परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १९६
मानव जातिको कार्यको खातिर परमेश्वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म उहाँ मानिससँग आफ्ना दिनहरू...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरका वचनहरूमध्ये प्रत्येकले हामीलाई घाइते बनाएर डरले भरेर छोडिदिँदै, हाम्रा मरणशील बिन्दुहरू मध्ये एउटामा प्रहार गर्छन्। उहाँले हाम्रा धारणाहरू, हाम्रा कल्पनाहरू, र हाम्रा भ्रष्ट स्वभावलाई खुलासा गर्नुहुन्छ। हाम्रो लाजलाई कुनै लुक्ने ठाउँ नराखिकन हामीलाई डर र त्रासको अवस्थामा राखेर, हामीले भन्ने र गर्ने कुराहरूदेखि, हाम्रा प्रत्येक विचारहरू र धारणाहरूसम्म, हाम्रा प्रकृति र सार उहाँका वचनहरूमा प्रकट हुन्छन्। हाम्रा सबै दयनीय असिद्धतालाई खुलासा भएको महसुस गराएर र पूर्ण रूपमा राजी गराएर, उहाँले हाम्रा सबै कार्यहरू, हाम्रा लक्ष्यहरू, र नियतहरू, र हामीले कहिल्यै पत्ता नलगाएका हाम्रा भ्रष्ट स्वभावका बारेमा पनि एक-एक गरेर बताउनुहुन्छ। उहाँको विरोध गरेमा उहाँले हाम्रो न्याय गर्नुहुन्छ, उहाँको निन्दा गरेकोमा र उहाँलाई दोष लगाएकोमा हामीलाई सजाय दिनुहुन्छ, अनि उहाँका नजरमा हामीसँग मुक्ति पाउने एउटा पनि विशेषता छैन कि हामी जीवित शैतान हौँ भन्ने हामीलाई अनुभूत गराउनुहुन्छ। हाम्रा आशाहरू चकनाचूर हुन्छन्; उप्रान्त उहाँबाट कुनै पनि अनुचित मागहरू गर्ने वा उहाँको बारेमा कुनै परिकल्पना बोकेर हिँड्ने आँट गर्दैनौं, अनि हाम्रा सपनाहरू पनि रातारात हराउँछन्। हामी कसैले पनि कल्पना गर्न नसक्ने र हामी कसैले पनि स्वीकार गर्न नसक्ने तथ्य यही हो। एकै क्षणमा, हामी हाम्रो भित्री सन्तुलनलाई गुमाउँछौं र अगाडि अवस्थित बाटोमा कसरी निरन्तरता दिने भनी वा हाम्रो विश्वासमा कसरी अघि बढ्ने सो जान्दैनौं। हाम्रो विश्वास पहिलेकै क्षेत्रतिर फर्केर गएको जस्तो देखिन्छ, र हामीले कहिल्यै प्रभु येशूलाई नभेटेको वा उहाँलाई नचिनेको जस्तो देखिन्छ। हाम्रा आँखा अगाडिका सबै कुराहरूले हामीलाई अन्योलताले भर्छ र हामीलाई अनिर्णायक किसिमले ढुलमुले बनाउँछ। हामी उदास हुन्छौं, हामी निराश हुन्छौं, र हाम्रा हृदयहरूका गहिराइमा अदम्य रीस र अपमान हुन्छ। हामीले निकाल्ने प्रयास गर्छौं, निकास दिन खोज्छौं र, यसको अलाबा, हामी हाम्रा मुक्तिदाता येशूलाई निरन्तर पर्खिरहन्छौँ ताकि हामीले हाम्रा हृदयका कुराहरू उहाँमा पोखाउन सकौं। हामी बाहिरपट्टि सहज भएको देखिने समयहरू भए पनि, न त घमण्डी, न नम्र, हामीले पहिले कहिल्यै अनुभूति नगरेका हारको भावनाले हाम्रा हृदयमा हामी ग्रसित हुन्छौं। कहिलेकाहीँ हामी बाहिरपट्टि असामान्य रूपमा शान्त देखिए तापनि, हाम्रा मनहरू समुद्री आँधी जस्तै पीडाले मडारिरहेका हुन्छन्। उहाँका न्याय र सजायले हाम्रा फजुल चाहनाहरूलाई अन्त्य गर्दै र उहाँ हाम्रा मुक्तिदाता हुनुहुन्छ र हामीलाई मुक्त गर्न सक्षम हुनुहुन्छ भनी विश्वास गर्न हामीलाई अनिच्छुक छोडिदिँदै, हाम्रा सबै आशाहरू र सपनाहरूबाट हामीलाई वञ्चित गर्छन्। उहाँका न्याय र सजायले हामी र उहाँका बीचमा एक खाल्डो बनाएका छन्, यो यति गहिरो छ कि कोही पनि यसलाई नाघेर जान इच्छुक हुँदैन। उहाँका न्याय र ताडनालाई हामीले हाम्रा जीवनमा पहिलो पल्ट यति ठूलो अवरोध, यति ठूलो अपमानको रूपमा भोगेका छौँ। उहाँका न्याय र सजायले हामीलाई परमेश्वरको सम्मान र मानिसको अपमानको असहिष्णुताको सराहना गर्ने बनायो, यसको तुलनामा हामी अत्यन्त तुच्छ र अशुद्ध छौ। हामी कति घमण्डी र अहङ्कारी छौँ, र मानिस कसरी कहिल्यै परमेश्वरको बराबरी हुन सक्दैन, वा परमेश्वरसँग समान हुन सक्दैन भनी उहाँका न्याय र सजायले हामीलाई सर्वप्रथम महसुस गर्ने बनाएको छ। उहाँका न्याय र सजायले यस्तो भ्रष्ट स्वभावमा अझै नजिउन, यस प्रकृति र सारबाट जतिसक्दो चाँडो आफैलाई स्वतन्त्र पार्न, र उहाँप्रति दुष्ट र घृणित नहुनका लागि हामीलाई इच्छुक नहुने बनाएको छ। उहाँका न्याय र सजायले उहाँका योजनाहरू र प्रबन्धहरूका विरुद्धमा अब कुनै विद्रोह नगरीकन उहाँका वचनहरूलाई पालना गर्न हामीलाई खुशी पारेको छ। उहाँका न्याय र सजायले फेरि एक पल्ट हामीलाई बाँच्ने इच्छा दिएका छन् र उहाँलाई हाम्रा मुक्तिदाताका रूपमा स्वीकार गर्न हामीलाई खुशी बनाएको छ…। हामी विजयको कामबाट बाहिर, नरकबाट बाहिर, मृत्युको छायाको घाटीबाट बाहिर निस्केका छौँ…। सर्वशक्तिमान् परमेश्वरले हामीलाई, मानिसहरूका यो समूहलाई पाउनु भएको छ! उहाँले शैतानलाई जित्नुभएको छ र उहाँका शत्रुहरूका भीडलाई हराउनु भएको छ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु
मानव जातिको कार्यको खातिर परमेश्वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म उहाँ मानिससँग आफ्ना दिनहरू...
म पृथ्वीमा मेरो कामलाई त्यसको सम्पूर्णतामा प्रकट गर्दै आफ्नो अधिकार प्रयोग गर्दछु। मेरो काममा जे जति छन् ती सबै पृथ्वीमा प्रतिबिम्बित...
यदि मानिसको हृदयमा परमेश्वरप्रति दुस्मनी छ भने, उसले कसरी परमेश्वरको भय मान्न र खराबीबाट अलग रहन सक्छ? आजका मानिसहरूसँग अय्यूबको जस्तै...
तिमीहरूको विश्वास अत्यन्तै सच्चा भए तापनि, तिमीहरूमध्ये कसैले पनि मेरो बारेमा पूर्ण रूपमा बताउन सक्दैन, तिमीहरूले देखेका सबै तथ्यहरूको...