परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७७

पत्रुसले येशूलाई पछ्याउन थालेपछि स्वभाविक प्रकाशहरू देखा परेका भए तापनि, स्वभावमा तिनी सुरुदेखि नै पवित्र आत्मामा समर्पित हुन र ख्रीष्टको खोजी गर्न इच्‍छुक व्यक्ति थिए। पवित्र आत्‍माप्रतिको तिनको आज्ञापालन विशुद्ध थियो: तिनले ख्याति र सम्पत्तिको खोजी गरेनन्, तर त्यसको साटो तिनी सत्यताको पालनाद्वारा उत्प्रेरित थिए। तीन पटक पत्रुसले ख्रीष्टलाई चिनेको बारे इन्कार गरेको भए तापनि, र तिनले प्रभु येशूलाई परीक्षा गरेको भए तापनि, उनको प्रकृतिसँग त्यस्तो हल्का मानव कमजोरीको कुनै सम्‍बन्ध थिएन, यसले तिनको भविष्यको खोजीलाई प्रभाव पारेन, र यसले उसको परीक्षा ख्रीष्ट-विरोधीको कार्य थियो भनेर पर्याप्त रूपमा प्रमाणित गर्दैन। सामान्य मानव कमजोरी संसारका सबै मानिसहरूमा हुने कुरा हो—के तँ पत्रुस योभन्दा फरक थिए भन्‍ने अपेक्षा गर्छस्? पत्रुसले धेरै मूर्ख गल्तीहरू गरेका हुनाले के मानिसहरूले तिनको बारेमा निश्‍चित दृष्टिकोणहरू राख्दैनन् र? अनि पावलले गरेको सबै काम, र उनले लेखेका सबै पत्रहरूका कारण के मानिसहरूले तिनलाई श्रद्धा गर्दैनन् र? मानिस कसरी मानिसको सारलाई देख्‍न सक्‍ने हुन्छ र? अवश्य नै जोसँग साँचो रूपमा चेतना हुन्छ के तिनीहरूले त्यति सानो कुरा देख्‍न सक्छन् र? पत्रुसको धेरै वर्षको पीडादायी अनुभवको बारेमा बाइबलमा विवरण नदिइएको भए तापनि, यसले पत्रुससँग वास्तविक अनुभवहरू थिएन वा पत्रुस सिद्ध पारिएका थिएनन् भन्‍ने प्रमाणित गर्दैन। परमेश्‍वरको कार्यलाई मानिसले कसरी पूर्ण रूपमा बुझ्‍न सक्छ? बाइबलमा दिइएका विवरणहरू येशूले व्यक्तिगत रूपमा छनौट गर्नुभएको थिएन, तर ती पछिका पुस्ताहरूले सङ्कलित गरेका थिए। त्यसो हुनाले, बाइबलमा विवरण दिइएका सबै कुरा के मानिसका विचारहरू अनुसार चुनिएको थिएन र? यसको साथै, पत्रुस र पावलको अन्त्यलाई पत्रहरूमा स्पष्ट रूपमा उल्‍लेख गरिएका छैनन्, त्यसकारण मानिसले पत्रुस र पावललाई उसका आफ्‍नै दृष्टिकोणहरू, र उसका आफ्‍नै रुचिहरू अनुसार मूल्याङ्कन गर्छ। अनि पावलले धेरै काम गरेका हुनाले, उनका “योगदानहरू” अत्यन्तै धेरै भएकाले, उनले नै धेरैको भरोसा जिते। के मानिस सतही कुरामा मात्रै केन्द्रित हुँदैन र? मानिस कसरी मानिसको सारलाई देख्‍न सक्‍ने हुन्छ र? पावल हजारौं वर्षदेखि आराधनाको पात्र बनेका छन् भन्‍ने कुरालाई ध्यानमा राख्दा, उनको कार्यलाई हतारमा कसले इन्कार गर्ने आँट गर्छ? पत्रुस एक मछुवा मात्रै थिए, त्यसकारण उनको योगदान कसरी पावलको जत्तिकै महान् हुन सक्थ्यो र? तिनीहरूले गरेका योगदानहरूका हिसाबमा, पावललाई पत्रुसभन्दा पहिले नै इनाम दिइनुपर्ने थियो, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्नको लागि तिनी अझै बढी योग्य हुनुपर्ने थियो। पावललाई व्यवहार गर्ने क्रममा परमेश्‍वरले तिनका वरदानहरूद्वारा मात्रै तिनलाई काम गर्न लगाउनुभयो, जबकी परमेश्‍वरले पत्रुसलाई सिद्ध पार्नुभयो भनेर कसले कल्‍पना गर्न सक्थ्यो र। प्रभु येशूले सुरुदेखि नै पत्रुस र पावलको लागि योजना बनाउनुभएको थियो भन्‍ने कुरा कुनै पनि हालतमा हुँदै-होइन: बरु, तिनीहरूका अन्तर्निहित प्रकृति अनुसार नै तिनीहरूलाई सिद्ध तुल्याइयो वा काममा लगाइयो। त्यसकारण, मानिसहरूले देख्‍ने भनेको मानिसका बाहिरी योगदानहरू मात्रै हुन्, जबकी परमेश्‍वरले मानिसको सार साथै सुरुदेखि नै मानिसले पछ्याउने मार्ग अनि मानिसको खोजीको पछाडिको उत्प्रेरणालाई देख्‍नुहुन्छ। मानिसहरूले कुनै पनि मानिसलाई तिनीहरूका धारणा, र तिनीहरूका आफ्‍नै दृष्टिकोणहरू अनुसार नाप्छन्, तैपनि मानिसको अन्तिम समाप्ति उसका बाहिरी कुराहरू अनुसार निर्धारित गरिँदैन। त्यसकारण यदि तैँले सुरुबाटै लिने मार्ग सफलताको मार्ग हो, र खोजीप्रतिको तेरो दृष्टिकोण सुरुदेखि नै सही छ भने, तँ पत्रुस जस्तै होस्; यदि तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो भने, तैँले जेसुकै मूल्य चुकाए तापनि, तेरो समाप्ति अझै पनि पावलको जस्तै हुनेछ। तेरो गन्तव्य के हुनेछ, र तँ सफल हुनेछस् कि असफल हुनेछस् भन्‍ने दुवै कुरा तैँले हिँड्ने बाटो सही छ कि छैन भन्‍ने कुराले निर्धारित गर्छ, तेरो समर्पणता वा तैँले चुकाउने मूल्यले होइन। पत्रुस र पावलको सार, र तिनीहरूले पछ्याएका लक्ष्यहरू फरक-फरक थिए; मानिसले यी कुराहरूलाई पत्ता लगाउन सक्दैन, र परमेश्‍वरले मात्रै यी कुराहरूलाई पूर्ण रूपमा जान्‍न सक्‍नुहुन्छ। किनभने परमेश्‍वरले जे देख्‍नुहुन्छ त्यो मानिसको सार हो, जबकि मानिसलाई उसको आफ्‍नै सारको बारेमा केही पनि थाहा हुँदैन। मानिसले मानिसभित्र रहेको सारलाई, वा उसको वास्तविक कदलाई देख्‍न सक्दैन, तसर्थ उसले पावल र पत्रुसको असफलता र सफलताका कारणहरूलाई पहिचान गर्न सक्दैन। धेरैजसो मानिसहरूले पत्रुसलाई होइन तर पावललाई आराधना गर्नुको कारण यो हो कि पावललाई सार्वजनिक कार्यको लागि प्रयोग गरिएको थियो, र मानिसले यो कार्यलाई बुझ्‍न सक्छ अनि त्यसकारण मानिसहरूले पावलका “उपलब्धीहरूलाई” स्वीकार गर्छन्। तैपनि, पत्रुसका अनुभवहरू मानिसका लागि अदृश्य छन्, र उसले जे कुराको खोजी गरे त्यसलाई कुनै पनि मानिसले प्राप्त गर्न सक्दैन, र त्यसैले मानिसमा पत्रुसप्रति कुनै चासो छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५६

शैतानले मानिसको उत्सुकता, विज्ञानको अन्वेषण गर्ने र रहस्यहरू जाँच्‍ने मानिसको इच्‍छालाई सन्तुष्ट पार्न विज्ञानको नाम प्रयोग गर्छ। विज्ञानको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०४

मेरो काम सुचारु रूपमा बढ्दै जाओस् र सारा ब्रह्माण्डमा मेरो उद्घाटनको काम सही र सिद्ध रूपमा गरियोस् भनेर, आज म मेरा वचनहरू, अधिकार, प्रताप र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७७

हामीले मानवजाति बसोबास गर्ने वातावरण र परमेश्‍वरले त्यो वातावरणको लागि जे गर्नुभयो र उहाँले जे-जस्तो तयारी गर्नुभयो सोबारेमा कुरा गर्दै...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३५

परमेश्‍वर मुख्य रूपमा पृथ्वीमा आफ्नो वचन बोल्न आउनुभएको छ; तँ जुन कुरासँग संलग्न हुन्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे देख्छस्, त्यो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्