसैलाई कहिल्यै पनि सरापेको नहुन सक्छस् या खराब काम गरेको नहुन सक्छस्, तापनि ख्रीष्टसँगको तेरो सम्बन्धमा, तैँले सत्य बोल्न, इमानदारीतामा काम गर्न, या ख्रीष्टको वचन पालन गर्न सक्दैनस्; त्यस्तो स्थितिमा, म त भन्छु, तँ संसारकै सबैभन्दा कपटी र दुर्भावनापूर्ण व्यक्ति होस्। तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (या पति), छोरा-छोरीहरू, र अभिभावकहरू प्रति असाधारण रूपमा मिलनसार र समर्पित छस् होला र कहिल्यै पनि अरूको फाइदा उठाएको छैनस् होला, तर यदि तँ ख्रीष्ट अनुरूप हुन सक्दैनस्, यदि तँ उहाँसँगको एकतामा अन्तरक्रिया गर्न सक्दैनस् भने तैँले आफ्‍ना छिमेकीहरूका निम्ति आफ्‍नो सबै आराम अर्पण गर्छस् या आफ्नो बुवा, आमा, र तेरो घरका सदस्यहरूलाई सावधानीपूर्वक हेरचाह नै गरेको छस् भने पनि, म त भन्छु तँ अझै पनि दुष्ट छस्, साथै एउटा धूर्त छलले भरिपूर्ण छस्। तँ अरूसँग मिल्छस् या केही असल कार्य गर्छस् भन्दैमा तँ ख्रीष्ट अनुरूप छस् भन्‍ने नसोच्। के तेरो परोपकारी अभिप्रायले स्वर्गका आशिषहरू ल्याउन सक्छ भन्‍ने तँलाई लाग्छ? के केही असल कार्यहरू गर्नु तेरो आज्ञाकारीताको विकल्प हो भन्‍ने तँलाई लाग्छ? तिमीहरूमध्ये एक जनाले पनि निराकरण र काटछाँटलाई स्वीकार गर्न सक्दैनौ, र तिमीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो आज्ञाकारीताको तुरही निरन्तर रूपमा फुकिरहे पनि तिमीहरू सबैलाई ख्रीष्टको सामान्य मानवता अँगाल्न मुस्किल हुन्छ। तँमा भएको जस्तो विश्‍वासले एउटा उचित दण्ड ल्याउनेछ। काल्‍पनिक भ्रममा लिप्त हुन र ख्रीष्टलाई हेर्ने इच्छा राख्ने काम गर्न छोड्, किनकि तँ कदमा यति सानो छस् कि तँ उहाँलाई हेर्न समेत योग्य छैनस्। जब तँ आफ्नो विद्रोहीपनबाट पूर्ण रूपमा शुद्ध हुन्छस्, र ख्रीष्टसँगको एकतामा रहन सक्षम हुन्छस्, त्यो क्षण परमेश्‍वर स्वभाविक रूपमा तँकहाँ देखा पर्नुहुन्छ। यदि तँ काँटछाँट या न्यायबाट भएर नगईकन परमेश्‍वरलाई हेर्न जान्छस् भने, तँ निश्‍चय नै परमेश्‍वरको विरोधी हुनेछस् र विनाशमा पर्नेछस्। मानिसको प्रकृति अन्तर्निहित रूपमै परमेश्‍वरप्रति शत्रुतापूर्ण छ, किनकि सबै मानिसहरू शैतानको सबैभन्दा गाढा भ्रष्टतामा परेका छन्। यदि मानिसले आफ्नै भ्रष्टताको बीचमा रही परमेश्‍वरसँग सम्‍बन्ध कायम गर्ने कोसिस गर्छ भने, निश्‍चय नै यसबाट केही असल कुरा आउँदैन; उसको क्रियाकलाप र शब्दहरूले हरेक मोडमा निश्‍चय नै उसको भ्रष्टता खुलासा गर्नेछ, र परमेश्‍वरसँग सम्‍बन्ध बनाउने क्रममा उसको विद्रोहीपन त्यसको हरेक पक्षमा प्रकट हुनेछ। अन्जानमै, मानिसले ख्रीष्टको विरोध गर्न, ख्रीष्टलाई छल गर्न, र ख्रीष्टलाई त्याग्न पुग्छ; जब यो हुन आउँछ, मानिस अझै अस्थिर स्थितिमा हुनेछ, र यो जारी रह्यो भने, ऊ दण्डको भागीदार हुनेछ।

कोही-कोहीले के विश्‍वास गर्न सक्छन् भने, यदि परमेश्‍वरसँगको सम्‍बन्ध यति खतरा छ भने, परमेश्‍वरबाट टाढा बस्‍नु नै बुद्धिमानी हुनसक्छ। यस्ता खालका मानिसहरूले के चाहिँ हासिल गर्न सक्लान् र? के तिनीहरू परमेश्‍वरप्रति बफादार हुन सक्छन्? निश्चित रूपमा, परमेश्‍वरसँगको सम्‍बन्ध धेरै नै कठिन छ—तर त्यो यसकारणले भएको हो किनकि मानिस भ्रष्ट छ, परमेश्‍वरले मानिससँग सम्‍बन्ध राख्न नसक्‍नुभएकोले होइन। आफैलाई चिन्‍ने सत्यतामा अझै धेरै प्रयास गर्नु नै तिमीहरूका लागि उत्तम हुनेथियो। किन तिमीहरूले परमेश्‍वरको निगाह पाएको छैनौ? किन तिमीहरूको स्वभाव उहाँको निम्ति घृणित छ? किन तिमीहरूको बोलीले उहाँको अप्रसन्नता जगाउँछ? तिमीहरूले थोरै भक्ति प्रदर्शन गर्ने बित्तिकै, तिमीहरूले तिमीहरूका आफ्नै प्रशंसा गाउँछौ, र एउटा सानो योगदानको लागि तिमीहरू इनामको माग गर्छौ; जब तिमीहरूले सानो आज्ञाकारीता पूरा गर्छौ तिमीहरूले अरूलाई तल हेर्छौ, र केही स-साना कार्य पूरा गरिसकेपछि परमेश्‍वरप्रति तिरस्कारपूर्ण बन्छौ। परमेश्‍वरलाई ग्रहण गर्नको लागि, तिमीहरू पैसा, उपहारहरू, र प्रशंसाहरू माग्छौ। एउटा या दुई वटा सिक्का दिनु परे यसले तिमीहरूको हृदय पोल्छ; जब तिमीहरूले दस सिक्‍का दिन्छौ, तिमीहरूले आशिषको कामना गर्छौ र विशिष्टताको साथ व्यवहार गरियोस् भन्‍ने चाहन्छौ। तिमीहरूको जस्तो मानवता भन्न या सुन्नको लागि अपमानजनक छ। के तिमीहरूका शब्दहरू र कार्यहरूमा कुनै कुरा प्रशंसा गर्न योग्यको छ? आफ्नो कर्तव्य निर्वाह गर्ने र नगर्नेहरू; अगुवाई गर्नेहरू र पछ्याउनेहरू; परमेश्‍वरलाई ग्रहण गर्नेहरू र नगर्नेहरू; दान दिनेहरू र नदिनेहरू; प्रचार गर्नेहरू र वचन प्राप्त गर्नेहरू, र त्यस्तै अरू: त्यस्ता सबै मानिसहरूले आफैलाई प्रशंसा गर्छन्। के तिमीहरूलाई यो हास्यास्पद लाग्दैन? परमेश्‍वरमा विश्‍वास गरेको पूर्ण रूपमा राम्ररी जान्दा जान्दै पनि तिमीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनौ। तिमीहरू योग्यता बिनाका छौ भन्ने पूर्ण रूपमा जान्दा जान्दै पनि तिमीहरू उही तरिकामा घमण्ड कायम राख्छौ। के तिमीहरू महसुस गर्दैनौ कि तिमीहरूका समझ त्यस बिन्दुसम्म भ्रष्ट भइसक्यो कि तिमीहरूमा आत्म-नियन्त्रण नै बाँकी छैन? यस्तो समझले, तिमीहरूले कसरी परमेश्‍वरसँग सम्‍बन्ध राख्न सक्छौ? के यस परिस्थितिमा तिमीहरू आफ्नै लागि डराउँदैनौ? तिमीहरूको स्वभाव यस बिन्दुसम्म खराब भइसकेको छ कि तिमीहरू परमेश्‍वर अनुरूप हुन सक्दैनौ। यसैले गर्दा, के तिमीहरूको विश्‍वास हास्यास्पद छैन र? के तेरो विश्‍वास निरर्थक छैन? तँ आफ्नो भविष्यको लागि कसरी अघि बढ्दैछस्? कुन बाटो लिने भनेर तैँले कसरी चयन गर्छस्?

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २२

येशूले गर्नुभएको कार्य त्यस युगका मानिसको आवश्यकता बमोजिम थियो। उहाँको कार्य मानव जातिको उद्धार गर्नुथियो, तिनीहरूको पापको निम्ति क्षमा...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१८

परमेश्‍वरमा तेरो विश्‍वास, सत्यताको तेरो खोजी, र तैँले आफैलाई व्यवहार गर्ने तेरो शैली समेत पनि सबै यथार्थमाथि आधारित हुनुपर्छ: तैँले गर्ने...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८६

परमेश्‍वरले गर्नुहुने काम एक अवधिदेखि अर्को अवधिमा फरक-फरक हुने गर्छ। यदि तँ कुनै एक चरणमा परमेश्‍वरले गर्नुभएको कामप्रति एकदमै आज्ञाकारी...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्