परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६७

वर्तमान समयमा पवित्र आत्माले मण्डलीमा कसरी काम गर्दैहुनुहुन्छ? के तैंले यो प्रश्‍नलाई स्पष्ट रूपमा बुझेको छस्? तेरा दाजुभाइ-दिदीबहिनीहरूको सबैभन्दा ठूलो कठिनाइ के हो? तिनीहरूमा सबैभन्दा बढी कुन कुराको कमी छ? हाल, धेरै जना यस्ता मानिसहरू छन् जो परीक्षाहरूबाट गुज्रनुपर्दा नकारात्मक बन्छन् र कसै-कसैले त गुनासो पनि गर्छन्। अरू मानिसहरू अब अगाडि बढिरहेका छैनन्, किनकि परमेश्‍वरले बोलिसक्नुभएको छ। मानिसहरू परमेश्‍वरप्रति विश्‍वासको सही मार्गमा प्रवेश गरेका छैनन्। तिनीहरू स्वतन्त्र रूपमा जिउन सक्दैनन् र आफ्नो आत्मिक जीवन कायम राख्‍न सक्दैनन्। कतिपय मानिसहरू पछि लाग्छन् र उत्साहको साथ खोजी गर्छन् र परमेश्‍वर बोल्नुहुँदा अभ्यास गर्न इच्छुक हुन्छन्, तर परमेश्‍वर नबोल्नुहुँदा, तिनीहरू अगाडि बढ्न छोड्छन्। मानिसहरूले अझै पनि आफ्नो हृदयमा परमेश्‍वरको इच्छालाई बुझ्न सकेका छैनन् र तिनीहरूसँग परमेश्‍वरप्रति सहज प्रेम छैन; विगतमा तिनीहरू परमेश्‍वरको पछि लागे किनकि बाध्य थिए। अहिले केही यस्ता मानिसहरू छन् जो परमेश्‍वरको कामद्वारा थकित भएका छन्। के त्यस्ता मानिसहरू खतरामा छैनन् र? धेरै मानिसहरू झारा टार्दै अघि बढ्ने स्थितिमा मात्र छन्। तिनीहरूले परमेश्‍वरको वचन खाने र पिउने गरे पनि र उहाँलाई प्रार्थना गरे पनि, तिनीहरू आधा मनले त्यसो गर्छन् र तिनीहरूमा पहिलेको जस्तो उत्साह छैन। अधिकांश मानिसहरू परमेश्‍वरको शोधन र सिद्धताको काममा रुचि राख्दैनन् र वास्तवमा यो यस्तो छ मानौं तिनीहरू निरन्तर रूपमा नै आन्तरिक जोशरहित छन्। तिनीहरू अपराधहरूद्वारा पराजित हुँदा, परमेश्‍वरप्रति ऋणी महसुस गर्दैनन्, न त तिनीहरूमा पछुतो गर्ने ज्ञान हुन्छ। तिनीहरू सत्यताको पछि लाग्दैनन् वा मण्डली छोड्दैनन्, बरु क्षणिक सुखविलासको पछि लाग्छन्। यी मानिसहरू मूर्ख हुन्, पूर्ण रूपमा मूर्ख! समय आएपछि तिनीहरू सबैलाई फालिनेछ र एकै जनालाई पनि बचाइनेछैन! के तँलाई कुनै व्यक्तिलाई एक पटक मुक्ति दिइयो भने उसले सधैँ मुक्ति पाउनेछ भन्‍ने लाग्छ? यो विश्‍वास पूर्ण रूपमा धोका हो! जीवनमा प्रवेश गर्ने कुराको पछि नलाग्ने सबैलाई सजाय दिइनेछ। धेरै मानिसलाई जीवनमा, दर्शनमा प्रवेश गर्ने वा सत्यताको अभ्यास गर्ने कुरामा कुनै खास चासो हुँदैन। तिनीहरू प्रवेश गर्न पछि लाग्दैनन् र निश्चित रूपमा तिनीहरू अझ गहिराइमा प्रवेश गर्न पछि लाग्दैनन्। के तिनीहरूले आफैलाई नाश पारिरहेका छैनन् र? अहिले, मानिसहरूको एउटा भाग छ जसको अवस्थामा निरन्तर सुधार भइरहेको छ। पवित्र आत्माले जति धेरै काम गर्नुहुन्छ, तिनीहरूले उति नै बढी आत्मविश्‍वास प्राप्त गर्छन्; तिनीहरूले जति धेरै अनुभव गर्छन्, उति नै धेरै परमेश्‍वरको कामको गम्भीर रहस्यलाई महसुस गर्दछन्। तिनीहरू जति गहिराइमा पस्छन्, त्यति नै बुझ्छन्। तिनीहरू परमेश्‍वरको प्रेम धेरै महान् छ भन्‍ने महसुस गर्छन् र आफू स्थिर र ज्ञानी भएको महसुस गर्छन्। तिनीहरूमा परमेश्‍वरको कामको बुझाइ हुन्छ। यी ती मानिसहरू हुन् जसभित्र पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ। कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरबाट कुनै नयाँ वचनहरू नआए पनि, मैले अझै पनि सत्यताको गहिराइमा जान खोज्नुपर्छ, म मेरो वास्तविक अनुभवको सबै कुराका विषयमा गम्भीर हुनुपर्छ र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ।” यस प्रकारको व्यक्तिसँग पवित्र आत्माको काम हुन्छ। परमेश्‍वरले आफ्‍नो अनुहार नदेखाउनुहुने भए पनि र प्रत्येक व्यक्तिबाट लुक्नुभएको भए पनि र एउटै पनि वचन नबोल्नु भए पनि र कहिलेकहीँ मानिसहरूले आन्तरिक शोधनको अनुभव गर्ने भए पनि, उहाँले मानिसहरूलाई पूर्ण रूपमा त्याग्नुभएको छैन। यदि कुनै व्यक्तिले आफूले लागू गर्नुपर्ने सत्यतालाई कायम राख्न सक्दैन भने, ऊसँग पवित्र आत्माको काम हुँदैन। शोधनको अवधिमा र परमेश्‍वरले आफैलाई प्रकट नगर्नुभएको समयमा, यदि तँमा आत्मविश्‍वास छैन तर तँ कायर हुन्छस् भने, यदि तँ उहाँका वचनहरू अनुभव गर्नमा ध्यान दिँदैनस् भने, तँ परमेश्‍वरको कामबाट भागिरहेको छस्। पछि, तँ बाहिर फालिनेहरूमध्ये एक हुनेछस्। जो परमेश्‍वरको वचनमा प्रवेश गर्न खोज्दैनन्, तिनीहरू उहाँको साक्षी बनेर खडा हुन सक्दैनन्। परमेश्‍वरको लागि साक्षी दिन सक्‍ने र उहाँको इच्छा पूरा गर्न सक्‍ने मानिसहरू सबै परमेश्‍वरका वचनको पछि लाग्न पूर्ण रूपमा आफ्नो उत्साहमा भर पर्दछन्। परमेश्‍वरले मानिसहरूमा गर्नुहुने काम मुख्य रूपले तिनीहरूलाई सत्यता प्रदान गर्नु हो; तँलाई जीवनको पछि लगाउनु भनेको तँलाई सिद्ध पार्नका निम्ति हो र यो सब तँलाई परमेश्‍वरको प्रयोगका लागि उपयुक्त बनाउनु हो। अहिले तैँले पछि लागेको कुरा भनेको रहस्यहरू सुन्नु, परमेश्‍वरको वचन सुन्नु, तेरा आँखाहरूलाई सन्तुष्ट पार्नु र कुनै नयाँपन वा प्रवृत्ति छ कि भनेर हेर्नु, त्यसरी तेरो उत्सुकतालाई मेटाउनु हो। यदि तेरो हृदयको अभिप्राय यही हो भने, तैँले परमेश्‍वरका मागहरूलाई पूरा गर्ने कुनै उपाय छैन। सत्यताको पछि नलाग्‍ने मानिसहरू अन्त्यसम्म पछि लाग्न सक्दैनन्। अहिले, परमेश्‍वरले केही गर्नुभएको छैन भन्ने होइन, बरु मानिसहरूले उहाँसँग सहकार्य गरिरहेका छैनन्, किनकि तिनीहरू उहाँको कामबाट थकित भएका छन्। तिनीहरू उहाँले आशिष् दिनका निम्ति बोल्नुहुने वचनहरू मात्र सुन्न चाहन्छन् र तिनीहरू उहाँको न्याय र सजायका वचनहरू सुन्न इच्छुक हुँदैनन्। यसको कारण के हो? कारण हो, आशिष् प्राप्त गर्ने मानिसहरूको इच्छा पूरा भएको छैन, यसैले तिनीहरू नकारात्मक र कमजोर भएका छन्। यो होइन कि परमेश्‍वरले जानाजानी मानिसहरूलाई उहाँको पछि लाग्न दिनुहुन्न, न त उहाँले जानी-जानी मानवजातिलाई प्रहार गरिरहनुभएको छ। मानिसहरूका अभिप्रायहरू अनुचित भएकोले मात्रै तिनीहरू नकारात्मक र कमजोर छन्। परमेश्‍वर मानिसलाई जीवन दिनुहुने परमेश्‍वर हुनुहुन्छ र उहाँले मानिसलाई मृत्युमा पार्न सक्नुहुन्न। मानिसहरूका नकारात्मकता, कमजोरीहरू र विश्‍वासबाट पछि हट्ने सबै कुरा तिनीहरूको आफ्नै कामका उपज हुन्।

परमेश्‍वरको हालको कामले मानिसहरूमा केही शोधन ल्याउँदछ अनि यो शोधन प्राप्त गर्दा दह्रिलो गरी खडा हुनेहरूले मात्र परमेश्‍वरको स्वीकृति पाउनेछन्। उहाँले आफूलाई जसरी लुकाउनुभए पनि, नबोलेर वा काम नगरेर जसरी यो गर्नुभए पनि, तँ अझै पनि जोशका साथ पछि लाग्न सक्छस्। यदि परमेश्‍वरले तँलाई अस्वीकार गर्छु भनेर भन्नुभए पनि, तैंले अझै पनि उहाँलाई पछ्याउनेछस्। परमेश्‍वरका लागि अटल गवाही बन्‍नु भनेको यही हो। यदि परमेश्‍वरले आफैलाई तँबाट लुकाउनुभयो र तँ उहाँको पछि लाग्न छोडिस् भने, के त्यो परमेश्‍वरका लागि अटल साक्षी बन्‍नु हो? यदि मानिसहरू साँच्चै प्रवेश गर्दैनन् भने, तिनीहरूसँग वास्तविक कद हुँदैन र साँच्चै ठूलो परीक्षाको सामना गर्दा, तिनीहरू ठेस लागेर लड्छन्। परमेश्‍वरले बोलिरहनुभएको वा तेरो धारणासँग मिल्ने काम गरिरहनुभएको नहुँदा, तँ तोडिन्छस्। यदि परमेश्‍वरले अहिले तेरा धारणाअनुरूप काम गरिरहनुभएको भए, यदि उहाँले तेरो इच्छा पूरा गर्दैहुनुहुन्थ्यो र तँ खडा भएर र सामर्थ्यको साथ पछि लाग्‍न सक्थिस् भने, कुन आधारमा जिइरहेको हुनेथिइस्? म भन्छु, धेरै मानिसहरू पूर्ण रूपमा मानवीय उत्सुकतामा निर्भर भई जिइरहेका छन्। तिनीहरूको वास्तविक हृदयमा पछ्याउने चाहना एउटै पनि छैन। सत्यतामा प्रवेश गर्ने कार्यको खोजी नगर्ने तर जीवनको उत्सुकतामा भर पर्नेहरू घृणित मानिसहरू हुन् र तिनीहरू खतरामा हुन्छन्। परमेश्‍वरका विभिन्न प्रकारका कामहरू सबै मानवजातिलाई सिद्ध बनाउनका निम्ति गरिन्छ। तापनि, मानिसहरू सधैँ उत्सुक हुन्छन्, उनीहरू झूटो शिक्षाहरूबारे सोधपुछ गर्न चाहन्छन्, तिनीहरू विदेशको वर्तमान हालखबरबारे चासो राख्छन्—उदाहरणका लागि, तिनीहरू इजरायलमा के भइरहेको छ, वा यदि इजिप्टमा कुनै भूकम्प पो गयो कि भनी जान्न उत्सुक हुन्छन्—तिनीहरू सधैँ आफ्ना स्वार्थी चाहनाहरू तृप्त गर्न केही नयाँ कुराहरू, नौलो कुराहरू खोजिरहेका हुन्छन्। तिनीहरू जीवनको पछि लाग्दैनन्, न त सिद्ध हुने कुराको पछि नै लाग्छन्। तिनीहरू आफ्नो सुन्दर सपना साकार होस् र आफ्ना असंयमी अभिलाषाहरू पूरा होऊन् भनेर मात्र परमेश्‍वरको दिन चाँडै आओस् भन्ने चाहन्छन्। यस प्रकारको व्यक्ति व्यावहारिक हुँदैन—तिनीहरू अनुचित दृष्टिकोण भएका मानिसहरू हुन्। सत्यताको पछि लाग्नु मात्रै परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको आधार हो र यदि मानिसहरूले जीवनमा प्रवेश गर्न खोज्दैनन्, यदि तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्दैनन् भने, तिनीहरू दण्डमा पर्नेछन्। दण्ड पाउनुपर्ने मानिसहरू तिनीहरू नै हुन् जोसँग परमेश्‍वरले काम गर्नुभएको समयमा पवित्र आत्माको काम थिएन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७४

उहाँ देह हुनुहुँदा अनि मानवजातिको माझमा जिउनुहुँदा परमेश्‍वरले अनुभव गर्नुहुने कष्टको बारेमा के भन्‍ने? यो कष्ट के हो? के कसैले यसलाई साँचो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२९

राष्ट्रहरू ठूलो भताभुङ्गताको अवस्थामा रहेका छन्, किनभने परमेश्‍वरको डन्डाले पृथ्वीमा आफ्नो भूमिका खेल्न सुरु गरेको छ। पृथ्वीको स्थितिमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९९

जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्‍वासको कारणले भएको थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३१

तिमीहरूले अझ बढी वास्तविक पाठहरू सिक्‍नुपर्छ। मानिसहरूले आदरभावले हेर्ने त्यो ठूलो, खोक्रो गफ आवश्यक छैन। जब ज्ञानको चर्चा गर्ने कुरा आउँछ,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्