परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३८

मानिसहरूभित्र पवित्र आत्माको मार्गको पहिलो पाइला भनेको सबैभन्दा पहिले मानिसको हृदयलाई मानिस, घटना र वस्तुहरूबाट टाढा राखेर परमेश्‍वरको वचनतर्फ आकर्षित गर्नु हो, जसले गर्दा मानव हृदयले परमेश्‍वरका वचनहरू पूर्ण रूपमा शङ्कारहित र बिलकुलै सत्य छन् भनी विश्‍वास गरोस्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैंले उहाँका वचनहरूमा विश्‍वास गर्नैपर्छ; धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, यदि तँलाई पवित्र आत्माले लिनुभएको मार्गबारे थाहा हुँदैन भने, के तँ साँच्‍चै विश्‍वासी होस् त? एक सामान्य मानव जीवन, अर्थात् परमेश्‍वरसित सामान्य सम्बन्ध भएको सामान्य मानव जीवन प्राप्त गर्न, तैंले पहिले उहाँका वचनहरूमा विश्‍वास गर्नुपर्छ। यदि तैंले मानिसहरूमा पवित्र आत्माले गर्नुहुने कामको पहिलो पाइला प्राप्त गरेको छैनस् भने, तँसँग कुनै जग हुँदैन। यदि सिद्धान्तहरूमध्ये सबैभन्दा कम महत्त्वपूर्ण सिद्धान्त पनि तँदेखि टाढा छ भने, कसरी तँ अगाडिको बाटो हिँड्नेछस्? परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुने सही बाटोमा खुट्टा टेक्‍नुको अर्थ पवित्र आत्माको वर्तमान कामको सही बाटोमा प्रवेश गर्नु हो; यसको अर्थ पवित्र आत्माले लिनुभएको मार्गमा खुट्टा टेक्‍नु हो। अहिले, पवित्र आत्माले लिनुभएको बाटो भनेको परमेश्‍वरका वर्तमान वचनहरू हुन्। त्यसै गरी, यदि मानिसहरूले पवित्र आत्माको बाटोमा खुट्टा टेक्‍नु छ भने, तिनीहरूले देहधारी परमेश्‍वरका वर्तमान वचनहरू पालन गर्नुपर्छ, खानुपर्छ र पिउनुपर्छ। उहाँले गर्नुहुने काम भनेको वचनहरूको काम हो; सबै कुरा उहाँका वचनहरूबाट सुरु हुन्छ, र सबै कुरा उहाँका वचनहरू अर्थात् उहाँका वर्तमान वचनहरूको जगमा निर्मित हुन्छन्। चाहे देहधारी परमेश्‍वरको बारेमा निश्‍चित हुने कुरा होस्, वा देहधारी परमेश्‍वरलाई चिन्‍ने कुरा होस्, यी दुवैको लागि उहाँका वचनहरूमा थप ध्यान पुर्याउनु आवश्यक हुन्छ। नत्रभने, मानिसहरूले केही पनि हासिल गर्न सक्दैनन् र तिनीहरू खाली हात हुनेछन्। परमेश्‍वरको वचन खाने र पिउने जगमा आधारित रहेर अनि त्यसमार्फत उहाँलाई चिनेर र उहाँलाई सन्तुष्ट पारेर मात्र, मानिसहरूले बिस्तारै परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न सक्छन्। मानिसका लागि, परमेश्‍वरका वचनहरू खानु र पिउनु अनि ती वचनहरूलाई अभ्यास गर्नुभन्दा राम्रो सहकार्य अर्को कुनै छैन। यस्तो अभ्यासमार्फत, तिनीहरू परमेश्‍वरका मानिसहरूको गवाहीमा दृढ रहन सबैभन्दा सक्षम हुन्छन्। जब मानिसहरूले परमेश्‍वरका वर्तमान वचनहरूको सार बुझ्‍न र तिनलाई पालन गर्न सक्छन्, तब तिनीहरू पवित्र आत्माले डोऱ्याउनुभएको मार्गमा जिउँछन् र तिनीहरूले मानिसलाई सिद्ध पार्ने परमेश्‍वरको सही मार्गमा खुट्टा टेकेका हुन्छन्। यसभन्दा पहिले, मानिसहरूले परमेश्‍वरको अनुग्रह खोजेर, वा शान्ति र आनन्द खोजेर मात्रै पनि परमेश्‍वरको काम प्राप्त गर्न सक्थे, तर अहिले परिस्थिति फरक छ। देहधारी परमेश्‍वरका वचनहरूविना, उहाँका वचनहरूको वास्तविकताविना, मानिसहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन् र तिनीहरू सबैलाई परमेश्‍वरले हटाउनुहुनेछ। एक सामान्य आत्मिक जीवन हासिल गर्नको लागि, मानिसहरूले पहिले परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्छ र तिनलाई अभ्यास गर्नुपर्छ, अनि त्यसपछि त्यही जगमा परमेश्‍वरसित सामान्य सम्बन्ध स्थापित गर्नुपर्छ। तैँले कसरी सहकार्य गर्छस्? परमेश्‍वरका मानिसहरूको गवाहीमा तँ कसरी दृढ भई खडा हुन्छस्? तैँले परमेश्‍वरसित कसरी सामान्य सम्बन्ध स्थापित गर्छस्?

आफ्नो दैनिक जीवनमा परमेश्‍वरसित सामान्य सम्बन्ध छ कि छैन भनी कसरी हेर्ने:

१. के तँ परमेश्‍वरको आफ्नै गवाहीमा विश्‍वास गर्छस्?

२. के तँ आफ्नो हृदयमा परमेश्‍वरका वचनहरू सत्य र त्रुटिहीन छन् भनी विश्‍वास गर्छस्?

३. के तँ उहाँका वचनहरू अभ्यास गर्ने व्यक्ति होस्?

४. के तँ उहाँको आदेशप्रति बफादार छस्? उहाँको आदेशप्रति बफादार हुन तँ के गर्छस्?

५. के तैंले गर्ने सबै कुरा परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन र उहाँप्रति बफादार हुनका लागि हुन्?

माथि सूचीबद्ध गरिएका कुराहरूद्वारा, तैँले वर्तमान चरणमा परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध छ कि छैन सो जाँच्न सक्छस्।

यदि तँ परमेश्‍वरको आदेश स्विकार्न, उहाँको प्रतिज्ञा स्विकार्न र पवित्र आत्माको मार्गलाई पछ्याउन सक्छस् भने, तँ परमेश्‍वरको इच्छामा हिँडिरहेको छस्। के तैंले आफ्नो मनभित्र पवित्र आत्माको बाटोलाई स्पष्ट रूपमा बुझेको छस्? के अहिले तँ पवित्र आत्माको मार्गअनुरूप काम गर्छस्? के तेरो हृदय परमेश्‍वरसँग नजिक हुन्छ? के तँ पवित्र आत्माको सबैभन्दा नयाँ ज्योतिसँग कदम मिलाउने इच्छा गर्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिने इच्छा गर्छस्? के तँ पृथ्वीमा परमेश्‍वरको महिमाको प्रकटीकरण बन्‍न चाहन्छस्? के तँसँग परमेश्‍वरले तँलाई दिनुभएको मापदण्ड पूरा गर्ने संकल्प छ? यदि परमेश्‍वरका वचनहरू बोलिँदा तँभित्र सहकार्य गर्ने संकल्प र परमेश्‍वरलाई सन्तुष्ट पार्ने संकल्प हुन्छ भने—यदि यो तेरो मानसिकता हो भने—त्यसको अर्थ परमेश्‍वरको वचनले तेरो हृदयमा फल फलाएको छ भन्‍ने हुन्छ। यदि तँमा त्यस्तो संकल्पको अभाव छ भने, यदि तँसँग तैँले पछ्याउनुपर्ने कुनै लक्ष्य नै छैन भने, त्यसको अर्थ परमेश्‍वरद्वारा तेरो हृदय छोइएको छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६

परमेश्‍वरको कामको दौरान भाग्ने व्यक्तिहरूप्रति परमेश्‍वरको आचरण यस प्रकारका मानिसहरू जहाँतहीँ हुन्छन्: परमेश्‍वरको मार्गको बारेमा निश्चित...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३९

शैतान र यहोवा परमेश्‍वरबीचको संवाद (छनौट गरिएका खण्डहरू) अय्यूब १:६-११ अहिले परमेश्‍वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो,...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०५

जो मानिसहरू प्रगति गर्ने कोसिस गर्दैनन् तिनीहरू अरू पनि तिनीहरूजस्तै नकारात्मक र अल्छी होस् भन्ने चाहन्छन्। सत्यको अभ्यास नगर्नेहरूले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्