परमेश्वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८३
मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्वरका आत्माले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
तिमीहरूले आफ्नो भावी सेवाको मार्गमा कसरी परमेश्वरको इच्छा पूरा गर्न सक्छौ? एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ जीवनमा प्रवेश गर्नु, स्वभाव परिवर्तन गर्नु र सत्यमा गहिरो रूपले प्रवेश गर्न खोजी गर्नु हो—सिद्धता प्राप्त गर्ने र परमेश्वरद्वारा प्राप्त गरिने मार्ग यही हो। तिमीहरू सबै परमेश्वरको आज्ञा प्राप्त गर्नेहरू हौ, तर त्यो कस्तो प्रकारको आज्ञा हो? यो कामको अर्को चरणसँग सम्बन्धित छ; कार्यको अर्को चरण सम्पूर्ण ब्रह्माण्डमा गरिने अझ ठूलो कार्य हुनेछ, त्यसैले आज, तिमीहरूले आफ्नो जीवन स्वभाव परिवर्तन गर्न खोज्नुपर्छ, ताकि भविष्यमा तिमीहरू साँच्चै नै परमेश्वरले उहाँको कामद्वारा महिमा प्राप्त गर्नुहुने कुराको प्रमाण बन्नेछौ, जसले तिमीहरूलाई उहाँको भविष्यको कामको सटीक उदाहरण बनाउँछ। आजको खोजी पूर्णतया भविष्यको कामको लागि जग बसाल्नकै निम्ति हो, ताकि तिमीहरू परमेश्वरद्वारा प्रयोग हुन र उहाँको साक्षी दिन सक। यदि तिमीहरूले यसलाई आफ्नो खोजीको लक्ष्य बनाउँछौ भने, तिमीहरू पवित्र आत्माको उपस्थिति प्राप्त गर्न सक्षम हुनेछौ। तैँले आफ्नो खोजको लक्ष्य जति उच्च राख्छस्, तँ त्यति नै बढी सिद्ध पारिन सक्छस्। तँ सत्यको पछि जति धेरै लाग्छस्, पवित्र आत्माले त्यति नै धेरै काम गर्नुहुन्छ। तैँले आफ्नो खोजमा जति धेरै ऊर्जा लगाउँछस्, तैँले त्यत्ति नै बढी प्राप्त गर्नेछस्। पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको भित्री स्थितिअनुसार सिद्ध पार्नुहुन्छ। केही मानिसहरू परमेश्वरद्वारा प्रयोग हुन वा उहाँद्वारा सिद्ध हुन इच्छुक हुँदैनन्, तिनीहरू आफ्नो देह सुरक्षित होस् र कुनै किसिमको दुर्भाग्य भोग्नु नपरोस् भनेर मात्र भन्छन्। केही मानिसहरू राज्यमा प्रवेश गर्न अनिच्छुक हुन्छन् तर अतल कुण्डमा खसालिन भने तयार हुन्छन्। त्यस्तो अवस्थामा, परमेश्वरले पनि तेरो त्यो इच्छा पूरा गरिदिनुहुनेछ। तँ जुन कुराको पछि लाग्छस् परमेश्वरले त्यो पूरा गरिदिनुहुनेछ। त्यसो भए, अहिले तँ कुन कुराको पछि लाग्दै छस् त? के सिद्ध पारिने कुराको पछि लाग्दै छस् हो? के तेरा वर्तमान कार्य र व्यवहारहरू परमेश्वरद्वारा सिद्ध हुन र उहाँद्वारा प्राप्त गरिनका लागि हुन्? तैँले यसरी नै दिनहुँ निरन्तर आफैलाई मापन गर्नुपर्छ। यदि तँ आफ्नो सम्पूर्ण हृदयले एउटै लक्ष्यको पछि लाग्छस् भने, परमेश्वरले निश्चित रूपमा तँलाई सिद्ध बनाउनुहुनेछ। पवित्र आत्माको मार्ग यस्तै हुन्छ। पवित्र आत्माले मानिसहरूलाई जुन बाटोमा डोऱ्याउनुहुन्छ त्यो तिनीहरूको खोजको माध्यमबाट प्राप्त हुन्छ। परमेश्वरद्वारा सिद्ध हुन र प्राप्त गरिनको लागि तैँले जति धेरै तृष्णा गर्छस्, पवित्र आत्माले तँभित्र त्यत्ति नै बढी काम गर्नुहुनेछ। तँ खोजी गर्न जति असफल हुन्छस्, र तँ जति धेरै नकारात्मक र प्रतिगमनकारी हुन्छस्, तैँले पवित्र आत्मालाई काम गर्ने अवसरहरूबाट त्यति नै वञ्चित गर्छस्; समय बित्दै जाँदा, पवित्र आत्माले तँलाई त्याग्नुहुनेछ। के तँ परमेश्वरद्वारा सिद्ध हुन चाहन्छस्? के तँ परमेश्वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ परमेश्वरद्वारा प्रयोग गरिन चाहन्छस्? तिमीहरूले परमेश्वरद्वारा सिद्ध पारिन, प्राप्त गरिन र प्रयोग गरिनकै निम्ति सबै कुरा गर्दै खोजी गर्नुपर्छ, ताकि ब्रह्माण्ड र यावत् थोकले तिमीहरूमा परमेश्वरका कार्यहरू प्रकट भएको देखून्। यावत् थोकमाझ तिमीहरू मालिक हौ र अस्तित्वमा रहेका सबै कुराहरूमाझ तिमीहरूले आफूमार्फत परमेश्वरलाई गवाही र महिमाको आनन्द लिन दिनेछौ—तिमीहरू सारा पुस्ताहरूमध्ये सबैभन्दा धन्यका हौ भन्ने कुराको प्रमाण यही हो!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्वरका आत्माले...
मेरा वचनहरू पूर्ण भएपछि, पृथ्वीमा क्रमिक रूपमा राज्य स्थापना हुन्छ र मानिस क्रमिक रूपमा सामान्य अवस्थामा फर्कन्छ, यसरी मेरो हृदयको राज्य...
समझशक्ति हुनु, अधीनता हुनु, र तँ आत्मामा तीक्ष्ण हुन सक्ने गरी स्थितिहरूलाई बुझ्ने क्षमता प्राप्त गर्नु भनेको तैंले कुनै कुराको सामना...
अब पत्रुसले हिँडेको त्यही मार्गलाई तैँले स्पष्ट रूपमा देख्न सक्नुपर्छ। यदि तैँले पत्रुसको मार्गलाई स्पष्ट रूपमा देख्न सक्छस् भने, आज...