परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३२

पत्रुसले धेरै वर्षसम्म येशूलाई पछ्याए र उहाँमा धेरै कुरा देखे, जुन अन्य मानिसमा थिएनन्। पत्रुसले एक वर्षसम्म येशूलाई पछ्याएपछि, उहाँले तिनलाई बाह्र चेलामध्ये चुन्‍नुभयो। (अवश्य पनि येशूले यो कुरालाई उच्‍च स्वरमा बोल्‍नुभएन र अरूले यसबारे बिलकुलै थाहा पाएनन्।) पत्रुसले जीवनमा आफूलाई येशूले गर्नुभएका हरेक कुराद्वारा मापन गरे। सबैभन्दा महत्वपूर्ण कुरा, येशूले प्रचार गर्नुभएका सन्देशहरू तिनको हृदयमा गढेर बसे। तिनी सम्पूर्ण रूपले समर्पित र बफादार थिए, अनि तिनले उहाँविरुद्ध कहिल्यै कुनै गुनासो गरेनन्। परिणामस्वरूप, तिनी येशू जानुहुने हरेक ठाउँमा उहाँको विश्‍वासयोग्य साथी बने। पत्रुसले येशूका शिक्षा, उहाँका भद्र वचन, उहाँले आफ्नो भोजनमा खानुहुने कुरा, उहाँका वस्त्र, उहाँको आश्रय, र उहाँको यात्राको तौरतरिका अवलोकन गरे। तिनले सबै कुरामा येशूको अनुकरण गरे। तिनी कहिले पनि आत्म-धर्मी बनेनन्, बरु तिनले त पुराना भइसकेका सबै कुरालाई फालिदिए, अनि वचन र कर्म दुवैमा येशूको उदाहरण पछ्याए। त्यसै समयमा पत्रुसले स्वर्ग र पृथ्वी अनि सबै थोक सर्वशक्तिमान्‌को हातमा छन् र त्यही कारणले गर्दा तिनले आफूसँग कुनै व्यक्तिगत विकल्प छैन भन्‍ने अनुभूति गरे। पत्रुसले येशू जे हुनुहुन्थ्यो, ती सबै आफूमा समाहित गरे र त्यसलाई एक उदाहरणको रूपमा प्रयोग गरे। येशूको जीवनले उहाँ आफूले गरेका कामकुरामा आत्म-धर्मी हुनुहुन्नथ्यो भन्ने देखाउँछ; उहाँले आफूबारे ठूलाठूला कुरा गर्नुको साटो मानिसहरूलाई प्रेमद्वारा प्रेरणा दिनुहुन्थ्यो। विविध कामकुराले येशू जे हुनुहुन्थ्यो त्यो देखायो, र त्यही कारण पत्रुसले उहाँसम्बन्धी हरेक कुरा अनुसरण गरे। पत्रुसलाई आफ्ना अनुभवहरूले येशूको प्रेमिलोपनको झन्-झन् बढी बोध गराए, र तिनले यस्ता कुरा भने, “मैले सारा ब्रह्माण्डभरि सर्वशक्तिमान्‌लाई खोजेको छु, र स्वर्ग र पृथ्वीमा अनि सबै थोकमा अचम्मका कामहरू देखेको छु, यसरी मैले सर्वशक्तिमान्‌को प्रेमिलोपनको गहन बोध हासिल गरेको छु। तर, मेरो आफ्नै हृदयमा यति साँचो प्रेम कहिल्यै थिएन, र मैले सर्वशक्तिमान्‌को प्रेमिलोपनलाई आफ्नै आँखाले कहिल्यै देखेको थिइनँ। आज सर्वशक्तिमान्‌का नजरमा, म उहाँको निगाहको पात्र भएको छु, र मैले बल्‍ल परमेश्‍वरको प्रेमिलोपन अनुभूति गरेको छु। मैले अन्त्यमा के पत्ता लगाएको छु भने, परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको तथ्यले मात्र मानवजातिलाई उहाँप्रति प्रेम गर्ने तुल्याउँदैन; मैले त मेरो दैनिक जीवनमा उहाँको असीमित प्रेमिलोपन भेटेको छु। कसरी यो अहिले तत्काल देख्न सकिने कुरामा मात्र सीमित हुन सक्छ र?” समय बित्दै जाँदा, धेरै प्रेमिलो कुराहरू पत्रुसमा देखा पर्दै गए। तिनी येशूप्रति एकदमै आज्ञाकारी बने र अवश्य नै, तिनले केही धक्का पनि खाए। जब येशूले पत्रुसलाई विभिन्‍न स्थानमा प्रचार गर्नको लागि लैजानुहुन्थ्यो, तब तिनले आफूलाई सधैँ विनम्र तुल्याएर येशूका उपदेशहरू सुन्थे। वर्षौंसम्म येशूलाई पछ्याएको कारणले तिनी कहिल्यै पनि अहङ्कारी बनेनन्। येशूले उहाँ आउनुको कारण भनेको आफ्नो काम सम्पन्न गर्न क्रूसमा टाँगिनको लागि हो भनी भन्नुभएपछि, पत्रुसले आफ्नो हृदयमा धेरै पटक पीडा अनुभूति गर्थे र एकान्तमा एकलै रुन्थे। तैपनि, अन्तमा त्यो “दुर्भाग्यपूर्ण” दिन आयो। येशू पक्राउ पर्नुभएपछि पत्रुस माछा मार्ने आफ्नो डुङ्गामा गएर एकलै रोए र त्यसको लागि धेरै प्रार्थना गरे। तर तिनलाई आफ्नो हृदयमा त्यो घटना परमेश्‍वर पिताको इच्छा हो र त्यसलाई कसैले पनि बदल्न सक्दैन भन्ने थाहा थियो। तिनी आफ्नो प्रेमको कारण पीडामै रहिरहे र तिनले आँखाभरि आँसु बोकिरहे। त्यो, अवश्य पनि मानवीय कमजोरी हो। यसरी, जब तिनले येशूलाई क्रूसमा टाँगिँदैछ भन्ने थाहा पाए, तब तिनले येशूलाई सोधे, “तपाईंले संसार छाड्नुभएपछि, के तपाईं हामीमाझ हाम्रो रखवाली गर्न फर्कनुहुनेछ त? के हामी अझै पनि तपाईंलाई देख्न सक्‍नेछौं त?” ती वचनहरू एकदमै अज्ञानतापूर्ण र मानव धारणाहरूले भरिएको भए तापनि, येशूले पत्रुसको पीडाको तिक्तता बुझ्नुभयो, यसकारण उहाँले प्रेम देखाउँदै पत्रुसको कमजोरीलाई विचार गर्नुभयो: “पत्रुस, मैले तँलाई प्रेम गरेको छु। के त्यो तँलाई थाहा छ? तैँले जे भन्छस्, त्यसको पछाडि कुनै कारण नभएको भए तापनि, पिताले के प्रतिज्ञा गर्नुभएको छ भने, म मेरो पुनरुत्थानपछि ४० दिनसम्‍म मानिसहरूसमक्ष देखा पर्नेछु। के तँ मेरो आत्माले तिमीहरू सबैलाई बारम्बार अनुग्रह प्रदान गर्नेछ भनी विश्‍वास गर्दैनस् र?” पत्रुसले त्यस कुराबाट केही सान्त्वना महसुस गरेको भए तापनि, अझै पनि एउटा कुरा छुटेको महसुस गरे, त्यसैले पुनरुत्थान हुनुभएपछि, येशू तिनीकहाँ पहिलोपल्ट खुला रूपमा देखा पर्नुभयो। तथापि, पत्रुसलाई निरन्तर आफ्ना धारणाहरूमा अल्झिनबाट रोक्न येशूले आफ्नो लागि पत्रुसले तयार पारेको खर्चिलो खाना अस्वीकार गर्नुभयो र एकै निमेषमा बिलाउनुभयो। त्यस क्षणपछि, पत्रुसले अन्ततः प्रभु येशूबारे गहन बुझाइ प्राप्त गरे र उहाँलाई अझ बढी प्रेम गरे। उहाँको पुनरुत्थानपश्चात, येशू बारम्बार पत्रुसकहाँ देखा पर्नुभयो। ती चालीस दिन बितेपछि र उहाँले स्वर्गारोहण गर्नुभएपछि, उहाँ फेरि तीन पटक पत्रुसकहाँ देखा पर्नुभयो। हरेक देखा पराइ ठीक त्यो बेला हुन्थ्यो, जुन बेला पवित्र आत्माको एउटा काम पूरा हुन लागेको हुन्थ्यो अनि नयाँ कामको सुरुवात हुन लागेको हुन्थ्यो।

पत्रुसले जीवनभरि नै जीविकाको लागि माछा मार्ने काम गरे, तर त्योभन्दा पनि बढी तिनी प्रचार गर्नलाई जिए। तिनले आफ्ना पछिल्ला दिनहरूमा पत्रुसका पहिलो र दोस्रो पत्रहरूका साथै तत्कालीन फिलाडेल्फिया मण्डलीको लागि धेरै पत्रहरू लेखे। त्यस समयका मानिसहरू तिनीद्वारा गहन रूपमा प्रभावित भएका थिए। तिनले आफ्नै योग्यताको प्रयोग गरी मानिसहरूलाई प्रवचन सुनाउनुको सट्टा, जीवनमा सुहाउँदो भरणपोषण प्रदान गरे। तिनले येशूले संसार छाड्नुअघि येशूले दिनुभएका शिक्षालाई कहिल्यै भुलेनन्, र आफ्नो जीवनभरि नै तिनै शिक्षाद्वारा प्रेरणा प्राप्त गरिरहे। येशूलाई पछ्याउँदाको समयमा, तिनले प्रभुको प्रेमको पैँचो मृत्युले तिर्ने र सबै कामकुरामा उहाँको उदाहरण अनुसरण गर्ने सङ्कल्प लिए। येशूले त्यस कुरामा सहमति जनाउनुभयो, त्यसकारण पत्रुस ५३ वर्षको हुँदा (येशूले स्वर्ग प्रस्थान गर्नुभएको २० वर्षभन्दा पछि), तिनलाई तिनको आकाङ्क्षा पूरा गर्न मद्दत गर्नको लागि येशू तिनीकहाँ देखा पर्नुभयो। त्यसपछिका सात वर्षहरूमा, पत्रुसले आफैलाई चिन्ने प्रयास गर्दै समय बिताए। ती सात वर्षपछि एक दिन, तिनलाई उँधोमुन्टो पारी क्रूसमा टाँगियो, यसरी तिनको असाधारण जीवनको अन्त्य भयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, पत्रुसको जीवनको बारेमा

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३६

अब म तिमीहरूका लागि मेरो प्रशासनिक आदेशहरू जारी गर्दछु (जुन ती घोषणा गरिएकै दिनदेखि प्रभावकारी हुन्छन्, जसले विभिन्न व्यक्तिहरूका निम्ति...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६८

के सत्यता सम्‍बन्धी तिमीहरूको बुझाइ तिमीहरूको आफ्नै अवस्थाहरूसित जोडिएको छ? वास्तविक जीवनमा, तैँले सामना गरेका मानिसहरू, घटनाहरू र...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०७

परमेश्‍वरले मानिसलाई धेरै कुरा जिम्मा दिनुभएको छ र अनगिन्ती तरिकाले तिनीहरूका प्रवेशलाई सम्बोधन गर्नुभएको छ। तर मानिसहरूको क्षमता धेरै नै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७१

परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुभएको खोजी गर्ने सबैका निम्ति राज्यको ढोका यसअघि नै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्