परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश ८
परमेश्वरको मार्गमा हिँड: परमेश्वरको डर मान र दुष्टताबाट अलग बस एउटा भनाइ छ जसलाई तिमीहरूले टिपेर राख्नुपर्छ। मलाई विश्वास छ यो भनाइ...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मानिस देहमाझ जिउँछ, जसको अर्थ ऊ मानव नरकमा जिउँछ र परमेश्वरको न्याय र सजायविना ऊ शैतानजस्तै अशुद्ध छ। मानिसलाई कसरी पवित्र पार्न सकिन्थ्यो? परमेश्वरद्वारा गरिने सजाय र न्याय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा महान् अनुग्रह हो भन्ने विश्वास पत्रुसको थियो। परमेश्वरको सजाय र न्यायद्वारा मात्रै मानिस बिउँझन सक्छ र उसले शरीरलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्वरको कठोर अनुशासनले मात्रै मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई आफ्नै सानो संसारबाट मुक्त गर्छ र उसलाई परमेश्वरको उपस्थितिको ज्योतिमा जिउन दिन्छ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गर्थे, “हे परमेश्वर! जबसम्म तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ, तबसम्म म तपाईंले मलाई छोड्नुभएको छैन भनी थाहा पाउनेछु। तपाईंले मलाई आनन्द वा शान्ति नदिनुभए पनि, मलाई कष्टमा जिउन लगाउनुभए पनि र ममाथि अनगिन्ती सजायहरू दिनुभए पनि, जबसम्म तपाईं मलाई छोड्नुहुन्न, तबसम्म मेरो हृदय सहजतामा हुनेछ। आज तपाईंको सजाय र न्याय मेरो सबैभन्दा उत्तम सुरक्षा र मेरो सबैभन्दा महान् आशिष् बनेका छन्। तपाईंले दिनुहुने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईंले ममाथि बर्साउनुहुने अनुग्रह तपाईंको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; यसको साथै, यो एउटा परीक्षा हो, र त्योभन्दा पनि बढी, यो कष्टको जीवन हो।” पत्रुसले आफ्ना देहका सुखचैनहरूलाई पन्छाएर गहन प्रेम र महान् सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। आफ्नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्वरको अनुशासन र परमेश्वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन। मानिस शैतानको प्रभावमा जिउँछ, र देहको अस्तित्वमा छ; यदि उसलाई शुद्ध पारिँदैन र उसले परमेश्वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै भ्रष्ट बन्नेछ। यदि उसले परमेश्वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई धोइन र मुक्त गरिनैपर्छ। पत्रुसले प्रार्थना गर्थे, “परमेश्वर, तपाईंले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्न हुन्छु र सान्त्वनाको महसुस गर्छु; जब तपाईंले मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले असीमित कष्ट सामना गरे पनि, यसमा आँसु र दु:ख भए पनि, यो दु:खको कारण मेरो अवज्ञा र मेरो कमजोरी हो भनी तपाईं जान्नुहुन्छ। म बिलौना गर्छु किनभने म तपाईंका इच्छाहरूलाई पूरा गर्न सक्दिनँ, म शोक र अफसोस महसुस गर्छु किनभने तपाईंका मापदण्डहरूका लागि म अपर्याप्त छु, तर यो क्षेत्र प्राप्त गर्न म इच्छुक छु, तपाईंलाई सन्तुष्ट पार्नको लागि मैले सक्ने सबै गर्न म इच्छुक छु। तपाईंको सजायले मलाई सुरक्षा दिएको छ र मलाई सर्वोत्तम मुक्ति दिएको छ; तपाईंको न्यायले तपाईंको सहनशीलता र धैर्यतालाई ढाकेको छ। तपाईंको सजाय र न्यायविना, म तपाईंको कृपा र प्रेमिलोदयालुपनमा रमाउँदिनथेँ। आज तपाईंको प्रेमले स्वर्गहरूलाई माथ गरेको र अरू सबै थोकलाई उछिनेको म अझै बढी देख्छु। तपाईंको प्रेम त कृपा र प्रेमिलोदयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। तपाईंको सजाय र न्यायले मलाई धेरै कुरा दिएको छ। तपाईंको सजाय र न्यायविना, एक जना पनि शुद्ध पारिन्नथ्यो र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव नगर्नेथ्यो। मैले सयौं परीक्षा र संकष्टहरूको सामना गरेको र म मृत्युको नजिक पुगेको भए पनि, ती सबैले मलाई साँचो रूपमा तपाईंलाई चिन्न र सर्वोच्च मुक्ति प्राप्त गर्न दिएको छ। यदि तपाईंको सजाय, न्याय र अनुशासन मबाट टाढा भएको भए, म अन्धकारमा शैतानको राज्यक्षेत्रमा जिउनेथेँ। मानिसको देहसँग के लाभहरू छन् र? यदि तपाईंको सजाय र न्यायले मलाई छोडेको भए, यो तपाईंको आत्माले मलाई त्याग्नुभएको जस्तो हुनेथियो, तपाईं मसँग त्यसउप्रान्त नहुनुभएजस्तो हुनेथ्यो। त्यस्तो भएको भए, म कसरी जिइरहन सक्थेँ र? यदि तपाईंले मलाई रोग दिएर मेरो स्वतन्त्रतालाई लिनुभए, म जिइरहन सक्छु, तर तपाईंको सजाय र न्यायले मलाई छोडेमा, म जिइरहने कुनै उपाय हुँदैन। यदि म तपाईंको सजाय र न्यायविना हुन्थेँ भने, मैले तपाईंको प्रेमलाई गुमाउनेथिएँ, जुन प्रेम यति गहन् छ कि म त्यसलाई शब्दमा भन्नै सक्दिनँ। तपाईंको प्रेमविना, म शैतानको राज्यक्षेत्रमा जिउनेथेँ, र तपाईंको महिमावान् अनुहार देख्न असमर्थ हुनेथेँ। म कसरी निरन्तर जिउन सक्थेँ र? मैले त्यस्तो अन्धकार, त्यस्तो जीवनलाई सहन सक्दिनथेँ। तपाईं मसँग हुनु भनेको तपाईंलाई भेट्नुजस्तै हो, त्यसकारण म तपाईंलाई कसरी छोड्न सक्छु र? म तपाईंलाई अनुरोध गर्छु, म बिन्ती गर्छु कि मेरो सबैभन्दा महान् सान्त्वनालाई मबाट नलैजानुहोस्, चाहे यो एकदुई शब्दको आश्वासन नै किन नहोस्। मैले तपाईंको प्रेमको आनन्द लिएको छु र आज म तपाईंबाट टाढा हुन सक्दिनँ; म तपाईंलाई प्रेम नगरीकन कसरी बस्न सक्छु र? तपाईंको प्रेमको कारण मैले शोकका धेरै आँसु बगाएको छु, तैपनि मैले सधैँ के अनुभूति गरेको छु भने, यस्तो जीवन अझै अर्थपूर्ण छ, यसले मलाई अझै समृद्ध तुल्याउन सक्छ, मलाई अझै बढी परिवर्तन गर्न सक्छ, र सृष्टि गरिएका प्राणीहरूले धारण गर्नुपर्ने सत्यता हासिल गर्न यसले मलाई अझै बढी सक्षम तुल्याउँछ।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
परमेश्वरको मार्गमा हिँड: परमेश्वरको डर मान र दुष्टताबाट अलग बस एउटा भनाइ छ जसलाई तिमीहरूले टिपेर राख्नुपर्छ। मलाई विश्वास छ यो भनाइ...
परमेश्वरको स्वभावलाई मानिसबाट कहिल्यै लुकाइएको छैन—मानिसको हृदयचाहिँ परमेश्वरबाट तर्केर गएको छ सृष्टिको समयदेखि नै, परमेश्वरको स्वभाव...
सामान्य व्यक्तिको स्वरूपलाई पुनर्स्थापित गर्न, अर्थात्, सामान्य मानवता हासिल गर्नको लागि, मानिसहरूले केवल उनीहरूको वचनद्वारा मात्र...
परमेश्वरमाथि विश्वास गर्नु अनि परमेश्वरलाई चिन्नु चाहिँ स्वर्गले नियुक्त गरेको र पृथ्वीले स्वीकार गरेको कुरा हो, अनि आज—देहधारी...