परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६८

परमेश्‍वरको यस चरणको काममा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? वर्तमान समयमा परमेश्‍वरले मानिसहरूलाई जाँच्दैहुनुहुन्छ। उहाँले कुनै वचन बोल्नुहुन्न, तर आफैलाई लुकाउँदैहुनुहुन्छ र मानिसहरूसँग कुनै सीधा सम्पर्क गरिरहनुभएको छैन। बाहिरबाट हेर्दा, उहाँले कुनै काम गरिरहनुभएको जस्तो देखिँदैन, तर साँचो कुरा के हो भने, उहाँले अझै पनि मानिसभित्र काम गरिरहनुभएको छ। जीवनमा प्रवेशको खोजी गर्ने कुनै पनि व्यक्तिमा जीवनको खोजी गर्ने दर्शन हुन्छ र तिनीहरूले परमेश्‍वरको काम पूर्ण रूपमा नबुझे पनि कुनै शङ्का गर्दैनन्। तँलाई परमेश्‍वरले के गर्न चाहनुहुन्छ र उहाँले कुन काम सम्पन्न गर्न चाहनुहुन्छ भनी थाहा नभएको बेला परीक्षाहरू पार गर्दा, तँलाई यो थाहा हुनुपर्छ कि मानवजातिप्रतिको परमेश्‍वरका अभिप्रायहरू सधैँ असल हुन्छन्। यदि तैँले उहाँलाई साँचो हृदयले पछ्याइस् भने, उहाँले तँलाई कहिल्यै पनि छोड्नुहुनेछैन र अन्त्यमा निश्चय तँलाई सिद्ध बनाउनुहुनेछ र मानिसहरूलाई उचित गन्तव्यमा पुर्‍याउनुहुनेछ। वर्तमानमा परमेश्‍वरले मानिसहरूलाई जसरी जाँचिरहनुभएको भए पनि, उहाँले मानिसहरूलाई उचित परिणाम दिने र तिनीहरूले गरेको कामको आधारमा उचित दण्ड दिने दिन आउनेछ। परमेश्‍वरले मानिसहरूलाई कुनै खास मोडमा डोऱ्याएर तिनीहरूलाई एकातिर फालिदिने र बेवास्ता गर्ने गर्नुहुनेछैन। किनकि परमेश्‍वर भरोसायोग्य हुनुहुन्छ। यस चरणमा, पवित्र आत्माले शोधन गर्ने काम गर्दैहुनुहुन्छ। उहाँले प्रत्येक व्यक्तिलाई शोधन गर्दैहुनुहुन्छ। मृत्युको परीक्षा र सजायको परीक्षाद्वारा बनेका कामका यी चरणहरूमा, शोधनको काम वचनहरूद्वारा अगाडि बढाइएको थियो। मानिसहरूले परमेश्‍वरको कामको अनुभव गर्नका लागि तिनीहरूले पहिले उहाँको वर्तमान कामलाई र मानव जातिले त्यसमा कसरी सहकार्य गर्नुपर्दछ भन्ने कुरालाई बुझ्नुपर्छ। वास्तवमा, यो सबैले बुझ्नुपर्ने कुरा हो। परमेश्‍वरले जे गर्नुभए पनि, चाहे त्यो शोधन होस् वा उहाँ नबोलिरहनुभएको नै होस्, उहाँको कामको एउटै चरण पनि मानवजातिको धारणासँग मिल्दैन। उहाँको कामको प्रत्येक चरणले मानिसहरूका धारणाहरूलाई छताछुल्ल बनाउँछ र तोड्छ। यो उहाँको काम हो। तर परमेश्‍वरको काम एक निश्चित चरणमा पुगेको छ, यसैले चाहे जेसुकै भए पनि उहाँले सबै मानिसलाई मार्नुहुनेछैन भन्‍ने तैँले विश्‍वास गर्नुपर्छ। उहाँले मानवजातिलाई प्रतिज्ञा र आशिषहरू दुवै दिनुहुन्छ र उहाँलाई पछ्याउनेहरू सबैले उहाँका आशिषहरू प्राप्त गर्न सक्‍नेछन्, तर जसले पछ्याउँदैनन् तिनीहरूलाई परमेश्‍वरले एकातिर पन्छ्याउनुहुनेछ। यो तेरो खोजीमा निर्भर हुन्छ। अरू जेसुकै भए पनि, तैँले के विश्‍वास गर्नुपर्छ भने, जब परमेश्‍वरको काम समाप्त हुन्छ, प्रत्येक व्यक्तिले उपयुक्त गन्तव्य पाउनेछ। परमेश्‍वरले मानवजातिलाई सुन्दर आकांक्षाहरू प्रदान गर्नुभएको छ, तर खोजी नगरी ती प्राप्त गर्न सकिँदैन। तैँले अहिले यो देख्न सक्नुपर्छ—परमेश्‍वरले गर्नुहुने मानिसहरूको शुद्धीकरण र उहाँको सजाय उहाँको काम हो, तर मानिसहरूले आफ्नो काम गर्दै हरसमय स्वभावमा परिवर्तन गर्नतिर लागिरहनुपर्छ। तेरो व्यावहारिक अनुभवमा, तैंले सबैभन्दा पहिले परमेश्‍वरको वचन कसरी खानु र पिउनुपर्छ त्यो जान्नुपर्छ; तँ के कुरामा प्रवेश गर्नुपर्छ र तेरा कमजोरीहरू के हुन् सो उहाँका वचनहरूमा भेट्टाउनुपर्छ, तेरो व्यावहारिक अनुभवमा प्रवेशको खोजी गर्नुपर्छ र अभ्यास गर्नुपर्ने परमेश्‍वरको वचनको खण्ड लिएर त्यसलाई अभ्यास गर्ने कोसिस गर्नुपर्छ। परमेश्‍वरको वचन खानु र पिउनु एउटा पक्ष हो। यसको अतिरिक्त, मण्डलीको जीवन कायमै राख्नुपर्छ, तँसँग सामान्य आत्मिक जीवन हुनुपर्दछ र तैँले आफ्नो हालको सम्पूर्ण अवस्था परमेश्‍वरमा सुम्पन सक्नुपर्छ। उहाँको काम जसरी परिवर्तन भए पनि, तेरो आत्मिक जीवन सामान्य रहनुपर्छ। आत्मिक जीवनले तेरो सामान्य प्रवेशलाई कायम राख्न सक्दछ। परमेश्‍वरले जे गर्नुभए पनि, तैंले आफ्नो आत्मिक जीवनलाई विनाबाधा अगि बढाउनुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मानिसहरूले गर्नुपर्ने कार्य यही नै हो। यो सबै पवित्र आत्माको काम हो, तर सामान्य अवस्था भएकाहरूका लागि यो सिद्धता हो, असामान्य अवस्था भएकाहरूका लागि यो परीक्षा हो। पवित्र आत्माको शोधन कार्यको वर्तमान चरणमा, कतिपय मानिसहरूले के भन्छन् भने, परमेश्‍वरको काम धेरै महान् छ र मानिसहरूलाई पूर्ण रूपमा शोधनको आवश्यकता छ, अन्यथा तिनीहरूको कद धेरै सानो हुनेछ र तिनीहरूसित परमेश्‍वरको इच्छा प्राप्त गर्ने कुनै उपाय हुनेछैन। तापनि, जसको अवस्था राम्रो छैन, तिनीहरूका लागि यो परमेश्‍वरको पछि नलाग्ने र भेलाहरूमा नजाने वा परमेश्‍वरका वचनहरू नखाने र नपिउने एउटा कारण बन्छ। परमेश्‍वरको काममा, उहाँले जे गर्नुभए पनि वा जुनसुकै परिवर्तन लागू गर्नुभए पनि, मानिसहरूले सामान्य आत्मिक जीवनको आधार-रेखा कायम राख्नुपर्छ। सायद तँ तेरो आत्मिक जीवनको वर्तमान चरणमा शिथिल भएको छैनस् होला, तापनि तैँले अझै धेरै कुरा प्राप्त गरेको छैनस् र धेरै बाली काटेको छैनस्। यस्ता परिस्थितिहरूमा, तैंले अझै पनि नियमहरू पालन गर्नुपर्छ; तैंले यी नियमहरू पालन गर्नैपर्छ, ताकि तैंले आफ्नो जीवनमा हानि भोग्नु नपरोस् र ताकि तैँले परमेश्‍वरको इच्छा पूरा गर्न सक्। यदि तेरो आत्मिक जीवन असामान्य छ भने, तैँले परमेश्‍वरको वर्तमान कामलाई बुझ्न सक्दैनस् र त्यसको साटो तँलाई सधैँ यो तेरा धारणाहरूसँग अमिल्दो छ भन्‍ने लाग्छ र तैंले उहाँलाई पछ्याउने इच्छा गरे पनि, तँसँग आन्तरिक उत्साहको अभाव हुन्छ। यसैले परमेश्‍वरले वर्तमानमा जे गरिरहनुभएको भए पनि मानिसहरूले सहकार्य गर्नुपर्छ। यदि मानिसहरूले सहकार्य गर्दैनन् भने, पवित्र आत्माले आफ्‍नो काम गर्न सक्नुहुन्न र यदि मानिसहरूमा सहकार्य गर्ने हृदय छैन भने, तिनीहरूले पवित्र आत्माको काम मुश्‍किलले प्राप्त गर्न सक्दछन्। यदि तँ आफूभित्र पवित्र आत्माको काम पाउन चाहन्छस् भने र यदि तँ परमेश्‍वरको स्वीकृति प्राप्त गर्न चाहन्छस् भने, तैंले परमेश्‍वरसामु आफ्नो सुरुको भक्ति कायम राख्नुपर्छ। अब, तँमा गहन बुझाइ, उच्च सिद्धान्त वा अरू त्यस्तै थोकहरू हुनु आवश्यक छैन—यति मात्र आवश्यक छ कि तैंले मूल आधारमा परमेश्‍वरको वचनलाई थाम्नुपर्छ। यदि मानिसहरूले परमेश्‍वरसँग सहकार्य गर्दैनन् र गहन प्रवेशको खोजी गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूबाट ती सबै थोकहरू खोस्नुहुनेछ जुन सुरुमा तिनीहरूको थियो। भित्रपट्टि, मानिसहरू सधैँ सहजताको लोभ गर्छन् र पहिलेबाटै जे उपलब्ध छ त्यसमा रमाउँछन्। तिनीहरू कुनै पनि मूल्य नचुकाई परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न चाहन्छन्। यी मानवजातिले मनमा राख्‍ने अनावश्यक विचारहरू हुन्। कुनै मूल्य नचुकाई जीवन प्राप्त गर्नु—तर के कुनै कुरा कहिल्यै यस्तो सजिलो भएको छ? जब कसैले परमेश्‍वरमा विश्‍वास गर्दछ र जीवनमा प्रवेश गर्न खोज्छ र आफ्नो स्वभाव बदल्‍न खोज्छ, त्यसका निम्ति उसले मूल्य चुकाउनुपर्छ र परमेश्‍वरले जे गर्नुभए पनि सधैँ उहाँको पछि लाग्ने अवस्था प्राप्त गर्नुपर्छ। यो, मानिसहरूले गर्नैपर्ने कुरा हो। यदि तैंले यी सबै कुरालाई नियमको रूपमा पालन गरिस् भने पनि, तैंले सधैँ यसलाई अनुसरण गर्नुपर्दछ र जति ठूलो परीक्षाहरू आए पनि, परमेश्‍वरसितको आफ्नो सामान्य सम्बन्धलाई त्याग्‍नुहुँदैन। तैँले प्रार्थना गर्न र तेरो मण्डलीको जीवनलाई कायम राख्‍न सक्‍नुपर्छ अनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई कहिल्यै त्याग्नुहुँदैन। परमेश्‍वरले तँलाई जाँच्नुहुँदा पनि तैंले अझै सत्यतालाई खोज्नुपर्छ। यो आत्मिक जीवनको न्यूनतम मापदण्ड हो। सधैँ खोज्ने इच्छा राख्‍नु र सहकार्य गर्ने प्रयास गर्नु, तेरा सबै ऊर्जा प्रयोग गर्नु—के यो गर्न सकिन्छ? यदि मानिसहरूले यसलाई आधारको रूपमा लिए भने, तिनीहरूले भेद-ज्ञान हासिल गर्न र वास्तविकतामा प्रवेश प्राप्त गर्न सक्छन्। तेरो आफ्नै अवस्था सामान्य हुँदा, परमेश्‍वरको वचन स्वीकार गर्नु सजिलो हुन्छ; यस्ता अवस्थामा सत्यता अभ्यास गर्न कठिन हुँदैन र तँलाई परमेश्‍वरको काम महान् छ भन्ने लाग्छ। तर यदि तेरो अवस्था नराम्रो छ भने, परमेश्‍वरको काम जति नै महान् भए पनि र कुनै व्यक्तिले जति सुन्दर ढङ्गले बोले पनि, तैँले त्यसमा कुनै ध्यान दिनेछैनस्। कुनै व्यक्तिको अवस्था असामान्य हुँदा परमेश्‍वरले उसमा काम गर्न सक्नुहुन्न अनि उसले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९०

विश्‍वास नभएका मानिसहरूले प्रायजसो मानवले देख्‍न सक्‍ने सबै कुरा अस्तित्वमा छन्, तर देख्‍न नसकिने सबै कुरा, वा मानिसहरूबाट अत्यन्तै टाढा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६९

प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९९

पवित्र आत्माको आजका वचनहरू पवित्र आत्माका कार्यका गतिशीलताहरू हुन्, र यो अवधिमा पवित्र आत्माले मानिसलाई निरन्तर अन्तर्दृष्टि दिनु नै पवित्र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्