परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०२

मानिसहरू अक्सर परमेश्‍वरलाई तिनीहरूको आफ्नो जीवन हुन दिने कुरा गर्छन्‌, तर तिनीहरूको अनुभव त्यो बिन्दुसम्म अझै आइपुगेको हुँदैन। परमेश्‍वर नै तेरो जीवन हुनुहुन्छ, उहाँले हरेक दिन तँलाई अगुवाइ गर्नुहुन्छ, हरेक दिन तँ उहाँका वचनहरू खान्छस्‌ र पिउँछस्‌, र तैँले हरेक दिन उहाँसित प्रार्थना गर्छस्‌, त्यसैले उहाँ तेरो जीवन बन्नुभएको छ भनेर मात्रै तँ भनिरहेको छस्। यस्तो भन्नेहरूको ज्ञान अत्यन्तै सतही छ। धेरै मानिसहरूमा कुनै जग छैन; परमेश्‍वरका वचनहरू तिनमा रोपिएका छन्‌, तर ती उम्रिएका छैनन्‌, तिनीहरूले कुनै फल फलाउने कुरा त परै जाओस्‌। आज, तैँले कुन हदसम्म अनुभव गरेको छस्‌? यहाँसम्म आइपुग्नलाई परमेश्‍वरले तँलाई बलजफती गर्नुभएपछि, बल्ल तैँले परमेश्‍वरलाई त्याग्न सक्दैनस्‌ भनी आभास गर्छस्‌। कुनै दिन, जब तेरो अनुभव एउटा निश्चित बिन्दुमा आइपुगेको हुनेछ, तब यदि परमेश्‍वरले तँलाई त्याग्ने बनाउनुभयो भने, तैँले त्यसो गर्न समर्थ हुन्थिनस्‌। तैँले आफूभित्र परमेश्‍वर बिना हुन सक्दैनस्‌ भनी सदैव आभास गर्नेछस्; तँ पति, पत्नी, वा बालबच्चा बिना, परिवार बिना, आमा वा बुवा बिना, पापमय स्वभावका आनन्दहरू बिना हुन सक्छस्‌, तर तँ परमेश्‍वर बिना हुन सक्दैनस्‌। परमेश्‍वर बिना हुनु भनेको तेरो जीवन गुमाउनु जस्तै हुनेथियो; तँ परमेश्‍वर बिना जिउन समर्थ हुने थिइनस्। जब तैँले यस बिन्दुसम्म अनुभव गरेको हुन्छस्‌, तब तैँले परमेश्‍वरमाथि तेरो विश्‍वासको निशानालाई लगाएको हुनेछस्‌, र यसरी परमेश्‍वर तेरो जीवन बन्नुभएको हुनुहुनेछ, उहाँ तेरो अस्तित्वको जग बन्नुभएको हुनुहुनेछ। तैँले फेरि कहिल्यै परमेश्‍वरलाई त्याग्न समर्थ हुनेछैनस्‌। जब तैँले यो हदसम्म अनुभव गरेको हुन्छस्‌‌, तब तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाएको हुनेछस्‌, र जब परमेश्‍वरसँग तेरो चाहिँदो घनिष्ठ सम्बन्ध हुन्छ, तब उहाँ तेरो जीवन, तेरो प्रेम हुनुहुनेछ र त्यही समयमा तैँले परमेश्‍वरसित प्रार्थना गर्नेछस्‌ र भन्‍नेछस्‌: “हे परमेश्‍वर! म तपाईंलाई छोड्न सक्दिनँ। तपाईं नै मेरो जीवन हुनुहुन्छ। म अरू हरेक कुरा बिना अघि बढ्न सक्छु—तर तपाईं बिना जिएर म अघि बढ्न सक्दिनँ।” यो नै मानिसहरूको साँचो कद हो; यही नै वास्तविक जीवन हो। केही मानिसहरू आज आइपुगेको ठाउँसम्म आइपुग्‍न बाध्य पारिएका हुन्‌: तिनीहरूले चाहे पनि नचाहे पनि तिनीहरू अघि बढ्नुपर्छ, र तिनीहरूले सदैव यस्तो आभास गर्छन्‌ मानौं तिनीहरू दुई ढुङ्गा बीचको तरुल बनेको स्थितिमा छन्‌। तैँले यस्तो अनुभव गर्नुपर्छ कि परमेश्‍वर तेरो जीवन हुनुहुन्छ, यदि परमेश्‍वर तेरो हृदयबाट निकालिनुभयो भने, यो तेरो जीवन गुमाएको जस्तै हुन्थ्यो; परमेश्‍वर तेरो जीवन हुनुपर्छ, र तँ उहाँलाई त्याग्नको लागि असक्षम हुनुपर्छ। यसरी, तैँले परमेश्‍वरलाई वास्तवमा अनुभव गरेको हुनेछस्‌, र यस समयमा, जब तैँले परमेश्‍वरलाई प्रेम गर्छस्‌, तैँले परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेछस्‌, र यो एकल, शुद्ध प्रेम हुनेछ। कुनै दिन, जब तेरा अनुभवहरू यस्ता हुन्छन्‌ कि तेरो जीवन एउटा निश्चित बिन्दुमा आइपुगेको छ, जब तैँले परमेश्‍वरसित प्रार्थना गर्छस्‌, र परमेश्‍वरका वचनहरू खान्छस्‌ र पिउँछस्‌, तब तँ परमेश्‍वरलाई त्याग्न भित्र असमर्थ हुनेछस्‌, न त तैँले चाहेर पनि उहाँलाई बिर्सन समर्थ हुनेछस्‌। परमेश्‍वर तेरो जीवन बन्नुभएको हुनेछ; तैँले संसारलाई बिर्सन सक्छस्‌, तैँले तेरो पत्नी, पति, वा बालबच्चा बिर्सन सक्छस्‌, तर तैँले परमेश्‍वरलाई बिर्सन कठिन हुनेछ—यसो गर्नु असम्भव हुनेछ, यो नै तेरो साँचो जीवन र परमेश्‍वरको निम्ति तेरो साँचो प्रेम हो। जब परमेश्‍वरप्रतिको मानिसहरूको प्रेम एक निश्चित बिन्दुमा आइपुगेको हुन्छ, तब अरू कुनै कुराप्रतिको तिनीहरूको प्रेम परमेश्‍वरप्रतिको तिनीहरूको प्रेमको बराबरी हुँदैन; परमेश्‍वरप्रतिको तिनिहरूको प्रेम पहिला आउँछ। यसरी तैँले अन्य हरेक कुरा त्याग्न समर्थ हुन्छस्‌, र परमेश्‍वरबाटको सबै निराकरण र छिँवल्ने कार्यलाई स्विकार गर्न इच्छुक हुन्छस्‌। जब तैँले अन्य सबै कुराहरूलाई नाघ्‍ने परमेश्‍वरप्रतिको प्रेम हासिल गरेको हुन्छस्‌, तँ वास्तविकतामा र परमेश्‍वरको प्रेममा बाँच्नेछस्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८७

तिमीहरूको बफदारिता शब्दमा मात्र छ, तिमीहरूको ज्ञान बौद्धिक र वैचारिक मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०१

परमेश्‍वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्‍तियार छ (छनौट गरिएका खण्डहरू) परमेश्‍वरको अख्तियार केको प्रतीक हो? के...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९६

मानव जातिको कार्यको खातिर परमेश्‍वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म उहाँ मानिससँग आफ्‍ना दिनहरू...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४८

मानिसको व्यवस्थापन गर्नु सदैव मेरो कर्तव्य रहिआएको छ। यसको अतिरिक्त, मैले संसारको सृष्टि गर्दा नै मानिसमाथिको विजयको ठहर गरेँ। आखिरी...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्