परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२३

परमेश्‍वरबाट सजाय प्राप्त गर्दा, पत्रुसले यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! मेरो देह अनाज्ञाकारी छ, र तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ। म तपाईंको सजाय र न्यायमा आनन्द मनाउँछु, र तपाईंले मलाई नचाहनुभए पनि, तपाईंको न्यायमा म तपाईंको पवित्र र धर्मी स्वभाव देख्छु। अरूले तपाईंको न्यायमा तपाईंको धर्मी स्वभाव देख्‍न सकून् भनेर, जब तपाईंले मलाई न्याय गर्नुहुन्छ, तब मलाई सन्तुष्टिको आभास हुन्छ। यदि यसले तपाईंको स्वभाव व्यक्त गर्न सक्छ र तपाईंको धर्मी स्वभावलाई सबै प्राणीहरूले देख्‍न सक्‍ने तुल्याउँछ भने, र यदि यसले तपाईंप्रतिको मेरो प्रेमलाई अझै शुद्ध तुल्याउन सक्छ जसले गर्दा जो धर्मी हुनुहुन्छ उहाँजस्तै म बन्‍न सक्‍छु भने, तपाईंको न्याय असल छ, किनभने तपाईंको अनुग्रही इच्‍छा त्यस्तै छ। मभित्र अझै धेरै विद्रोही कुराहरू छन् र तपाईंको सामु आउन म अझै पनि योग्य छैन भन्‍ने कुरा मलाई थाहा छ। चाहे विषम परिस्थितिद्वारा होस् या महासंकष्टहरूद्वारा होस्, तपाईंले मलाई अझै बढी न्याय गर्नुहोस् भन्‍ने मेरो कामना छ; तपाईंले जे गर्नुहुन्छ, त्यो मेरो लागि बहुमूल्य छ। तपाईंको प्रेम अति नै प्रगाढ छ र म अलिकति पनि गुनासो नगरीकन आफूलाई तपाईंको कृपामा समर्पित गर्न इच्‍छुक छु।” यो परमेश्‍वरको कार्य अनुभव गरिसकेपछिको पत्रुसको बोध हो र यो परमेश्‍वरप्रतिको उनको प्रेमको गवाही पनि हो। आज तिमीहरूलाई पहिल्यै विजय गरिसकिएको छ—तर तिमीहरूमा कसरी यो विजय व्यक्त हुन्छ? कतिपय मानिसहरू भन्छन्, “ममाथिको विजय भनेको परमेश्‍वरको सर्वोच्‍च अनुग्रह र उच्‍चता हो। अहिले मात्र म मानिसको जीवन खोक्रो र महत्त्वहीन छ भन्‍ने कुरा महसुस गर्छु। मानिसले एकपछि अर्को पुस्ताको सन्तान पैदा गर्दै र हुर्काउँदै दौडधूपमा आफ्‍नो जीवन बिताउँछ तर अन्त्यमा उसँग केही पनि बाँकी रहँदैन। आज परमेश्‍वरद्वारा विजय गरिएपछि मात्रै यसरी जिउनुको कुनै मूल्य छैन भन्‍ने कुरा मैले देखेको छु; यो साँच्‍चै नै एउटा अर्थहीन जीवन हो। म पनि मर्न सक्छु र त्यसपछि त कुरै सकियो नि!” विजय गरिएका त्यस्ता मानिसहरू के परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छन्‌? के तिनीहरू आदर्श र नमुनाहरू बन्‍न सक्छन्? त्यस्ता मानिसहरू निष्क्रियताको पाठ हुन्; तिनीहरूसँग कुनै आकांक्षा छैन र तिनीहरूले आफूलाई सुधार गर्ने प्रयास गर्दैनन्। विजय गरिएकाहरूको रूपमा गन्ती भए पनि त्यस्ता निष्क्रिय मानिसहरू सिद्ध पारिन असक्षम हुन्छन्। उनलाई सिद्ध बनाइएपछि, आफ्‍नो जीवनको अन्त्यतिर पत्रुसले भने, “हे परमेश्‍वर! यदि मैले थप केही वर्ष जिउनुपर्थ्यो भने, म तपाईंको अझ शुद्ध र अझ गहन प्रेम प्राप्त गर्ने कामना गर्नेथिएँ।” उनी क्रूसमा टाँगिन लागेको बेला, उनले आफ्‍नो हृदयमा यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! तपाईंको समय अब आइपुगेको छ; तपाईंले मेरो लागि तयार पार्नुभएको समय आइपुगेको छ। म तपाईंको लागि क्रूसमा टाँगिनैपर्छ, मैले तपाईंलाई यो गवाही दिनैपर्छ र मलाई आशा छ मेरो प्रेमले तपाईंका मापदण्डहरू पूरा गर्न सक्छ र यो अझै शुद्ध हुन सक्छ। आज तपाईंको लागि मर्न सक्‍नु र तपाईंको लागि क्रूसमा टाँगिन सक्‍नु मेरो लागि सान्त्वना र आश्‍वासन दिने किसिमको छ, किनभने तपाईंको लागि क्रूसमा मर्न सक्‍नु र तपाईंका इच्‍छाहरू पूरा गर्नु र आफैलाई तपाईंमा अर्पित गर्न सक्‍नु, र तपाईंलाई आफ्‍नो जीवन चढाउनुजत्तिको आनन्दको कुरा मेरो लागि अरू केही छैन। हे परमेश्‍वर! तपाईं कति प्रेमिलो हुनुहुन्छ! यदि तपाईंले मलाई जिउन दिनुभएको भए, तपाईंलाई म अझै बढी प्रेम गर्न इच्‍छुक हुनेथिएँ। जबसम्‍म म जीवित रहन्छु, तबसम्‍म म तपाईंलाई नै प्रेम गर्नेछु। म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न चाहन्छु। तपाईंले मलाई न्याय गर्नुहुन्छ, मलाई सजाय दिनुहुन्छ र मलाई जाँच्‍नुहुन्छ किनभने म धर्मी छैनँ र मैले पाप गरेको छु। अनि तपाईंको धर्मी स्वभाव मेरो लागि अझै स्पष्ट हुन्छ। यो मेरो लागि एउटा आशिष्‌ हो, किनभने म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न सक्छु र तपाईंले मलाई प्रेम गर्नुभएन भने पनि म तपाईंलाई यसरी नै प्रेम गर्न इच्‍छुक छु। तपाईंको धर्मी स्वभावलाई हेर्न म इच्‍छुक छु, किनभने यसले मलाई अर्थपूर्ण जीवन जिउनको लागि अझै सक्षम तुल्याउँछ। मेरो जीवन अहिले अझै अर्थपूर्ण भएको मलाई आभास हुन्छ, किनभने म तपाईंको लागि क्रूसमा टाँगिएको छु र तपाईंको लागि मर्नु अर्थपूर्ण छ। तैपनि, मलाई अझै पनि सन्तुष्टिको आभास छैन, किनभने मलाई तपाईंको बारेमा अत्यन्तै थोरै मात्रै ज्ञान छ, मलाई थाहा छ म तपाईंका इच्‍छाहरूलाई पूर्ण रूपमा पूरा गर्न सक्दिनँ र मैले तपाईंको ऋण थोरै मात्रै तिरेको छु। मेरो जीवनमा, तपाईंलाई मैले मेरो सम्पूर्णता फिर्ता दिन असक्षम रहेको छु; म त्योबाट धेरै टाढा छु। यस क्षणमा फर्केर हेर्दा, म तपाईंप्रति अत्यन्तै ऋणी भएको आभास गर्छु, र मेरा सबै गल्तीहरूको निम्ति र मैले तपाईंलाई फिर्ता नदिएको सबै प्रेम चुकाउनलाई मसँग यो बाहेक अरू क्षण छैन।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७६

परमेश्‍वरले मानवजातिको लागि तयार गर्नुहुने दैनिक भोजन र पेयपदार्थ (छनौट गरिएका खण्डहरू) अन्‍न, फलफूल, सागसब्‍जी र सबै किसिमका बदामजस्ता...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५९

पूर्ण रूपमा मेरो आज्ञापालन गर्न नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति छल गर्ने र मलाई...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७८

निराकरण र शोधनको अनुभवद्वारा पत्रुसलाई सिद्ध पारिएको थियो। उनले भने, “मैले सधैँ परमेश्‍वरका इच्‍छाहरूलाई सन्तुष्ट पार्नैपर्छ। मैले गर्ने...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्