परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४७

परमेश्‍वरलाई नबुझ्नेहरूले कहिल्यै पनि पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनन्। यस्ता मानिसहरू अनाज्ञाकारिताका छोराहरू हुन्। तिनीहरू अति महत्त्वाकांक्षी हुन्छन्, र तिनीहरूभित्र धेरै नै विद्रोह हुन्छ, यसैले तिनीहरू आफूलाई परमेश्‍वरबाट टाढा राख्छन् र उहाँको जाँच स्वीकार्न इच्छुक हुँदैनन्। यस्ता मानिसहरू सजिलै सिद्ध हुन सक्दैनन्। केही मानिसहरू परमेश्‍वरका वचनहरू चुनी चुनी खान्छन् र पिउँछन् र तिनलाई स्वीकार गर्छन्। तिनीहरू आफ्ना धारणाहरूसँग मिल्दोजुल्दो परमेश्‍वरका वचनहरूका केही भागहरू स्वीकार गर्दछन् र नमिल्‍ने भागहरूलाई इन्कार गर्छन्। के यो परमेश्‍वर विरुद्ध सबैभन्दा स्पष्ट विद्रोह र विरोध होइन? यदि कसैले परमेश्‍वरलाई अलिकति पनि नबुझी धेरै वर्षसम्म उहाँमाथि विश्‍वास गर्दछन् भने तिनीहरू अविश्‍वासी हुन्। जुन मानिसहरू परमेश्‍वरको जाँच स्वीकार्न इच्छुक हुन्छन् तिनीहरू ती हुन् जो उहाँलाई बुझ्न खोज्छन्, जो उहाँका वचनहरू स्वीकार गर्न इच्छुक हुन्छन्। तिनीहरू ती हुन् जसले परमेश्‍वरको उत्तराधिकार र आशिषहरू प्राप्त गर्नेछन्, र तिनीहरू सबैभन्दा आशिषित मानिसहरू हुन्। परमेश्‍वर तिनीहरूलाई सराप दिनुहुन्छ जसको हृदयमा उहाँको निम्ति कुनै ठाउँ छैन र त्यस्ता मानिसहरूलाई उहाँले सजाय दिनुहुन्छ र त्याग्नुहुन्छ। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने उहाँले तँलाई त्याग्नुहुनेछ, र यदि तँ मैले भनेको कुरा सुन्दैनस् भने, म वचन दिन्छु, कि परमेश्‍वरका आत्माले तँलाई त्याग्नुहुनेछ। यदि तँलाई विश्‍वास लाग्दैन भने कोसिस गरेर हेर्। आज म तँलाई अभ्यासको मार्गबारे स्पष्ट बताउँछु, तर यसलाई अभ्यास गर्ने कुरा तँमाथि निर्भर हुन्छ। यदि तँ यसमा विश्‍वास गर्दैनस् भने, यदि तैंले यो अभ्यास गर्दैनस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुन्छ कि गर्नुहुन्न भन्‍ने तँ आफैले देख्नेछस्! यदि तँ परमेश्‍वरको ज्ञानको पछि लाग्दैनस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुन्न। परमेश्‍वरले ती मानिसहरूमा काम गर्नुहुन्छ जसले उहाँका वचनहरू अनुसरण गर्छन् र तिनलाई सम्हालेर राख्छन्। तँ जति धेरै परमेश्‍वरका वचनहरू सम्हालेर राख्छस्, उहाँका पवित्र आत्माले त्यत्ति नै बढी तँभित्र काम गर्नुहुन्छ। कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू जति धेरै मनमा सम्हालेर राख्छ ऊ परमेश्‍वरद्वारा सिद्ध पारिने त्यति नै बढी सम्भावना हुन्छ। परमेश्‍वरले तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ जसले साँच्चै उहाँलाई प्रेम गर्छन्, र जसको हृदय उहाँको अघि शान्तिमा हुन्छ तिनीहरूलाई उहाँले सिद्ध पार्नुहुन्छ। परमेश्‍वरका सबै कामलाई कदर गर्न, परमेश्‍वरको ज्ञानलाई कदर गर्न, परमेश्‍वरको उपस्थितिलाई कदर गर्न, परमेश्‍वरको वास्ता र सुरक्षालाई कदर गर्न, परमेश्‍वरका वचनहरू कसरी तेरो निम्ति वास्तविकता बन्छ र तिनले तेरो जीवनका निम्ति कसरी प्रबन्ध गर्छ त्यसलाई कदर गर्न—यी सबै परमेश्‍वरको हृदयसित राम्ररी मेल खान्छ। यदि तँ परमेश्‍वरको कामको कदर गर्छस् भने, अर्थात्, यदि उहाँले तँमाथि गर्नुभएका सबै कामलाई कदर गर्छस् भने उहाँले तँलाई आशिष् दिनुहुनेछ र तँसित भएका सबै कुरालाई बढाउनुहुनेछ। यदि तँ परमेश्‍वरका वचनहरूको कदर गर्दैनस् भने, उहाँले तँमा काम गर्नुहुनेछैन, तर उहाँले तँलाई नगण्य अनुग्रह मात्र प्रदान गर्नुहुनेछ, वा तँलाई थोरै धन र तेरो परिवारलाई थोरै सुरक्षाले आशिष् दिनुहुनेछ। तैंले परमेश्‍वरका वचनहरूलाई तेरो वास्तविकता बनाउन प्रयास गर्नुपर्दछ, र उहाँलाई सन्तुष्ट पार्न र उहाँको आफ्नै हृदय अनुसारको हुन सक्नुपर्छ; तैंले उहाँको अनुग्रहको आनन्द लिने प्रयास मात्र गर्नुहुँदैन। विश्‍वासीहरूका लागि परमेश्‍वरको काम प्राप्त गर्नु, सिद्धता प्राप्त गर्नु, र परमेश्‍वरको इच्छाबमोजिम गर्नेहरू हुनुभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तँ यही लक्ष्यको पछि लाग्नुपर्छ।

अनुग्रहको युगमा मानिसले पछ्याउने सबै कुरा अहिले अप्रचलित भएका छन्, किनकि अहिलेको खोजीको स्तर उच्च छ; जुन कुरा खोजिन्छ त्यो अझ उच्च र अझ बढी व्यावहारिक दुवै छ। जुन कुरा खोजिन्छ त्यसले मानिसले भित्रबाट चाहेको कुरा राम्ररी पूरा गर्न सक्छ। विगतका युगहरूमा परमेश्‍वरले मानिसहरूमाथि त्यसरी काम गर्नुभएन जसरी आज उहाँले गर्नुहुन्छ; अनि आज उहाँ तिनीहरूसित जति धेरै बोल्नुहुन्छ त्यति त्यसबेला बोल्नुभएन, न त उहाँका मागहरू आजका जस्तै उच्च नै थिए। आज परमेश्‍वरले तिमीहरूलाई यी कुराहरू बताउनुभएको कुराले परमेश्‍वरको मूल अभिप्राय तिमीहरूमा, मानिसहरूको यो झुन्डमा केन्द्रित छ भन्‍ने देखाउँछ। यदि तँ साँच्चै परमेश्‍वरद्वारा सिद्ध हुन चाहन्छस् भने त्यसलाई आफ्नो मुख्य लक्ष्य बनाएर त्यसको पछि लाग्। तँ यताउति दगुरिरहेको, आफैलाई खर्च गरिरहेको, एउटा काम गरिरहेको वा तैंले परमेश्‍वरको आदेश पाएको भए पनि उद्देश्यचाहिँ सधैँ सिद्ध हुनु र परमेश्‍वरको इच्छा पूरा गर्नु, यी उद्देश्यहरूलाई हासिल गर्नु नै हो। यदि कसैले तिनीहरू परमेश्‍वरद्वारा सिद्ध हुन वा जीवनमा प्रवेश गर्न खोज्दैनन्, तर शरीरको शान्ति र आनन्दको पछि मात्र लाग्छन् भनी भन्छन् भने तिनीहरू मानिसहरूमध्ये सबैभन्दा बढी अन्धो हुन्। जुन मानिसहरू जीवन वास्तविकताको पछि लाग्दैनन्, तर आउनेवाला संसारको अनन्त जीवनको र यस संसारमा सुरक्षाको पछि मात्र लाग्छन् तिनीहरू मानिसहरूमध्ये सबैभन्दा बढी अन्धो हुन्। यसैले, तैंले गर्ने सबै कुरा सिद्ध हुने र परमेश्‍वरद्वारा प्राप्त गरिने उद्देश्यले गर्नुपर्छ।

परमेश्‍वरले मानिसहरूका निम्ति प्रबन्ध गर्नलाई गर्नुहुने काम तिनीहरूका विभिन्न आवश्यकतामा आधारित हुन्छ। एक व्यक्तिको जीवन जति ठूलो हुन्छ, तिनीहरूको आवश्यकता त्यत्ति नै धेरै हुन्छ र तिनीहरू धेरै कुराको पछि लाग्छन्। यदि यस चरणमा तँ कुनै कुराको पछि लागेको छैनस् भने पवित्र आत्माले तँलाई छोड्नुभएको छ भन्ने त्यसले प्रमाण दिन्छ। जीवनको पछि लाग्नेहरू सबैलाई पवित्र आत्माले कहिल्यै पनि त्याग्नुहुन्न; त्यस्ता मानिसहरू सधैँ पछि लाग्छन् र तिनीहरूका हृदयमा सधैँ तृष्णा हुन्छ। त्यस्ता मानिसहरू आफूसँग वर्तमानमा जे छ ती कुनै पनि कुरामा सन्तुष्ट हुँदैनन्। पवित्र आत्माको कामको प्रत्येक चरणले तँमा प्रभाव पार्ने लक्ष्य राख्छ, तर यदि तँ सुस्त भइस् भने, यदि तँसित अब कुनै आवश्यकता छैन भने, यदि तँ पवित्र आत्माको कामलाई स्वीकार्दैनस् भने, उहाँले तँलाई त्याग्नुहुनेछ। मानिसहरूलाई हरेक दिन परमेश्‍वरको जाँचको आवश्यकता पर्छ; तिनीहरूलाई दिनदिनै परमेश्‍वरका प्रशस्त प्रबन्धहरूको आवश्यकता पर्छ। के मानिसहरूले दिनदिनै परमेश्‍वरको वचन नखाई र नपिई सफलतापूर्वक काम गर्न सक्छन्? यदि कुनै व्यक्तिले सधैँ परमेश्‍वरको वचन पर्याप्त मात्रामा खान वा पिउन सकिँदैन भन्‍ने ठान्छ भने, यदि तिनीहरू सधैँ यसको खोजी गर्छन् र यसका लागि भोकाउँछन् र तिर्खाउँछन् भने, पवित्र आत्माले सधैँ तिनीहरूमा काम गर्नुहुन्छ। कुनै व्यक्तिले जति धेरै तृष्णा गर्छ उनीहरूको सङ्गतिबाट उत्ति नै बढी व्यावहारिक कुराहरू बाहिर निस्कन्छन्। कसैले जति जोडदारसाथ सत्यताको खोजी गर्छ, तिनीहरूले उति नै चाँडो जीवनको वृद्धि प्राप्त गर्छन्, यसले तिनीहरूलाई अनुभवमा धनी र परमेश्‍वरको घरको धनी बासिन्दाहरू बनाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३९

जीवन स्वभाव परिवर्तन गर्ने खोजीको क्रममा, अभ्यासको मार्ग सरल हुन्‍छ। यदि आफ्नो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माका वर्तमान वचनहरू पालन...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४४

शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्) क. परमेश्‍वरले बोल्नुभएका वचनहरू अय्यूब २:३ अनि यहोवाले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७१

परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुभएको खोजी गर्ने सबैका निम्ति राज्यको ढोका यसअघि नै...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२०

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्