परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३९

जीवन स्वभाव परिवर्तन गर्ने खोजीको क्रममा, अभ्यासको मार्ग सरल हुन्‍छ। यदि आफ्नो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माका वर्तमान वचनहरू पालन गर्न र परमेश्‍वरको काम अनुभव गर्न सक्छस् भने, तेरो स्वभाव परिवर्तन हुन सक्छ। यदि तँ पवित्र आत्माले जे भन्‍नुहुन्छ त्यो पालन गर्छस् भने, र पवित्र आत्माले जे भन्‍नुहुन्छ त्यही खोजी गर्छस् भने, तँ उहाँको आज्ञापालन गर्ने व्यक्ति होस्, र तेरो स्वभावमा परिवर्तन आउनेछ। पवित्र आत्माका वर्तमान वचनहरूद्वारा मानिसहरूको स्वभाव परिवर्तन हुन्छ; यदि तँ सधैँ आफ्नो पुरानो अनुभव र विगतका नियमहरूमा टाँसिइरहन्छस् भने, तेरो स्वभाव परिवर्तन हुन सक्दैन। यदि पवित्र आत्माका आजका वचनहरूले सबै मानिसहरू सामान्य मानवतामा प्रवेश गर्नुपर्छ भनेर भन्छ तर तँ बाहिरी कुराहरूको मोहमा अल्झिरहन्छस् भने, र वास्तविकताको बारेमा तँ अलमल्ल पर्छस् र त्यसलाई गम्भीरतासाथ लिँदैनस् भने, तँ पवित्र आत्माको कामको गतिमा हिँड्न नसक्‍ने र पवित्र आत्माको मार्गनिर्देशनको मार्गमा प्रवेश नगरेको व्यक्ति होस्। तेरो स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्‍ने कुरा, तँ पवित्र आत्माका वर्तमान वचनहरूको गतिलाई पछ्याउन सक्छस् कि सक्दैनस् र तँसँग साँचो ज्ञान छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। यो तिमीहरूले पहिले जे बुझेका थियौ त्योभन्दा फरक छ। तैंले पहिले स्वभावमा परिवर्तन हुनु भनेको हतारमा कुरै नबुझी दोष दिइहाल्ने तिमीहरू परमेश्‍वरको अनुशासनमा परेपछि विचार नगरी बोल्न छाड्नु हो भनी बुझेको थिइस्; तर त्यो परिवर्तनको एउटा पक्ष मात्र हो। अहिले, सबैभन्दा महत्त्वपूर्ण कुरा पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउनु हो: परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो मान्‍नु र उहाँले जे भन्‍नुहुन्छ त्यो पालन गर्नु हो। मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण, अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारिता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र निराकरणद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्‍वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्छ्याएर स्वेच्छाले समर्पित हुन सक्छन्। विगतमा, स्वभाव परिवर्तनको कुराले मुख्य रूपमा आफैलाई त्याग्‍न सक्‍ने हुनु, देहलाई दुःख भोग्‍न दिनु, आफ्नो शरीरलाई अनुशासनमा राख्‍नु, र आफैलाई शारीरिक अभिलाषाहरूबाट मुक्त गर्नु भन्‍ने कुरालाई बुझाउँथ्यो, जुन स्वभावमा आउने एक प्रकारको परिवर्तन हो। आज, स्वभाव परिवर्तनको साँचो अभिव्यक्ति परमेश्‍वरका वर्तमान वचनहरू पालन गर्नु र उहाँको नयाँ कामलाई साँचो रूपमा जान्‍नु हो भन्‍ने कुरा सबैलाई थाहा छ। यस तरिकाले, मानिसहरूका आफ्‍नै धारणाहरूले रङ्गिएका परमेश्‍वरसम्‍बन्धी तिनीहरूको पहिलेको बुझाइलाई हटाउन सकिन्छ, र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान र उहाँप्रतिको आज्ञापालन हासिल गर्न सक्छन्—यही मात्र स्वभावमा हुने परिवर्तनको सच्‍चा अभिव्यक्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३९

परमेश्‍वरको स्वभावलाई मानिसबाट कहिल्यै लुकाइएको छैन—मानिसको हृदयचाहिँ परमेश्‍वरबाट तर्केर गएको छ सृष्टिको समयदेखि नै, परमेश्‍वरको स्वभाव...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७५

सबै प्रकारका मानिसहरूको अनुभवहरूले उनीहरूभित्र भएका कुराहरूको प्रतिनिधित्व गर्छन्। कुनै पनि आत्मिक अनुभव नभएको कसैले पनि सत्यताको ज्ञानको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५९

काँटछाँट गरिएका, निराकरण गरिएका, न्याय गरिएका र सजाय दिइएकाहरूले गर्ने काममा निकै थोरै भिन्‍नता हुन्छ, र उनीहरूको कामको अभिव्यक्ति धेरै...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३५

परमेश्‍वर मुख्य रूपमा पृथ्वीमा आफ्नो वचन बोल्न आउनुभएको छ; तँ जुन कुरासँग संलग्न हुन्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे देख्छस्, त्यो...