परमेश्वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९७
मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरलाई परमेश्वरका वचनहरू पढेर, अनि परमेश्वरका वचनहरू अभ्यास र अनुभव गरेर, साथै धेरै परीक्षा, शोधन, र काटछाँटमार्फत नै चिन्नुपर्छ; यसरी मात्रै परमेश्वरको काम र स्वभावको बारेमा साँचो ज्ञान प्राप्त गर्न सम्भव हुन्छ। कसै-कसैले भन्छन्: “मैले देहधारी परमेश्वरलाई देखेको छैनँ, त्यसैले मैले कसरी परमेश्वरलाई चिन्नुपर्छ?” वास्तवमा, परमेश्वरका वचनहरू उहाँको स्वभावका अभिव्यक्ति हुन्। परमेश्वरका वचनहरूबाट, तैँले मानवजातिप्रतिको उहाँको प्रेम र मुक्ति, साथै तिनीहरूलाई मुक्ति दिने उहाँको तरिका देख्न सक्छस्…। किनकि वचनहरू परमेश्वर स्वयम्ले व्यक्त गर्नुभएको हो, मानिसद्वारा लेखिएको होइन। परमेश्वरले ती व्यक्तिगत रूपमा व्यक्त गर्नुभएको हो; परमेश्वर स्वयम्ले आफ्ना वचनहरू र आफ्नो हृदयको आवाज व्यक्त गरिरहनुभएको छ, जसलाई उहाँको हृदयका वचनहरू पनि भन्न सकिन्छ। तिनलाई किन उहाँको हृदयबाट निस्केका वचनहरू भनिन्छ? किनकि ती गहिराइबाट जारी गरिएका हुन्, र उहाँको स्वभाव, उहाँका अभिप्राय, उहाँका विचार र सोचहरू, मानवजातिप्रतिको उहाँको प्रेम, मानवजातिको निम्ति उहाँको मुक्ति र मानवजातिप्रतिको उहाँका अपेक्षाहरूलाई व्यक्त गर्दछन्…। परमेश्वरका वाणीहरूमा कठोर वचनहरू, र कोमल र विचारशील वचनहरू, साथै प्रकटीकरणका केही वचनहरू पनि समावेश छन्, जसले मानिसका भावनाहरूलाई ध्यानमा राख्दैनन्। यदि तैँले प्रकटीकरणका वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्वर त कठोर हुनुहुन्छ भन्ने लाग्न सक्छ। यदि तैँले कोमल वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्वर त्यत्ति धेरै अख्तियारपूर्ण हुनुहुन्न जस्तो लाग्छ। यसकारण तैँले ती वचनलाई सन्दर्भबाट बाहिर लैजानु हुँदैन; बरु, तिनलाई सबै कोणबाट हेर्नुपर्छ। कहिलेकहीँ परमेश्वर दयालु दृष्टिकोणबाट बोल्नुहुन्छ, अनि मानिसहरूले मानवजातिप्रतिको उहाँको प्रेमलाई देख्छन्; कहिलेकहीँ उहाँ एकदमै कठोर दृष्टिकोणबाट बोल्नुहुन्छ, र त्यसपछि मानिसहरूले उहाँको स्वभावले कुनै उल्लङ्घन सहँदैन, मानिस दुःखद रूपमा फोहोरी छन्, र परमेश्वरको अनुहार हेर्न वा उहाँको सामु आउन लायकको छैनन्, र तिनीहरूलाई अहिले शुद्ध रूपमा परमेश्वरको अनुग्रहको कारण मात्र उहाँको सामुन्ने आउन दिइएको छ भनेर देख्छन्। परमेश्वरको काम गर्ने तरिकाद्वारा अनि उहाँको कामको महत्त्वमा उहाँको बुद्धिलाई देख्न सकिन्छ। मानिसहरूले परमेश्वरसँगको कुनै प्रत्यक्ष सम्पर्कविना नै उहाँका वचनहरूमा यी कुरा देख्न सक्छन्। जब परमेश्वरलाई साँचो रूपमा चिन्ने कुनै व्यक्ति ख्रीष्टको सम्पर्कमा आउँछ, तब ख्रीष्टसँगको उसको भेट परमेश्वर सम्बन्धी उसको ज्ञान अनुरूप हुन सक्छ; तापनि, जब सैद्धान्तिक ज्ञान मात्र भएको कुनै व्यक्तिको भेट ख्रीष्टसँग हुन्छ, तब उसले त्यसमा परस्पर सम्बन्ध देख्न सक्दैन। परमेश्वरको देहधारणको सत्यता रहस्यहरूमध्येमै सबैभन्दा गहन छ; यो मान्छेलाई बुझ्न गाह्रो छ। देहधारणको रहस्यको विषयमा परमेश्वरका वचनहरू एकत्रित गर्, ती वचनहरूलाई सबै कोणबाट हेर्, र त्यसपछि एकसाथ मिलेर प्रार्थना गर्, चिन्तन गर्, र सत्यताको यस पक्षमा थप सङ्गति गर्। त्यसो गर्दा, तैँले पवित्र आत्माको ज्ञान प्राप्त गर्न सक्छस्, अनि बुझ्न पुग्न सक्छस्। मानिससित परमेश्वरसँग सिधा सम्पर्क गर्ने कुनै सम्भावना नभएकोले, यदि अन्त्यमा तिनीहरूलाई परमेश्वरको साँचो ज्ञान प्राप्त गर्नु छ भने, तिनीहरूले छामछुम गर्दै अघि बढ्न र अलिअलि गर्दै प्रवेश पाउन यस किसिमको अनुभवमा भर पर्नुपर्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले...
परमेश्वरले कसरी आत्मिक संसारलाई शासन र व्यवस्थापन गर्नुहुन्छ भौतिक संसारको हकमा, जब-जब मानिसहरूले निश्चित कुराहरू वा घटनाहरूलाई...
जसरी इसहाक प्रतिज्ञाद्वारा अब्राहामको निम्ति जन्मेका थिए, त्यसरी नै यूहन्ना पनि प्रतिज्ञामा नै जन्मेका थिए। तिनले येशूका लागि बाटो बनाए, र...
परमेश्वरका परीक्षाहरूबारे कुनै शङ्का नगर अय्यूबको परीक्षा समाप्त भएपछि तिनीबाट गवाही प्राप्त गरेपश्चात्, परमेश्वरले अय्यूबजस्ता...