परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३३

अन्धकारको प्रभाव भनेको के हो? यो कथित “अन्धकारको प्रभाव” शैतानको छल, भ्रष्टता, बन्धन र मानिसहरूलाई नियन्त्रण गर्ने प्रभाव हो; शैतानको प्रभाव एउटा यस्तो प्रभाव हो जसमा मृत्युको वातावरण हुन्छ। शैतानको राज्य-क्षेत्रमा जिउने सबै विनाशतिर उन्मुख हुन्छन्। परमेश्‍वरप्रतिको विश्‍वास हासिल गरिसकेपछि तँ कसरी अन्धकारको प्रभावदेखि उम्कन सक्छस् त? तैँले परमेश्‍वरसँग इमान्दारितापूर्वक प्रार्थना गरिसकेपछि आफ्नो हृदयलाई पूर्ण रीतिले उहाँतर्फ फर्काउँछस्, जुन बिन्दुमा तेरो हृदय परमेश्‍वरका आत्माद्वारा उत्प्रेरित हुन्छ। तँ आफैलाई पूर्ण रीतिले उहाँमा समर्पित गर्न इच्छुक हुन्छस्, अनि यसै क्षणमा, तँ अन्धकारको प्रभावदेखि उम्केको हुनेछस्। यदि मानिसले गर्ने हरेक कुराले परमेश्‍वरलाई खुशी तुल्याउँछ र त्यो उहाँका मागहरूसित मेल खान्छ भने, ऊ परमेश्‍वरका वचनहरूमा र उहाँको हेरविचार तथा सुरक्षामा जिउने व्यक्ति हुन्छ। यदि मानिसहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्दैनन्, यदि तिनीहरूले उहाँप्रति लापरवाही व्यवहार देखाउँदै अनि उहाँको अस्तित्वमा अविश्‍वास गर्दै, सधैँ उहाँलाई मूर्ख बनाउने प्रयास गरिरहन्छन् भने—ती सबै मानिसहरू अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्। परमेश्‍वरको मुक्ति नपाएका मानिसहरू शैतानको राज्य-क्षेत्रमा जिइरहेका हुन्छन्; यसको अर्थ, तिनीहरू सबै अन्धकारको प्रभावमा जिउँछन्। परमेश्‍वरमा विश्‍वास नगर्नेहरू शैतानको राज्य-क्षेत्रमा जिइरहेका हुन्छन्। परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नेहरू पनि उहाँको ज्योतिमा नै जिइरहेका हुन्छन् भन्ने छैन, किनकि उहाँमा विश्‍वास गर्नेहरू वास्तविक रूपमा उहाँका वचनहरूमा जिइरहेका नहुन सक्छन्, न त तिनीहरू परमेश्‍वरमा समर्पित हुन सकेका नै हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा मानिस सीमित छ, अनि ऊसित परमेश्‍वरको ज्ञान नभएको कारणले, ऊ अझै पनि पुराना नियमहरूमा, मृत शब्दहरूमा यस्तो जीवन जिइरहेका हुन्छन् जुन अँध्यारो र अनिश्चित छ, जुन न त परमेश्‍वरद्वारा पूर्ण रूपले शुद्ध गरिएको छ, न त उहाँद्वारा पूर्ण रूपले हासिल गरिएको छ। त्यसैकारण, यो स्पष्ट नै छ कि परमेश्‍वरमा विश्‍वास नगर्नेहरू अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नेहरू पनि अझै त्यसको प्रभावमा हुन सक्छन्, किनकि तिनीहरूसित पवित्र आत्माको कार्यको कमी हुन्छ। परमेश्‍वरको अनुग्रह वा कृपा प्राप्त नगरेकाहरू र पवित्र आत्माको कार्य देख्न नसक्नेहरू सबै अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्; अनि प्रायजसो परमेश्‍वरको अनुग्रहको मात्रै आनन्द लिने, तैपनि उहाँलाई भने नचिन्ने मानिसहरू पनि त्यस्तै हुन्छन्। यदि कुनै मानिसले परमेश्‍वरमा विश्‍वास गर्छ, तापनि आफ्नो अधिकांश जीवन अन्धकारको प्रभावमा जिइरहेको छ भने, यस मानिसले आफ्नो अस्तित्वको अर्थ नै गुमाएको हुन्छ—अनि परमेश्‍वरको अस्तित्वमा विश्‍वास नगर्ने मानिसहरूको बारेमा उल्लेख गर्नु खाँचो छ र?

परमेश्‍वरको कार्यलाई स्वीकार गर्न नसक्नेहरू, अथवा परमेश्‍वरको कार्यलाई स्वीकार गर्ने तर उहाँका मागहरूलाई पूरा गर्न असमर्थ हुनेहरू सबै अन्धकारको प्रभावमा जिइरहेका मानिसहरू हुन्। सत्यतालाई अनुसरण गर्नेहरू र परमेश्‍वरका मागहरू पूरा गर्न सक्‍नेहरूले मात्रै उहाँबाट आशिषहरू प्राप्त गर्नेछन्, र तिनीहरू मात्रै अन्धकारको प्रभावदेखि उम्किनेछन्। जो स्वतन्त्र भएका छैनन्, जो सधैँ केही निश्चित कुराहरूद्वारा नियन्त्रित हुन्छन्, अनि जसले आफ्नो हृदय परमेश्‍वरलाई दिन सक्दैनन्, तिनीहरू मृत्युको वातावरणमा जिउँदै शैतानको बन्धनमुनि रहने मानिसहरू हुन्। आफ्‍ना कर्तव्यहरूप्रति विश्‍वासयोग्य नहुने, परमेश्‍वरको आज्ञाप्रति विश्‍वासयोग्य नहुने अनि मण्डलीमा गर्नुपर्ने आफ्ना काम-कर्तव्यहरू पूरा गर्न नसक्‍नेहरू अन्धकारको प्रभावमुनि जिउने मानिसहरू हुन्। जसले जानाजान मण्डली-जीवनलाई बिथोल्छन्, जसले जानी-बुझी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको माझमा अमेलको बीउ रोप्छन् वा जसले गुट निर्माण गर्छन्, तिनीहरू अझै गहिरो अन्धकारको प्रभावमा, शैतानको बन्धनमा जिउने मानिसहरू हुन्। परमेश्‍वरसित असामान्य सम्बन्ध कायम राख्‍नेहरू, लालची इच्‍छाहरू बोकेर हिँड्नेहरू, सधैँ लाभ हासिल गर्न चाहनेहरू, र आफ्नो स्वभाव कहिल्यै रूपान्तरण गर्न नखोज्‍नेहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। सधैँ बेहोसी रहने अनि सत्यताको अभ्यासमा कहिल्यै गम्भीर नहुने, परमेश्‍वरको इच्छा पूरा गर्ने कार्यमा लागिपर्नुको सट्टामा आफ्नै देहलाई सन्तुष्ट गर्न खोज्‍नेहरू पनि, मृत्युको आवरणले ढाकिएको अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। परमेश्‍वरको निम्ति काम गर्दा जो कुटिलता र छलमा संलग्न हुन्छन्, जसले परमेश्‍वरसित लापरवाहीपूर्ण ढङ्गले व्यवहार गर्छन्, जसले परमेश्‍वरलाई ठग्छन् अनि जसले सधैँ आफ्नै निम्ति योजना बनाउँछन्, तिनीहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। जसले परमेश्‍वरलाई साँचो रीतिले प्रेम गर्न सक्दैनन्, जसले सत्यताको अनुसरण गर्दैनन्, अनि जो आफ्नो स्वभावलाई रूपान्तरण गर्ने कार्यमा केन्द्रित हुँदैनन्, तिनीहरू सबै अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४६

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५३

परमेश्‍वरका जाँचहरूलाई स्वीकार गर, शैतानका परीक्षाहरूलाई जित, र परमेश्‍वरलाई तिमीहरूको सम्पूर्ण अस्तित्व प्राप्त गर्न देओ मानिसहरूका...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६९

यदि मानिसहरूमा अलिकति पनि आत्मविश्‍वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। परमेश्‍वरको काम मानिसहरूका धारणाहरूसँग अलिकति...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्