परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७०

परमेश्‍वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने तरिका हुन्छ। परमेश्‍वरले मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनबाट भएर जाँदा तिनीहरूमा हिम्मत आओस्। मानिसहरूले परमेश्‍वरबाट सिद्ध हुन सक्ने आत्मविश्‍वास प्राप्त गर्न सकून् र उहाँका शोधनहरू स्वीकार गर्न र परमेश्‍वरले गर्नुहुने निराकरण र काटछाँट सामना गर्न सकून् भनेर परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ। मानिसहरूभित्र ज्ञान र ज्योति ल्याउन र उहाँसँग मिलेर काम र अभ्यास गर्न लगाउनको लागि परमेश्‍वरका आत्माले मानिसहरूभित्र काम गर्नुहुन्छ। शोधनको अवधिमा परमेश्‍वर बोल्नुहुन्न। उहाँले आफ्नो आवाज निकाल्नुहुन्न, तर अझै पनि मानिसहरूले गर्नुपर्ने काम हुन्छ। तँसँग जे छ त्यसलाई तैँले पक्रिराख्‍नुपर्छ, तैँले अझै पनि परमेश्‍वरसँग प्रार्थना गर्न सक्‍नुपर्छ, परमेश्‍वरको नजिक हुनुपर्छ र परमेश्‍वरसामु साक्षी दिन सक्नुपर्छ; यसो गरेर तैँले आफ्नो कर्तव्य पूरा गर्नेछस्। तिमीहरू सबैले परमेश्‍वरको कार्यबाट उहाँले मानिसहरूको आत्मविश्‍वास र प्रेम जाँच्नुहुँदा उनीहरूले उहाँलाई अझ बढी प्रार्थना गर्नुपर्छ र अझ बढी उहाँसामु उहाँका वचनहरूको स्वाद पाउनुपर्छ भन्‍ने कुरालाई स्पष्टसित देख्‍नुपर्छ। यदि परमेश्‍वरले तँलाई ज्ञान दिनुहुन्छ र तँलाई उहाँको इच्छा बुझ्न दिनुहुन्छ, तैपनि तैँले यीमध्ये कुनैलाई पनि अभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तैँले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्दा, अझै पनि उहाँसँग प्रार्थना गर्न सक्‍नुपर्छ र उहाँका वचनहरूको स्वाद लिँदा, उहाँको सामु आउनुपर्छ र निराश वा चिसोपनाको कुनै सङ्केतविना उहाँप्रति निश्‍चयताले भरिनुपर्छ। परमेश्‍वरका वचनहरूलाई अभ्यास नगर्नेहरू भेलाहरूको बेला सामर्थ्यले भरिएका हुन्छन्, तर तिनीहरू घर फर्कंदा अन्धकारमा डुब्छन्। केही मानिसहरू एकसाथ भेला हुन समेत चाहँदैनन्। यसैले, मानिसहरूले कुन कर्तव्य पूरा गर्नुपर्छ त्यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्छ। परमेश्‍वरको इच्छा वास्तवमा के हो भन्‍ने तँलाई थाहा नहुन सक्छ, तर तैँले आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, प्रार्थना गर्नुपर्दा तैँले त्यसो गर्न सक्छस्, सत्यलाई अभ्यास गर्नुपर्दा तैँले त्यसो गर्न सक्छस् र मानिसहरूले जे गर्नुपर्छ तैँले त्यो गर्न सक्छस्। तैँले आफ्नो सुरुको दर्शनलाई पक्रिराख्‍न सक्छस्। यसरी, तैँले परमेश्‍वरको कामको अर्को चरणलाई अझ बढी स्वीकार गर्न सक्नेछस्। परमेश्‍वरले गुप्त तरिकाले काम गर्नुहुँदा, तैँले खोजी गरिनस् भने त्यो समस्या हुन्छ। उहाँले भेलाहरूमा बोल्नुहुँदा र प्रचार गर्नुहुँदा, तैँले उत्साहको साथ सुन्छस्, तर उहाँ तँसँग नबोल्नुहुँदा तँमा ऊर्जाको अभाव हुन्छ र तँ पछि हट्छस्। कस्तो प्रकारको व्यक्तिले यसरी कार्य गर्दछ? यो त्यस्तो व्यक्ति हो जो बथान जता जान्छ, त्यतैतिर लाग्छ। उनीहरूको कुनै अडान हुँदैन, कुनै गवाही हुँदैन र कुनै दर्शन हुँदैन! धेरैजसो मानिसहरू यस्तै प्रकारका हुन्छन्। यदि तँ त्यस मार्गमा लागिरहिस् भने, एक दिन जब तैँले ठूलो परीक्षाको सामना गर्नुपर्छ, तब तँ दण्डमा पर्नेछस्। मानिसहरूलाई सिद्ध पार्ने परमेश्‍वरको प्रक्रियाको लागि अडान हुनु धेरै महत्त्वपूर्ण कुरा हो। यदि तैँले परमेश्‍वरको कामको एउटै चरणलाई पनि शङ्का गर्दैनस् भने, यदि तैँले मानिसको कर्तव्य पूरा गर्छस् भने, यदि तैँले परमेश्‍वरले तँलाई अभ्यास गर्न लगाउनुभएको कुरालाई इमानदारीपूर्वक थामेर राख्छस् भने, अर्थात्, तैँले परमेश्‍वरका अर्तीहरूलाई स्मरण गर्छस् भने र उहाँले वर्तमान समयमा जे गर्नुभए पनि तैँले उहाँको सल्लाहलाई बिर्सँदैनस् भने, यदि तँमा उहाँको कामबारे कुनै शङ्का छैन, दह्रिलो भई खडा भइस्, तेरो गवाहीलाई पक्री राखिस् भने र मार्गको प्रत्येक कदममा तँ विजयी भइस् भने, अन्त्यमा तँलाई परमेश्‍वरले सिद्ध पार्नुहुनेछ र विजेता बनाउनुहुनेछ। यदि तँ परमेश्‍वरका जाँचहरूको प्रत्येक चरणमा दह्रिलो भई खडा हुन सकिस् भने र तँ अझै पनि अन्त्यसम्‍मै दृढ रहन सक्छस् भने, तँ एक विजेता होस्, तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको व्यक्ति होस्। यदि तँ तेरा वर्तमान जाँचहरूमा दृढ रहन सक्दैनस् भने, भविष्यमा यो अझ बढी कठिन हुनेछ। यदि तँ नगण्य दुःखबाट भएर गइस् र तँ सत्यको पछि लाग्दैनस् भने, तैँले आखिरमा केही पनि प्राप्त गर्नेछैनस्। तँ खाली हात हुनेछस्। परमेश्‍वर बोल्‍नुभएको छैन भन्‍ने देखेर आफ्‍नो खोजीलाई त्याग्‍ने मानिसहरू पनि छन् र तिनीहरूका हृदय छताछुल्ल हुन्छ। के त्यस्तो व्यक्ति मूर्ख होइन र? यस प्रकारका मानिसहरूमा कुनै वास्तविकता हुँदैन। परमेश्‍वर बोलिरहनुभएको बेला, तिनीहरू सधैँ यताउता दगुरिरहेका हुन्छन्, बाहिरबाट हेर्दा व्यस्त र उत्साहित देखिन्छन्, तर उहाँ नबोल्नुहुँदा, तिनीहरू खोजी गर्न छोड्छन्। यस प्रकारको व्यक्तिको कुनै भविष्य हुँदैन। शुद्धीकरणको क्रममा, तँ सकारात्मक दृष्टिकोणबाट प्रवेश गर्नुपर्छ र तैँले सिक्नुपर्ने पाठहरू सिक्नुपर्छ; जब तैँले परमेश्‍वरसँग प्रार्थना गर्छस् र उहाँको वचन पढ्छस्, तैँले आफ्‍नो अवस्थालाई यसैको आधारमा मापन गर्नुपर्दछ, आफ्ना कमी-कमजोरीहरू पत्ता लगाउनुपर्छ र तैँले सिक्नुपर्ने पाठहरू अझै धेरै छन् भन्‍ने थाहा पाउनुपर्छ। शुद्धीकरणको क्रममा, तैँले जति धेरै इमानदारीसाथ खोजी गर्छस्, आफूलाई त्यति नै बढी अपर्याप्त रहेको पाउनेछस्। तैँले शुद्धीकरणको अनुभव गरिरहेको बेला धेरै वटा समस्याहरूको सामना गर्छस्; त्यसलाई स्पष्ट रूपमा देख्न सक्दैनस्, गुनासो गर्छस्, आफ्नै देहलाई प्रकट गर्छस्—केवल यसरी मात्रै तँभित्र धेरै भ्रष्ट स्वभावहरू छन् भनी तैँले थाहा पाउन सक्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३९

अनुग्रहको युग येशूको नाउँबाट सुरु भयो। जब येशूले आफ्नो सेवकाइ गर्न थाल्नुभयो, पवित्र आत्माले येशूको नाउँको गवाही दिन थाल्नुभयो, र उप्रान्त...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २३

आदमलाई परमेश्‍वरको आज्ञा उत्पत्ति २:१५-१७ अनि यहोवा परमेश्‍वरले मानिसलाई लिनुभयो र अदनको बगैँचामा त्यसको हेरचाह गर्न र काटछाँट गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५४

दर्शनहरूमा अभ्यास गर्नुपर्ने धेरै मार्गहरू समावेश छन्। मानिसले जान्‍नुपर्ने परमेश्‍वरको काम भएजस्तै, मानिसबाट गरिने व्यवहारिक मागहरू पनि...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०६

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्