परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७६

पत्रुस सिद्ध पारिएका मानिस थिए। सजाय र न्याय अनुभव गरेर परमेश्‍वरप्रति विशुद्ध प्रेम प्राप्त गरिसकेपछि मात्रै, तिनलाई पूर्ण रूपमा सिद्ध पारियो; उनले हिँडेको मार्ग सिद्ध पारिने मार्ग थियो। भन्‍नुको अर्थ, सुरुदेखि नै, पत्रुसले हिँडेको मार्ग सही थियो, र परमेश्‍वरमाथि विश्‍वास गर्ने उनको उत्प्रेरणा सही थियो, र त्यसकारण तिनी सिद्ध पारिएका व्यक्ति बने र मानिसले पहिले कहिल्यै नहिँडेको मार्गमा तिनले पाइला चाले। तैपनि, सुरुदेखि नै पावलले हिँडेको मार्ग ख्रीष्ट-विरोधी मार्ग थियो, र पवित्र आत्माले तिनलाई प्रयोग गर्न, र आफ्‍नो कार्यको लागि उनका सबै वरदानहरू र उनका सबै योग्यताहरूलाई प्रयोग गर्न चाहनुभएको हुनाले मात्रै, तिनले ख्रीष्टका लागि धेरै दशकसम्‍म काम गरे। तिनी पवित्र आत्माद्वारा प्रयोग गरिएका एकजना व्यक्ति मात्रै थिए, र येशूले तिनको मानवतालाई निगाहको दृष्टिकोणले हेर्नुभएको कारणले होइन, तर तिनका वरदानहरूका कारण तिनलाई प्रयोग गरिएको थियो। तिनलाई प्रहार गरिएको हुनाले तिनले येशूको लागि काम गर्न सके, तिनी त्यसो गर्न खुशी थिए भनेर होइन। पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइको कारण तिनले त्यस्तो काम गर्न सके, अनि तिनले गरेको कामले उनको खोजी, वा उनको मानवतालाई कुनै पनि हालतमा प्रतिनिधित्व गरेन। पावलको कार्यले सेवकको कार्यलाई प्रतिनिधित्व गर्‍यो, भन्‍नुको अर्थ, तिनले एक प्रेरितको रूपमा काम गरे। तैपनि पत्रुस फरक थिए: तिनले पनि केही काम गरे; यो पावलको काम जत्तिकै महान् थिएन, तर तिनले आफ्‍नै प्रवेशको खोजी गर्दै काम गरे, अनि तिनको काम पावलको कामभन्दा फरक थियो। पत्रुसको काम परमेश्‍वरको एकजना सृष्टिको कर्तव्य पूरा गर्ने काम थियो। उनले प्रेरितको भूमिकामा रहेर काम गरेनन्, तर परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्दै काम गरे। पावलको कार्यको मार्गमा उनको व्यक्तिगत खोजी पनि समावेश थियो: उनको खोजी भनेको उनको भविष्यको लागि उनले गरेका आशाहरू, र असल गन्तव्यको लागि उनले गरेका इच्‍छा भन्दा बढी केही थिएन। आफ्‍नो कामको अवधिमा उनले शोधन स्वीकार गरेनन्, न त उनले काट-छाँटको कार्य र निराकरणलाई नै स्वीकार गरे। जबसम्‍म उसले गर्ने कामले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउँछ, र उसले गर्ने सबै कामले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ, तबसम्‍म उसलाई आखिरमा इनामले पर्खिरहेकै हुन्छ भन्‍ने विश्‍वास उनको थियो। उनको काममा कुनै व्यक्तिगत अनुभवहरू थिएनन्—यो सबै उनको आफ्‍नै खातिर थियो, र परिवर्तनको खोजीको दौरान गरिएको थिएन। उनको कामको सबै कुरा लेनदेन नै थियो, त्यसमा परमेश्‍वरको एकजना सृष्टिको कर्तव्य वा समर्पणता केही पनि समावेश थिएन। उनको कामको अवधिमा, पावलको पुरानो स्वभावमा कुनै परिवर्तन आएन। उनको काम अरूको सेवाको लागि मात्रै थियो, र यसले उनको स्वभावमा परिवर्तन ल्याउन सकेन। सिद्ध पारिने वा निराकरण गरिने कार्यविना नै पावलले आफ्‍नो काम प्रत्यक्ष रूपमा गरे, र तिनी इनामद्वारा उत्प्रेरित थिए। पत्रुस फरक थिए: तिनी काट-छाँट र निराकरणबाट भएर गएका व्यक्ति थिए र तिनी शोधन भएर गए। पत्रुसको कामको उद्देश्य र उत्प्रेरणा आधारभूत रूपमै पावलको भन्दा फरक थिए। पत्रुसले धेरै मात्रामा काम नगरेको भए तापनि, उनको स्वभाव धेरै परिवर्तनहरू भएर गयो, र तिनले जे खोजी गरे त्यो सत्यता, र यथार्थ परिवर्तन थियो। उनले कामकै खातिर मात्रै आफ्‍नो काम गरेका थिएनन्। पावलले धेरै काम गरेका भए तापनि, यो सबै पवित्र आत्‍माको कार्य थियो, र पावलले यो काममा सहकार्य गरेको भए तापनि, तिनले यसको अनुभव गरेनन्। पवित्र आत्माले तिनीद्वारा धेरै काम नगर्नुभएको हुनाले मात्रै पत्रुसले थोरै काम गरेका थिए। तिनीहरूलाई सिद्ध पारिएका थिए कि थिएनन् भन्‍ने कुरालाई तिनीहरूले गरेको कामको मात्राले निर्धारण गरेन; एउटाको खोजी इनामहरू प्राप्त गर्नको लागि थियो, अनि अर्कोको खोजी परमेश्‍वरको निम्ति सर्वश्रेष्ठ प्रेम हासिल गर्न, र परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट गर्नको लागि उसले सुन्दर स्वरूपमा जिउन सकून् भन्‍ने हदसम्‍म परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्नको लागि थियो। बाहिरी रूपमा तिनीहरू फरक थिए, र त्यसरी नै तिनीहरूका सार पनि फरक थिए। तिनीहरूमध्ये कसलाई सिद्ध पारिएको थियो भन्ने कुरा तिनीहरूले कति काम गरे भन्‍ने आधारमा तैँले निर्धारित गर्न सक्दैनस्। पत्रुसले परमेश्‍वरलाई प्रेम गर्ने व्यक्तिको स्वरूपअनुसार जिउने, परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति बन्‍ने, निराकरण र काट-छाँट गर्ने कार्यलाई स्वीकार गर्ने व्यक्ति बन्‍ने, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई पूरा गर्ने व्यक्ति बन्‍न खोजी गरे। तिनले आफैलाई परमेश्‍वरमा अर्पण गर्न, आफ्‍नो सम्पूर्णतालाई परमेश्‍वरको हातमा समर्पित गर्न, र मृत्युसम्‍मै उहाँको आज्ञापालन गर्न सके। तिनले त्यही गर्ने संकल्‍प गरेका थिए, र यसको साथै तिनले त्यही कुरा हासिल गरे। आखिरमा उनको अन्त्य किन पावलको भन्दा फरक भयो त्यसको आधारभूत कारण यही नै हो। पवित्र आत्‍माले पत्रुसमा गर्नुभएको काम तिनलाई सिद्ध पार्नको लागि थियो, र पवित्र आत्‍माले पावलमा गर्नुभएको काम उनलाई प्रयोग गर्नको लागि थियो। किनभने तिनीहरूका प्रकृति र खोजी सम्‍बन्धी तिनीहरूका दृष्टिकोणहरू उस्तै थिएनन्। दुवैसँग पवित्र आत्‍माको कार्य थियो। पत्रुसले यो कार्यलाई आफैमा लागू गरे, र अरूलाई पनि यो प्रदान गरे; यस बीच, पावलले पवित्र आत्माको कार्यको सम्पूर्णता मात्रै अरूलाई प्रदान गरे, र यसबाट आफूले केही पनि प्राप्त गरेनन्। यसरी, त्यति धेरै वर्षसम्‍म पवित्र आत्माको कार्यलाई अनुभव गरिसकेपछि, पावलमा आएको परिवर्तनहरू लगभग अस्तित्वमा नै थिएनन्। तिनी अझै पनि लगभग तिनको स्वभाविक अवस्थामा नै रहिरहेका थिए, र तिनी अझै पनि पहिलेकै पावल थिए। धेरै वर्षको कार्यको कठिनाइ भोगिसकेपछि मात्रै, तिनले कसरी “काम” गर्ने भन्‍ने सिकेका थिए र दृढ रहन सिकेका थिए, तर तिनको पुरानो प्रकृति—तिनको अत्यन्तै धेरै प्रतिस्पर्धी र भाडावाला प्रकृति—अझै पनि रहिरहेकै थियो। धेरै वर्षसम्‍म काम गरिसकेपछि पनि उनले आफ्‍नो भ्रष्ट स्वभाव चिनेनन्, न त उनले आफैलाई आफ्‍नो पुरानो स्वभावबाट अलग नै गरेका थिए, र यो अझै पनि उसको काममा स्पष्टै देख्‍न सकिन्थ्यो। तिनमा कामको अझै बढी अनुभव मात्रै थियो, तर त्यति थोरै अनुभवले मात्रै उनलाई परिवर्तन गर्न सक्दैन थियो र अस्तित्व वा उसको खोजीको महत्त्वको बारेमा उनका दृष्टिकोणहरूलाई परिवर्तन गर्न सक्दैन थियो। तिनले ख्रीष्‍टको निम्ति धेरै वर्ष काम गरेको र फेरि प्रभु येशूलाई कहिल्यै सतावट नगरेको भए तापनि, तिनको हृदयमा परमेश्‍वरसम्‍बन्धी तिनको ज्ञानमा कुनै परिवर्तन आएको थिएन। यसको अर्थ तिनले आफैलाई परमेश्‍वरमा समर्पित गर्नको लागि काम गरेनन्, तर बरु तिनी आफ्‍नो भविष्यको गन्तव्यको लागि काम गर्न बाध्य थिए भन्ने हुन्छ। किनभने, सुरुमा उनले ख्रीष्‍टलाई सताए, र तिनी ख्रीष्‍टमा समर्पित भएनन्; तिनी अन्तर्निहित रूपमै ख्रीष्‍टलाई जानी-जानी विरोध गर्ने विद्रोही, र पवित्र आत्‍माको कामको बारेमा कुनै ज्ञान नभएको व्यक्ति थिए। उनको काम लगभग समाप्त हुन लागेको बेला पनि, तिनले पवित्र आत्‍माको कार्यलाई जानेनन्, र पवित्र आत्‍माको इच्‍छालाई अलिकति समेत ध्यान नदिइकन, तिनले आफ्‍नै चरित्रअनुसार काम मात्रै गरे। त्यसकारण उनको प्रकृति ख्रीष्टप्रति शत्रुवत् थियो र सत्यतालाई पालना गरेन। पवित्र आत्‍माको कार्यले त्यागेको, पवित्र आत्‍माको कार्यलाई नचिन्‍ने, र ख्रीष्‍टलाई पनि विरोध गर्ने यस्तो कुनै व्यक्ति—त्यस्तो व्यक्ति कसरी मुक्त हुन सक्छ र? मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले कति धेरै काम गर्छ, वा ऊ कति धेरै समर्पित हुन्छ त्यस कुरामा निर्भर हुँदैन, तर यसलाई उसले पवित्र आत्माको कामलाई चिनेको छ कि छैन, उसले सत्यतालाई अभ्यास गर्न सक्छ कि सक्दैन, र खोजी सम्‍बन्धी उसका दृष्टिकोणहरू सत्यतासँग मिल्छ कि मिल्दैन त्यस कुराले निर्धारित गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७१

बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८८

त्यसबेला, येशूको कामका केही भाग पुरानो करार, साथै मोशाको व्यवस्था र व्यवस्थाको युगको अवधिमा दिइएको यहोवाको वचनअनुसार थियो। येशूले उहाँको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४६

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्