परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५१
परमेश्वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पत्रुसले जे खोजी गरे त्यो सबै परमेश्वरको हृदय अनुरूप थिए। तिनले परमेश्वरका चाहनाहरूलाई पूरा गर्न खोजे, र कष्ट-भोग र विपत्तिको बाबजुद पनि, तिनी परमेश्वरको इच्छा पूरा गर्न इच्छुक थिए। परमेश्वरका विश्वासीले गर्ने खोजी योभन्दा ठूलो हुँदैन। पावलले जे खोजी गरे त्यो तिनकै आफ्नै देहद्वारा, तिनकै आफ्नै धारणाहरूद्वारा, र तिनका आफ्नै योजनाहरूद्वारा र युक्तिहरूद्वारा कलङ्कित थियो। तिनी कुनै पनि हालतमा परमेश्वरका सुयोग्य सृष्टि थिएनन्, तिनी परमेश्वरको इच्छा पूरा गर्न खोज्ने व्यक्ति थिएनन्। पत्रुस परमेश्वरको योजनाबद्ध कार्यमा समर्पित हुन खोज्थे, अनि तिनले गरेको काम ठूलो नभएको भए तापनि, तिनको खोजी पछाडिको अभिप्राय र तिनले हिँडेको मार्ग सही थियो; तिनले धेरै मानिसहरू प्राप्त गर्न नसकेको भए तापनि, तिनले सत्यको मार्ग पछ्याउन सके। यही कारणले तिनी परमेश्वरका सुयोग्य सृष्टि थिए भनेर भन्न सकिन्छ। आज, तँ कामदार नभए तापनि, तैँले परमेश्वरको सृष्टिको कर्तव्यलाई निभाउन सक्नुपर्छ र परमेश्वरका सबै योजनाबद्ध कार्यमा समर्पित हुने प्रयास गर्नुपर्छ। परमेश्वरले जे भन्नुहुन्छ त्यसलाई तैँले पालना गर्न, र सबै प्रकारका संकष्ट र शोधनलाई अनुभव गर्न सक्नुपर्छ, अनि तँ कमजोर भए तापनि, आफ्नो हृदयमा तैँले परमेश्वरलाई प्रेम गर्न सक्नुपर्छ। तिनीहरूका आफ्नो जीवनको लागि जिम्मेवारी लिनेहरू परमेश्वरको सृष्टिको रूपमा कर्तव्यलाई निभाउन इच्छुक हुन्छन्, र खोजी सम्बन्धी त्यस्ता मानिसहरूको दृष्टिकोण सही हुन्छ। परमेश्वरलाई चाहिने मानिसहरू यिनै हुन्: यदि तैँले धेरै काम गरेको छस्, र अरूले तेरा शिक्षाहरू प्राप्त गरेका छन्, तर तँ आफै परिवर्तन भइनस्, र कुनै पनि गवाही वहन गरेको छैनस्, वा तँमा कुनै साँचो अनुभव छैन, यहाँसम्म कि तेरो जीवनको अन्त्यसम्म पनि तैँले जे गरेको छस् त्यसले कुनै गवाही वहन गर्दैन भने, के तँ परिवर्तन भएको व्यक्ति होस् र? के तँ सत्यताको खोजी गर्ने व्यक्ति होस्? त्यो बेला, पवित्र आत्माले तँलाई प्रयोग गर्नुभयो, तर जब उहाँले तँलाई प्रयोग गर्नुभयो, तब उहाँले कामको लागि प्रयोग गर्न सकिने तेरो भागलाई प्रयोग गर्नुभयो, र प्रयोग गर्न नसकिने तेरो भागलाई उहाँले प्रयोग गर्नुभएन। यदि तैँले परिवर्तनको खोजी गरिस् भने, प्रयोग हुने प्रक्रियाको अवधिमा तँ क्रमिक रूपमा सिद्ध पारिने थिइस्। तैपनि तँलाई आखिरमा प्राप्त गरिने छ कि छैन भन्ने बारेमा पवित्र आत्माले कुनै पनि जिम्मेवारीहरू स्वीकार गर्नुहुन्न, र यो तेरो खोजीको तरिकामा नै निर्भर हुन्छ। यदि तेरो व्यक्तिगत स्वभावमा कुनै परिवर्तनहरू छैन भने, खोजी सम्बन्धी तेरो दृष्टिकोण गलत भएकोले नै त्यसो भएको हो। यदि तँलाई कुनै इनाम दिइएन भने, त्यो तेरो आफ्नै समस्या हो, र तैँले सत्यतालाई अभ्यास नगरेको हुनाले र तैँले परमेश्वरको चाहनालाई पूरा गर्न नसक्ने भएकोले यस्तो हुन्छ। त्यसकारण, तेरा व्यक्तिगत अनुभवहरू जत्तिको धेरै महत्त्वपूर्ण अरू केही हुँदैन, र तेरो व्यक्तिगत प्रवेश जत्तिको गम्भीर कुरा अरू केही हुँदैन! कतिपय मानिसहरू यसो भन्ने अवस्थामा पुग्छन्, “मैले तपाईंको लागि धेरै काम गरेको छु, र मैले कुनै पनि उल्लासपूर्ण उपलब्धिहरू प्राप्त नगरेको भए तापनि, मेरा प्रयासहरूमा म लगनशील नै भएको छु। के तपाईं मलाई जीवनको फल खानको लागि स्वर्गमा प्रवेश गर्न मात्रै दिन सक्नुहुन्न र?” मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, अशुद्धहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्म काम गरेको हुन सक्ने भए तापनि, आखिरमा तँ दुःखलाग्दो किसिमले घिन लाग्दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको कानुनको लागि असहनीय हुनेछ! संसारको जग बसालेदेखि अहिलेसम्म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्नै स्वभावमा परिवर्तन खोज्ने, र परमेश्वरको गवाही वहन गर्न र परमेश्वरका सृष्टिको रूपमा रहेको आफ्नो कर्तव्य निभाउन इच्छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै हेर्छस्, र आफ्नो जीवनको स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ
परमेश्वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध...
परमेश्वरबाट सिद्ध पारिने काम परमेश्वरको वचन खाएर र पिएर प्राप्त हुने सिद्धतामा सीमित हुन सक्दैन। यस्तो अनुभव ज्यादै एकतर्फी हुनेथियो,...
मानिसको कारणले गर्दा मात्रै व्यवस्थापनको कार्य आयो, जसको अर्थ मानवजातिको अस्तित्वको कारणले मात्रै यो खडा भयो। मानवजाति हुनुभन्दा पहिले वा...
परमेश्वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुभएको बेलामा, देहधारी परमेश्वरले उहाँको पछि लाग्ने केही मानिसहरूको अगाडि मात्र आफैलाई प्रकट...