परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८८

तेरो जीवन अघि बढ्दै जाँदा तैँले नयाँ प्रवेश र नयाँ, उच्च अन्तर्ज्ञान प्राप्त गर्नुपर्छ जुन हरेक कदमसँगै अझ गहन हुँदै जान्छ। सबै मानव जाति प्रवेश गर्नुपर्ने यही नै हो। सङ्गति गरेर, धार्मिक उपदेशहरू सुनेर, परमेश्‍वरका वचनहरू पढेर वा केही कुराहरू सम्हालेर, तैँले नयाँ अन्तर्ज्ञान र अन्तर्दृष्टि प्राप्त गर्नेछस् अनि तँ पुराना नियमहरू र पुराना समयहरूमा बाँच्नेछैनस्; तँ सधैँ नयाँ ज्योतिमा जिउनेछस् र तँ परमेश्‍वरका वचनहरूबाट टाढा भट्किनेछैनस्। सही मार्गमा लाग्नु भनेकै यही हो। सतही तहमा कुनै मूल्य चुकाउँदैमा त्यसले केही काम गर्नेछैन; दिन प्रतिदिन परमेश्‍वरको वचन उच्च क्षेत्रमा प्रवेश गर्छ, र हरेक दिन नयाँ कुरा देखा पर्छ, र मानिसले पनि हरेक दिन नयाँ प्रवेश गर्नुपर्छ। परमेश्‍वरले बोल्नुभए जस्तै उहाँले आफूले बोल्नुभएका सबै कुराहरूलाई सफलतामा पुर्‍याउनुहुन्छ, र यदि तैँले त्यसलाई पछ्याउन सक्दैनस् भने तँ पछि पर्नेछस्। तँ तेरा प्रार्थनाहरूमा अझ गहिराइमा जानुपर्छ; परमेश्‍वरको वचन खाने र पिउने कार्य रोकी-रोकी गरिनु हुँदैन। तैँले प्राप्त गर्ने अन्तर्दृष्टि र ज्योतिलाई गहन पार्दै जा अनि तेरा धारणाहरू र कल्पनाहरू चाहिँ क्रमिक रूपले घट्दै जानुपर्छ। तैँले तेरो निर्णयको क्षमतालाई पनि दरिलो पार्नुपर्छ, र तैँले जेसुकै सामना गरे तापनि, यसको बारेमा तँसँग तेरा आफ्नै सोच अनि तेरा आफ्नै दृष्टिकोणहरू हुनुपर्छ। आत्मामा भएका केही कुराहरूलाई बुझेर तैँले बाह्य कुराहरूको बारेमा अन्तर्ज्ञान प्राप्त गर्नुपर्छ र कुनै पनि विषयहरूको सार बुझ्नुपर्छ। यदि तँ यी कुराहरूले सुसज्जित छैनस् भने, तैँले कसरी मण्डलीको अगुवाइ गर्न सक्छस्? यदि तैँले कुनै वास्तविकता विना नै र अभ्यासको कुनै तरिका विना नै केवल अक्षरहरू र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्छस् भने तँ छोटो अवधिको लागि मात्र अघि बढ्न सक्नेछस्। नयाँ विश्‍वासीहरूको अगाडि बोल्दा यो कुरा सीमित रूपमा स्वीकार्य हुनसक्छ, तर केही समयपछि, नयाँ विश्‍वासीहरूले केही वास्तविक अनुभवहरू प्राप्त गरिसकेपछि, तैँले तिनीहरूका निम्ति उप्रान्त आपूर्ति गर्न सक्नेछैनस्। तब तँ कसरी परमेश्‍वरको प्रयोगको लागि योग्य हुन्छस्? नयाँ अन्तर्दृष्टि विना, तैँले काम गर्न सक्दैनस्। नयाँ अन्तर्दृष्टि नभएका व्यक्तिहरू ती व्यक्तिहरू हुन जसलाई कसरी अनुभव गर्ने भन्ने नै आउँदैन, र त्यस्ता व्यक्तिहरूले कहिल्यै पनि नयाँ ज्ञान वा नयाँ अनुभव प्राप्त गर्न सक्दैनन्। अनि, जीवनको आपूर्ति गर्ने कुरामा, तिनीहरूले कहिल्यै पनि आफ्नो कार्य गर्न सक्दैनन्, न त तिनीहरू परमेश्‍वरको प्रयोगको लागि नै योग्य हुन्छन्। यस प्रकारको व्यक्ति व्यर्थको हुन्छ, केवल रद्दीको टुक्रा मात्र हुन्छ। वास्तवमा, त्यस्ता मानिसहरू काम सम्‍बन्धी आफ्नो कार्य गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्, तिनीहरू सबै व्यर्थका हुन्छन्। तिनीहरू आफ्नो कार्य गर्न मात्र असफल हुँदैनन्, बरु वास्तवमा तिनीहरूले त मण्डलीमा अति नै अनावश्यक भार पनि पार्छन्। म यी “आदरणीय प्रौढ मानिसहरू” लाई चाँडो गरी मण्डली छाड्न आग्रह गर्दछु ताकि अन्य व्यक्तिहरूले तँलाई अब फेरि हेर्नु नपरोस्। त्यस्ता मानिसहरूसँग नयाँ कामको बारेमा कुनै बुझाइ हुँदैन र तिनीहरू अन्त्यहीन धारणाहरूले भरिपूर्ण हुन्छन्। तिनीहरूले मण्डलीमा केही पनि कार्य गर्दै-गर्दैनन्; बरु, तिनीहरूले जताततै बदमासी र नकारात्मकता फैलाउँछन्, यहाँसम्‍म कि तिनीहरू मण्डलीमा सबै प्रकारका खराब आचरण र बाधा-व्यवधानमा संलग्न समेत हुन्छन्, र त्यसरी तिनीहरूले सही र गलत छुट्याउन नसक्नेहरूलाई अन्योलता र भद्रगोलतातर्फ धकेल्छन्। यी जीवित दियाबलसहरूले, यी दुष्ट आत्माहरूले, जतिसक्दो चाँडो मण्डली छाड्नुपर्छ, होइन भने तेरो कारण मण्डलीमा दाग लाग्छ। तँ आजको कामदेखि डराउँदैनस् होला, तर के तँ भोलिको धर्मी सजायदेखि पनि डराउँदैनस् त? मण्डलीमा यस्ता धेरै मानिसहरू छन् जो केवल भातमाराहरू हुन् र यस्ता धेरै ब्‍वाँसाहरू छन् जो परमेश्‍वरको सामान्य कामलाई ध्वंस गर्न खोज्छन्। यिनीहरू सबै भूतको राजाले पठाएका भूतहरू हुन्, यिनीहरू दुष्ट ब्‍वाँसाहरू हुन् जो निर्दोष थुमाहरूलाई निल्न चाहन्छन्। यदि यी तथाकथित मानिसहरूलाई निष्कासित गरिएन भने तिनीहरू मण्डलीका परजीवी बन्नेछन्, भेटीहरू खाइदिने कीराहरू बन्नेछन्। ढिलो-चाँडो, यी तिरस्कारयोग्य, मूर्ख, नीच र घृणित कीराहरूलाई दण्ड दिने दिन आउनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४५

परमेश्‍वरको स्वभाव प्रत्येक व्यक्तिका निम्ति अत्यन्त अमूर्त विषयजस्तै देखिन्छ र वास्तवमा त्यस्तै हो, साथै यो प्रत्येक व्यक्तिले सजिलै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४८

म सबै कुरा भस्म गर्ने आगो हुँ र म अपराध सहँदिन। मानिसहरू सबै मद्वारा सृष्टि गरिएको हुनाले, म जे भन्छु र गर्छु, त्यो तिनीहरूले पालना...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८६

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) चौथो दिन, परमेश्‍वरले फेरि आफ्‍नो अख्तियार प्रयोग...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४४

तिमीहरूले धेरै वटा कुराहरू प्राप्‍त गरेको होस् भन्‍ने मैले आशा राखेको छु, तर तिमीहरूका सबै कार्यहरू, तिमीहरूका जीवनका सबै थोकहरूले पनि मैले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्